शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HV3CQW4ACYDTSTCC6431ZD27.jpg

एक करोडको लागतमा प्रसूति सेवा भवन निर्माण

भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधा सम्पन्न प्रसूति सेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण सँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ ।


अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । “ यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वास्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताए । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताउनुभयो ।  


नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा रु एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए । नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । “करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ ।


यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिने उनले भने । सम्झौता अनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको हो । उहाँकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://www.jawaaf.com/storage/01HV3A5YM1PKVHF1YT2Q1Y9YVD.jpg

कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु

सुनसरी, चैत्र २८ । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।  

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://www.jawaaf.com/storage/01HV38E8MKGV41S0MNN93PV7EB.jpg

प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जना पक्राउ

झापा,चैत्र २८ । झापाको दुई छुट्टाछुट्टै स्थानहरूबाट प्रतिबन्धित लागुऔषध ब्राउनसगुर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको ओसार पसार तथा बेचबिखन समेत भईरहेको भन्ने विशेष सूचनाको आधारमा मंगलवार साँझ प्रहरी चौकी बिर्ता बजार झापाबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-९ का २६ वर्षीय ललित कुमार राजवंशी र बिर्तामोड नगरपालिका-३ का २५ वर्षीय अनिल कुमार राजवंशीलाई ४८० मिलिग्राम लागुऔषध ब्राउनसगुर र १ थान मोबाइल सहित पक्राउ गरेको हो । यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-८ बाट दमक-९ का ३५ वर्षीय बिनोद राई र ३१ वर्षीय गोपाल लम्जेललाई मंगलवार राती ७ ग्राम १०० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://www.jawaaf.com/storage/01HV2X96HM4J8K1RB1Z9Y0W7RV.jpg

आगलागी नियन्त्रणका दौरान घाइते सैनिकको उपचारको क्रममा निधन भएको छ

डोल्पा जिल्ला, दुनै स्थित ठुलीभेरी नगरपालिका-४, तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका चार जना सैनिकहरू घाइते भई जिल्ला अस्पताल डोल्पामा उपचारका लागि लगिएकोमा एक जनाको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको छ । बाँकी तीन जना घाइतेहरूलाई नेपाली सेनाको हवाई साधन मार्फत काठमाडौँ कीर्तिपुर स्थित बर्न अस्पतालको आइ.सि.यु. मा भर्ना गरी उपचार भइरहेकोमा थप दुई जनाको निधन भएको छ । उक्त घटनामा घाइते एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । देशका विभिन्न स्थानहरूमा भइरहेका आगलागी नियन्त्रणका निमित्त २०८० सालभर करिब आठ सय स्थानमा बाह्र हजार पाँच सय जना सकलदर्जा परिचालित भएका छन् ।   

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://www.jawaaf.com/storage/01HV1NY7VBNDNCFA1K536ZYB22.jpg

गोरखा-जितगढी पदयात्रा शुरु

चैत्र २७ गते I ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज  चैत्र २७ गतेबाट दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु भएको छ । पश्चिम पृतनापति उपरथी श्री सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख श्री कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका छन् । करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढी सम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन    हुनेछ । 


स्मरणीय छ, नेपाली सेनाले मिति २०८० पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

 

 

प्रकाशित मितिः मङ्गलबार, २७ चैत २०८०
https://www.jawaaf.com/storage/01HV1091MCGTRRJWBCXCG02SE0.jpg

छोराले कुटपिट गर्दा बुबाको मृत्यु

संखुवासभा, चैत २७ गते । संखुवासभाको पाँचखपन नगरपालिका- २ गैरीगाँऊ स्थित छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थान बस्ने ५० वर्षीय युवराज राई र निजकै छोरा २८ वर्षीय सुमन राई बिच सामान्य घरायसी विषयमा वादविवाद हुँदा सुमन राईले शरीरको विभिन्न भागमा कुटपिट तथा ढुङ्गाले टाउकोमा प्रहार गर्दा युवराज राई गम्भीर घाइते भएका थिए । घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल खाँदबारी लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न राईलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवसभाले जनाएको छ 

