शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HTHYGJ2EBA5KHXVHRJBES07M.jpg

मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जना पक्राउ

चैत्र २१ गते । मोरङ र उदयपुरबाट लागुऔषध सहित ३ जनालाई पक्राउ गरिएको छ । मंगलबार  बेलुका सँवा ६ बजे मोरङको विराटनगर महानगरपालिका १५ स्थित २ नं. ढाँटबाट इलाका प्रहरी कार्यालय रानी र लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारत जिल्ला अररिया ठगपुरा पञ्चायत बस्ने २६ बर्षीय मनोज ऋषिदेवलाई लागुऔषध ब्राउन सुगर १७.२३ ग्राम सहित पक्राउ गरेको हो ।

 यसैगरी हिजो बेलुका साढे ७ बजे विराटनगर महानगरपालिका १५ स्थित १ नं. ढाँटबाट लागुऔषध व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले झापाको दमक नगरपालिका १ बस्ने २३ बर्षीय उज्वल गजमेरलाई लागुऔषध एभिल -१० एम्पुल, लुपिजेशिक -१० एम्पुल, फेनारागन-१० एम्पुल, डाइजोपाम-१० एम्पुल  सहित पक्राउ गरेको छ । 

यसैगरी हिजै राती साँढे १० बजे उदयपुरको त्रियुगा नगरपालिका लालपत्ताबाट प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ६ जलजले बस्ने २३ बर्षीय  मो. सकिर अलिलाई  लागुऔषध प्रोर्मेथाजिन १४ एम्पुल, डाइजोपाम १४ एम्पुल र बुप्रिनोर्फिन १४ एम्पुल  सहित पक्राउ गरेको छ । पक्राउ परेका तिनै जनाको थप अनुसन्धान भईरहेको छ ।

प्रकाशित मितिः बुधबार, २१ चैत २०८०
https://www.jawaaf.com/storage/01HTHTZZCE0SKWAVXY9F0ZW07W.jpg

धरान तरहरा सडक निर्माण ः तीन वर्षमा एकतर्फी खुल्यो

धरान, चैत २१ गते । कोशी लोक मार्ग स्थित धरान तरहरा सडक खण्डको बाटो निर्माण प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा धरान सडकको एकतर्फी दुईलेन सडकको कालोपत्रे हुन अव ५ सय मिटर मात्रै बाँकी छ । अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ । उक्त सडकको एकतर्फी सडक चैत २१ गते साँझबाट खुल्ला हुने भएपछि यातायात व्यवसायी मजदुर तथा आम उपभोक्तहरुलाई केही राहत हुने भएको छ । २०८० सालको असारसम्म काम सम्पन्न गर्नेगरी २०७७ सालबाट सुरु भएको सडक निर्माणमा लामो समय देखि नियमित काम नहुँदा इटहरी बाट धरान हुँदै पहाडी जिल्लाका विभिन्न क्षेत्रमा यात्रा गर्नेहरुले कष्ट भोग्नु परेको थियो ।

विराटनगरको रानी धरान ६ लेनको सडक अन्तर्गत को तरहरा (धरानको करिब १० किमी सडकमा २५ सय मिटर बाँकी थियो । एका तर्फको वाँकी रहेको दुई किमी सडक मंगलबार पुरा भएको र बाँकी ५ सय मिटरको कालो पत्र चैत भित्र सम्पन्न हुने कन्स्ट्रक्सनका सिनियर ल्याब टेक्निसियन अनिल देवकोटाले जानकारी दिनु भयो ।

एकातर्फ सडक पिच भए पछि आज साँझ देखि नै सवारी आवत जावत गर्ने उहाँले बताउनु भयो । वर्षौ देखि सडक नबन्दा स्थानीय जनप्रतिनिधिहरूले आलोचना खेपिरेको थियो । एका तर्फको दुई लेनको कालो पत्रे पुरा भइ सडक खुले पनि ठूलो राहत भएको मजदुर नेता भीमज्वाला राईले बताउनु भयो । उहाँका अनुसार सडक बन्न ढिलाई हुँदा यस सडक खण्डमा ८२ वटा दुर्घटनामा १० जनाको ज्यान गएको छ भने १४१ जना घाइते भएका छन । २०८० असार सम्ममा सबै सडक निर्माण सकिने गरि काम भइरहेको डिभिजन प्रमुख इन्जिनियर राजेन्द्रप्रसाद साहले जानकारी दिनु भयो । यो सडक २०७६ सालमा सरकारसँग ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मितिः बुधबार, २१ चैत २०८०
https://www.jawaaf.com/storage/01HTFJW78CBZQ5CA4MW6RTX96S.jpg

दक्षिण कोरियाबाट क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्राप्त

२० चैत्र धरान । दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्धारा क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

