बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K08ZN9PYP47871PTTC06225Q.jpeg

गणेश इशारा राईको १६औँ 'अल नेपाल एकल कमेडी शो' भोलि धरानमा

धरान । प्रसिद्ध हास्यकलाकार गणेश इशारा राईको १६औँ 'अल नेपाल एकल कमेडी शो' भोलि, साउन १ गते, धरानमा हुँदैछ। धरान–१५ स्थित सदन स्कुलको सभा हलमा हुने यस कार्यक्रममा इशाराको एकल कमेडी प्रस्तुतिसँगै साङ्गीतिक कार्यक्रम पनि समावेश गरिनेछ।

कलाकार गणेश इशाराका अनुसार यो शो समाजसेवी वीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्‍याउने परोपकारी उद्देश्यले आयोजना गरिएको हो।

कार्यक्रममा गणेश इशाराको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि सहभागिता रहने जनाइएको छ। गायक राजन पन्धाक लिम्बू, मेघराज रानाहोछा, अर्जुन आन्ङदाङबे, रुपक जिमि, चर्चित गायिका लीला राई, महेश राई, रश्मि राई "दिपेश इशारा एन्ड केशु नुगो" को साङ्गीतिक प्रस्तुति रहनेछ। साथै, मिस्टर प्रोभिन्स किड्स २०८१ का विजेता प्रतीक राईको नृत्य प्रस्तुति पनि कार्यक्रमको आकर्षण रहनेछ।

धरानपछि 'अल नेपाल एकल कमेडी शो' देशभरका विभिन्न शहरहरूमा पनि आयोजना गरिनेछ। गाईघाटमा भदौ १ गते, धनकुटामा असोज १ गते, पाँचथरमा कार्तिक १ गते, इलाममा मंसिर १ गते, पोखरामा पुस १ गते, दाङमा माघ १ गते, हेटौंडामा फागुन १ गते, र काठमाडौंमा २०८३ वैशाख १ गते शोहरू हुने जानकारी गरिएको छ।

प्रकाशित मितिः बुधबार, ३२ असार २०८२
https://www.jawaaf.com/storage/01JYWTDDKNPTC08JQERNVS4F36.jpg

कोशी प्रदेशको पर्यटन प्रवर्धनका लागि देशका विभिन्न शहरमा रोड सो

कोशी । कोशी प्रदेशको समृद्ध पर्यटन सम्भावनालाई देशभर प्रचार गर्ने उद्देश्यले विभिन्न शहरहरूमा रोड सो कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । प्रदेश सरकारको पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयको अगुवाइमा सुरु भएका यस्ता कार्यक्रमहरूको माध्यमबाट देशभरिका नागरिकलाई कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूबारे जानकारी दिन प्रयास गरिएको छ ।

रोड सो कार्यक्रमहरूमा कोशी टप्पु वन्यजन्तु आरक्ष, धरानको विजयपुर, ताप्लेजुङको पाथीभरा मन्दिर, इलामको चिया बगान, बिराटनगरको ऐतिहासिक स्थल, सँखुवासभाका पर्यटकीय स्थल, तेह्रथुमका पर्यटकीय स्थल लगायत थुप्रै पर्यटकीय क्षेत्रहरूको प्रचार गरिएको छ । कार्यक्रममा स्थानीय संस्कृति, रहनसहन, र कोशी प्रदेशको मौलिक परिकारहरूलाई समेत विशेष प्राथमिकता दिइएको कोशी प्रदेश पर्यटन वर्ष मूल आयोजक समितिका सदस्य एवं पर्यटनकर्मी बासुदेब बरालले बताए ।

पर्यटन प्रवर्धन कार्यक्रम अन्तर्गत हालसम्म काठमाडौँका ३ स्थानमा र पोखराका २ स्थानमा रोड सो सम्पन्न भएको छ । रोड सो अब चितवन, हेटौँडा र जनकपुरमा आयोजना गरिने कोशी प्रदेश पर्यटन वर्ष २०८२ मूल आयोजक समितिका सदस्य राजन दँगालले जानकारी दिए ।  कार्यक्रममा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शन, स्थानीय कला संस्कृति प्रस्तुतिकरण र कोशी प्रदेश भ्रमणका लागि निम्तो समेत दिइएको दँगालले बताए ।

कोशी प्रदेशको पर्यटन मन्त्री षडानन्द मण्डलका अनुसार यस्ता रोड सो कार्यक्रमहरूले देशभर कोशी प्रदेशका पर्यटकीय सम्भावनाबारे सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास लिइएको छ । उनले भने, ‘कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक हिसाबले अत्यन्त समृद्ध छ, हामी देशैभर र अन्तर्राष्ट्रियस्तरमा यसको प्रचार–प्रसार गर्ने अभियानमा छौँ ।’