प्रकाशित मितिः मङ्गलबार, २७ चैत २०८०
https://www.jawaaf.com/storage/01HTY6QY10C5Y10D4PE8GHDED9.jpg

आदर्श स्कुलको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सामेल

विराटनगर I विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बाल कक्षा देखि ९ कक्षा सम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । 


प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुदा हुदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए । हाल विद्यालयमा छात्र र छात्राको सङ्ख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरू सञ्चालन छन् । 

प्रकाशित मितिः सोमबार, २६ चैत २०८०
https://www.jawaaf.com/storage/01HTY54XVR0PE1Y3MQ93WX63KF.jpg

सब्जी बोक्ने मिनिट्रक बाट लागुऔषध गाँजा बरामद

धनकुटा, चैत्र २६ गते । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाको आधारमा आइतवार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भेडेटार चोकमा रोकेर राखेको को १ ख ३२९४ नम्बरको  मिनिट्रकलाई चेकजाँच गर्दा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको अवस्थामा ५४४ केजी लागुऔषध गाँजा बरामद गरेको हो । गाँजा र सवारी साधन नियन्त्रणमा लिइएको र ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास भईरहेको तथा अन्य थप अनुसन्धान भईरहेको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, २६ चैत २०८०
https://www.jawaaf.com/storage/01HTVV8N5MS4QPAKS9F8Q0Q5RP.png

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्नेछः उपमहासचिव रिमाल

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का संरक्षक विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने बताएका छन् । उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्ने बताए । त्यो समारोह रहस्यपूर्ण रहने उनले बताए । उपमहासचिव रिमालले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’ समारोहबारे थप विषय राख्दै उनले भने, ‘वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औँ स्थापना दिवस समारोह अर्थात् हीरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्ने वाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुश गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’ 


उपमहासचिव रिमालले पार्टीले संगठनलाई लयमा फर्काउने र २०८१ साललाई सांगठानिक सुदृढीकरण वर्षको रुपमा मनाउने शिलशिलेबर विषय राखेर रहस्यपूर्ण विशेष समारोह हुने भनिरहँदा अधिवेशनमा उपस्थितहरूले एमालेबाट फुटेर गएका कम्युनिष्ट पार्टीहरूको पुनः एकता हुने र नेपालमा सिङ्गो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाउन खोजीएको हो कि भन्ने लगायतका विभिन्न अडकलबाजी गरिरहेका थिए । 


कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले २०४२ सालदेखि विशेष कमिटी निरन्तर आफ्ना काममा अगाडि बढिरहेको बताए । अहिले पनि श्रमिकका समस्या समाधान भइनसकेकाले अब श्रमिक आफैँले श्रमिकका समस्या समाधान गर्न संगठन बलियो बनाउनपर्ने आवश्यकता रहेको उनले बताए । उनले नेपाल भर सबैको आवाज मुखरित गर्ने पार्टी नेकपा एमाले बन्नेछ भन्ने शुभकामना दिए । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले पछिल्लो समय सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन गरेर सामाजिक सुरक्षा कोषको मर्मलाई विकृत पार्ने कोशिष गरिएको आरोप लगाउँदै पार्टीले यसलाई श्रमिकमैत्री बनाउन पहलकदमी लिनुपर्ने बताए । 

प्रकाशित मितिः आइतबार, २५ चैत २०८०
https://www.jawaaf.com/storage/01J9E65HJANMZXFBNAS1YC1PWX.jpg

गोर्खा भर्ती २०२५ को समय तालिका प्रकाशित

२४ चैत्र धरान । गोर्खा ब्रिट्रिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स, नयाँ भर्ती प्रक्रिया २०२५ मा सहभागीहुन चाहाने नेपाली युवाहरूका लागि, २०८० फाल्गुन १८ देखी चैत्र १६ मध्यान्न सम्म अनलाईन फारम समय अवधि तोकिएका थियो । २०८१ कात्तिक १५ गते सम्ममा १८ वर्ष पुरा भएको र २१ वर्ष नकटेका र शैक्षिक रूपमा एसइइ वा सो सरह पास भएका नेपाली युवाहरूलाई नयाँ गोर्खा भर्ती २०२५ मा सहभागीहुने अवसर प्रदान गरिएकोछ । 


