जसपा धरान वडा नं. १४ समिति द्वारा निःशुल्क पिउने पानी वितरण
धरान, २८ श्रावण : जनता समाजवादी पार्टी धरान १४ नंं. वाड समिति द्वारा साउन महिनाको अन्तिम सोमवार श्री पिण्डेश्वर बाबा धाम धरानमा बोलबमको अवसरमा जल अर्पण तथा पूजा आराधना गर्न आएका भक्तजनहरूका लागि निःशुल्क पिउने पानी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
जसपा धरान १४ नं. वडा समितिका अध्यक्ष तथा कार्यक्रम संयोजक कौशिला चेम्जोङ्गका अनुसार भगवान शिव प्रति आस्था राख्नु हुने भक्तजनहरूका लागि साउन महिना र सोमवार भगवान् शिवजीको महिना र बार भएको विश्वास छ । यस अवसरमा श्री पिण्डेश्वर बाबा धाम मन्दिर धरानमा धेरै दर्शनार्थी तथा भक्तजनको घुइँचो लाग्ने गर्दछ I त्यस कारण आफ्नो वडा मा अवस्थित मन्दिरमा आउनु हुने दर्शनार्थी तथा भक्तजनहरूलाई स्वागत सम्मान र समितिले सकेको सहयोग गर्ने उदेश्यले पिउने पानी व्यवस्थापन तथा निःशुल्क वितरण गर्ने निर्णय बमोजिम आइतवार बेलुका ७ देखि १० बजे सम्म र सोमवार बिहान ५ देखि १० बजे सम्म दुई चरणमा श्रद्धालु भक्तजनहरूलाई निःशुल्क पानी वितरण गरिएको जानकारी दिए ।
उक्त कार्यक्रममा जसपा केन्द्रिय नेता भीम राई,किरात राष्ट्रिय समिति सदस्य सिता राई, धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सहसचिव रणजित राई, कोषाध्यक्ष केदार राई, सदस्य दिल कुमार राई, मिलन राई, महेन्द्र बहुमुखी क्याम्पस धरान स्ववियु सभापति युवराज राई (अलौकिक), समाजवादी विद्यार्थी युनियन इकाई समिति अध्यक्ष विजय राई लगायत विद्यार्थीहरू को उपस्थिति रहेको थियो ।
श्रावण महिनाको सोमवार पिण्डेश्वर बाबा धाम धरानमा जल चढाएमा भक्तजनको मनोकामना पूरा हुने जनविश्वास छ । त्यसै कारण प्रत्येक वर्ष श्रावण महिनाको सोमवार बराहक्षेत्र मन्दिर सप्तकोसी र कोका नदीको पवित्र जल सहित खाली खुट्टा बोलबम यात्रा गरी पिण्डेश्वर बाबा धाम धरानमा जल चढाउने भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । यसै गरी आज साउनको अन्तिम सोमवार पनि दर्शनार्थी तथा भक्तजनको मन्दिरमा घुइँचोरहेको थियो ।

सम्बन्धित खबर


