बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01JRSG6FRP1KQZAPVE51NVV0E5.jpg

इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’

इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन् ।

परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन् । उनीहरुले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरु खिचेका थिए । त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन् ।

परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवद्र्धनको लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।

मन्त्री देउवासहित राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।

‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राई सहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।

राजदुतहरुले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए । सोमबार(आज)अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि टेस्टिङ, टि प्लकिङ र फिसिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।

प्रकाशित मितिः सोमबार, ०१ वैशाख २०८२
https://www.jawaaf.com/storage/01JRSAZD9ZWEM1MPH26S794TSQ.jpg

चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमवार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।

सिनेमाको निर्माण टिमले सोमवार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैँमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।

कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ ।

प्रकाशित मितिः सोमबार, ०१ वैशाख २०८२
https://www.jawaaf.com/storage/01JRKXQ80HWWZAZ3Z6M010KCXM.avif

२० औं फेवा नववर्ष महोत्सव २०८२ आजदेखि पोखरामा शुरु हुँदै

पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि २० औं फेवा नव वर्ष महोत्सव २०८२ शुरु हुदैछ ।  होटल संघ पोखरा नेपालले हरेक वर्ष नेपाली नयाँ वर्ष सुरुवातका अवसरमा आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवको २० औं संस्करण पोखरामा शुरु हुन लागेको हो । 

२० औं फेवा नव वर्ष महोत्सव २०८२ आजदेखि बैशाख १ गतेसम्म पोखराको खहरेचोकदेखि ड्यामसाइड विचको सडकमा आयोजना गरिने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । 

संघले शुक्रवार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रुपमा रहने जानकारी दिए । महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक होटल संघ पोखरा नेपालले जानकारी दिएको छ । त्यस्तै महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने छन् । अहिले पोखराका होटलमा पर्यटकको अकुपेन्सी ६० प्रतिशत रहेको र महोत्सवका अवसरमा यो ९० प्रतिशत पुग्ने संघका अध्यक्ष सुवेदीले सुनाए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् । संस्थागत ब्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

यसैगरी स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरूको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुने छन् । महोत्सवका अवसरमा स्थानीय खहरे र ड्यामसाइडबाट झाँकी निकालिने छन् ।

प्रकाशित मितिः शनिबार, ३० चैत २०८१
https://www.jawaaf.com/storage/01JRJAXPD0QE7ST1VYZSTQY2AW.avif

‘जार’मा इन्द्रबहादुर राईको कथा, ट्रेलर सार्वजनिक

काठमाडौं । आगामी बैशाख २६ (मे ९) गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनी फेरी टेल पिक्चर्सले विहीबारराजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गर्दै फिल्मको प्रचार थालनी गरेको हो ।
फिल्म साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित छ । सार्वजनिक ट्रेलरमा अभिनेताद्वय सौगात मल्ल र अनुपबिक्रम शाहीसँगै अभिनेत्री गीताञ्जली थापाले प्रमुख स्थान लिएका छन् । फिल्म सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित छ। तत्कालिन समाजको परिवेश सुहाउँदो प्रस्तुति फिल्मको ट्रेलरमा चित्रण गरिएको छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक फुर्वा छिरिङ लामाले एक ऐतिहासिक कृतिलाई पर्दामा उतार्न पाउनु आफैमा गर्वको कुरा रहेको बताए। ‘जार’को कथालाई अन्याय हुन दिएका छैनौं, लामाले भने किताबमा पढ्नु भएको कथा पर्दामा उतार्नु आफैमा चुनौती हो, इन्द्रबहादुर राई ज्यूको भावना र मर्मलाई उच्च सम्मानसहित हामीले ‘जार’ तयार गरेका छौं ।’
अभिनेताद्वय सौगात र अनुपबिक्रम शाहीले एउटा इतिहासको साक्षी बस्न पाउनु आफैंमा गर्वको कुरा रहेको बताए । फिल्मको शीर्ष भूमिकामा सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्यूयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि  गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फिल्मको सम्पूर्ण छायांकन सिक्किममा गरिएको छ । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको फिल्ममा अखिलेश राईको सम्पादन छ । यो फिल्मलाई नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार लिएका छन् भने अन्तर्राष्ट्रिय वितरणको जिम्मा सेभेन सिज सिनेमाले लिएको छ । डिजिटल पार्टनरको रूपमा ओएसआर डिजिटल जोडिएको छ ।

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/g9_GvI44mnA?si=lCmUJhpDOKWoNLJF" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://www.jawaaf.com/storage/01JRD9VC063FYVZPDVARJC5Y6K.avif

