बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KA38PGVW7JY7B6EVYWA392WB.jpg

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले
मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए ।
कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाई छ । मधेशी जनताले वास्तवीक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए ।
जसपा र लोसपाका सांसद एवम नेता कार्यकर्ताहरुले सुरक्षाकर्मी कुट्दै हिँडेकाले सुरक्षाकर्मीनै असुरक्षित रहेकोबेला प्रदेशको जनता जन कति सुरक्षित छन् भन्ने आंकलन गर्न सकिने उनले बताए । यस्तो अवस्थामा चुनाव कसरी हुन्छ र संघीय सरकारले चुनाव हुने ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने मुख्यमन्त्री यादवले प्रश्न गरे ।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्रीकै कुर्सीमा बस्ने गरेको र अहिलेसम्म निवास र गाडीसमेत फिर्ता नगरेकोले आफूलाई नराम्रो लागेको बताए ।
मेधशवादी दलहरुसंग चुनावका लागि कुनै एजेन्डा नरहेकाले उनीहरु मधेश र मधेशीको नाममा सोझा जनतासंग खेलवाड गर्दै हिँडेको मुख्यमन्त्री यादवले भने ।
मुख्यमन्त्री यादवले आफ्नो पार्टी नेकपा एमाले नेपाली कांग्रेस, माओवादी र नेकपा एससंग सरकार बनाउन आशावादी रहेको उल्लेख गरे । उनले अन्य प्रदेशहरुमा पनि यी पार्टीहरुका मानसिकता र काम गर्ने शैली प्रष्ट रहेकोले उनीहरुसंग समन्वय गरेर अगाडि बढ्न आशावादी रहेको बताए । मुख्यमन्त्री यादवले आफ्नो प्रतिस्पर्धा कुनै दलसंग नभई प्रदेशको गरीबि र प्रदेशको शिक्षाको अवस्थासंग रहेको बताए ।
उनले मधेशवादी दहरुको अराजकताको विरोधमा मलाई साथ दिन सम्पूर्ण मधेशवासी, न्यायप्रेमी र बुद्धिजिवीहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री यादवले भारतीय दुर्तावासका केही पदाधिकारी व्यक्तिहरुपनि मधेश प्रदेशमा आएर दल फोड्ने र तोड्नेमा लागेको आरोपसमेत लगाए ।

प्रकाशित मितिः शनिबार, २९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9YN2JNZ8D273YBXNTC4S0QS.jpg

नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पु¥याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए । 

यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 

नेता किरातीले आफूहरुले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको बताए ।

किरातीले भने, ‘हामीले माओवादी पार्टी भित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीविका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागि तथा रुपान्तरणसहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो । स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो ।’ 

अभियानले सात बुँदे अपील समेत गरेको छ । 

१. भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गरौं ।

२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गरौं ।

३. नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गरौं ।

४. सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र वेपत्ता योद्धाहरुको सपना पूरा गरौं ।

५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौं, जनताको एकताको वलमा अहङ्कारी र असफलहरुलाई विदा गरौं ।

६. देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौं । 

७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बनौं । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिकको समग्र पुनर्संरचना गर्ने लक्ष्यप्रति प्रतिबद्ध होऔं । 

अभियानले ३१ सदस्यीय केन्द्रीय संजोजन समिति गठन समेत गरेको छ । जसमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी गुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार बिक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा.अच्युत भट्ट, बिमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेको छ ।  

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/TApjG8zC-0g?si=jbz1P7gwHXVb8J6p" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, २७ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9V8BXR4HTRH775SAB9MDKM1.jpg

त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् ।

मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्र रहेको झाडीलाई श्रमदाताहरूले २५ दिनको श्रमदानमार्फत प्रायः फडानी गरिसकेका छन् । उनका अनुसार, यो कार्यमा सहभागी श्रमदाताहरू मध्ये अधिकांश बाहिरी जिल्लाबाट आएका विद्यार्थि स्वयंसेवकहरू हुन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “अब किर्तिपुर विश्वविद्यालयको जंगल सफा हुँदै सुन्दर पार्क बन्ने तयारीमा छ । यो काम केही उत्साही स्वयंसेवकहरूले २५ दिनदेखि श्रमदान गरेर सम्भव बनाएका हुन् । अब स्थानीय बासिन्दा, विद्यार्थी र इच्छुक व्यक्ति सबैलाई यस अभियानमा सहभागी हुन अनुरोध गर्दछु ।”

