सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J531NJAX70N4V3WB52YYP59S.jpg

सत्तरी अङ्कले बढ्यो नेप्से परिसूचक


Advertisement


काठमाडौँ, २८ साउन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७० अङ्कले बढेको छ । यो सातामा कारोबारको पहिलो दिन आइतबार हालसम्मको धेरै रु २५ अर्ब ७७ करोड माथिको कारोबार भएकामा शेयर बजारमा आज त्योभन्दा बढी रकमको कारोबार भएको छ । 

 निरन्तर उच्च अङ्कको उकालो देखिएको नेप्से परिसूचकमा आजको कारोबार रु २७ अर्ब नाघेको छ । नेप्से परिसूचक आज ७० दशमलव ८१ अङ्कले बढेर दुई हजार नौ सय ३१ दशमलव ६५ को बिन्दुमा कायम भएको छ । यो दुई दशमलव ४७ प्रतिशतको वृद्धि हो । आज तीन सय ३९ कम्पनीको ६ करोड ४८ लाख ७६ हजार दुई सय १७ कित्ता शेयर दुई लाख ८३ हजार ४७ पटक खरिदबिक्री हुँदा रु २७ अर्ब २४ करोड २० लाख ३४ हजार सात सय ६५ बराबरको कारोबार भएको छ । 

 कुल बजार पुँजीकरण रु ४६ खर्ब ५३ अर्ब ४३ करोड ४९ लाख ८३ हजार तीन सय पुगेको छ । लगानी समूह शून्य दशमलव १९ र उत्पादन तथा प्रशोधन समूह एक दशमलव १९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह  पाँच दजशमलव ८५ र वित्त समूह चार दशमलव ८१ प्रतिशतले बढेको छ ।

JawaafTV


 आजको कारोबारमा सातवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड, स्वेतगङ्गा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेड, शुभम् पावर लिमिटेड र भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । 

 कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रु एक अर्ब २२ करोड ८० लाख ७२ हजार चार सय तीन बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने नविल ब्यालेन्स फन्ड–२ को रु २६ लाख ६९ हजार तीन सय ५० बराबरको कारोबार भएको छ ।


advertisement

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J52Z15D946ZME9J4WC1AMVGR.jpg

जसपा धरान वडा नं. १४ समिति द्वारा निःशुल्क पिउने पानी वितरण

Ad.


धरान, २८ श्रावण : जनता समाजवादी पार्टी धरान १४ नंं. वाड समिति द्वारा साउन महिनाको अन्तिम सोमवार श्री पिण्डेश्वर बाबा धाम धरानमा बोलबमको अवसरमा जल अर्पण तथा पूजा आराधना गर्न आएका भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।


जसपा धरान १४ नं. वडा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कौशिला चेम्जोङ्गका अनुसार भगवान शिव प्रति आस्था राख्नु हुने भक्तजनहरूका लागि साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएको विश्वास छ । यस अवसरमा श्री पिण्डेश्वर बाबा धाम मन्दिर धरानमा धेरै दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्ने गर्दछ I त्यस कारण आफ्नो वडा मा अवस्थित मन्दिरमा आउनु हुने दर्शनार्थी तथा भक्तजनहरूलाई स्वागत सम्मान र समितिले सकेको सहयोग गर्ने उदेश्यले पिउने पानी व्यवस्थापन तथा निःशुल्क वितरण गर्ने निर्णय बमोजिम आइतवार बेलुका ७ देखि १० बजे सम्म र सोमवार बिहान ५ देखि १० बजे सम्म दुई चरणमा श्रद्धालु भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरिएको जानकारी दिए ।


उक्त कार्यक्रममा जसपा केन्द्रिय नेता भीम राई,किरात राष्ट्रिय समिति सदस्य सिता राई, धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सहसचिव रणजित राई, कोषाध्यक्ष केदार राई, सदस्य दिल कुमार राई, मिलन राई, महेन्द्र बहुमुखी क्याम्पस धरान स्ववियु सभापति युवराज राई (अलौकिक), समाजवादी विद्यार्थी युनियन इकाई समिति अध्यक्ष विजय राई लगायत विद्यार्थीहरू को उपस्थिति रहेको थियो ।


