शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १६ साउन २०८२

मृगौला पीडित गंगाश्वरी राईलाई आर्थिक सहयोग प्रदान

https://www.jawaaf.com/storage/01K1JKRGB0435YM2XSYGDCPWA6.jpg

बराहक्षेत्र, सुनसरी । दुबै मृगौला फेल भई उपचाररत गंगाश्वरी राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। स्थाई घर भोजपुर हतुवागढी गाउँपालिका–९ र हाल बराहक्षेत्र नगरपालिका–३, सुनसरी कुपिखोला बसोबास गर्दै आएकी ५० वर्षीय राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाइ भोग्दै आएकी राईका लागि देश–विदेशमा रहेका व्यक्तिहरूबाट संकलित छब्बिस हजार पचपन्न रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

केही रुपमा स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएकी राईलाई बराहक्षेत्र–५ निवासी समाजसेवी नरबहादुर राई र मणि राईको उपस्थितिमा जनता समाजवादी पार्टी बराहक्षेत्र नगर अध्यक्ष जेबी हाङ राईले सो रकम हस्तान्तरण गरेका हुन्।

सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगी मनप्रति आभार प्रकट गर्दै राईको थप उपचार र औषधोपचारका लागि अझै पनि सहयोग आवश्यक रहेको भन्दै परिवारजनले पुनः सहयोगको अपिल गरेका छन्।

सहयोग गर्न इच्छुक मनकारी व्यक्तिहरूले  उल्लेखित बैंक खातामार्फत आर्थिक सहयोग गर्न सक्ने परिवारजनले जानकारी दिएका छन् । नाम-Gangashori Rai(Tamang) खाता न-187028860200014 (Prabhu Bank)

सम्बन्धित खबर

/frontend/images/redline.png