दक्षिण कोरियाबाट क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्राप्त
२० चैत्र धरान । दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्धारा क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्रदान गरेका छन ।
खोटाङ जिल्ला जन्तेढुङ्गा गा.पा. वडा न ५, चिसापानी का क्यान्सर पीडित राजेश राईलाई पाँच लाख छत्तिस हजार चार सय छैसट्ठी रुपियाँ आर्थिक सहयोग गरेका छन ।
एक महिना अगाडी देखि ब्लड क्यान्सर पीडित राई टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौँ मा उपचारत छन् । उपचारमा आवद्ध डा. को परामर्श अनुसार उपचार रकम सत्तरी लाख माथि लाग्ने भएको कारण छोरा को उपचारमा आर्थिक सहयोग का लागी बुवा इमानसिँ राई र आफन्त द्वारा आर्थिक सहयोगको अपिल गरेका थिए ।
त्यस प्रश्चात दक्षिण कोरियामा कार्यरत तथा खोटाङ्ग सेवा समाज दक्षिण कोरीयाका महासचिव बलुहाङ राई, सह–कोषाध्यक्ष अनिल राई, सदस्य संजिव राई, सरस्वती राई, सुवाश राई, देबिन राई, मनोज राई, नवराज राईको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।
सङ्कलित रकम लाई नेपाल पठाई सकिएको र विरामीको सिग्र स्वास्थ्य लाभको कामना सहित आदिवासी जनजाति आयोगका सदस्य माननीय शरण राईद्धारा क्यान्सर पीडित राईका बुवालाई सङ्कलित आर्थिक सहयोग हस्तान्तरण गरिएको आर्थिक सङ्कलन अभियानका सदस्य संजिव राईले बताए ।
सहयोग रकम हस्तान्तरण कार्यक्रम क्यान्सर पीडित राजेशका बाबुले डा. को सुझाव अनुसार सत्तरी लाख माथी उपचार खर्च लाग्ने बताउदै छोराको उपचारमा अझ आर्थिक सहयोगको अपिल गरेका छन् । १८ वर्षीय क्यान्सर पीडित राजेश राई जन्तेढुङ्गा गा.पा. को श्री चिसापानी उच्च मा.बि. मा कक्षा १२ मा अध्यायनरत विद्यार्थी हुन ।
सम्बन्धित खबर