श्रमदान अभियानले विश्वविद्यालय परिसरको फोहर र झाडीले ढाकिएको क्षेत्रलाई सफा मात्र गरेको छैन, भविष्यमा हरियाली र सार्वजनिक उपयोगका लागि खुला ठाउँमा रूपान्तरण गर्ने लक्ष्य पनि लिएको छ । मन्त्री पुनका अनुसार, पार्कमा हिँडडुल मार्ग, वृक्षारोपण, विश्राम स्थल र अध्ययन तथा मनोरञ्जनका लागि अनुकूल वातावरण तयार पार्ने योजना छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक शिक्षण संस्था हो । जहाँ हरेक वर्ष हजारौँ विद्यार्थी अध्ययन गर्छन् । मन्त्री पुनको नेतृत्वमा सुरु भएको यो श्रमदान अभियानले विश्वविद्यालयलाई केवल शैक्षिक केन्द्र नभई समुदायमैत्री, हरित र वातावरणमैत्री क्षेत्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २६ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9GZR260P0K9AM6XSSSHDXV1.jpeg

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

काठमाडौं । अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।
सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।
निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक तथा स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्छ ।’
यससँगै भिसा मूल्यांकनमा संक्रामक रोग वा खोप अभिलेख मात्र होइन, दीर्घरोग तथा उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिएका छन् ।
मोटोपनाले दम, स्लीप एपनिया तथा उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि पब्लिक चार्जको जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा उल्लेख छ । विश्वको करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग विश्वमै मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदम थप कठोर मानिएको छ ।
यस्तै, आवेदकसँग उपचार खर्च सम्हाल्न पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आकलन गर्न अधिकारीहरूलाई भनिएको छ । विशेष गरी सरकारी खर्चमा दीर्घकालीन उपचार वा सेवामा निर्भर हुनुपर्ने सम्भावना छ कि छैन भन्नेबारे प्रश्न उठाइनेछ ।
निर्देशनले आवेदकका परिवार सदस्यहरूको स्वास्थ्य अवस्थालाई पनि मूल्यांकनमा समावेश गर्ने व्यवस्था मिलाएको छ । ‘आश्रित परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने, त्यसले आवेदकको रोजगारीमा असर पार्छ कि पार्दैन ?’ यो निर्देशनबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अझै कुनै टिप्पणी गर्न बाँकी रहेको एएनआईले जनाएको छ ।
एएनआई

प्रकाशित मितिः शनिबार, २२ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9F8VX0HA4ZBHQGS1F5YTGM9.jpeg

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।

उनले भिडियो सन्देश  जारी गर्दै  भनेकी  छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी  छन् ।

उनले भनिन्, ‘तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।’

प्रकाशित मितिः शुक्रबार, २१ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9CE3QX241KB2SDQ6DNHAKB4.jpg

जसपाको केन्द्रीय समिति बैठक सम्पन्न, नयाँ नीति र कार्ययोजना पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक मंसिर १९ र २० गते काठमाडौंमा आयोजनागरी सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा पार्टी अध्यक्ष अशोककुमार राईले प्रस्तुत गरेका नयाँ नीति तथा कार्ययोजना सर्वसम्मत रूपमा पारित गर्दै बैठक सम्पन्न गरिएको हो। उक्त बैठकले वर्तमान राजनीतिक अवस्था, संविधान संशोधन, आगामी निर्वाचनको तयारी र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल गरेको थियो ।