श्रावण महिनाको सोमवार पिण्डेश्वर बाबा धाम धरानमा जल चढाएमा भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । त्यसै कारण प्रत्येक वर्ष श्रावण महिनाको सोमवार बराहक्षेत्र मन्दिर सप्तकोसी र कोका नदीको पवित्र जल सहित खाली खुट्टा बोलबम यात्रा गरी पिण्डेश्वर बाबा धाम धरानमा जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यसै गरी आज साउनको अन्तिम सोमवार पनि दर्शनार्थी तथा भक्तजनको मन्दिरमा घुइँचोरहेको थियो । 


जसपा धरान वडा नं. १४ समिति अध्यक्ष कौशिला चेम्जोङ्ग र सह–सचिव सन्देश बेघा ।


Advertisement


Subscribe to JawaafTV on YouTube...

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J52TCR85T22MK85JJA701DG2.jpg

सीप सिकेर उद्यममा जोडिँदै टेम्केमैयुङका महिला

advertisement


भोजपुर, २८ साउनः टेम्केमैयुङ गाउँपालिकाका महिला उद्यमशीलतमा जोडिन थालेका छन् । गृहिणी भएर घरमा समय बिताउँदै आएका महिलाहरु सीपमूलक तालिम पाएसँगै उद्यममा जोडिन थालेका हुन् । गाउँपालिकाले यहाँ विभिन्न खालका सीपमूलक तालिम सञ्चालनमा पहल थालेपछि महिलालाई उद्यममा जोडिन सहजता भएको छ । वडा नं ६ कोटमा ढाका बुनाइसम्बन्धी दुई तहको तालिम प्रदान गरेपछि महिला उद्यममा जोडिएका हुन् । तालिममा सिकेको सीपको सदुपयोग गर्दै उनीहरुले अहिले घरमा ढाकाका कपडा बुन्दै आएका छन् ।     
     
 तालिममा सिकेको कुरालाई व्यावहारिकता दिन अहिले घरमा नै तान राखेर ढाकाबाट कपडा बुन्दै आएको स्थानीय शान्ता श्रेष्ठले बताउनुभयो । आफ्नै ठाउँमा सीप लिएर स्वरोजगार बन्न पाउँदा खुसी लागेको उहाँको भनाइ छ । ढाका बुनाइ व्यवसायबाट घर खर्चको जोहो गर्न सहजता भएको उहाँले बताउनुभयो । “वडामा नै ढाका बुनाइ सीप पाएपछि कपडा बुन्दै आएकी छु”, उहाँले भन्नुभयो, “चुलोचौका र मेलापात गरेर नै दिन बित्थ्यो, सीप पाएपछि काम गर्न सहजता भएको छ, यहाँबाट आएको पैसाले घर खर्चसँगै आफूलाई आत्मनिर्भर बन्न टेवा पुगेको छ ।”     
     
 आफ्नै ठाउँमा सीप लिएर ढाका बुनाइको काम गर्न पाउँदा खुसी लागेको स्थानीय लीला विश्वकर्माले बताउनुभयो । सीपले मानिसलाई जीवन निर्वाहको आधार खडा गर्ने उहाँले बताउनुभयो । सीप पाएपछि जस्तो परिस्थितिको पनि सामना गर्ने आँट आएको उहाँको भनाइ छ । सीपले आत्मनिर्भर बन्न सहजता थपेको उहाँले बताउनुभयो । “सीपले जीवन गुजारा गर्न सहजता हुने रहेछ”, उहाँले भन्नुभयो, “सिकेको सीपको सदुपयोग गरेर अहिले घरमा नै ढाका कपडा बुन्दै आएकी छु, दुई चरणको तालिम पाएपछि काम गर्न थप सहज बनेको छ ।”     
     
 ढाका कपडाको बजारमा राम्रो माग रहेको विश्वकर्माले बताउनुभयो । ढाकाको हातले बुनेको चोलो रु एक हजार पाँच सय, सल रु एक हजार दुई सयमा बिक्री गर्दै आएको उहाँले बताउनुभयो । पाँच महिनासम्म सञ्चालन भएको तालिमबाट चोलो, सर्ट, कुर्थासुरुवाल, सल, खादालगायतका कपडा बुन्न सीप लिएको उहाँले बताउनुभयोे ।     
     
