‘कुलतमा लागेर सुध्रिएका व्यक्तिले पनि समाजमा उदाहरणीय कार्य गरेका छन्’
विराटनगर, २७ साउन : विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले कुलतबाट बाहिर निस्केर समाज सुधारमा लाग्न सुधार केन्द्रमा रहेका युवालाई आग्रह गर्नुभयो ।
मोरङको केराबारीस्थित लागुपदार्थ तथा मादकपदार्थ उपचार केन्द्रको आज उद्घाटन गर्नुहुँदै उहाँले लागुपदार्थलगायत कुलतमा लागेका व्यक्तिहरूले आफूलाई सुधारेर समाजमा उदाहरणीय कार्य गरेको बताउनुभयो । “देश विकास गर्ने अभिभारा युवाको काँधमा छ, युवाहरू सही बाटोमा अगाडि बढ्नुपर्छ तर पछिल्लो समय सुधार केन्द्र बढ्दै जानु चिन्ताको विषय हो”, महानगर प्रमुख कोइरालाले भन्नुुभयो, “देशका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ । बाँकी रहेका युवा पनि कुलतमा फस्दै जाने हो भने देशको विकास कसरी हुन्छ ? सोचनीय विषय बनेको छ ।”
तीनै तहका सरकारबीचको सहकार्य र समन्वयले कुलतमा लागेका युवालाई सही बाटोमा ल्याउनुपर्नेमा उहाँको जोड थियो ।
सम्बन्धित खबर