स्थानीय व्यवसायीहरू र पर्यटन व्यवसायमा संलग्न पक्षहरूले समेत यस्ता कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः आइतबार, १५ असार २०८२
https://www.jawaaf.com/storage/01JYGV07YS1TDDX0E5P9T3QDGC.jpg

‘लालीबजार’ स्वस्तिमा, आगामी फागुन १ गते प्रदर्शनमा आउने

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का अब ‘लालीबजार’मा देखिने भएकी छिन् । ‘जात्रा’ शृङ्खलामार्फत स्थापित भएको व्यानर षट्कोण आट्र्सले निर्माण गर्ने नयाँ फिल्म ‘लालीबजार’ मा अभिनेत्री खड्काले अभिनय गर्दैछिन् ।

‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ निर्माण गरेर दर्शक र प्रदर्शकको विश्वास जितिसकेको उक्त व्यानरले अभिनेत्री खड्का फिचर्ड पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति आगामी फागुन १ गतेलाई तय गरेको छ । 

पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको भूमिकामा देखिएकी छन्, तर उनको शृंगार र हाउभाउले फरक कथावस्तु संकेत गर्छ । उनको शारीरिक अवस्था र चाहनाबीचको भिन्नता पोस्टरमा स्पष्ट झल्किन्छ ।

यम थापाको लेखन तथा निर्देशनमा तयार हुने ‘लालीबजार’ लाई रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेस खत्रीले निर्माण गर्दैछन् भने यसका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् ।

अभिनेत्री खड्काले फिल्मको कथावस्तु र निर्माण टिमको कारणले आफू नयाँ फरक रुपमा प्रस्तुत हुन् तयार भएको बताइन । 

उनले भनिन्,‘मेरा अघिल्ला फिल्म भन्दा यसमा भिन्न स्वस्तिमा दर्शकले देख्नुहुनेछ । सार्वजनिक गरिएको पोस्टरले पनि धेरै कुरा भनिरहेको छ, म यो पात्रलाई जीवन्त बनाउन निकै उत्साहित छु ।’ 

निर्माता बानियाँका अनुसार षट्कोण आट्र्सले स्क्रीप्ट खोजीकै क्रममा निर्देशक थापासँग सहकार्यको सुरुआत गरेको हो । 

उनले भने,‘हामी अन्य लेखक तथा निर्देशकसँग सहकार्य गर्न छलफलमा थियौँ । राम्रो कथा दर्शकसम्म जानबाट बञ्चित नहोस् भनेर हामीले केही लेखक तथा निर्देशकसँग सहकार्यका लागि छलफल गरेका थियौँ । सोही क्रममा निर्देशक थापाले पठाउनु भएको स्क्रीप्टले हामीलाई आकर्षित ग¥यो । उहाँले स्क्रीप्ट लिएर काम गर्नुस् भन्नुभएको थियो तर हामीले नै निर्देशन गर्न आग्रह ग¥यौ ।’

निर्देशक थापा पनि आफ्नो करिअरलाई ‘लालीबजार’ ले नयाँ उचाई दिनेमा विश्वस्त छन् । निर्देशनमा केही समय विश्राम लिएका निर्देशक थापाले यसपटकको कार्यशैलीले आफ्नो कामलाई झनै परिपक्क बनाएको बताए ।

उनले भने,‘मेरो एक भेटमा निर्देशक भट्टराईसँग काम गर्ने विषयमा छलफल भएको थियो । सोही क्रममा म षट्कोण आट्र्समा आइपुगेको हु, यहाँ आएपछि मसँग भएको एउटा आइडिया सेयर गरें । उहाँहरूलाई मन परेपछि हामीले काम अगाडि बढाएका हौँ, निर्देशनको जिम्मेवारी पनि मलाई नै दिनुभएको छ । यो मेरा लागि अवसर र चुनौती दुवै हो ।’

उनले फिल्मका अन्य कलाकार र विषयवस्तुका बारेमा क्रमशः जानकारी दिदै जाने बताउनुभयो । सार्वजनिक गरिएको पोस्टरमा केशव पाण्डेको फोटोग्राफी रहेको छ भने रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट) ले पोस्टर तयार पारेको हुन् । 

आगामी दसैँ लगत्तै छायाङ्कन गरिने ‘लालीबजार’ षट्कोण आट्र्स एकल निर्माता भएर निर्माण गरिरहेको पाँचौँ फिल्म हो । यसबाहेक ‘टल्कजङ्ग भर्सेस टुल्के’, ‘डाकिनी’, ‘सुपर मङ्क’ लगायतका फिल्ममा अन्य व्यानरसँग सहकार्य गरेको छ ।  

प्रकाशित मितिः मङ्गलबार, १० असार २०८२
https://www.jawaaf.com/storage/01JYDD05CZ6QPFX9V6PHCCWF0R.jpg