 स्थानीय सरकारले विभिन्न खालका महिलालाई प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गरेपछि थप हौसला मिलेको अर्की महिला कोपिला प्रधानले बताउनुभयो । सीप नहुँदा व्यवसाय गर्न नसकिरहेको अवस्थामा तालिम पाएपछि व्यावसायिक बन्न सहज भएको उहाँको भनाइ छ । “सीप नहुँदा कुनै पनि काम गर्ने साहस थिएन”, उहाँले भन्नुभयो, “घरधन्दा र खेतबारीको काम गरेर नै दिन बित्थ्यो, वडाले तालिमसँगै ढाका बुनाइको सामग्री दिएपछि आफैँ स्वरोजगार बनेकी छु, घरको कामलाई पनि ध्यानमा राख्दै कपडा बुन्ने गरेकी छु ।” पहिलो चरणमा सीप लिन इच्छुक यहाँका १४ जना महिलालाई आधारभूत तालिम दिइएको थियो । त्यसैको निरन्तरता स्वरुप दोस्रो चरणमा पुनः उनीहरुलाई अर्को दोस्रो तहको सीप प्रदान गरेपछि उद्यममा जोडिएका हुन् ।     
     
 वडाले यहाँका महिलालाई स्वरोजगारसँगै उद्यमशील बनाउने लक्ष्यले दुई तहको तालिम प्रदान गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले बताउनुभयो । तालिम लिएका महिला अहिले उद्यममा जोडिएको उहाँको भनाइ छ । महिलाहरुलाई घरायसी कामभन्दा पनि सीपमूलक कर्ममा जोड्नका लागि रचानात्मक काम गरिरहेको वडाध्यक्ष नेपालको भनाइ छ । “हामीले महिलालाई स्वरोजगारसँगै उद्यममा जोड्नका लागि तालिम प्रदान गरेका हौँ”, वडाध्यक्ष नेपालले भन्नुभयो, “सीप लिएसँगै उहाँहरु अहिले उद्यममा जोडिएको अवस्था छ, वडाले रोजगारी सिर्जना हुने खालका काममा प्राथमिकता दिएको छ ।”     
     
 महिलालाई उद्यमशीलतामा जोड्नका लागि सबै वडामा विभिन्न खालका सीपमूलक कार्यक्रम सञ्चालन रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । सीप सिकाएर महिला तथा युवाहरुलाई स्वरोजगारमा जोड्नका लागि गाउँपालिकाले जोड दिएको उहाँको भनाइ छ । वडासँगको समन्वयमा महिलालाई लक्षित गरेर वडा नं ६ कोटमा दुई चरणको ढाका बुनाइ तालिम, वडा नं ५ खावा र वडा न ७ मा सिलाइकटाइ तालिम, वडा नं ३ मा तरकारीखेती तालिम, वडा नं ४ नागीमा सेनिटरी प्याडसम्बन्धी तालिम सञ्चालन गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।     
     
 त्यस्तै, एकल महिलालाई सातदिने तरकारीखेती तालिम, सीमान्तकृत महिलालाई पशुपालनसम्बन्धी तालिम र ३० जना महिलालाई पालिकास्तरीय बेमौसमी तरकारीखेतीसम्बन्धी तालिम दिएको उहाँले जानकारी दिनुभयो । वडा नं ८ गोगने र वडा नं ९ लेखर्कमा यो आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । “हामीले महिला उद्यमशीलतामा जोड दिएका छौँ”, उपाध्यक्ष राईले भन्नुभयो, “महिलालाई लक्षित गरेर वडाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्, भावी दिनमा पनि यस्ता खालका कार्यक्रम सञ्चालनमा ध्यान दिन्छौँ ।” गाउँपालिकाले यहाँको सम्भावनालाई ध्यानमा राखेर कृषि र पर्यटनमा प्राथमिकताका साथ काम गरिरहेको उहाँले बताउनुभयो ।    


 
 

advertisement


Subscribe to JawaafTV on YouTube

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J52G6RQHDQ8K00W6FYREZNYE.webp

बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते

Advertisement



भरतपुर (चितवन), २८ साउनः पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५ स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किँदा १० यात्रु घाइते भएका छन् ।     
      
काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बाप्र०१–००६ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना६ख ५९२७ नम्बरको ट्रक एकआपसमा आज बिहान ठोक्किँदा बसमा सवार १० घाइते भएका हुन् ।     
      
घाइतेमध्ये सातजनाको अवस्था मध्यम रहेको छ भने तीनजनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो । घाइतेमध्ये चारजनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र छजनाको एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।     
      

प्रहरीले दुवै सवारीसाधन, बसचालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ का ४० वर्षीय सन्तोषकुमार यादव र ट्रकचालक रामेछाप साङटार गाउँपालिका–२ का ३५ वर्षीय निरकुमार प्रधानलाई नियन्त्रणमा लिएको छ । 


Advertisement


Subscribe to JawaafTV on YouTube.

