शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K1R8ZAPJGD2K4G28Q0MXDGS3.jpeg

१६ बुँदे सहमतिसँगै मेयर भट्टराईको अनशन तोडियो

काठमाडौं । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आमरण अनशन तोडेका छन् । 

आइतबार काठमाडौंको माइतीघर मण्डलामा नगर प्रमुख भट्टराईले आमरण अनशन तोडेका हुन् । 

मेयर भट्टराईले श्रावण ११ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा सत्याग्रह सुरु गरेका थिए । सरकारसँग १६ बुँदे सहमति भएसँगै उनले आज आमरण अनशन तोडेका छन् । 

भट्टराईले बाँसलाई बिल्डिङ कोडमा समावेश गरी सरकारी मूल्यांकन गर्न नीति बनाई स्थानीय सामग्री प्रयोग गर्ने गर्नुपर्ने, बाँसको सदुपयोगबाट स्थानीय स्तरमा साना घरेलु उद्योग सञ्चालन गरी विदेश पलायन हुने युवाहरूलाई स्वरोजगार बनाई आयआर्जनको गर्न सकिने भएकाले यसका लागि सरकारले नीति निर्माण र कार्यान्वयन गर्नुपर्ने, बाँसले भू–क्षय नियन्त्रण, वातावरण संरक्षण, जलवायू प्रदुषणको नियन्त्रण, पर्यावरणीय संरक्षण तथा अत्याधिक कार्बन सञ्चिती गर्ने भएकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु पर्ने लगायत माग राख्दै आमरण अनसन शुरु गरेका थिए ।

आज माइतिघरमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा निमार्ण कार्यमा बाँसको प्रवद्र्धन गर्न शहरी विकास मन्त्रालयबाट बाँस भवन संहिता र नम्र्सलाई अन्तिम रुप दिई ४५ दिनभित्र स्वीकृत गरी लागु गरिने भनिएको छ । 

यस्तै, स्थानीय तहको अनुरोधमा सम्बन्धित क्षेत्रमा कार्यरत प्राविधिकलाई शहरी विकास मन्त्रालयले यसै आर्थिक वर्ष (२०८२/८३) देखि क्षमता अभिवृद्धिको कार्यक्रम संचालन गर्ने,ग्रामीण अर्थतन्त्र र जिविकोपार्जन सुधारका लागि बहुउपयोगी बाँसको प्रवद्र्धन गर्न वन तथा वातावरण मन्त्रालयले सवै प्रदेश सरकार र स्थानीय तहहरुलाई अनुरोध गर्ने लगायतका विषयबस्तु सहमतिपत्रमा समेटिएका छन् । 

प्रकाशित मितिः आइतबार, १८ साउन २०८२
https://www.jawaaf.com/storage/01K1QS21AW59FSB32K57VB1PVS.jpg

उज्यालो नेपाल अभियानमा सबै नेपाली जोडिन कुलमानको आह्वान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो नेपाल अभियानमा सबै नेपालीलाई जोडिन आह्वान गरेका छन् । अभियानको क्रममा अमेरिकामा रहेका घिसिङले शुक्रबार अमेरिकाको टेक्सास इर्भिंगमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै घिसिङले आफुले बाँकी जीवन देशकै सेवामा समर्पित गर्ने बताउँदै डायस्पोराहरुबाट देशले ठूलो आशा गरेको बताए । कार्यक्रममा बोल्दै उनले भने,‘वास्तवमा देश बनाउन तपाइँहरुको ठूलो भूमिका रहेको छ । देशको सम्वृद्धिको लागि, देशमा सुशान कायम गर्न र देशको समग्र विकासको लागि तपाइँहरुबाट ठुलो आशा गरेको छु । आफ्नो आफ्नो क्षेत्रमा रहेर विभिन्न भूमिका तपाइँ सबैले निभाउनुपर्छ यो एक्सनमा तपाइँहरु पनि आउनुपर्छ भन्ने मेरो अनुरोध हो ।’

उनले अगाडि भने,‘उज्यालो नेपाल त बन्यो अब उज्यालो नेपाल अभियान लिएर म आएको छु । केही दिन अघि बहराइनबाट उज्यालो नेपाल अभियान घोषणा गरेर आएको छु । कुनै नेता वा नेतृत्व जन्मिनु भन्दा पनि देश समृद्ध कसरी बनाउने भन्नेतर्फ रोडम्याप तयार गर्नु सबैभन्दा महत्वपुर्ण विषय हो ।