१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री

इटहरी । कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो ।

तेह्रथुम र सङ्खुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको उद्घाटनका लागि मङ्गलवार दिउँसो पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।

विराटनगरमा आयोजना गरिएको पर्यटन वर्ष समेत लक्षित प्रदेश समन्वय समितिको बैठकमा अध्यक्षता गरिरहेका कार्कीले भनेका थिए, ‘भोलिबाट सुरु हुने कोशीको पर्यटन वर्ष २०८२ लाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्नुहुने छ । यस्तै विशिष्ट अतिथिका रूपमा उपप्रधानमन्त्री प्रकाशमान सिंह आउनुहुने छ ।’

तर प्रधानमन्त्री आउँने भनी महिनौँ तयारी गरेको र निमन्त्रणामा समेत प्रधानमन्त्री आउने चर्चा गरिएको समारोहमा नै भने अनुसारको काम नभएपछि सरकारले लिएको लक्ष्य कसरी पुरा होला भन्ने संका पैदा भएको छ ।

यद्यपि कोशी सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन उप–प्रधान एवं सहरी विकाशमन्त्री प्रकाशमान सिंहले गरेका छन् । प्रधानमन्त्री आउने भनेर पुगेका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयलाई खिन्नता छाएको छ ।

एक जना स्थानीय तहका जनप्रतिनिधिले भने, ‘प्रधानमन्त्री आउने भनेर भनिएको थियो तर ढाँट गरेजस्तै भएपछि म पनि गइन ।’

किन आएनन् प्रधानमन्त्री ?

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी अधिकारीहरू भने प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन् । उद्घाटन समारोहमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन ।’

तर उनले भनेजस्तो वस्तुस्थिति भने देख्न सकिँदैन । महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन ।

खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो ।

पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो । विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो । तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फुल्न सकेको छैन ।

गुराँसलाई फुलाउनका लागि केही दिन अघि त्यहाँ दमकल लगायतको प्रयोगले पानी समेत गुराँसका बोटहरूमा हालिएको थियो । त्यस बेला प्रधानमन्त्री आउने भएपछि गुराँसमा पानी हालिएको भन्दै तीव्र आलोचना समेत भयो ।

प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि उनीहरूले पनि सहभागिता जनाउन सकेनन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन् । जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ ।’

वातावरण सम्बन्धी जानकारहरू वातावरण सम्बन्धी जानकारहरू जलवायु परिवर्तनका कारण यस प्रकारका असरहरू परिरहेको जनाउँदछन् । कार्यक्रमका सम्बन्धमा आलोचना भइरहेको र समारोह समेत उत्साहजनक नहुने भएपछि प्रधानमन्त्री नआएको कतिपयले तर्क गरेका छन् ।

कहाँ गए प्रधानमन्त्री ?

कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली भने अर्घाखाँची पुगेका छन् । उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे ।

के छ पर्यटन वर्षको लक्ष्य ?

बुधवार आलोचना र बिस्मातका साथ उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ को लक्ष्य भने प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने छ । रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।

पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://www.jawaaf.com/storage/01JRD3S2D7QZDTMQCXJXXBD5JS.avif

‘वसन्त’को गीत ‘मोटर’ / स्पेशल स्क्रिनिङ

कामठाडौं । गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित सिनेमा ‘वसन्त’ दर्शकको उत्कृष्ट वर्डअफ माउथसहित देश तथा विदेशमा एक साथ प्रदर्शन भैरहेको छ । 

यसैबिच, सिनेमामा समावेश गीत ‘मोटर’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतलाई सिनेमामा कथा वाचनको रूपमा प्रस्तुत गरिएको छ ।

मंगलबार सार्वजनिक सिनेमाको यो गीतमा सिनेमाका मुख्य कलाकार प्रकाश सपुत र खड्क बहादुर पुन (खबपु) फिचर्ड छन् । यो गीतमा गायक सपुतकै स्वर, शब्द रचना तथा कम्पोज अनि योगश काजी शाहको एरेञ्ज रहेको छ । सिनेमाको मंगलबार सार्वजनिक गीतले व्यापारमा समेत फाइदा गर्ने अपेक्षा निर्माण टिमको छ । निर्देशक तथा गायक सपुतले सिनेमाको भाव अनुसार नै ‘वसन्त’को गीत ‘मोटर’ तयार गरेका बताए ।