बैठकमा अध्यक्ष राईले प्रस्तुत गरेको कार्ययोजनामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, संविधान संशोधनको प्रतिबद्धता, समानुपातिक समावेशीकरण, गैरदलीय स्थानीय चुनाव, सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाहरूलाई मुख्य प्राथमिकतामा राखिएको छ। जसपाले संघीय शासन प्रणालीमा सुधारका लागि संघमा कार्यकारी राष्ट्रपति, प्रदेशमा मुख्यमन्त्री र स्थानीय तहमा कार्यकारी प्रमुख सबैलाई जनताबाट प्रत्यक्ष निर्वाचनमार्फत चयन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । पार्टीका अनुसार, यस्तो प्रणालीले राजनीतिक स्थायित्व, जवाफदेहीता र जनताले प्रत्यक्ष निर्वाचित गराउने अधिकारको पनी सुनिश्चित गर्न सहयोग पुर्‍याउनेछ ।

बैठकले वर्तमान संविधानलाई अधुरो, अपुरो र विभेदकारी ठहर गर्दै सबै समुदायको पहिचान र अधिकार सुनिश्चित गर्न संविधान संशोधनको माग दोहोर्‍याएको छ । राज्यका सबै अंग, तह र निकायमा पछाडि परेका वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायहरूको जनसङ्ख्याको अनुपातमा पूर्ण समानुपातिक समावेशीकरण सुनिश्चित गर्नुपर्ने नीति पार्टीले तय गरेको छ। त्यसैगरी जसपाले स्थानीय तहमा हुने निर्वाचन गैरदलीय आधारमा सम्पन्न गर्नुपर्ने व्यवस्थाका लागि पहल गर्ने उल्लेख गरेको छ ।

बैठकले सरकारका सम्पूर्ण राजनीतिक तथा संवैधानिक नियुक्तिहरूमा दलीय भागबन्डा, नातावाद र कृपावादको अन्त्य गरी योग्यता, क्षमता र समानुपातिक समावेशी आधारमा नियुक्ति गर्नुपर्ने माग गरेको छ। पार्टीले भ्रष्टाचार नियन्त्रणमा जोड दिँदै सबै भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिन सरकारसँग आग्रह गरेको छ ।

जसपाले हालै भएको जेनजी आन्दोलनका क्रममा देखिएका घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै त्यसको निष्पक्ष छानबिन गर्न माग गरेको छ। भदौ २३ गते अर्थात् सेप्टेम्बर ८ मा आन्दोलन दबाउने क्रममा भएको “युवा नरसंहार र गोलीकाण्ड” को सत्य तथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्न र घाइतेको उपचार तथा परिवारजनको सुरक्षा सुनिश्चित गर्न पार्टीले आग्रह गरेको छ। त्यस्तै, भदौ २४ गते अर्थात् सेप्टेम्बर ९ मा भएका आगजनी र प्रहरी हत्या जस्ता घटनाका अपराधीहरूलाई तत्काल गिरफ्तार गर्नुपर्नेमा बैठकले जोड दिएको छ। जसपाले गृह मन्त्रालयले छानविन आयोगको प्रतिवेदन नआईकन गिरफ्तार नगर्नु भन्ने निर्देशनलाई गलत ठहर गर्दै न्यायिक प्रक्रिया अघि बढाउन माग गरेको छ ।

बैठकले आगामी निर्वाचनका लागि संगठनलाई सुदृढ बनाउँदै पूर्ण तयारीका साथ सहभागी हुने निर्णय गरेको छ। जसपाले परिस्थितिअनुसार समान विचार र एजेन्डा भएका दलहरूसँग मोर्चाबन्दी वा चुनावी तालमेल गर्न केन्द्रीय कार्यकारिणीलाई अधिकार प्रदान गरेको छ। मोर्चाबन्दीका लागि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, बहुजातीय धर्मनिरपेक्ष समाजवाद, सहभागितामूलक समावेशी लोकतन्त्र र सामाजिक–आर्थिक न्याय सुनिश्चित गर्ने विषयहरूलाई न्यूनतम एजेन्डाका रूपमा तय गरिएको छ। यद्यपि, मोर्चाबन्दी वा तालमेल सम्भव नभएमा पार्टीले एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्न तयार रहेको स्पष्ट गरिएको छ ।

