सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HT728ZW4HK9WEM2HAS1D1FWF.jpg

खोटाङका एघार ठाउँमा स्वास्थ्य शिविर

खोटाङ, बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्ला वासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । । समाजले ‘जन्मभूमिको सम्मान, स्वास्थ्य श्रमदान अभियान’ नाराका साथ जिल्लाका विभिन्न ११ ठाउँमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरीरहेको छ । शुक्रवार देखि विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । बृहत् स्वास्थ्य शिविरको पहिलो चरणमा जिल्लाका विभिन्न चार स्थानमा एकैसाथ सेवा प्रवाह गरिएको समाजका अध्यक्ष डा प्रमोद राईले बताए । आज साकेला गाउँपालिकाको साकेला आधारभूत अस्पताल, खोटेहाङ गाउँपालिकाको खोटाङ बजार स्वास्थ्यचौकी, जन्तेढुङ्गा गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी र रावाबेँसी गाउँपालिकाको हरमटारमा शिविर सञ्चालन भएको छ । बृहत् स्वास्थ्य शिविरमा गाइनोक्लोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजी लगायत रोगको उपचार र परीक्षण गरिनेछ । साथै निःशुल्क औषधि पनि वितरण गरिने छ । आज र भोलि ऐँसेलुखर्क गाउँपालिकाका चार ठाउँमा तथा चैत २० र २१ गते हलेसी तुवाचुङ नगरपालिका, बराहपोखरी गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडामा शिविर सञ्चालन गरिनेछ । चैत २२ र २३ गते दिक्तेल रुपाकोट मझुवागढीको बुइपा र केपिलासगढी गाउँपालिकाको बाक्सिला बजारमा शिविरको आयोजना हुनेछ । सेवा समाजका पदाधिकारी तथा सदस्यबाट सङ्कलित रु तीन करोड दश लाख बराबरको रकम स्वास्थ्य शिविरमा खर्च हुने अध्यक्ष राईले बताए । शिविरमा ४५ जना विशेषज्ञ चिकित्सकसहित एक सय ३० जनाभन्दा बढी स्वास्थ्यकर्मीले सेवा प्रवाह गर्नेछन् ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०
https://www.jawaaf.com/storage/01HT6RZQ2ADNKDH13HZT5ZC87Y.jpg

आजको मौसम : केही स्थानहरुमा वर्षाको सम्भावना

वायु प्रभावका कारण शनिबार पनि देशका केही भूभागमा वर्षाको सम्भावना रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने ,राप्ती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना  रहेको छ I
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।  आइतबारदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ। न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०
https://www.jawaaf.com/storage/01HT530ZZ9S1F0K79HAZPGXTRV.jpg

चखेवाभञ्ज्याङ सडकखण्डका तीन पुल निर्माण अन्तिम चरणमा

खोटाङ, मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्डमा पर्ने तीनवटा खोलामा निर्माणाधीन ‘मोटरेबल’ पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । 
सोल्मास्थित भालुखोला र नेर्पा स्थित मेवा खोलामा निर्माणाधीन २० मिटर लामा पुलको भौतिक र आर्थिक प्रगति ८० प्रतिशत भएको मध्यपहाडी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी हर्क प्रधानले बताए ।
निर्माणाधीन दुवै पुलको एप्रोच रोड र रङरोगन वैशाख सम्म सकेर हस्तान्तरण गरिने केएम इन्जिनियर्स विल्डर्सका प्रबन्ध निर्देशक मोहन कार्कीले बताएका छन् । २०८१ असार २२ गते दुई पुलको काम सक्ने गरी २०७९ असार २२ गते केएम इन्जिनियर्स विल्डर्सले सडक विभाग सँग भ्याट बाहेक रु सात करोड ७४ लाख २५ हजारमा सम्झौता गरेको थियो । 

नेर्पा र सोल्माको सिमानामा पर्ने छेपेखोलामा २० मिटर लामो मोटरेबल पुल पनि निर्माण  भएको छ । अहिले सञ्चालनमा रहेको छेपेखोलाको मोटरेबल पक्की पुल निर्माणको जिम्मा सगरमाथा सजिव जेभी खोटाङले लिएको हो । विसं २०८० कात्तिक ११ गते पुल बनाइसक्ने गरी  २०७८ मङ्सिर १४ गते भ्याट बाहेक रु तीन करोड पाँच लाख ८० हजार १३७ मा ठेकेदार कम्पनीले सडक विभागसँग निर्माण सम्झौता गरेको थियो । यो पुलको पनि आर्थिक र भौतिक प्रगति मेवाखोला र भालुखोलाजस्तै ८० प्रतिशत पूरा भएको छ । 

भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भएको पुलमा रङरोगन गर्न र ३३० मिटर एप्रोच रोड कालोपत्र गर्न बाँकी रहेको ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण घिमिरेले बताए । “छेपेखोलामा निर्माण गरिएको पुल गत असारमा नै पूरा गरेर सवारी साधन सञ्चालन गरेका छौँ । एप्रोच रोडको काम भने मेवाखोला र भालुखोला सँगै गर्ने गरी समन्वय भएको छ ।“ त्यसो गर्दा कच्चा पदार्थ जुटाउन र मेसिन चलाउन सहज हुने वताए । 
निर्माणाधीन तीनवटै पुलको बाँकी काम यथाशीघ्र पूरा गर्न ठेकेदार कम्पनीलाई पटक–पटक निर्देशन दिइएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताए । “निर्माणाधीन तीनवटै पुलको प्रगति हेर्दा तोकिएको मिति भन्दा अगाडि नै सम्पन्न हुने देखिन्छ । वर्षा सुरु हुनासाथ निर्माणको काम रोकिन्छ उनले भने निर्धारित समयभन्दा अगाडि पुल काम पूरा गर्नेलाई पुरस्कृत गर्ने योजना रहेको पनि वताए ।

दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको बुवालुङ स्थित बुवासुङ–लामीडाँडा जोड्ने पङ्खुखोलाको १५ मिटर मोटरेबल पुलको काम सिरुवा कन्ट्रक्सन काठमाडौँले नगरेपछि गत जेठ–१२ गते ठेक्का तोडिएको छ । ठेक्का सम्झौता तोडिएको पङ्खुखोला पुलको लागि अर्को ठेक्का लगाउन सम्बन्धित निकायले चासो नदिएकामा जिल्लावासी खिन्न छन् । पाँच खण्डमा विभाजन गरेर कालोपत्र गरिएको दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डको निर्मलीडाँडाभन्दा यता (दिक्तेलतर्फ)का सडकखण्डमा पर्ने भुल्केखोला, लप्सेखोला, दाम्देखोला, साप्सुखोला लगायत विभिन्न पाँचवटा खोलामा भने यसअघि नै पक्की पुल तयार भई सञ्चालनमा आइसकेका छन् । तीन वटा निर्माणाधीन तथा एउटा ठेक्का सम्झौता तोडिएको ४८ किलो मिटर लामो दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने नौ वटा खोलामा मोटरेबल पक्की पुल निर्माण हुनेछन् ।

प्रकाशित मितिः शुक्रबार, १६ चैत २०८०
https://www.jawaaf.com/storage/01HT50993PSR66R05T3FEXWKC2.jpg

उपकुलपति डा. गिरी र स्थानीय कांग्रेस नेतृत्ववीच भेटघाट

धरानः वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति र नेपाली कांंग्रेसका स्थानीय नेतृत्वहरु वीच भेटघाट अन्तरक्रिया भएको छ । नेपाली कांग्रेस, क्षेत्र नं. १, सुनसरीका क्षेत्रीय सभापति सुजेन्द्र तामाङको नेतृत्वमा उपकुलपति डा. ज्ञानेन्द्र गिरीसंग भेटघाट अन्तरक्रिया भएको हो ।भेटघाट अन्तरक्रियामा उकुलपति डा. गिरीले कांग्रेस प्रतिनिधि मण्डलको विभिन्न जिज्ञासा, सुझाव र ध्यानाकर्षणबारे आफ्नो प्रतिवद्धता र धारणा राख्नुका साथै सहयोग र सहकार्यका लागि अनुरोध गरेका थिए । 

सो अवसरमा डा. गिरीले ४०० शैयाको निर्माणाधीन मातृशिशु स्वास्थ्य केन्द्रको निर्माण कार्य सम्पन्न गरी ६ महिनाभित्र प्रतिष्ठानले हेण्डओभर लिने, फार्मेसीलाई छिट्टै पूर्ण सञ्चालनमा ल्याइने, प्रतिष्ठानको सेवालाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन तथा चुहावट रोक्न अनुगमन समिति बनाउने प्रतिवद्धता जनाउंदै एमविविएस शैक्षिक कार्यक्रममा स्थानीय कोटा निर्धारण गर्न आफु सकरात्मक रहेको भन्दै प्रतिष्ठानको स्वायत्तता पुनः प्राप्तीका लागि आवश्यक पहल, समन्वय र सहजिकरण गरिदिन समेत आग्रह गरेका थिए । उनले कांग्रेसका प्रतिनिधि टोलीले राखेका विषयवस्तुको स्वागत गर्दै सल्लाह, सुझाव, सहयोग, खबरदारी र ध्यानाकर्षण निरन्तर आवश्यक रहेको बताएका थिए ।