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J52CP3BTQCR0CBQZPH0XMKE1.jpg

पर्यटकका रोजाइमा इलाम

advertisement



फिक्कल (इलाम), २८ साउनः अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा इलाम आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । छिमेकी जिल्ला झापाबाट मेची राजमार्गको इलाम प्रवेशद्वारमा रहेको पर्यटन सूचना केन्द्र जोरकलश रोङको तथ्याङ्कानुसार आव २०८०/८१ मा एक लाख ४१ हजार पाँच सय १७ जना पर्यटक इलाम भित्रिएका छन् । गत साउन १ देखि असार मसान्तसम्म एक लाख १७ हजार सात सय ४० आन्तरिक र २३ हजार सात सय ७७ जना विदेशी पर्यटक इलाम भित्रिएको केन्द्रका सूचना अधिकारी गगन घिमिरेले जानकारी दिनुभयो । सबैभन्दा कम भदौमा नौ सय १८ र सबैभन्दा बढी पुसमा ३६ हजार एक सय २३ जना पर्यटक इलाम घुम्न आएको सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।     
     
पर्यटन सूचना केन्द्रको तथ्याङ्कानुसार अघिल्लो आव २०७९/८० मा एक लाख ३३ हजार चार सय ४५ पर्यटक भित्रिएका थिए । त्यसअघि आव २०७८/७९ मा एक लाख २९ हजार पाँच सय ८१ पर्यटक इलाम घुम्न आएका थिए । कोरोना सङ्क्रमण बेला आव २०७८/७९ मा २९ हजार आठ सय ११ जनामात्र इलाम घुम्न आएका थिए ।     
     
“जोरकलश प्रवेशद्वारबाट भित्रिएका पर्यटकको तथ्याङ्कमात्र हामीसँग छ, अन्य क्षेत्र माई नगरपालिकाको सुखानी, माङसेबुङ गाउँपालिकाको बाँझो, सूर्योदय नगरपालिकाको पशुपतिनगरबाट हजारौँ पर्यटक भित्रिने गरेका छन्”, सूचना अधिकारी घिमिरेले भन्नुभयो, “कोरोनाकालपछिका पछिल्लो वर्षहरूमा जिल्ला भित्रिने पर्यटकको सङ्ख्या बढ्दो छ ।”     
     
कोरोनाकालपछिका वर्षहरूमा जिल्लाका दर्जनौँ पर्यटकीयस्थल घुम्न एवं अवलोकन गर्न जिल्ला बाहिरबाट आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या बढेको पाइएको हो । इलामका पर्यटकीय क्षेत्रहरू झण्डीडाँडा, अन्तुडाँडा, कन्याम, फिक्कल, पशुपतिनगर, सन्दकपुर, माईपोखरी, ढापपोखरी, पाटेनागी, भालुढुङ्गा, पानीटार, कुइभिर, गजुरमुखी, माङमालुङ, लारुम्बा, अन्धराजा अन्धरानीजस्ता क्षेत्रमा बर्सेनि आन्तरिक र बाह्य पर्यटक घुम्न आउने गरेका छन् ।     



advertisement
   

                                                                                                          

Subscribe to JawaafTV

 

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J529RD0X7HH0B8DTEQDSK5KF.jpg

जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला

ad.


म्याग्दी, २८ साउनः बेनी नगरपालिका–९ आङ्खखेत कालीमुलको जङ्गलमा गाडिएको अवस्थामा मानव कङ्काल फेला परेको छ । शव गाडिएको ठाउँ नजिकै एक तोलाको सुनको सिक्री, कपडा र चप्पलसमेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गङ्गटा खोज्न गएका स्थानीयले आइतबार दिउँसो कपडा र नजिकै शव गाडेको ठाउँ देखेपछि प्रहरी तथा जनप्रतिनिधिलाई खबर गरेका थिए ।     
     