बैठकले पार्टीको प्रचारप्रसार र संगठन विस्तारलाई प्रभावकारी बनाउन डिजिटल सञ्चार माध्यमको प्रयोगलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जसपाका सम्पूर्ण संरचनालाई अनलाइन प्लेटफर्ममा आबद्ध गराई डिजिटल संजालमार्फत सदस्यता अभिवृद्धि गर्ने योजना पनि पारित गरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान र समावेशिताविरुद्ध भइरहेका प्रयासहरूलाई वैचारिक र राजनीतिक रूपमा चिर्ने तथा प्रतिवाद गर्ने कार्यलाई पनि पार्टीले अबको प्रमुख जिम्मेवारीका रूपमा लिएको छ ।

बैठकले संविधान निर्माणको समयदेखि जसपाले उठाउँदै आएका विषयहरूलाई आजको ‘जेनजी’ पुस्ताका युवाहरूले पनि उठाइरहेको भन्दै ती मागहरूको कार्यान्वयनमा ढिलाइ नगरी तुरुन्तै पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ। अध्यक्ष अशोककुमार राईले बैठकलाई सम्बोधन गर्दै संविधान संशोधन, प्रत्यक्ष जनमत आधारित शासन प्रणाली, समानुपातिक समावेशीकरण, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता एजेन्डाहरूलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न पार्टी प्रतिबद्ध रहेको बताएका छन् ।

यसैगरी, बैठकले नेपालको राजनीतिक स्थायित्व, सामाजिक समावेशिता र सुशासनका लागि जसपाले ल्याएका नीति तथा कार्यक्रमलाई आगामी निर्वाचनमा मुख्य एजेन्डाका रूपमा अघि सार्ने निर्णय गरेको छ। पार्टीले अबको प्रमुख ध्यान संगठन सुदृढीकरण, निर्वाचन तयारी र जनस्तरमा विश्वास पुनःस्थापना गर्ने अभियानमा केन्द्रित गर्ने जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9C9G3A4QJE7GKF25CVM05DG.jpg

जेनजीका माग पूरा नभए चुनाव हुन नदिने सुदन गुरुङको चेतावनी

काठमाडौं । ‘हामी नेपाल’का संस्थापक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएका छन् । उनले गृहमन्त्रीलाई लक्षित गर्दै कडा शब्दमा आलोचना समेत गरेका छन् ।सामाजिक सञ्जालमार्फत उनले गृहमन्त्रीले जनताको भरोसा तोडेका आरोप लगाउँदै तत्काल कदम चाल्न चेतावनी दिएका हुन् । 

गुरुङले भनेका छन्, ‘तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभएको छैन । देशभर ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा पनि तपाईं ‘जेनजीलाई कारबाही’ भन्ने आवाज मात्र सुन्ने गृहमन्त्री बन्नुभयो । यो राष्ट्रप्रतिको अपमान हो ।’

उनले गृहमन्त्रीलाई शहीदको बलिदान, नेपाली जनताको आशा र आँसु सम्झन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘काम गर्न नसके पद छोड्ने वाचा गर्नुभएको थियो । अब त्यो समय आएको छ । किनभने दुई महिना भइसक्दा पनि न भ्रष्टाचारविरुद्ध कारबाही भएको छ, न हत्यारा विरुद्ध कारवाही गरिएको छ ।’

गुरुङले आफू र आफ्ना सहकर्मीहरू राष्ट्रहितका लागि लडिरहेको बताउँदै लेखेका छन्, ‘देशको हितको लागि लड्दा मैले भ्रामक समाचार, चरित्र हत्या र अपमान सहनु प¥यो । म सोच्थें—कामले बोल्छ । तर अब तपाईंबाट आशा हराइसकेको छ ।’

यसैगरी उनले जेनजीका माग पूरा नभएसम्म चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् । उनले चेतावनी दिंदै भनेका छन्, ‘यदी नेपाली जनता र जेनजीका मागहरू सम्बोधन भएनन् भने यसपालीको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर बस्नुभयो भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ ।’

प्रकाशित मितिः बिहिबार, २० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K99ZMHCAE99VB9PZ43WXGGYW.jpg