प्रतिष्ठानमा एमआरई मेशिन, भिडियो एक्सरे मेशिन, इन्डोस्कोपी मेशिन, आईसियु र  डायलाइसिस् वेडको अभाव हुंदा नागरिकले सास्ती भोग्न परेको, प्रतिष्ठानको फार्मेसीमा औषधि नपाईने, अधिकांश डेन्टल चेयर्स काम नलाग्ने भएको, प्रतिष्ठानको शौचालयहरु अति दुर्गन्धित र फोहोर भएको, प्रतिष्ठानमा खानेपानीको समस्या विगत लामो समयदेखि समाधान नभएको, प्रतिष्ठानको आकस्मिक तथा नियमित अस्पताल सेवाहरु प्रभावकारी नहुनुका साथै कतिपय शिक्षक कर्मचारीहरुले विभिन्न ल्याव तथा रेडियोलोजी सेवाहरु लिन विरामीलाई खुलेआम वाहिर पठाउने गरेको तथा वाहिर सञ्चालित सेन्टरहरुमा लुकिछिपी काम गर्ने गरेको, प्रतिष्ठानका शिक्षक कर्मचारीहरुको नियमिततवरले वृत्तिविकास नहुने गरेको, राम्रा चिकित्सकहरु पलायन हुने गरेको, शैक्षिक कार्यक्रमहरुमा गुणस्तर खस्कदै गएको, संचालक परिषदको बैठक तथा दीक्षान्त समारोह नियमित नहुने गरेकोे, सुरक्षा र सरसफाई प्रभावकारी नभएको जस्ता जनगुनासाहरुवारे कांग्रेस प्रतिनिधि मण्डलले उपकुलपतिको ध्यानाकर्षण गराएका थिए । 

प्रतिनिधि मण्डलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, कोशी प्रदेश सदस्य अन्जना राई, सुनसरी जिल्ला सह–सचिव गणेश सुब्बा, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, प्रदेशसभा १(२) सभापति मुरारी भट्टराई, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरी, क्षेत्रीय कोषाध्यक्ष सुवर्ण श्रेष्ठ, क्षेत्रीय सह–सचिव सुमित राई लगायत उपस्थित थिए ।

प्रकाशित मितिः शुक्रबार, १६ चैत २०८०
https://www.jawaaf.com/storage/01HT4ZRZ9MRX2WJW7VPR6T8Z3Q.jpg

सभामुख देवराजद्वारा सञ्चारकर्मीहरूलाई शुभकामना

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासङ्घको ६९ औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण सञ्चारकर्मीहरूमा हार्दिक शुभकामना व्यक्त गरे।
'देशैभर र विश्वका विभिन्न स्थानमा छरिएर रहेका महासङ्घका सदस्य सहित आम नेपाली सञ्चारकर्मी र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु,' सभामुख घिमिरेले आज शुभकामना सन्देश जारी गरेर भनेका छन् ।महासङ्घको स्थापना कालदेखि आजसम्म आइपुग्दा विभिन्न कालखण्डमा नेतृत्व प्रदान गर्ने अग्रजहरू प्रति सम्मान प्रकट गर्दै सन्देशमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँका तथा कर्तव्य निर्वाहका क्रममा जीवन गुमाएका पत्रकार प्रति श्रद्धाञ्जलि समेत व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, १६ चैत २०८०
https://www.jawaaf.com/storage/01HSJZX6Z0Q5TYKAFDJF3AZ0VD.jpg

यस्तो छ नेपालमा उपलब्ध सामसङका मोबाइल, ट्याब्लेट, वाच, फिट र इयरबडको पछिल्लो मूल्य सूची

काठमाडौं । सामसङले नेपाल उपलब्ध आफ्ना सम्पूर्ण ग्याजेट तथा उत्पादनको पछिल्लो मूल्य सूची सार्वजनिक गरेको छ । कम्पनीले यही १५ मार्च २०२४ देखि लागू भएको नयाँ मूल्य सूची बाहिर ल्याएको हो । 

स्मार्टफोन अन्तर्गत एम सिरिजका नौ, एफ सिरिजका चार, ए सिरिजका ४५,  फ्ल्यागशिप एस सिरिजका १३ र फ्ल्यागशिप एफ सिरिजका आठ मोडेल रहेका छन् । त्यस्तै १३ मोडेलका ट्याब, दुई ओटा मोडेलका ग्यालेक्सी फिट, १० मोडेलका स्मार्ट वाच,  पाँच मोडेलका इयरबड र दुई मोडेलका फिचर फोनको मूल्य पनि समावेश छ ।

