आइतबार, २७ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K4KYNVEBGQ3AXQH2JHM1TTVW.jpg

कोशीका सहरमा पनि जेनजीको आन्दोलन

कोशी । सोमबार काठमाडौंको माइतीघर सहित देशैभरका विभिन्न स्थानमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

जसअन्तर्गत कोशी प्रदेशको विराटनगर, धरान, इटहरी सहितका प्रमुख सहरमा पनि यो पुस्ताले आन्दोलन गर्ने भएको छ । 

सामाजिक संञ्जालहरुमा राखिएको सूचनाअनुसार कोशी प्रदेशको सुनसरीस्थित इटहरीमा बिहान ११ बजेबाट आन्दोलन सुरु हुने छ भने, विराटनगरमा पनि सुनसारीमाइस्थान देखि सिडियो कार्यालयसम्म आन्दोलन गरिने जनाइएको छ । 

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए । जसको राजनीतिक दलदेखि संघसंथासम्मले समेत साथ दिइरहेका छन् ।

प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4KMTK7T3Y9ATHDV7CV5Y8GK.jpg

प्रचण्डको सामाजिक सञ्जालबारे स्टाटसमा मेयर बालेनको कटाक्ष : ‘एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धको विरोध गर्दै आइतबार सामाजिक सञ्जालमै स्टाटस लेखेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले तीव्र प्रतिक्रिया जनाएका छन्।

प्रचण्डले फेसबुकमा लेखेका थिए, “सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधविरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस्। भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ।”

उनकै स्टाटसमाथि प्रत्यक्ष प्रतिक्रिया जनाउँदै मेयर बालेन शाहले विगत सम्झाउँदै कटाक्ष गरे। उनले कमेण्टमा लेखे, “एकादेशमा टिकटक पनि ब्यान्ड भएको थियो। हजुर प्रधानमन्त्री हुँदा पनि म मेयर नै थिए, काम हजुरबाट पनि केही भएन कमरेड! मेरो लागि एक दिन दिइएको भए म काठमाडौँको खोला नाला फेरिदिन्थे।”

बालेनको टिप्पणी सामाजिक सञ्जाल प्रयोगकर्तामाझ व्यापक चर्चा र सेयरको विषय बनेको छ। कतिपयले यसलाई प्रचण्डको नेतृत्वप्रति असन्तुष्टि र जवाफदेहिताको मागका रूपमा व्याख्या गरेका छन् भने अरूले राजनीतिक तहमा खुला संवादको सकारात्मक संकेतका रूपमा पनि हेरेका छन्।

हालै सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिबन्धविरुद्ध काठमाडौंसहित विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ। यो विषय राजनीतिक वृत्तदेखि आम नागरिकसम्म चासोको केन्द्र बनेको छ।

प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4KKJNBTTHMJNQ77C10GMS9E.jpg

सामाजिक सञ्जाल बन्दविरुद्ध माइतीघरमा प्रदर्शन गर्दै जेनजी पुस्ता

काठमाडौं । सोमबार काठमाडौंको माइतीघरमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन् । सोमबार बिहान ९ बजे देखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन् ।

प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन् ।

जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन् । उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावाद विरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए ।

जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन् । जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन् ।

प्रकाशित मितिः सोमबार, २३ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4J44GQ7RGCN3VN4J3BJEKVX.jpg

ठाकुरराम क्याम्पसमा नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज । वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थीको रूपमा परीक्षा दिइरहेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा, २५ वर्षीय महमद अफताब रहेका छन् ।

क्याम्पसमा मानविकी संकाय, राजनीति शास्त्र स्नातकोत्तर तह तेस्रो सेमेस्टरको परीक्षा भइरहेको बेला अफताबले आफ्ना बुवाको प्रवेशपत्रमा आफ्नो फोटो टाँसेर परीक्षा दिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का परीक्षार्थी महमद साहबुद्धिनको साटोमा अफताब परीक्षा दिइरहेको सूचना पाएपछि तत्काल अनुगमन टोली खटाइएको थियो ।

‘जाँच गर्दा परीक्षार्थी साहबुद्धिनको स्थानमा उनका छोरा अफताब भएको पुष्टि भएपछि उनलाई परीक्षा हलमै नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाइएको हो,’प्रमुख यादवले बताए ।

त्रिभुवन विश्वविद्यालयको संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० को दफा २७० (क) बमोजिम अफताब र उनका पिता दुबैविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइने क्याम्पस प्रशासनले जनाएको छ ।

पक्राउ परेका अफताबलाई हाल वडा प्रहरी कार्यालय वीरतामा राखिएको छ । पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार, ‘क्याम्पस प्रशासनबाट बुझाइएको युवकलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ ।’