अनलाईन प्रक्रियामा सहभागीहुने सबै सदस्यहरूका लागी अर्को  सूचना ब्रिट्रिश गोर्खा नेपालले आफ्नो वेबसाइटमा प्रकाशन गरीसकेको छ । गोर्खा ब्रिट्रिश आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको नयाँ भर्ती २०२५ पहिलो छनोट प्रक्रिया धरान,पोखरा र सुर्खेतका आर्मी क्यारियर सूचना कार्यालयहरूमा २०८१ बैशाख १० देखि हुने जानकारी सहित सम्पूर्ण विवरण प्रकाशन गरिसकेकोछ । एक महिनाको समय अवधि सम्ममा अनलाईन फाराम भर्ने गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र गोर्खा ब्रिट्रिश आमी दुवै समूह तर्फ का सदस्यहरुलाई आवश्यक कागजात सहित फरक फरक जिल्लाको फरक मितिमा उपस्थितिका लागि सूचना जारी गरेकोछ ।

Advertisemwnt

अनलाईन फारम दर्ता प्रक्रियामा ब्रिट्रिश गोर्खा धरान क्याम्पमा सहभागिहुनका लागि सिगापुर  पुलिस समूह तर्फ दुई हजार छयासी र गोर्खा बिट्रिश आर्मी तर्फ सैँतिस सय सतचालिस त्यसै गरि पोखरा क्याम्पमा सिंगापुर  पुलिस तर्फ अठार  सय त्रिचालिस, ब्रिट्रिश आर्मी समूह तर्फ अठतिस सय त्रियासी र सुर्खेतका लागी सिंगापुर पुलिस समूह तर्फ पाँच सय पचासी र बिट्रिश आर्मी समूह तर्फ चौध सय छयहत्तर गरी जम्मा नेपाल भरी तेह्र हजार छ सय बिस नेपाली युवाहरूले अनलाईन फारममा समावेश भएको जनाइएको छ । नेपाली युवाहरुले गोर्खा भर्तीलाई अवसरको रुपमा लिने गरेको पाथीभरा प्री–आमी टे«निङ्ग एकेडेमी धरानका सञ्चालक मिलन राई ले बताए । राईका अनुसार एसइइको परिक्षा सक्न वितिकै एकेडेमीमा भर्ती तयारीका लागी आउने बताए । र, तयारी सँगै इच्छुक युवाहरूले आफ्नो पढाईलाई पनि प्राथमिकता दिदै अगाडी बढाउनु पर्ने सल्लाह दिन्छन् । यसरी दुवै क्षेत्रलाई सहज ढङ्गले अगाडि बढाएमा भविष्य उज्जलहुने बताए ।


पहिलो चरणको छनोट प्रक्रिया सम्पन्न भए प्रश्चात दोस्रो चरणको छनोट प्रक्रियाको सूचना आषाढ १९ गते प्रकाशन गर्ने जानकारी गरिएकोछ । दोस्रो चरणको छनोट २०८१ भाद्र १९ देखी आश्विन २० गते सम्म हुने जानकारी गरिएकोछ । त्यसै गरी २०२५ को दुबै समूह अन्तर्गत अन्तिम चरणको छनोट प्रक्रिया गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको २०८१ मंसिर १३ देखि २६ सम्ममा भर्ती भइ सक्ने जानकारी गरिएकोछ । र , गोर्खा ब्रिट्रिश आर्मीको छनोट पुस २३ देखि माघ २१ गते सम्म हुने छ । 


नेपाल भरीबाट जम्मा २०२५ को नयाँ भर्ती प्रक्रिया मार्फत गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा एक सय चवालिस जना योग्य नेपाली युवाहरू छनोट हुने छन् । त्यसै गरी गोर्खा ब्रिट्रिश आर्मी समूह तर्फ तिन सय पचास बढि युवाहरू छनोट गरीने छनोट प्रक्रियामा सहभागी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०