जेनजी आन्दोलनमा गोली आदेशको सत्यता अनुसन्धानबाटै आउनुपर्छ : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता सविता भण्डारीले विद्रोहपछिको राजनीतिक अवस्थालाई सरकारका लागि अवसर र चुनौती दुवैको रूपमा व्याख्या गरेकी छिन् । राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विद्रोह पछिको बाटो ः चिन्ता र चुनौती ?’शीर्षकको तेस्रो प्यानल छलफलमा बोल्दै उनले हालको सरकार सुशासन र कानूनी प्रक्रियाको सन्तुलनमा उभिएको बताइन् ।

उनले भनिन्, ‘सरकार गठन हुँदा सुशासनका विषयमा ध्यान दिनुपर्छ भनेर भनिएको थियो । अभियोजन र सजायका कुरा आफ्ना ठाउँमा छन्, तर त्यससँगै विभिन्न आवाजहरू उठिरहेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र रमेश लेखकजस्ता व्यक्तिहरूलाई तत्काल पक्राउ गरियोस् भन्ने माग भइरहेका छन् । तर कसैलाई दोषी ठहर गर्न प्रमाण आवश्यक हुन्छ ।’

उनले तत्कालीन सरकारले आन्दोलनमा गोली चलाउने आदेश दिएको थियो वा थिएन भन्ने विषय अनुसन्धानबाटै स्पष्ट आउनुपर्ने बताइन् ।

भण्डारीले थपिन्, ‘जाँचबुझ आयोग गठन भइसकेको छ र त्यसले काम गरिरहेको छ । अनुसन्धानको निष्कर्ष नआउँदै कसैलाई दोषी ठहर गर्न मिल्दैन । तत्कालीन सरकारले आन्दोलनमा गोली चलाउने आदेश दिएको थियो वा थिएन भन्ने कुरा पनि अनुसन्धानबाटै स्पष्ट हुनुपर्छ । सरकार त्यस दिशामा प्रयासरत छ ।’

उनले प्रहरी प्रशासन अनुसन्धानमा सक्रिय रहेको र मिडियामा नदेखिए पनि आवश्यक कानूनी प्रक्रिया अघि बढिरहेको बताइन् ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K99YJQ97HM63HRA343F18M0C.jpg

मृतकको मलामीमा नदेखिने जेनजी नेताले क्रेडिट लिन खोजे : प्रवक्ता सुमन

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका प्रवक्ता मनिष कुमार सुमनले जेनजी आन्दोलनका लागि अनुमति लिने जेनजी अगुवाहरू आन्दोलन पछि मृत्युवरण गरेकाहरुको मलामी र घाइतेहरूलाई भेट्न अस्पतालहरूमा नपुगेको बताएका छन् । तर तिनै नेता तथा अगुवाहरूले क्रेडिट लिन खोजेको उनको आरोप छ ।

राष्ट्रिय एकताको लागि नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘बदलिँदो राजनीति : सच्चिँदै कि सक्किँदै दल ?’शीर्षकमा आयोजित दोस्रो प्यानलको छलफलमा बोल्दै उनले जेनजी आन्दोलन पछि जेनजी अगुवाहरू राज्य स्वघोषित गर्ने हानथाप गर्न लागेको बताए ।

उनले भने, ‘जो पुरुषोत्तम यादव जी तपाईले सिडियो कार्यालयबाट अनुमति लिन जानुभएको थियो उनलाई कुनै मलालीमा खासै देखिन त्यो ७६ जनाहरूको मलामीमा । अस्पतालमा पनि खासै भेटिन । उनलाई मात्र हैन त्यो आयोजक भन्ने पछिल्लो दिनमा भेप खाएर उदाएकाहरू अथवा सामाजिक सञ्जालमा आफ्ना विशिष्ट चरित्र प्रधान गर्ने मेयर सावहरू कोही पनि जो त्यो आन्दोलनको उपलब्धि लिन हानथाप गरिरहेका छन् तिनीहरूमध्ये कसैलाई मैले मृत्युवरण गरेरका वा अस्पतालमा छटपटाई रहेकाहरू सम्म गएको पनि देखिन ।’

उनले आफ्नो सिफारिसमा मन्त्री, प्रधानमन्त्री बन्नुपर्ने भन्दै आफै हानथाप गरिरहेको भन्दै जेनजीका अगुवाहरूसँग गुनासो पोखे ।

