सोमबार, २९ मंसिर २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J57XD9D0BMNSMK93AEJ38QFZ.jpg

पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध

_

मुगु, ३० साउन : पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।     
     
सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् ।     
     
जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।     
     
गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।     
     
सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी–तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।     


_


Subscribe to JawaafTV on YouTube

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57X5JVMQVC0F5N6M37E16PD.jpg

किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’

_

- खेमराज गौतम   
गलकोट (बागलुङ), ३० साउनः सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् ।     
     
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्‍याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।     
     
बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् । प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो । सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महङ्गो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।     
     
तीन वर्षअघि गण्डकी प्रदेशको रु २१ लाख र गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको रु १० लाख लागत गरी रु ३१ लाखमा बागलुङ–८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेका छैनन् ।     
     
सुन्तलालाई बेमौसममा महङ्गो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो । सहकारीमा आबद्ध किसानले हालसम्म रु दुई लाख विद्युत् महसुल मात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका किसान खड्काले बताउनुभयो । पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छोडेको उहाँले उल्लेख गर्नुभयो ।     
     
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक रु तीन हजार विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएका जानकारी दिनुभयो ।     
     
“किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारीमार्फत किसानले लगानी गरेका थिए । अहिले लगानी खेर जाने अवस्था आएको छ, विद्युत् महसुल तिर्दै केन्द्र सञ्चालन गरिराख्न आर्थिक अभाव भएपछि विद्युत्को मिटर निकालियो”, अध्यक्ष खड्काले भन्नुभयो, “किसानलाई नाफा होला भनेर स्थापान गरेको केन्द्रबाट नोक्सानी मात्र भयो । अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रुपमा तापक्रम मिलाउन सिकाइएको छैन । यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ ।”     
     
उहाँले चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निरास बनेका बताउनुभयो । बीस टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि दुई वर्षयता केन्द्र सञ्चालन नगरिएको अध्यक्ष खड्काले बताउनुभयो । केन्द्रको हालै विद्युत् काट्न किसान बाध्य भएका उहाँले जानकारी दिनुभयो ।     
     
यस्तै, काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ । पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशङ्कर कँडेलले जानकारी दिनुभयो । उहाँले चिस्यान केन्द्र निर्माणमा रु सात लाखको जग्गा खरिद गरी तारबार गरेको बताउँदै रु ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।     
     
“पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए । विद्युत्को महसुल मात्रै रु ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्षदेखि सुन्तला राख्न छोडेका छौँ । अहिले सहकारीले मासिक रु तीन हजार विद्युत् महसुल तिर्दै आएको छ”, कँडेलले भन्नुभयो, “किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युत्को रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ ।”     
     
अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गर्नुभयो । चिस्यान केन्द्र बागलुङमा मात्रै नभई अन्य स्थानमा पनि सफल नभएको अध्ययन÷अवलोकनका क्रममा पाएको उहाँले बताउनुभयो ।     
     
काठेखोला गाउँपालिका–३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युत्को महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । एक वर्ष विद्युत् महसुल काठेखोला गाउँपालिकाले तिरे पनि दुई वर्षदेखि सहकारीले महसुल तिर्दै आएको उहाँले जानकारी दिनुभयो ।     
     
आलु राख्दा मासिक रु ४० हजारसम्म विद्युत्को रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु भण्डारण गरी राख्दा नोक्सानी भएको काठेखोला–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो । पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउ मात्रै भण्डारण गर्न थालेका उहाँले जानकारी दिनुभयो । खाने आलु बिग्रिएपछि बीउका लागि भण्डारण गरिएको बताउँदै परिमाण कम भएकाले विद्युत् महसुल तिर्न समस्या भएको विकले बताउनुभयो ।     
     
जिल्लामा रहेका तीनवटै चिस्यान केन्द्रमा आलु र सुन्तला भण्डारण गर्दा सुरक्षित नभएको, विद्युत्को रकम बढी भएकोलगायत अवस्था आएको किसानले गुनासो गरेका छन् । 


_

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57PT2FG0TJDRAN91ZYMWJKA.jpg

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी

_


काठमाडौँ, ३० साउन : प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ । 

कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । 

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको थियो । 

प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।


_

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57PMNNA7BM46BS9KYDN7B65.jpg

अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

_

काठमाडौँ, ३० साउनः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।     
     
खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो ।     
     
पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।     


_

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57M3SQPECST5X3NFAHHKVAW.jpg

नारायणगढ–बुटवल सडक अवरुद्ध

_


मध्यविन्दु (नवलपरासी), ३० साउन :
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो ।     
     
जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मङ्गलबार साँझदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको सडक गए रातिको वर्षापछि अवरुद्ध भएको हो । सडक सञ्चालनको प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।     


 

_


प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57KPQ6TD68X9T3JE27NGSDZ.jpg

गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका आठ चरा

_


गुल्मी, ३० साउनः रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन् । नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले राससलाई जानकारी दिनुभयो ।     
     