जसमा १२ हजार ४९९ रुपैयाँ पर्ने सामसङ ए ०३ कोरदेखि दुई लाख ४४ हजार ९९९ रुपैयाँ पर्ने जेड फोल्ड फोरसम्मका स्मार्टफोन, २१ हजार ४९९ रुपैयाँ पर्ने ए नाइन वाईफाईदेखि ८० हजार ९९९ रुपैयाँ पर्नेसम्मका ट्याब, पाँच हजार ४९९ रुपैयाँ पर्ने ग्यालेक्सी फिट टु देखि सात हजार ४९९ रुपैयाँ पर्नेसम्मका फिट रहेका छन् ।

त्यस बाहेक ३४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच फोर ४० एमएमदेखि ६४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी वाच सिक्स क्लासिक तथा ग्यालेक्सी वाच फाइभ प्रो ४५ एमएमसम्मका स्मार्टवाच, १४ हजार ९९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स एफईदेखि २५ हजार २९९ रुपैयाँ पर्ने ग्यालेक्सी बड्स प्रोसम्मका इयरबड र दुई हजार ५५० रुपैयाँदेखि दुई हजार ८५० रुपैयाँ पर्ने सम्मका बारफोनको मूल्य समेत सार्वजनिक भएको हो ।

प्रकाशित मितिः शुक्रबार, ०९ चैत २०८०
https://www.jawaaf.com/storage/01HXP33QG15G12QQB8FKARWWZP.jpg

श्रम सँस्कृति पार्कमा आरा धरानको अनावरण (भिडियोसहित)

धरान: श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको आरा धरानको प्रतिमा मंगलबार अनावरण गरिएको छ । 

 धरानका मेयर हर्क साम्पाङ र स्वतन्त्र नागरिक समाजका अध्यक्ष दत्तकुमार लिम्बुले संयुक्तरुपमा प्रतिमाको अनावरण गरेका हुन् । शिलालेखमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघाले अनावरण गर्ने उल्लेख भएपनि उपमेयर बेघा काठमाण्डौंमा भएकोले दत्त लिम्बुले अनावरणको अवसर पाएका हुन् । काठ चिर्न धरान माथि उभिएको प्रतिमाको मेयर साम्पाङले र तल उभिएको प्रतिमा दत्त लिम्बुले अनावरण गरेका थिए ।

 कलाकार रोजन राईले बनाएको आरा धरानको प्रतिमा गत जेठ १६ गते नै धरान २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा राखिएको थियो । तर, आरा चिर्दै गरेका व्यक्तिको प्रतिमा छोपिएको कारणले प्रतिमाको अनुहार कस्तो होला भन्ने कौतुहलता सबैमा थियो । अन्ततः मंगलबार अनावरण भएसँगै सबैको कौतुहलता पनि मेटिएको छ ।

 कलाकार राईका अनुसार प्रतिमाको लागि उपमहानगरपालिकाबाट भ्याटसहित ९ लाख रुपैया उपलब्ध भएको थियो । बाँकी करिब ३ लाख जति लगानी आफ्नोतर्फबाट योगदान गरेको पनि उनले बताए । सुरक्षाको लागि बनाइएको रेलिङमा भएको थप खर्च भने मेयर साम्पाङले उपलब्ध गराउने प्रतिवद्धता जनाएको उनले बताए । 

 मेयर साम्पाङले आरा धरानको सुरक्षा गर्ने जिम्मेवारी सबैको भएको बताए । आरा धरानको आसपासमा फाइबरको फलैचा बनाइने र सुन्दर गार्डेन पनि तयार गरिने बताए । फलैचाको लागि दाताहरुबाट सहयोग आउने पनि मेयर साम्पाङले बताए । धरान सहरको नाम धरान कसरी रहन गयो भनेर बुझाउने उद्देश्यले श्रम सँस्कृति पार्क क्षेत्रमा आरा धरानको प्रतिमा राखिएको मेयर साम्पाङको भनाई छ ।

काठ चिर्नको लागि आरावालाहरुले तयार गर्ने धरान (धराप)बाट पुर्वको आधुनिक सहर धरान नामकरण भएको मानिन्छ । घना जंगलकोरुपमा रहेको स्थानमा फडानी गर्ने क्रममा काठ चिर्ने आरावालाहरुले धरान (धराप) तयार गर्थे । धरानको शिर रहेको विजयपुरमा मात्र मानव बसोबास थियो । उनीहरु काठ चिर्न आउने ठाउँ धरान (धराप) भएकोले फडानी भएको ठाउँको नाम धरान रहन गएको र अहिलेको आधुनिक धरान भएको हो ।

प्रकाशित मितिः शुक्रबार, १८ फागुन २०८०