सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KC8K9XHCT47YZQ54W06MJ6VM.avif

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ३ हजार ५ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ५३ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको सुन आज बढेर २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ३ हजार ८ सय ५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC61G7V2ZCXRWX92QNFW9CCG.webp

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी

काठमाडौँ । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो । जारी हुने शेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा मेरो शेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ । बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ ।
पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित मितिः बिहिबार, २५ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC5H1Q3ZAG52RW4DQ171MCQ0.jpg

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ ४६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८५ पैसा, क्यानेडियन डलर एकको खरिदर १०३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०४ रुपैयाँ १५ पैसा, युरोपियन युरो एकको खरिदर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९१ रुपैयाँ २० पैसा र बिक्रीदर १९२ रुपैयाँ कायम रहेको छ ।

यस्तै, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७९ रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ८२ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३८ पैसा र बिक्रीदर २२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

साथै, जापानी येन १० को खरिदर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २० पैसा, चिनियाँ युआन एकको खरिदर २० रुपैयाँ ३४ पैसा र बिक्रीदर २० रुपैयाँ ४२ पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, हङकङ डलर एकको खरिदर १८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा कायम भएको छ ।
त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ११ पैसा र बिक्रीदर ३९ रुपैयाँ २७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०३ पैसा निर्धारण गरिएको छ ।

त्यसैगरि, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ६५ पैसा, ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ १३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६९ पैसा रहेको छ ।

प्रकाशित मितिः बिहिबार, २५ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC3YXTJ40GNXAFWEB43REX7C.jpg

बुधबार नेप्से परिसूचक घटेर बन्द, ३ स्टकले सकारात्मक सर्किट हाने

काठमाडौं । बुधबार शेयर बजार नेप्से परिसूचक घटेर बन्द भएको छ । गत साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार सामान्य अंकले बढेको थियो, तर बुधबार पुनः घटेर २६०६.२० विन्दुमा झरेको छ, जसमा ७.८६ अंकको कमी आएको छ ।

यसदिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक, फ्लोट इण्डेक्स ०.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंकले घटेको छ । कारोबार रकम पनि केही घटेको देखिएको छ । मंगलबार ३ अर्ब ७५ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बुधबार ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार रुपैयाँबराबरको ८६ लाख ४७ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन ३ स्टकले सकारात्मक सर्किट हानेको देखिएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र एसवाई प्यानल नेपालको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ८.५ प्रतिशत भन्दा बढी र थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ७ प्रतिशत भन्दा बढी बढेको छ ।

कारोबारमा आएको झापा इनर्जीको शेयर मूल्य यस दिन ९.३०% ले घटेको छ ।कारोबार रकमका आधारमा श्रीनगर एग्रीटेक इन्डष्ट्रीज शीर्ष स्थानमा रहेको छ, जसको २६ करोड ३९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

त्यसैगरी, ङादी ग्रुप पावरको कारोबार १७ करोड रुपैयाँभन्दा बढी र युनिभर्सल पावर कम्पनीको कारोबार साढे ११ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये बुधबार १ उपसमूहको परिसूचक मात्र बढेको छ, जुन म्युचुअल फण्ड उपसमूह हो। बाँकी १२ उपसमूहको परिसूचक घटेको छ, तर गिरावट दर १% भन्दा कम रहेको छ ।

प्रकाशित मितिः बुधबार, २४ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC33R7K0GGSGF85R2C5VKAN6.jpg

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ११ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०४ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ६९ पैसा र बिक्रीदर १११ रुपैयाँ १५ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ १९ पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३१ पैसा र बिक्रीदर २० रुपैयाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम गरेको छ ।

यसैगरी थाई भाट एकको खरिददर चार रुपैयाँ ५१ पैसा र बिक्रीदर चार रुपैयाँ ५३ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ०२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५ रुपैयाँ ४१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ३७ पैसा र बिक्रीदर २२ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङ्कङ डलर एकको खरिददर १८ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४६७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४६९ रुपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिददर ३८० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ २८ पैसा, ओमनी रियाल एकको खरिददर ३७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३१ पैसा रहेको छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।

प्रकाशित मितिः बुधबार, २४ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC1GP27HP6DZD4FQZ4WBJ60B.avif

आयात–निर्यात ठप्पः वीरगञ्ज भन्सारको दैनिक ५७ करोडको राजस्व सङ्कलन शून्य

वीरगञ्ज । नेपालको राष्ट्रिय राजस्वमा सर्वाधिक योगदान दिने वीरगञ्ज भन्सार कार्यालयको दैनिक ५७ करोड रुपैयाँभन्दा बढी आम्दानी आज (सोमबार) शून्यमा झरेको छ । भन्सार एजेन्ट महासंघ नेपालले बिहानैदेखि ’पेन डाउन’ (कागजी कार्य बहिष्कार) आन्दोलन घोषणा गरेपछि देशको प्रमुख व्यापारिक नाकाबाट हुने सम्पूर्ण आयात निर्यात ठप्प भएको हो ।

भन्सार एजेन्टहरूले भन्सार ऐन २०८२ मा समावेश गरिएका केही प्रावधानको विरोध गर्दै आन्दोलनलाई देशव्यापी बनाएका हुन् । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले भन्सार एजेन्टहरूको कामकाज बन्द भएपछि कार्यालयको सम्पूर्ण गतिविधि अवरुद्ध भएको र राजस्व सङ्कलन शून्य भएको पुष्टि गरे । आइतबारदेखि नै छलफल जारी रहेपनि महासंघले देशव्यापी आन्दोलनमा जाने निर्णय गरेपछि यो अवस्था आएको उनको भनाइ छ ।