प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4HRGJ04EPN50JJFHZWRXYCB.jpg

महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।

सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।

सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्रित कार्यपत्रहरू प्रस्तुत गरिनेछ । सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिनेछ ।

कार्यक्रममा सरकारी वकीलहरूको पेशागत चुनौतीलाई अवसरमा बदल्ने रणनीति तय गरिनेछ भने घोषणापत्र जारी गर्दै सम्मेलन समापन गरिनेछ ।

सम्मेलनको उद्घाटन समारोहमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल प्रमुख अतिथि रहनेछिन् । साथै सर्वोच्च अदालतका अन्य न्यायाधीशहरू, राष्ट्रिय महिला आयोग, महान्यायाधिवक्ता कार्यालय, नेपाल न्याय सेवा, नेपाल बार एसोसिएसन, र विभिन्न अदालतहरूमा कार्यरत महिला न्यायाधीशहरूको पनि उपस्थिति रहनेछ ।

यस्तै, सम्मेलनको समापन समारोहमा न्यायाधीश धारणा सुवेदी प्रमुख अतिथि रहने कार्यक्रम छ ।

महान्यायाधिवक्ताको कार्यालयले यो सम्मेलनलाई महिला सरकारी वकीलहरूको आवाज राष्ट्रियस्तरमा स्थापित गर्ने ऐतिहासिक अवसरका रूपमा लिएको छ ।

प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4HK1CQERSTZN1YXP0FPYZ37.jpg

पुटिनले दिएको मस्को बैठकको प्रस्ताबलाई जेलेन्स्कीले गरे अस्विकार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मास्कोमा वार्ता गर्ने प्रस्ताव अस्वीकार गरेका छन् ।

उनले युद्धको अवस्था हेर्दा मस्को असम्भव स्थान भएको भन्दै पुटिनलाई युक्रेनको राजधानी कीभमा वार्ताका लागि बोलाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले भने, ‘म यस आतङ्ककारीको राजधानी जान सक्दिनँ, किनभने युक्रेन हरेक दिन मिसाइल आक्रमण र गोलाबारीमा परेको छ,’उनले थपे,‘यदि पुटिन साँच्चै वार्ता गर्न चाहन्छन् भने कीभ आउनुपर्छ ।’ यसअघि पुटिनले आफू वार्ताका लागि तयार रहेको तर केवल मास्कोमै सम्भव हुने बताएका थिए ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोको निम्तो ‘वार्ताका लागि हो, आत्मसमर्पणका लागि होइन’ भनेका थिए । तर जेलेन्स्कीले मास्कोको निम्तोलाई वार्ता अस्वीकार गर्ने तरिका भएको टिप्पणी गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने लामो समयदेखि दुई नेताबीच प्रत्यक्ष भेटवार्ताको दबाब दिइरहेका छन् । उनले हालै अलास्कामा पुटिनसँगको शिखर बैठकको मुख्य उद्देश्य पनि यही भएको बताएका थिए । ट्रम्पका अनुसार जेलेन्स्कीको वाशिङटन भ्रमण र युरोपेली नेतासँग छलफलपछि वार्ता सम्भव हुने भए पनि, मस्कोले थप सर्त राख्दै युक्रेनी शहरहरूमा आक्रमण तीव्र बनाएपछि प्रक्रिया रोकिन पुगेको हो ।

जेलेन्स्कीले क्रेमलिनले व्यक्तिगत वार्ता सम्भावनाको विकल्प सार्वजनिक गरेको कुरा मात्र पनि एउटा उपलब्धि भएको बताए । तर, उनले निरन्तर आक्रमण भइरहँदा वार्ता हुन नसक्ने दोहो¥याए । यसैबीच, जेलेन्स्कीले सेप्टेम्बरको पहिलो पाँच दिनमै रुसले एकहजार तीनसय भन्दा बढी ड्रोन, करिब नौ सय मार्गदर्शित बम र ५० भन्दा बढी विभिन्न प्रकारका क्षेप्यास्त्र युक्रेनमा प्रहार गरेको जनाए । यी आक्रमणहरूले देशका १४ वटा प्रदेश प्रभावित पारेको उनले बताए ।

वार्ता प्रक्रिया रोकिनुका बारेमा टिप्पणी गर्दै राष्ट्रपति ट्रम्पले भने,‘केही न केही हुन्छ, तर उनीहरू अझै तयार छैनन् । हामी त्यसलाई गराउँछौँ ।’ तर उनले अमेरिकाले स्वीकार गर्ने समयरेखा भने खुलाएनन् । - एएनआई

प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4H7JGH2B3JJD7C4P50P7ARA.avif