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले कङ्काल, गहना र कपडालाई परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको बताउनुुभयो । “घटनास्थलबाट उत्खनन गरेको मानव कङ्काल र भेटिएका सामग्रीलाई सोमबार नै परीक्षणका लागि पठाउँछौँ”, उहाँले भन्नुभयो, “अनुुसन्धानको कामलाई पनि सँगसँगै अघि बढाएका छाँै । कङ्काल र सामग्रीको पहिचानसँगै अन्य तथ्य, प्रमाणहरूको खोजीमा केन्द्रित भएका छाँै ।”     
     
विसं २०८० पुस १६ गते राति घरबाट बेपत्ता भएकी बेनी नगरपालिका–९ घतानकी १९ वर्षीय मीना परियार भेटिएकी छैनन् । घटनास्थलमा पुुगेका मीनाका आफन्तले गहना र कपडा मीनाकै भएको दाबी गरेका छन् । मीनाको हत्यापछि जङ्गलमा शव गाडिएको हुनसक्ने आफन्तहरूको भनाइ छ ।     
     
मीनालाई बेपत्ता बनाएको आरोपमा पक्राउ परेका बेनी नगरपालिका–९ का एक युवालाई अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । बेपत्ता मीना, कङ्काल, सामग्री र थुुनामा रहेका युुवाको सम्बन्धका विषयमा प्रयोगशालाको प्रतिवेदनपछि मात्र पुुष्टि गर्न सकिने प्रनाउ श्रेष्ठले बताउनुभयो ।     



ad.


Subscribe to JawaafTV on YouTube.


 

प्रकाशित मितिः सोमबार, २८ साउन २०८१
https://www.jawaaf.com/storage/01J50TNX9JEXEJ3NGC93CN037V.png

खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु

adv.



खोटाङ, २७ साउनः खोटाङमा छुट्टाछुट्टै भएका दुई घटनामा दुईको मृत्यु भएको छ । केपिलासगढी गाउँपालिका–७ सुङ्देलकी ४१ वर्षीया मनकुमार राईको भीरबाट लडेर मृत्यु भएको छ भने र साकेला गाउँपालिका–१ च्यानडाँडास्थित सेखुवाका ८४ वर्षीय देविप्रसाद ढकालको माछापोखरीमा डुबेर मृत्यु भएको हो ।     
     
मनकुमारीको कोदो रोपेर घर फर्कने क्रममा भीरबाट लडेर गए राति तथा देविप्रसादको करेसाबारी डुल्ने क्रममा माछापोखरीमा डुबेर आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभयो ।     
     
माइती गाउँ सोही गाउँपालिका–६ दिप्सुङमै घर बनाएर बस्दै आएकी मनकुमारीको स्थानीय बिर्तापाखा भीरबाट लडेर तथा देवीप्रसादको आफ्नै घर नजिकैको माछापोखरीमा डुबेर मृत्यु भएको जनाइएको छ ।     
     
मनकुमारी सुङ्देलस्थित आफ्नै घर छिमेकको बारीमा शनिबार कोदो रोप्न गएको बेलुका घर नफर्किएसँगै स्थानीय बासिन्दाले खोजी गर्नेक्रममा बाटोभन्दा करिब ७० मिटर तल मृत फेला पारेको प्रहरीले जनाएको छ । रातभर खोजी गर्दा नभेटिएकी मनकुमारीलाई स्थानीय बासिन्दाले आज बिहान भीरमुनि मृत फेला पारेका हुन् ।     
     
देवीप्रसाद भने बिहान करेसाबारी डुल्नेक्रममा घरभन्दा करिब एक सय ५० मिटर टाढा रहेको माछापोखरीमा मृत फेला परेको जनाइएको छ । मृतकमध्ये मनकुमारीको घटना शङ्कास्पद देखिएको प्रहरीले जनाएको छ ।     
     
घटना शङ्कास्पद देखिएपछि कोदो रोपेर मृतक मनकुमारीसँगै घर फर्किएकी ४६ वर्षीया मोती राईलाई प्रहरीले नियन्त्रणमा लिएको वडाध्यक्ष गोपाल राईले जानकारी दिनुभयो । “घटना भएको ठाउँ वरपरका झाडी माडिएको छ । दुवैले मादकपदार्थ सेवन गरेको भन्ने खुलेको छ”, उहाँले भन्नुभयो, “आपसमा झगडा गरेको नभइ दुवै जना मातेर एकआपसमा पक्रापक्री गर्दा लडेको जस्तो देखिन्छ । घटनास्थलमा दुवैको चप्पल, गम्बुट र लुगाफाटा छरपस्ट छन् ।”     
     
सुङ्देलमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकमध्ये देवीप्रसादको शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।     
 


adv.