भन्सार एजेन्ट संघ वीरगञ्जका अध्यक्ष राजमान तामाङका अनुसार उनीहरूले भन्सार ऐन २०८१ को उपदफा ७१ को (झ) मा गरिएको व्यवस्था हटाउन माग गरेका छन् । यो प्रावधानअनुसार स–साना मानवीय त्रुटिका कारण घोषणा गरिएको रकमको १० प्रतिशत जरिवाना भन्सार एजेन्टले नै तिर्नुपर्ने अव्यावहारिक व्यवस्था छ, जसले एजेन्टहरूलाई मारमा पारेको छ । उक्त व्यवस्था खारेज नभएसम्म काममा नफर्किने एजेन्टहरूको अडान छ ।

वीरगञ्ज भन्सार कार्यालयले मासिक साढे सत्र अर्ब रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्ने गर्दछ। यो नाकाबाट नेपालका लागि ७५ प्रतिशतभन्दा बढी खाद्य पदार्थ र ७० प्रतिशतभन्दा बढी औद्योगिक कच्चा पदार्थ तथा पेट्रोलियम पदार्थको आयात हुने गर्दछ ।

राजस्वको प्रमुख स्रोत र अर्थतन्त्रको मेरुदण्ड मानिने यो नाकाको अवरोध लम्बिएमा यसको नकारात्मक प्रभाव देशभरका उपभोक्ताहरूले आपूर्ति सङ्कट र मूल्यवृद्धिको रूपमा व्यहोर्नुपर्ने अवस्था आउने चेतावनी सरोकारवालाहरूले दिएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, २३ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC1G569Z3GJQCA3NYRFZED87.jpg

६ दिनपछि बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचकमा ७.३९ अंकले बढेर २६१४.०७ अंकमा उक्लीएको छ । अघिल्ला ६ दिन निरन्तर रुपमा घटेको नेप्से परिसुचक आज भने बढेर बन्द भएको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स ०.३० अंक, फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१० अंकले बढेको छ । आजको बजारमा नेप्से बढेपनि करोबार रकमभने घटेको छ ।

सोमबार ४ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको १ करोड १ लाख ४६ हजार ४०० कित्ता शेयर कारोबार भएको बजारमा यसदिन कुल ३३१ स्टकको ३ अर्ब ७५ करोड ५० लाख २७ हजार रुपैयाँको ८७ लाख ४२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ । यो किनबेच ६२ हजार ६६५ पटकको कारोबारमा भएको हो ।

यसदिन १४८ स्टकको मूल्य बढ्दा १०१ स्टकको मूल्य घटेको छ भने ९ स्टकको शेयर मूल्य स्थीर रहेको छ । यससिदन तीन कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
स्वस्तीक लघुवित्त, श्रीनगर एग्रिटेक र माथिल्लो मैलुङ खोलाको शेयर मूल्य १० प्रतिशतले बढेको हो । यस्तै, स्वेतगंगा हाइड्रोको शेयर मूल्य पनि प्रतिकित्ता ८.७६ प्रतिशतले बढेर ४१९.८० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ९९० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

कारोबार रकमका आधारमा यसदिन नाग्दी ग्रुप पावर लिमिटेड, लक्ष्मी सनराइज बैंक, राधी जलविद्युत कम्पनी र युनिभर्सल पावर कम्पनीको शेयर सबैभन्दा बढी कारोबार भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ । यस दिन विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको

प्रकाशित मितिः मङ्गलबार, २३ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC0V8MV90SDTDMNQYS90MMJX.jpeg

सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १ हजार रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको सुन घटेर आज २ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढेर ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मितिः मङ्गलबार, २३ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KBHH2FGSZFRX9G5F41W209RA.avif

मधेसमा तोकियो धानको न्यूनतम समर्थन मूल्य

सर्लाही । मधेस प्रदेश सरकारले यस वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले किसानलाई सुनिश्चित मूल्य उपलब्ध गराउने उद्देश्यले विभिन्न वर्गका धानको मूल्य निर्धारण गरेको हो ।

मोटो धानको मूल्य प्रति क्विन्टल ४ हजार रुपैयाँ तय गरिएको छ । त्यस्तै, मध्यम धानको न्यूनतम मूल्य ४ हजार २ सय रुपैयाँ तोकिएको छ । यसैगरी, चैत्रे धानका लागि सरकारले प्रति क्विन्टल ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरेको छ । सरकारले तोकेको यो मूल्यले प्रदेशभरि रहेका धान उत्पादक किसानलाई राहत मिल्ने विश्वास लिइएको छ ।

प्रकाशित मितिः बुधबार, १७ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KBGVKZR4CY34FCJ4YN9TH0WX.jpg

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९० रुपैयाँ २२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ३६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ५६ पैसा र बिक्रीदर १११ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २४ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ३० पैसा र बिक्रीदर २० रुपैयाँ ३८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३९ रुपैयाँ २३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८७ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

प्रकाशित मितिः बुधबार, १७ मंसिर २०८२