लम्जुङमा प्रचण्डको मर्निङ वाक, सहिद परिवारसँग भेटघाट

लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान लम्जुङ भ्रमणका क्रममा भोर्लेटारमा मर्निङ वाकमा सहभागी भए।

सो क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण गरे।

त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकनसमेत गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे जानकारी लिँदै उनले विद्यालयप्रति चासो व्यक्त गरेका थिए।

मर्निङ वाकको क्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। साथै विभिन्न स्थानमा स्थानीयले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए।

प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4H1PW0GVRXR6MW2RAC0V303.jpg

चुली हिमाल आरोहरणका लागि खुला

काठमाडौँ । चुलु सुदूरपूर्व (चुली) हिमाल आरोहरणका लागि खुला गरिएको छ । दामोदर हिमशृङ्खला अन्तर्गत पर्ने हिमाल आरोहणका लागि सरकारले खुला गरेको हो । अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने सो हिमाल गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित छ ।

कुल उचाइ छ हजार ३८ मिटर रहेको चुली हिमाल छ आरोहणका लागि जोमसोम, कागबेनी, झार्कोट, मुक्तिनाथ, थोराङला, लेडर हुँदै आधार शिविरतर्फ जान सकिनेछ । 

नेपाल पर्वतारोहण सङ्घले आरोहणका लागि व्यवस्थापन गर्दै आएको सो हिमाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रापजत्रमा सूचना प्रकाशित गरी चुलु सुदूरपूर्व हिमाल आरोहणका लागि अनुमति दिइएको हो ।

प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4H10FW44ZDQFTD0G498WYWC.jpg

भोली देखि सोह्रश्राद्धसुरु हुँदै

 काठमाडौं । प्रत्येकवर्ष आश्विन कृष्णप्रतिपदादेखि सुरु हुने सोह्र श्राद्धअर्थात् पितृ पक्षभोलीदेखि विधिवत् आरम्भ गरिँदैछ।यसअघिवार्षिक श्राद्ध (बरखी) गरिएकादिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्डदिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्धपनिभन्ने गरिन्छ ।

आश्विनकृष्णप्रतिपदादेखि आश्विनशुक्लप्रतिपदासम्मका १६ वटातिथिमादिवङ्गतपितृलाई सम्मानका साथतर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्धभनिएको हो। यो समयलाई अपर, प्रेत पक्षआदिनामले पनिबुझिन्छ। चाडपर्व यज्ञयागादितथाठूलाकार्य गर्नुअघिपितृलाई श्रद्धाभक्तिका साथ सम्झिने वैदिक सनातनहिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो। यस समयमापितृले आशगरी बसेका हुन्छन् भन्ने शास्त्रीयमान्यता छ।   

असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वणतथातीर्थश्राद्धको परम्परा छ । यस पक्षबाहेकअन्यबेलातिथि परेका दिवङ्गतको सम्झनामापार्वण र यसै पक्षमातिथि परेका (दिवङ्गतभएका) पितृहरुको सम्झनामाएकोपार्वणश्राद्ध गर्ने परम्परा रहेको छ । 

असोज कृष्णप्रतिपदादेखि औँसीसम्मका १५ तिथिभएपनिपूर्णिमा तिथिहुनेको श्राद्धपनिऔँसीमा गर्न सकिने हुँदा सोह्र वटै तिथिको प्रतिनिधित्वहुनेगरी यसपक्षलाई ‘सोह्रश्राद्ध’भनिएको कर्मकाण्डकाज्ञाताहरुको भनाइ छ ।


प्रकाशित मितिः आइतबार, २२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4FESE011EQTY2M4EKX52ZBX.jpg

लोयल्टी एकेडेमीमा उपत्यका विकास प्राधिकरणले चलायो डोजर

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा हडपेको भन्दै लोयल्टी एकेडेमीमा डोजर चलाएको छ ।  बुढानीलकण्ठ नगरपालिका–९ धोबीखोला करिडोर (मण्डिखाटार) मा रहेको उक्त लोयल्टी एकेडेमीमा शनिबार विकास प्राधिकरणले डोजर चलाएको हो ।

प्राधिकरणका अनुसार लोयल्टी स्कूलले पाँच रोपनीभन्दा बढी सार्वजनिक जग्गा हडपेर बसेको छ । आज (शनिबार) प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुवास बस्नेत र बोर्ड सचिव (कानून महाशाखा प्रमुख ) घनश्याम पौडेलको अगुवाइमा सो स्कूलमा डोजर चलाइएको हो । 

यो  स्कुल नेकपा (एमाले) बाट सांसद बनेका विजय सम्बाहाम्फेको हो । उनी निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालका पूर्व अध्यक्षसमेत हुन् । अहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

प्रकाशित मितिः शनिबार, २१ भदौ २०८२