Subscribe to JawaafTV on Youtube

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://www.jawaaf.com/storage/01J50S9B9BRDBHT7VCSCGGSKFJ.jpg

‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’

Adv.


विराटनगर, २७ साउन : विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रमा रहेका युवालाई आग्रह गर्नुभयो । 

मोरङको केराबारीस्थित लागुपदार्थ तथा मादकपदार्थ उपचार केन्द्रको आज उद्घाटन गर्नुहुँदै उहाँले लागुपदार्थलगायत कुलतमा लागेका व्यक्तिहरूले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । “देश विकास गर्ने अभिभारा युवाको काँधमा छ, युवाहरू सही बाटोमा अगाडि बढ्नुपर्छ तर पछिल्लो समय सुधार केन्द्र बढ्दै जानु चिन्ताको विषय हो”, महानगर प्रमुख कोइरालाले भन्नुुभयो, “देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ । बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने हो भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ ।”

तीनै तहका सरकारबीचको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउनुपर्नेमा उहाँको जोड थियो । 


Adv.


Subscribe us on YouTube

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://www.jawaaf.com/storage/01J50F5MDRFRE45XVZGZHMRNRM.jpg

पेरिस ओलम्पिकमा सन्तोषी ७९औँ स्थानमा

Ad.



काठमाडौँ, २७ साउन : पेरिस ओलम्पिक, २०२४ अन्तर्गत महिला म्याराथन विधामा नेपाली धाविका सन्तोषी श्रेष्ठले ७९औँ स्थान हासिल गरेकी छिन् ।

फ्रान्सको राजधानी पेरिसमा आज सम्पन्न स्पर्धामा सन्तोषीले निर्धारित दूरी दुई घण्टा ५५ मिनेट ६ सकेन्डको समय लगाउँदै पुरा गरिन् । ‘वाइल्ड कार्ड’मार्फत उनले पहिलो पटक ओलम्पिकमा सहभगिता जनाएकी हुन् । महिला म्याराथनमा ९२ धाविकाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त विधाको उपाधि भने नेदरल्यान्ड्सकी सिफान हसनले जितेकी छिन् । उनले निर्धारित दूरी दुई घण्टा २२ मिनेट ५५ सेकेन्डमा पूरा गरिन् । यस्तै, दुई घण्टा २२ मिनेट ५८ सेकेन्ड लगाएकी इथियोपियाकी असिफा दोस्रो भइन् । केन्याकी ओबिरीले तेस्रो स्थान प्राप्त गरिन् । उनले सो दूरी दुई घण्टा २३ मिनेट १३ सेकेन्डमा पूरा गरिन् । 

यससँगै ओलम्पिकमा नेपाली खेलाडीको चुनौती सकिएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्सजेन्डर शाह, जुडोकी मनिता श्रेष्ठ प्रधान तथा ब्याडमिन्टनका प्रिन्स दाहाल ओलम्पिकबाट बाहिरिसकेका छन् ।



प्रकाशित मितिः आइतबार, २७ साउन २०८१
https://www.jawaaf.com/storage/01J50EC22XMFBHPGPKVTXQ001B.jpg

सुत्केरीको हेलिकप्टरबाट उद्धार

Ad.


खाँदबारी (सङ्खुवासभा), २७ साउनः पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल सङ्खुवासभाबाट आज एक महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द–५ की ३३ वर्षीया नानीमैैयाँ मगरलाई राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।     
     
जिल्ला अस्पताल सङ्खुवासभाका डा प्रदीप श्रीवालका अनुसार आज बिहान ६ बजेदेखि अत्यधिक रक्तस्राव भएर मगरको पाठेघर फुटेको थियो । पाठेघर फुटेलगत्तै गर्भमा रहेको कम्तीमा ४२ हप्ताको शिशुको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यविधिअनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनुभयो । मगरलाई थप उपचारका लागि परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, काठमाडौँ पठाइएको उहाँले जानकारी दिनुभयो ।     



Subscribe to JawaafTV on YouTube...

Ad.

प्रकाशित मितिः आइतबार, २७ साउन २०८१