उज्यालो नेपाल अभियान समृद्धिको अभियान, सामाजिक न्यायको अभियान, रोजगारीको अभियान र देशलाई आत्मनिर्भरताको बाटोतर्फ लैजाने अभियान भएको बताउँदै घिसिङले देशभित्र र बाहिर भएका श्रमशक्तिलाई एकिकृत गरि परिवर्तनतर्फ अगाडि बढाउने एउटा अभियान भएको बताए ।

कुलमान घिसिङले ‘उज्यालो अभियान’ नामक पार्टी खोल्न लागेको भन्ने हल्ला फैलिएको सन्दर्भ जोड्दै उनले नेपालमा राजजीतिक परिवर्तन धेरै भएपनि आर्थिक रुपान्तरण हुन नसकेको बताए ।

साथै, नेपालमा विकास गर्न सक्ने नेत्ृत्व जन्मिन नसकेको बताउँदै उनले जनतालाई डेलिभरि दिनसक्ने खालको नेतृत्व चाहिएको बिचार व्यक्त गरे । त्यसका लागि एउटा राम्रो टिम बन्नुपर्ने र त्यसले नेपाललाई परिर्वतनतर्फ लैजाने उनको भनाई छ ।
घिसिङ उज्यालो अभियानको सिलसिलामा यतिखेर अमेरिकाको विभिन्न स्थानहरुको भ्रमणमा छन् । उनले पछिल्लो कार्यक्रम टेक्सासकै अस्टिनमा गरेका छन् ।

प्रकाशित मितिः आइतबार, १८ साउन २०८२
https://www.jawaaf.com/storage/01K1Q5HJC1G7KPCD3ZNRZ41X17.webp

सुख्खाग्रस्त मधेशमा बर्षाः कुन ठाउँमा कतिवर्षा भयो ?

काठमाडौं । लामो समयदेखि पानी नपरेर सुख्खा भएको मधेशमा प्रदेशमा पछिल्लो २४ घण्टामा मध्ययम देखि भारी वर्षा भएको छ । मध्ये मनसुनमै खडेरि परेपछि सरकारले नै मधेशलार्ई सुख्खा तथा संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा सिराहाको हाइड्रो केन्द्रमा १०१.६, लहान केन्द्रमा ७७.२, गोलबजार केन्द्रमा ५२.८, मिलिमिटर वर्षा मापन गरिएको छ ।
महोत्तरीको गौशालामा ५८ मिलिमिटर वर्षा मापन गरिएको छ भने सर्लाहीको परवानीपुरमा ४८.४, धनुषाको हर्दिनाथमा ४७, तुलसी केन्द्रमा ४७.८, कल्यानपुरमा ४९.४, बरमझिया केन्द्रमा ९३, रुपनी बजार केन्द्रमा ८२ मिलिमिटर वर्षा भएको विभागले जानकारी दिएको छ ।
महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने  मधेश सहित कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मितिः आइतबार, १८ साउन २०८२
https://www.jawaaf.com/storage/01K1PQSHQ97SDNYTYXKCHG74QW.jpg

आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।  महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने सबै प्रदेशका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसैगरी,महाशाखाका अनुसार, आज राति देशभर साधारणतया बदली रहने छ भने  कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भूभागका धेरै स्थान तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

बागमती प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिई सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।

कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा भारी वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

प्रकाशित मितिः आइतबार, १८ साउन २०८२
https://www.jawaaf.com/storage/01K1M9C060NQNV11ZVH89PH6FY.jpeg

रुसी अधिकारीको ‘उत्तेजक’ टिप्पणीपछि ट्रम्पले आणविक पनडुब्बीहरूलाई पुनः तैनाथ गर्न दिए आदेश

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रूसी संघीय सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेभको ‘उत्तेजक’ भनाइपछि दुई आणविक पनडुब्बी रुसनजिक तैनाथ गर्न आदेश दिएका छन् ।

