फलफूल खेतीमा रमाएको घिमिरे दम्पती
रामेछाप । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् ।
सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् ।
घिमिरे दम्पतीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती सुरु गरेका छन् । रमणीय बगैँचा बनाएका छन् ।
बगैँचामा केरा, आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बा लगायतका बिरुवाहरू लगाएको शान्ता घिमिरेले बताइन् । लगाइएका मध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् ।
बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् ।
३ सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले ३ सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए । अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए ।
घिमिरेले आफ्नो १५ रोपनी जग्गामा ३ सय बोट आँप, २ सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् ।
त्यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यू लगायतका विभिन्न जातका केरा लगाएका छन् ।
वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ । मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।
सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी
काठमाडौँ । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघिबढाउने भएको छ । बुधवार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुरथिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकीछिन् ।
‘नेपाल राष्ट्र बैँकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनिन ।
नेपाल संवत् लाई नेपाली नोटमा समावेश गराइने शंखधरलाई वि. सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गरिएका थियो । प्रधानमन्त्री कार्कीले साःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताइन् ।
‘आज भन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवत् को शुभारम्भको आधार हो,’ उनले भनिन ।
प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।
घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।
घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’
गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।
‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।
छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’
घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।
विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरूमा विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् ।
सोमवार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।
विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल हुने मन्त्री घिसिङले बताएका थिए ।
प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।
२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।
तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान
बर्दिया । सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमाबर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्चजोहो गर्नका लागी भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धानबेच्न बाध्य भएका हुन् ।
धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलेढिलाई गरेको छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीहरूलेधमाधम किसानको धान कम मुल्यमा खरिद गरिरहेका छन् ।बर्दियामा किसानहरूले २५ सय देखि २७ सय प्रतिक्विन्टल मोटाधान विक्रि गरिरहेका छन् । सरकारले मोटा धानको समर्थन मुल्य ३४सय ५३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भन मध्यम धान प्रतिक्विन्टलतीन हजार छ सय २८ रुपैयाँ तोकेको छ ।
धान बेचेर तिहार खर्च जुटाउने किसानहरू यतिबेला मर्कामा परेकाहुन् । धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रस्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कममुल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मुल्य बृद्धिका लागिसमय कुर्न भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रोभएकोले धान बेच्नु परेको किसानहरू बताउँछन् ।
गुलरिया नगरपालिका वडा २ पण्डिपुरकी सिता खत्रीले तिहार खर्चनभएर सस्तोमा धान बेचेको बताए । उनले धानको मुल्य नपाएर प्रतिक्वीन्टल दुई हजार पाँच सयका दरले धान बेचेको बताए । उनले भने, ‘सरकारले मोटा धानको मुल्य तीन हजार चार सय भन्दा बढितोकेपनि किसानले नपाउने गरेको गुनासो गर्नुभयो ।’
किसानले सस्तो मुल्यमा धान विक्रि गरिरहँदा पनि खाद्य व्यवस्थातथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भनेगरेको छैन । गत बर्ष पनि कार्तिक मध्य तिरबाट धान खरिद गरेकोकम्पनीले यस बर्ष पनि तिहार पछि मात्र धान खरिदको सुरुवात गर्नेजनाएको छ ।
कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहार पछि राजापुरक्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरीने बताए । उनलेयस बर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदैकिसानहरूलाई आत्तिएर धान सस्तो मुल्यमा नबेच्न आग्रह गरे । गतबर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भए पनि किसानले धानबेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्तप्रमुख कठायतले बताए ।
सहकारीहरूले धान किन्दै
स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मुल्य खरिद गर्नथालेपछि केहि बर्ष यता सरकारले तोकेको समर्थन मूल्यमा बर्दियाकाकृषी सहकारीहरूले किसानहरूको धान खरिद गर्न थालेका छन् ।मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारीसंस्थाले केही दिन अगाडि देखि धान खरिद सुरु गरिसकेको छ ।ठाकुरबाबा नगरपालिकाको सिँहबाहिनी शिवशक्ती कृषक बहुउद्देश्यसहकारी संस्थाले सकारको समर्थन मुल्य धान खरिद गरिरहेको छ ।केही सहकारीहरूले तिहार लगत्तै धान खरिद गर्ने बताएका छन् ।