खोटाङ जिल्ला जन्तेढुङ्गा गा.पा. वडा न ५, चिसापानी का क्यान्सर पीडित राजेश राईलाई पाँच लाख छत्तिस हजार चार सय छैसट्‍ठी रुपियाँ आर्थिक सहयोग गरेका छन । 

एक महिना अगाडी देखि ब्लड क्यान्सर पीडित राई टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौँ मा उपचारत छन् । उपचारमा आवद्ध डा. को परामर्श अनुसार उपचार रकम सत्तरी लाख माथि लाग्ने भएको कारण छोरा को उपचारमा आर्थिक सहयोग का लागी बुवा इमानसिँ राई र आफन्त द्वारा आर्थिक सहयोगको अपिल गरेका थिए ।

 त्यस प्रश्चात दक्षिण कोरियामा कार्यरत तथा खोटाङ्ग सेवा समाज दक्षिण कोरीयाका महासचिव बलुहाङ राई, सह–कोषाध्यक्ष अनिल राई, सदस्य संजिव राई, सरस्वती राई, सुवाश राई, देबिन राई, मनोज राई, नवराज राईको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।

सङ्कलित रकम लाई नेपाल पठाई सकिएको र विरामीको सिग्र स्वास्थ्य लाभको कामना सहित आदिवासी जनजाति आयोगका सदस्य माननीय शरण राईद्धारा क्यान्सर पीडित राईका बुवालाई सङ्कलित आर्थिक सहयोग हस्तान्तरण गरिएको आर्थिक सङ्कलन अभियानका सदस्य संजिव राईले बताए । 

सहयोग रकम हस्तान्तरण कार्यक्रम क्यान्सर पीडित राजेशका बाबुले डा. को सुझाव अनुसार सत्तरी लाख माथी उपचार खर्च लाग्ने बताउदै छोराको उपचारमा अझ आर्थिक सहयोगको अपिल गरेका छन् । १८ वर्षीय क्यान्सर पीडित राजेश राई जन्तेढुङ्गा गा.पा. को श्री चिसापानी उच्च मा.बि. मा कक्षा १२ मा अध्यायनरत विद्यार्थी हुन ।

प्रकाशित मितिः मङ्गलबार, २० चैत २०८०
https://www.jawaaf.com/storage/01HTCZQBBMM4P3VG5T9XHVF6RX.jpg

अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डल लगानी सम्मेलनमा सहभागी हुने

काठमाडौ ,अमेरिकी चेम्बर अफ कमर्सको प्रतिनिधि मण्डल आगामी वैशाखमा हुने लगानी सम्मेलनमा सहभागी हुने भएको छ । आज अर्थमन्त्री वर्षमान पुनसँग अर्थमन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले सो जानकारी दिएको हो । लगानी सम्मेलन सफल पार्न आफूहरुका तर्फबाट सहयोग हुने उनको भनाइ थियो । भेटमा द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजना पूर्व निर्धारित समयमै सम्पन्न गर्ने बारे छलफल भएको छ । अर्थमन्त्री पुनले लगानी सम्मेलनका लागि राम्रो तयारी भइरहेको वताउँदै लगानी मैत्री वातावरण निर्माणका लागि गरिनुपर्ने कानुनी र प्रक्रियागत सुधारको तयारी भइरहेको जानकारी दिए ।


नेपालमा लगानी वातावरण सुधारका लागि मुलुकको सार्वभौम साख मूल्याङकन (सोभरेन कन्ट्री रेटिङ) को काम अघि बढेको जानकारी पनि मन्त्री पुनले राजदूत थम्प्सनलाई दिए । सरकारले अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ गर्ने संस्था फिच मार्फत नेपालको क्रेडिट मूल्याङ्कन लागि प्रक्रिया अघि बढाएको छ । बेलायती सहयोग नियोग अन्तर्गतको ‘फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट अफिस (एफसिडिओ) ले नेपालको आग्रहमा कन्ट्री रेटिङ गर्दा लाग्ने सेवा शुल्क फिचलाई भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ । चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले कन्ट्री रेटिङ गर्ने घोषणा गरेको थियो ।   


यस्तै, मन्त्री पुनले संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाले सम्पत्ति शुद्धीकरण (मनी लान्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्धन सम्बन्धी विधेयक पारित गरिसकेकाले सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तर्राष्ट्रिय छाता सङ्गठन ‘फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ) को सम्भावित कालोसूचीमा पर्ने सम्भावना टरेको जानकारी पनि राजदूत थम्प्सनलाई दिए । सम्पत्ति शुद्धीकरण सम्बन्धी विभिन्न १९ वटा कानुनका व्यवस्था संशोधन गरिएको उक्त विधेयक हाल राष्ट्रपति मार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन् ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTCZ9Q7XFRPVVJWSPM5SJRG6.jpg