ट्रम्पले दिमित्री मेदभेदेभका टिप्पणीहरूलाई ‘मूर्खतापूर्ण र भड्काउ’ भन्दै ती ‘केवल शब्द मात्र नभएको’ हुनसक्ने आशंका व्यक्त गरेका हुन् 

। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शब्दहरू धेरै महत्वपूर्ण हुन्छन् र यसले प्राय नसोचेको परिणाम निम्त्याउन सक्छ । मलाई आशा छ, यो त्यस्तो घटना हुने छैन । जब परमाणुको कुरा आउँछ, हामीले तयार हुनुपर्छ । र हामी पूर्ण रूपमा तयार छौँ ।’

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यो कदम ‘तयारी’को प्रयास भएको बताएका छन् । 

रुसका पूर्वराष्टपति समेत रहेका दिमित्री मेदभेदेभले कुन टिप्पणीले ट्रम्पलाई यस्तो निर्णय लिन प्रेरित ग¥यो भन्नेबारे प्रष्ट खुलाइएको छैन । तर, दुई नेताबीच केही समययता सामाजिक सञ्जालमा तिक्ततापूर्ण वाकयुद्ध चलिरहेको छ ।

प्रकाशित मितिः शनिबार, १७ साउन २०८२
https://www.jawaaf.com/storage/01K1M8HD2818QYTDEEGTWTV2S2.jpeg

आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी

विराटनगर  । कोशी प्रदेश सरकारले अबदेखि सबै आधिकारिक कागजात, लेटरहेड र सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेखिने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको नाम स्पष्टता ल्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।

मन्त्रिपरिषद्ले प्रदेश सरकारी सेवामा कार्यरत अस्थायी दरबन्दीमा रहेका कर्मचारीहरूको दरबन्दी स्वीकृति दिने निर्णयसमेत गरेको छ । साथै, प्रदेशको सरकारी कामकाजको भाषासम्बन्धी विधेयक तयार गरी प्रदेश सभामा पेश गरिने निर्णय भएको छ ।

मन्त्री भण्डारीका अनुसार उक्त विधेयक पारित भएपछि कोशी प्रदेशमा लिम्बु भाषा र मैथिली भाषा पनि सरकारी कामकाजको भाषा बन्ने बाटो खुलेको छ । यसले बहुभाषिक पहिचानलाई संस्थागत गर्न सहयोग पुग्ने सरकारको विश्वास छ ।

त्यस्तै, कोशी प्रदेशको तथ्यांक व्यवस्थापन सम्बन्धी विधेयकलाई प्रदेश मामिला समितिबाट परिमार्जन गरी प्रदेश सभामा पेश गर्न स्वीकृति दिइएको छ । 

साथै, प्रदेश स्वास्थ्य नीति २०८२ लाई स्वीकृति दिने निर्णय भएको र शैक्षिक परामर्श तथा भाषा कक्षा सञ्चालन सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा पठाउने निर्णय गरिएको मन्त्री भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मितिः शनिबार, १७ साउन २०८२
https://www.jawaaf.com/storage/01K1JKRGB0435YM2XSYGDCPWA6.jpg

मृगौला पीडित गंगाश्वरी राईलाई आर्थिक सहयोग प्रदान

बराहक्षेत्र, सुनसरी । दुबै मृगौला फेल भई उपचाररत गंगाश्वरी राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। स्थाई घर भोजपुर हतुवागढी गाउँपालिका–९ र हाल बराहक्षेत्र नगरपालिका–३, सुनसरी कुपिखोला बसोबास गर्दै आएकी ५० वर्षीय राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भोग्दै आएकी राईका लागि देश–विदेशमा रहेका व्यक्तिहरूबाट संकलित छब्बिस हजार पचपन्न रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

केही रुपमा स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी राईलाई बराहक्षेत्र–५ निवासी समाजसेवी नरबहादुर राई र मणि राईको उपस्थितिमा जनता समाजवादी पार्टी बराहक्षेत्र नगर अध्यक्ष जेबी हाङ राईले सो रकम हस्तान्तरण गरेका हुन्।

सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी मनप्रति आभार प्रकट गर्दै राईको थप उपचार र औषधोपचारका लागि अझै पनि सहयोग आवश्यक रहेको भन्दै परिवारजनले पुनः सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न इच्छुक मनकारी व्यक्तिहरूले  उल्लेखित बैंक खातामार्फत आर्थिक सहयोग गर्न सक्ने परिवारजनले जानकारी दिएका छन् । नाम-Gangashori Rai(Tamang) खाता न-187028860200014 (Prabhu Bank)

प्रकाशित मितिः शुक्रबार, १६ साउन २०८२
https://www.jawaaf.com/storage/01K1J7PTJFPN467DJCP3VSBKZT.jpeg

देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने तयारीमा

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङराजीनामा दिने मुडमा पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुरदेउवाले मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि उनले पदबाट राजीनामा दिनेतयारी थालेका हुन् ।

सभापति देउवाले बिहीबार काठमाडौं बोलाएर लामासँग भेट गरेका थिए।भेटमा देउवाले पार्टीभित्रको विवादलाई चाँडै समाधान गर्दै लोकतान्त्रिकविधिबाट आएको निर्णयलाई स्वीकार गर्न सुझाव दिएका थिए ।

‘पार्टीभित्रको कुरा धेरै नलम्ब्याऔं, कसैलाई फाइदा नहुने खालको विवादमानअल्झिऔं,’ सभापति देउवाको भनाइ उद्धृत गर्दै एक नेताले जानकारी दिए ।

देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रैअन्तिम निर्णय लिने बताएका छन् ।

उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापनकसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए । जवाफमा देउवाले‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए ।

लामा काठमाडौँमा आफूनिकट सांसदहरूसँग बैठक र परामर्शमा व्यस्त छन् ।उनी बागमतीमा कांग्रेस नेतृत्वको सरकारलाई टिकाइ राख्न आफूपछि पनिआफूनिकटका सांसदहरूले महत्त्वपूर्ण मन्त्रालय पाउने सुनिश्चितताखोजिरहेका छन् ।

उनको मागमा आर्थिक मामिला लगायतका प्रभावशाली मन्त्रालयआफूनिकटका मन्त्रीलाई दिनुपर्ने अडानमा छन् । अविश्वास प्रस्तावमा साथदिएका तीन सांसदलाई मन्त्री नियुक्त गरिए पनि प्रदेश प्रमुखको स्वास्थ्यअवस्थाका कारण सपथ ग्रहण कार्यक्रम स्थगित भएको छ ।

यदि आफूनिकटका नेताहरूको व्यवस्थापन सुनिश्चित नभए, मुख्यमन्त्रीलामाले पद नत्याग्ने र कानुनी प्रक्रिया अनुसार अघि बढ्ने तयारी रहेकोउनको पक्षधर एक सांसदले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, १६ साउन २०८२
https://www.jawaaf.com/storage/01K1HKSE21034V1QNZDBKPJ1DC.jpeg

आजको मौसम : बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । 

जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

आज राति भने देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मधेस प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, १६ साउन २०८२
https://www.jawaaf.com/storage/01K1G97AGCK1ABCS5JEXV92FZQ.jpg

नाउपाको अध्यक्षमा रेशम चौधरीका बुबा लालवीर चयन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संरक्षक रेशम लाल चौधरीका बुबा लालवीरलाई अध्यक्ष चयन गरेको छ । बिहीबार रञ्जिता श्रेष्ठ विरोधी पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष बनाएको हो । हिजो बुधवार पार्टीले रञ्जितालाई साधारण सदस्यसमेत नरहने गरी पार्टी अध्यक्षबाट हटाएको थियो ।

अध्यक्ष चयनपछि रेशम लाल चौधरीले पार्टी कमिटीको सुझाव सल्लाहको आधारमा पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गरेको बताए ।

उनले भने, ‘विधिसंवद रूपमा नयाँ नेतृत्व चयन गर्नुपर्छ । केन्द्रीय सदस्यहरूले भनेपछि हामीले पत्राचार गरेका थियौ । २४ घण्टाको समय दिएका थियौँ । उहाँले हामीलाई कुनै पनि जानकारी नगराईकन समय कटाउनु भयो, बहुमतले पार्टीको ज्येष्ठ केन्द्रीय सदस्यलाई अध्यक्ष चयन गर्यौँ ।’

प्रकाशित मितिः बिहिबार, १५ साउन २०८२