‘उहाँहरू बरु मेरो सिफारिसमा प्रधानमन्त्री बनाइदेयौँ । राज्य म हुँ राज्यले गर्नुपर्ने काम म गर्छु बाकी तपाईहरू विपतको व्यवस्थापन गर्ने कामहरू गर्नुस् भनेर आफै राज्य स्वघोषित गर्ने हानथाप थियो,’उनले भने ।

उनले जेनजी आन्दोलनपछि जनयुद्ध गरेर आएको पार्टी फुटेको भन्दै जनता समाजवाद नेपाल पार्टी फुट्दै अनि जुट्दै बलियो बनेको समेत बताए ।

‘फुट्दै फुट्दै जादा जनता समाजवाद पार्टी नेपाल फुट्दै भन्दा पनि जुट्दै जुट्दै गएको हो । एकदिन बाबुराम भट्टराई हाम्रै पार्टीको नेता हुनुन्थ्यो । अशोक राई हाम्रौ पार्टीमा हुनुहुन्थ्यो,’उनले थप भने, ‘पछिल्लो दिन फुटेकोमा हाम्रो पार्टीलाई मात्र किन खिसीटिउरी गर्नुहुन्छ । जनयुद्ध गरेर आएको पार्टी पनि फुटेर आएको देखेको छु । आफै फुटेर ओली ठिक छैनन् भनेर फुटेर हिडेकाहरू पनि फुटेको देख्दैछु ।’

प्रवक्ता सुमनले राजनीतिक दलहरू सचिनै पर्ने बाध्यता रहेको भन्दै जेनजी आन्दोलनले ०८४ मा हुने चुनाव ०८२ हुनु बाहेक केही फाइदा नरहेको बताए ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K99XBMV2CZYQVEASKPNA0A02.jpeg

नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ । काठमाडौंमा जारी सम्मेलनले पार्टीको नाम, चुनाव चिह्नलगायतका विभिन्न ९ बुँदे प्रस्ताव पारित गरेको हो ।

सम्मेलनमा एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरेको छ भने चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।  दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल (प्रचण्ड) र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् ।

यस्ता छन्, ९ बुँदे प्रस्तावहरू :

१. एकता प्रक्रियामा सहभागी पार्टीहरूले पार्टी एकता गरेर ‘नेपाली कम्युनिष्ट पार्टी’ निर्माण गर्ने निर्णय गरिएको छ ।

२. चुनाव चिह्न ‘पाँच कुने तारा’ राख्ने निर्णय गरिएको छ ।

३. एकतामा सहभागी सबै सदस्यहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुने निर्णय गरिएको छ ।

४. एकतामा सहभागी सबै पार्टीका नेताहरूसँग आवश्यक परामर्श गरेर पार्टीका केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र सङ्गठनात्मक समायोजन सम्बन्धी काम गर्ने तथा यसअघि सबै घटकका केन्द्रीय समितिलाई समायोजन गरी केन्द्रीय समिति निर्माण गर्ने निर्णय गरिएको छ ।

५. केन्द्रीय संरचनाहरूलाई पूर्णता दिने र संगठनात्मक समायोजनसम्बन्धी काम गर्ने अख्तियारी पार्टीका संयोजक र सहसंयोजकलाई दिने प्रस्ताव गरिएको छ ।

६. विगतका प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा माओवादी समाजवादीको चुनाव चिह्नबाट निर्वाचित जनप्रतिनिधिहरू अबदेखि नेपाली कम्युनिष्ट पार्टीका जनप्रतिनिधि हुनेछन् ।

७. पार्टी एकतामा सामेल सबै पार्टीहरूको चल–अचल, बैंक मौज्दातलगायतका सम्पत्तिको स्वामित्व र दायित्व अबदेखि नेपाली कम्युनिष्ट पार्टीको स्वामित्वमा रहनेछ ।

८. नेपाली कम्युनिष्ट पार्टीको घोषणापत्र पारित गरिएको छ ।

९. नेपाली कम्युनिष्ट पार्टीको विधान छलफल र आवश्यक सुझावसहित पारित गरिएको छ ।

प्रकाशित मितिः बुधबार, १९ कात्तिक २०८२