लम्जुङमा प्रचण्डको मर्निङ वाक, सहिद परिवारसँग भेटघाट
लम्जुङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान लम्जुङ भ्रमणका क्रममा भोर्लेटारमा मर्निङ वाकमा सहभागी भए।
सो क्रममा उनले जनयुद्धका सहिद राममणी भट्टराईको घरमा पुगेर परिवारसँग भेटघाट गरेका थिए। सहिद भट्टराईको तस्बिरमा माल्यार्पण गर्दै अध्यक्ष प्रचण्डले श्रद्धाञ्जली अर्पण गरे।
त्यसपछि प्रचण्ड नेतृत्वको टोलीले श्री ईशानेश्वर माध्यमिक विद्यालयको अवलोकनसमेत गरेको थियो। विद्यालयको भौतिक संरचना र शैक्षिक गतिविधिबारे जानकारी लिँदै उनले विद्यालयप्रति चासो व्यक्त गरेका थिए।
मर्निङ वाकको क्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। साथै विभिन्न स्थानमा स्थानीयले अध्यक्ष प्रचण्डलाई स्वागत गरेका थिए।
सम्बन्धित खबर