मदाने वन क्षेत्रमा भेटिएका थप नयाँ प्रजातिका चरामा चाकासूचक, कालोकण्ठे भुइँरोबिन, श्यामश्वेत अर्जुनक, कालो बुङ्गेचरी, आली चुइँया र हिमाली लेकचरी र रेसुङ्गा वन क्षेत्रमा सानो सेतो बकुल्ला नामको नयाँ प्रजाति फेला परेको परियोजना अधिकृत पन्थीले बताउनुभयो । वर्षमा दुईपटक म्याकिनन्स लिस्टिङ मेर्थड विधिको माध्यमबाट गुल्मीमा चराको सर्वेक्षण गरिँदै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो ।     
     
विश्वमा पाइने दुर्लभ प्रजातिका चरामध्ये गुल्मीमा मात्र छ किसिमका चरा पाइन्छन् । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा दुर्लभ प्रजातिका चराहरुमध्ये रेसुङ्गा वन संरक्षित क्षेत्रमा चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल पाइन्छन् । रेसुङ्गा र मदाने वन क्षेत्रमा नेपालमा मात्र पाइने चरा काँडे भ्याकुर पाइन्छ । नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा मात्र विभिन्न प्रजातिका ३५ प्रतिशत चरा पाइन्छन् ।     
     

Subscribe to JawaafTV on YouTube


एक सर्वेक्षणअनुसार रेसुङ्गामा दुई सय ६३ र मदानेमा २ सय ८६ प्रजातिका चरा फेला परेका हुन । मदानेको वन क्षेत्र नौ सय ७५ मिटरदेखि दुई हजार छ सय ९० मिटर र रेसुङ्गा वन क्षेत्र पाँच सय ७५ देखि दुई हजार तीन सय ४५ मिटर उचाइसम्म रहेकोे छ । वनको क्षेत्रफलको हिसाबले रेसुङ्गा १९ हजार दुई सय ८१ हेक्टर र मदाने १३ हजार सात सय ४३ हेक्टर क्षेत्रफल छ ।     
     
रेसुङ्गा र मदाने संरक्षित वनमा दुर्लभ प्रजातिका चराको सङ्ख्यामा वृद्धि हुँदै गएको परियोजना अधिकृत भरत पन्थीले बताउनुभयो । विश्वमा नेपालमा मात्र पाइने काँडे भ्याकुर रेसुङ्गा वन क्षेत्रमा मात्र पाइने भएकाले यसको संरक्षणका लागि सङ्कटापन्न अवस्थामा रहेका चराको बासस्थानलाई जोगाइराख्न स्थानीय पालिकाहरूको भूमिका महत्त्वपूर्ण हुने डिभिजन वन कार्यालयका प्रमुख जीवन पङ्गेनी बताउनुभयो ।     
     
नेपाल पक्षी संरक्षण सङ्घले वन क्षेत्रसँग जोडिएका वडामा जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रमले दुर्लभ चराको खोजी गरी वन क्षेत्रसँग जोडिएका स्थानीयलाई वनको संरक्षणमा टेवा पुर्याएको छ ।     
 


_

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J57K9F9SK6TV5SVRVKCN23VK.jpg

अरुणमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह

_

खाँदबारी (सङ्खुवासभा), ३० साउनः रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ ।     
     
साथै, स्थानीय प्रशासनले खोला, नदीमा जलसतह बढेको खण्डमा स्थानीय प्रशासन वा नजिकको प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । यसैबीच, निरन्तरको वर्षाले मकालु गाउँपालिकाका फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको बाँध भरिएर बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     


_

प्रकाशित मितिः बुधबार, ३० साउन २०८१
https://www.jawaaf.com/storage/01J55WPHDHC17SREDCVTRR9SEA.jpg

चर्च ब्वाइज युनाइटेड र पारोबीच खेल सुरू

_


काठमाडौँ, २९ साउनः सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानको लिग च्याम्पियन पारो फुटबल क्लबबीचको खेल सुरू भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अहिले साँझ ६ बजेदेखि सुरू भएको हो । 

अनन्त तामाङको कप्तानीको चर्च ब्वाइज युनाइटेड टोली सदस्यमा टोलीमा कप्तान अनन्तसँगै गोलकिपर दीप कार्की, अञ्जन विष्ट, छिरिङ लामा, सनिश श्रेष्ठ, लकेन लिम्बू, आयुष घलान, ओमोलाजा करिम, पिटर बन्दा, मोसेस न्याबा र एरिक विष्ट रहेका छन् ।


_

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://www.jawaaf.com/storage/01J55WWH0WHSAGM9WTXNRA076R.jpg

काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

_

मलेखु (धादिङ), २९ साउन : पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका–७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो । पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन–ए.एम.एल हेलिकप्टर खाली चौरमा अवतरण गरिएको थाक्रे गाउँपालिका–७ का वडाध्यक्ष युवराज खतिवडाले जानकारी दिनुभयो ।
 
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौँतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाउनुभयो ।


_

प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१
https://www.jawaaf.com/storage/01J55TYR9AAY50HA090RRRWBGA.jpg

सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

  

_

   

काठमाडौँ, २९ साउन : सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ ।     
     
सङ्घीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिनुभयो ।     
     
प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।     
 


_


प्रकाशित मितिः मङ्गलबार, २९ साउन २०८१