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालनमा थालियो

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सक सहित अस्पतालले उपचार सेवा थालेको छ ।
प्राथमिक स्वास्थ्य चौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृत सहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना रहेको छ ।


आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ । चिकित्सक डा मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रु ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरे । उनले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे  । आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTCYNAJFKEZ4G2XEZK5NN1FG.jpg

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन गरियो

उदयपुर ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका – ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए । यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिक सँगै मानवीय विकासमा जोड दिएको बताए । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्ज्वल बनाउने मानवीय विकास तर्फ सरकार लागेको बताए । 

बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकास मन्त्री कमलप्रसाद जबेगूले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए । प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गरिने मन्त्री खत्रीले बताए । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ । 

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताए । प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत रु १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTCXRV3XS7NXNJXSD30NVB6H.jpg

शिक्षामा दलीय राजनीति अन्त्यको अभियान सञ्चालन गरिनेः मन्त्री श्रेष्ठ

धरान ,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रमा रहेको दलीय राजनीति अन्त्यका लागि अभियान सञ्चालन गरिने बताएका छन् । राष्ट्रिय सभाको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रको दलीय राजनीति अन्त्य गर्ने अभियानको सरुआत त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट गरिने बताए । शिक्षा क्षेत्रको लगानी परिणाममुखी हुन नसक्नुका कारण दलीय भागबन्डा हो उनले भने मेरो पहिलो प्रयास त्रिविको सेवा आयोगमा भागबन्डा नगरी नियुक्त गर्न सुरु गरेको छु ।

उनका अनुसार सेवा आयोगको सदस्यका लागि आवेदन दिन खुल्ला आह्वान भइसकेको छ । शिक्षा क्षेत्रमा भएका प्रगति र अवस्थाबारे छलफल गर्न आयोजित बैठकमा मन्त्रालयका सचिव सुरेश अधिकारीले चालु आर्थिक वर्षमा हालसम्म भएका कार्य विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले शिक्षामा बजेट थप गर्नु पर्ने जनाउँदै जाजरकोट भूकम्प पीडित क्षेत्रका विद्यालय पुनर्निर्माण कार्ययोजना अगाडि सार्ने बताए । “भूकम्प पीडित क्षेत्रका विद्यालय मर्मतमा बजेट बढाउने तयारी भइरहेको पनि वताए । बैठकमा सांसदहरु जगप्रसाद शर्मा, इन्दिरादेवी गौतम, राजेन्द्र लक्ष्मी गैरे लगायतले शिक्षाको स्तरोन्नतिको विषयमा सुझाव राखेका थिए । समितिका सभापति सोनाम ग्याल्जेन शेर्पाले राजनीतिकरणरहित सामुदायिक विद्यालय सञ्चालनमा रहेको उदाहरण प्रस्तुत गर्दै शिक्षाको गुणस्तर बढाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTC32N24TJQWWZJDF5DG9ZBE.jpg

क्यान्सर पिडितलाई कांग्रेसको सहयोग

धरान, नेपाली कांग्रेसले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराईरहेकी धरान १९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो । सामाजिक क्षेत्रमा क्रियाशील उनलाई ६ महिना अघि थर्ड स्टेजको व्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो । 


भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउंदै आएकी उनी हाल चिकित्सकको सल्लाह अनुसार निरन्तर फलोअपमा रहेकी छिन् । उपचारमा आर्थिक अभाव भएपछि नेपाल तरुण दल धरान, नेपाली कांग्रेस धरान, प्रदेशसभा १(१), प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी तथा सहयोगी कांग्रेस नेताहरुले जुटाएको रकम ४१ हजार १ सय कांग्रेस नेताहरु घरमै गई हस्तान्तरण गरेका छन् ।


सो अवसरमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राई, १८ नं. वडा अध्यक्ष नरेन्द्रकुमार राई(प्रविन) लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTBSA5E73RP2N390B6NPFGMC.jpg

युवा घेदुङ सुनसरीमा प्रदीप चयन

धरान, नेपाल तामाङ युवा घेदुङ, सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ । नेपाल तामाङ घेदुङ सुनसरीले धरानमा आयोजना गरेको तामाङ यूवाहरुको सम्मेलनले नेपाल तामाङ युवा घेदुङ, सुनसरीको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नेपाल तामाङ घेदुङ, सुनसरीका अध्यक्ष पृथ्वीबहादुर मोक्तानको अध्यक्षता तथा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको तामाङ युवाहरूको सम्मेलन बाट अध्यक्षमा इटहरीका प्रदीप तामाङ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राम सिङ्गर, महिला उपाध्यक्षमा विनिता मोक्तान, सचिवमा हर्कवहादुर योन्जन(अमन), कोषाध्यक्षमा मिना घिसिङ, सह–सचिवमा रमेश मोक्तान र सह–कोषाध्यक्षमा निरकुमार मोक्तान सर्वसम्मत चयन भएका छन् । सदस्यहरूमा सानु घिसिङ, धनबहादुर घिसिङ, जितेन्द्र योञ्जन, कुमार तामाङ, विक्रम योन्जन तामाङ, राजेश पाख्रिन र अविन योन्जन (बुद्ध) सर्वसम्मत चयन भएका छन् । 