यता, सिनेमाको निर्माण टिमले सोमवार कमलपोखरी स्थित सिटी सेन्टरमा अवस्थित बिग मुभिजमा स्पेशल स्क्रिनिङको समेत आयोजना गरेको थियो । जहाँ अभिनेत्री केकी अधिकारी, निर्देशक नवल नेपाल, निर्माता छविराज ओझा, अभिनेता पृथ्वीराज प्रसाई, नृत्य निर्देशक शंकर बिसी, गायक तथा संगीतकार खेम सेञ्चुरी लगायतका सिनेमाकमी र पत्रकारले स्पेशल स्क्रिनिङमा सिनेमा हेरेका थिए । सिनेमा हेरिसकेपछि अधिकांशले निर्देशक तथा अभिनेता प्रकाश सपुतको कथा भन्ने शैली र समाजको यथार्थ चित्रण गरेको भन्दै ‘वसन्त’को तारिफमा शब्द खर्चिए ।

वसन्त’ हेरिसकेपछि अभिनेत्री केकी अधिकारीले मिडियाको कुराकानीमा हामी अहिले जुन समाजमा छौं, त्यहाँ अहिले पनि विभिन्न किसिमका विभेदहरू व्याप्त रहेको बताइन् । ‘समयले धेरै कोल्टे फेरि सक्यो । हामीले धेरै चिज देखी सक्यौँ । अहिले पनि परिवर्तनका कुरा गर्दै गर्दा खेरी अझै पनि यो चिज चाहिँ वर्गीय हिसाबले होस्, जातीय हिसाबले होस्, अन्य अरू हिसाबले नै किन नहोस् यस्ता खालका विभेद समाजमा व्याप्त छन् । वसन्तमा एउटा सानो केमियो गर्न पाएकोमा खुशी छु,’ उनले भनिन् ‘प्रकाश सपुत जीका हरेक सिर्जनामा समाजका कथा देख्न पाइन्छ । यसमा पनि त्यही कुरा हेर्न पाउँदा खुशी लाग्यो ।

गत चैत्र २२ गते शुक्रवारबाट नेपाल र विदेशमा एक साथ रिलिज भएको सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले देखाएको छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://www.jawaaf.com/storage/01JRAMBWQPN8NCP86Z7HQBQCF9.avif

कोशी पर्यटन वर्षको तयारी पूरा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । कोशी प्रदेश सरकारले आयोजना गर्ने कोशी पर्यटन वर्ष २०८२ को तयारी पूरा भएको छ । बुधवार तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट औपचारिक रूपमा उद्घाटन हुने पर्यटन वर्षको तयारी पुरा भएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले जानकारी दिए ।

पर्यटन वर्षको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जानकारी गराए । उनका अनुसार प्रधानमन्त्रीका साथै उपप्रधानमन्त्री प्रकाशमान सिंह विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम रहेको छ ।

Bantawa Hardware.gif 828.52 KB

मङ्गलवार प्रदेश समन्वय परिषद्को सातौँ बैठकमा मुख्यमन्त्री कार्कीले भने, ‘हामीले २०८२ लाई भ्रमण वर्ष मनाइरहँदा आफ्ना स्थानीय तहको पर्यटन प्रवर्धनमा तपाईँहरू लाग्नुपर्ने हुन्छ । पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना गर्न सक्छौँ ।’

पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ । रमणीय कोशीको नाराका साथ मनाइने पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राइने लक्ष्य राखिएको छ ।

NOW.gif 152.32 KB

पर्यटनका माध्यमबाट कोशीलाई सम्पन्न बनाउन सकिने यस क्षेत्रका जानकारहरू बताउदछन । पर्यटन वर्षको पूर्व सन्ध्यामा ‘लोकतन्त्र र पर्यावरण’ शीर्षकमा अन्तरक्रिया समेत गरिएको छ ।

मुख्यमन्त्री कार्की प्रदेशको अर्थतन्त्र समेतलाई चलायमान बनाउनका लागि वर्ष महत्त्वपूर्ण साबित हुनेमा समेत विश्वस्त देखिएका छन् ।  पर्यटन वर्षको उद्घाटनका लागि प्रदेशको सम्पूर्ण मन्त्रीपरिषद्का साथै संयन्त्र समेत तीनजुरे प्रस्थान गर्दै छ ।

ad_news_shatyashisu.gif 688.4 KB

प्रकाशित मितिः मङ्गलबार, २६ चैत २०८१
https://www.jawaaf.com/storage/01JR50PCNW98G9YVM6K6965NQ5.jpg

‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो ।

शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए ।

सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ । यसअघि यो चलचित्रको स्क्रिप्ट पूजा पनि गरिएको थियो ।

‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् । ‘जनै हराएको बाहुन’मा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ ।

निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट चलचित्रको छायांकन सुरु हुनेछ । पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ ।

‘जनै हराएको बाहुन’ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ । चलचित्रले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, ‘यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु । यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ ।’

असोसियट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ मा हामी सबै नेपालीको कथा रहेको बताए । ‘यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,’ उनले भने ।

यस्तै, अभिनेता मैनालीले चलचित्र ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए ।

निर्देशक न्यौपानेको यो डेव्यु निर्देशन हो । यो चलचित्रको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन् ।

बलियो लाइनअप रहेको चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् । पेपरक्लिप प्रालिको निर्माण रहने चलचित्रका विमल न्यौपाने निर्माता हुन् ।

चलचित्रका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन् ।

थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर रहेका छन् ।

चलचित्रको छायांकन सेड्युल ४० दिनको रहेको छ । यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन् ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१
https://www.jawaaf.com/storage/01JR1TMQSQRSZF7WWME98VVZFS.jpg

रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे

रामेछाप । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् । 

बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू शुक्रबार दिउँसो केही बेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन् । मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थली रोकिएका थिए ।

शुक्रबार मध्यान्ह मन्थलीमा रोकिएको पर्यटकहरूलाई हेलिकप्टर र प्लेनबाट फाप्ला र लुक्ला पठाएको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले जानकारी दिए । 

शुक्रबार  दिउँसो ७ वटा विमान उडान भएकामा १ सय १० जना पर्यटक फाप्ला पुगेका छन् । त्यस्तै हेलिकोप्टरको ५० वटा उडान मार्फत २ सय ५० पर्यटक लुक्ला पुगेका छन् । शुक्रबार केही बेर खुलेको मौसम फेरी खराब हुँदा आज बिहान पनि जहाज उड्न सकेका छैनन् । 

सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थली सम्म गाडीमा आउने गर्दछन् भने रामेछापको मन्थली विमान स्थलबाट जहाजमा लुक्ला जाने र आउने गर्दछन् । यो विमानस्थलबाट मौसम सफा हुँदा दैनिक ६० वटा भन्दा बढी उडान सोलुको लागि हुने गर्दछ ।

प्रकाशित मितिः शनिबार, २३ चैत २०८१
https://www.jawaaf.com/storage/01JQNG67WSXSFPA6TDYSQF1KB3.jpg

चलचित्र ‘कर्मा’ को गीतमा दुर्गेश थापाको स्वर

काठमाडौं । चर्चित गायक दुर्गेश थापाले चलचित्र ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘कर्मा’का लागि दुर्गेशले गीत गाएका हुन् । दुर्गेश स्वयंले आफूले कर्माको गीत गाएको जानकारी दिएका छन् ।

केही दिन अगाडि दुर्गेशले रेकर्ड गरेको गीतको आइतबार भिडियो छायांकन भएको छ । दुर्गेशको गीत चलचित्रभित्रै समावेश हुने बताइएको छ ।

दुर्गेशकले गाएको गीतमा चलचित्रका मुख्य कलाकार विपीन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतको अभिनय देखिनेछ । निर्माणपक्षका अनुसार केही दिनमा उक्त गीत सार्वजनिक हुनेछ ।

नयाँ वर्ष २०८२ को छेको पारेर चलचित्र ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । नेपाल र विदेशमा यो चलचित्र एकसाथ रिलिज हुँदैछ ।

यस्तै, निर्माणपक्षले आज साँझ गायक सुशान्त केसीको आवाजमा रहेको  ‘पागल पागल जस्तै’ बोलको गीत सार्वजनिक गर्दैछ ।

गायक केसीले ‘कर्मा’मार्फत पाश्र्व गायनमा डेब्यु गरेका हुन् । केही दिनअघि निर्माणपक्षले भिडियो छायांकन गरेको थियो । यस गीतमा उनकै शब्द, संगीत र स्वर छ ।

युवा पुस्तामाझ सुशान्तको लोभलाग्दो क्रेज छ । हम्मेसी अरूका लागि गीत गाउँदैनन् । उनी आफ्नै च्यानलमा मात्रै गाउँदै आएका छन् । उनका हरेक गीत मिलियन्सभन्दा माथि युट्युबमा भ्यूज गएका छन् ।

चलचित्र ‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, दिब्यदेब, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालगायतको अभिनय रहेको छ ।

एक्सन जनरामा निर्माण भएको ‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी आफैँले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ ।

चलचित्रमा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।

तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् ।

आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएको थियो ।

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१