‘जेनजी आन्दोलनमा प्रश्नउत्तर जलेका सीटीईभीटीका विद्यार्थीहरुकोपुनपरिक्षा गराउने’
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजीआन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुकोपुन परिक्षा गराउने बताएका छन् ।
सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाकोनिर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।
उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटीसम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमासीटीईभीटीको जुन विद्यार्थीहरुको छन् उनीहरुको प्रश्नउत्तरको कपिजलेको हुनाले जस जसको कापि जलेको छ । ती विद्यार्थीहरुको पुनपरिक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्योपरिक्षा सहज तरिकाले लिने कुरा भएको छ । परिक्षा फेरि लिने भन्नेनिर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरुकोफेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्चआउने भएको छ ।’
यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दैत्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।
उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण२०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेकोर त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेरटुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’
वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्याहुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटरविषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।
बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण
काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।
‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।
बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।
त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।
आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताए ।
पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’
काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।
खड्काले सो समाचारप्रति दुख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’
पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाए ।
‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’
खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।
तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै
काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।
सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।
लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।
यस वर्ष तिथिको घटबढका कारण कुकर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज नै घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार पनि मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।
वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
जेनजी पुस्ताको आवाज सुन्नुपर्छ : जसपा नेतृ दुर्गा गुरुङ
बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) बराहक्षेत्र नगर समितिले बडादशैं, शुभ दीपावली, छठ तथा उधौली पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आइतबार बराहक्षेत्र–६ चक्रघटीमा सम्पन्न भएको हो ।
कार्यक्रममा समाजवादी महिला संघ प्रदेश सदस्य दुर्गा गुरुङ, जिल्ला सदस्य सञ्जय राई, जिल्ला सदस्य गोपाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै जिल्ला सदस्य गोपाल विश्वकर्माले जनता समाजवादी पार्टी उत्पीडित वर्ग र समुदायको पार्टी भएको उल्लेख गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचना अनुरूप राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, प्रदेश सदस्य दुर्गा गुरुङले जसपाले स्थापना कालदेखि उठाएका मुद्दाहरू देश र जनताको हितका लागि अग्रगामी र व्यवहारिक रहेको बताउँदै, “हामी ती सिद्धान्तहरूमा अडिग छौं र देश तथा जनताको मुक्ति यात्रामा कहिल्यै विचलित हुनेछैनौं,” भन्नुभयो। उहाँले हालको जेन्जी पुस्ताले पनि यिनै मुद्दाहरूलाई निरन्तर उठाइरहेको भन्दै उनीहरूको आवाज सुन्न र माग सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।
जिल्ला सदस्य सञ्जय राईले पार्टीको स्थापना कालदेखि हालसम्मको संगठनात्मक अवस्था र पार्टीका मुख्य नीतिगत मुद्दाबारे जानकारी दिनुभयो। उहाँका अनुसार जसपाको मूल अवधारणा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गका हुनुपर्ने, विशेषज्ञ र समावेशी मन्त्रिपरिषद् गठन, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख नबन्ने व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचन प्रणाली लागू गर्नुपर्ने हो ।
कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष जे.बी. हाङ राईले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव भूपेन्द्र राजधामीले गर्नुभएको थियो। समापन भाषणमा अध्यक्ष राईले पार्टी सशक्त बनाउन तल्लो तह सुदृढ गर्नुपर्ने बताउँदै स्थानीय तहमा जिम्मेवार नेतृत्व र सक्रियता नै संगठनको बल भएको उल्लेख गर्नुभयो ।
त्यसैगरी उहाँले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र जनताको लागि बलिदान दिने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, हालैका बाढी, पहिरो र डुबानका कारण पीडित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई स्थानीय सरकारमार्फत पहल गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।