सम्मेलनलाई संवोधन गर्दै प्रमुख अतिथि गोलेले तामाङ समाजलाई राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक एवम् सांस्कृतिक र धार्मिक क्षेत्रमा माथि उठाउन र तामाङ जनताको घरघरमा घेदुङको लक्ष्य, उद्देश्य, कार्यक्रम, विचार र चेतना फैलाउन दक्ष र परिपक्व तामाङ यूवाहरुको संगठित शक्तिको महत्वपूर्ण भूमिका हुने भन्दै नवगठित यूवा घेदुङका पदाधिकारी र सदस्यहरू हरेकले जिम्मेवारी बोधका साथ कार्य गर्नुपर्नेमा जोड दिएका थिए । 

सो अवसरमा विशेष अतिथि एवम् घेदुङका प्रदेश अध्यक्ष रेखबहादुर घिसिङले शुभकामना मन्तव्य राख्दै तामाङ पहिचानलाई प्रवर्धन गर्न हप्ताको एक दिन तामाङ विद्यार्थीहरूले तामाङ भेषभूषामा विद्यालय जाने व्यवस्थाका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन सँग आवश्यक समन्वय र पहल गर्न आग्रह गरेका थिए । सम्मेलनमा नेपाल तामाङ घेदुङका सुनसरी जिल्ला उपाध्यक्ष हस्त पाख्रिन, धरान नगर अध्यक्ष सपन योन्जन, इटहरी नगर उपाध्यक्ष हस्त ग्यावा, धरान १४ का जनप्रतिनिधि वडा सदस्य राम तामाङ, नेपाल तामाङ युवा घेदुङ सुनसरीका नव निर्वाचित अध्यक्ष प्रदीप तामाङ, सह–कोषाध्यक्ष निर कुमार मोक्तान लगायतले मन्तव्य राखेका थिए ।

 नेपाल तामाङ घेदुङका प्रदेश अध्यक्ष रेख बहादुर घिसिङ अध्यक्ष र धरान नगर अध्यक्ष सपन योन्जन तथा नेपाल तामाङ महिला घेदुङ, धरानका अध्यक्ष गोमा तामाङ सदस्य रहेको निर्वाचन मण्डलले नयाँ कार्य समिति चयन सम्बन्धी सम्पूर्ण कार्य गर्नुका साथै शपथ ग्रहण समेत गराएका थिए । कार्यक्रमको सञ्चालन तथा सहजिकरण नेपाल तामाङ घेदुङका सुनसरी सचिव मंगल सिंह मोक्तानले गरेका थिए ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTAH7Z80FAZYE497KYQ37XTN.jpg

मृगौला पीडित संगीत सर्जक नवराम राईलाई सहयोग

धरान । गुराँसको फेदमुनि सम्झनाको छायाँ जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले ३० हजार सहयोग गरेका छन । 


दुइवटै मृगौलाले काम गर्न छाडेपछि थलिएका गायक, संगीतकार र गीतकार राईको उपचारमा आर्थिक अभाव भएपछि उनलाई युवा नेता, व्यवसायी तथा सर्ट  मुभि "निको नहुने रोग"का निर्माता तथा अभिनेता याक्खाले सहयोग गरेका हुन । केही समय अघि च्यारिटी सो मार्फत प्रदर्शित "निको नहुने रोग" प्रदर्शन उठेको रकम बाट आर्थिक सहयोग गरेका हुन।


कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, धरान वडा नम्बर १८ का अध्यक्ष प्रविण राई, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, अग्रज पत्रकार तथा मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि राई, उसु खेलका प्रशिक्षक राजेन्द्र राई सहितको उपस्थितिमा याक्खाले नवराम राईलाई नगद हस्तान्तरण गरेका छ्न । 

धरान ११ रिटिङका स्थायीवासी राई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकाछन् । हप्ताको दुइपटक डाइलाइसिस गर्दै आइरहेका राइको मृगौलामा पथरिया (स्टोन) समेत देखा परेकोछ । 


सहयोग ग्रहण गर्दै राईले पछिल्लो समय स्वास्थ्यमा केही सुधार आइरहेको बताए । देश विदेशबाट साथ सहयोग र सद्भाव पाइरहेको पनि बताए  ।  सबैको माया र सहयोगले पुनर्जिवन पाएर संगीत कर्ममा फर्किन सक्छु भन्ने विश्वास पलाएको राईले बताए  ।

प्रकाशित मितिः आइतबार, १८ चैत २०८०