'छुट्टै संसार' सार्वजनिक: प्रेम र वियोगको भावनात्मक यात्रामा नयाँ सांगीतिक प्रस्तुति

काठमाण्डौँ  । नेपाली सांगीतिक क्षेत्रमा प्रेम र सम्बन्धको भावनात्मक पाटोलाई कलात्मक रूपमा प्रस्तुत गर्दै नयाँ गीत ‘छुट्टै संसार’ सार्वजनिक भएको छ। गायक बदल थापाको सुमधुर स्वरमा सजिएको यस गीतले दर्शक तथा श्रोतामाझ सकारात्मक छाप छोड्न सफल भएको छ।

‘छुट्टै संसार’ गीतमा टेकराज अछामी र नरेन्द्र तिखत्रीको संयुक्त शब्द रचना रहेको छ भने संगीत पनि तिखत्रीकै रहेको छ। गीतलाई विशाल निरौलाले संगीत संयोजन गरेका छन्। रञ्जन राईले मिक्सिङ र मास्टरिङको जिम्मेवारी सम्हालेको यो गीत अलङ्कार स्टुडियोमा रेकर्ड गरिएको हो। गीतको अडियो तथा भिडियो सार्वजनिक गर्ने अधिकार 'मुकेश सुवेदी अफिसियल' युट्युब च्यानलमा निहित छ।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक र जीवन्त बनाइएको छ। भिडियोमा पुरू भण्डारी, बिनिता दहाल र दिनेश काठायत काजीले सशक्त अभिनय गरेका छन्। टेकराज अछामीले भिडियोको निर्देशन गरेका हुन् भने उमेश बहादुर शाहले यसलाई छायांकन गरेका छन्। पदम सुवेदीको कुशल सम्पादन र रङ संयोजनले भिडियोलाई थप आकर्षक बनाएको छ। भिडियोको पोस्टर डिजाइन सुबास शाह र लक्ष्मण चौहानले गरेका हुन् भने मुकेश सुवेदीले यसको निर्माण गरेका हुन्।

‘छुट्टै संसार’ ले विशेषगरी युवा पुस्ताको प्रेम, सम्बन्धमा आउने उतारचढाव र वियोगको भावनात्मक पक्षलाई गहिरोसँग समेट्ने प्रयास गरेको छ। भिडियोको हरेक पक्षले गीतको मर्मलाई सजीव रूपमा प्रस्तुत गरेको भन्दै दर्शकहरूले सामाजिक सञ्जालमा व्यापक सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। यो गीत नेपाली संगीतप्रेमीहरूका लागि एक नयाँ र ताजा स्वाद हो, जसले भावनात्मक कथावस्तुका साथै प्राविधिक उत्कृष्टता दुवैमा आफूलाई अब्बल साबित गरेको छ।

भिडियो हेर्न लिङ्कमा क्लिक गर्नुहोस् ...

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/shpC4l4cet8?si=KscCTPCbWMnbdXya" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२
https://www.jawaaf.com/storage/01JY8BM1YR0QBW7R85AY9SRBT4.jpg

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौं । आज संसारभर विश्व सङ्गीतदिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा सङ्गीत दिवस मनाउन थालिएको हो ।

विश्व सङ्गीतदिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । 

सङ्गीत एउटा विश्वव्यापी भाषा हो । नेपाल बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश हो । यहाँ मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिकता थप्ने बाजाहरू आज पनि बजाइन्छन् । 

यस वषको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।

प्रकाशित मितिः शनिबार, ०७ असार २०८२
https://www.jawaaf.com/storage/01JY3D4P40FBCYA9TKXPBQZZ47.jpg

गणेश इशाराको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करणको मिति र स्थान सार्वजनिक

धरान,असार ५। चर्चित हास्यकलाकार गणेश इशारा राईको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करण सुरु हुने भएको छ। समाजसेवी वीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्‍याउने परोपकारी उद्देश्यका साथ यो शो आयोजना गरिएको हो।

गणेश इशाराको दोस्रो संस्करणको  'अल नेपाल एकल कमेडी शो'  को तालिका निम्नानुसार रहेको जानकारी गरिएकोछ । झापा असार १५ ,धरान साउन १ (सदन स्कुल सभाहल), गाईघाट भदौ १, धनकुटा असोज १, पाँचथर कार्तिक १, इलाम मंसिर १, पोखरा पुस १, दाङ माघ १, हेटौंडा फागुन १ र काठमाडौंमा २०८३ वैशाख १ गते कमेडी शोको आयोजना हुने तालिका सार्वजनिक गरिएको छ ।

कलाकार इशाराका अनुसार, उनको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। यस शोबाट सङ्कलित रकम  वीरमाया राई (शोभोमा) को स्मृतिमा  कोषमा जम्मा गरिनेछ, जसबाट अनाथ र असहाय बालबालिकालाई सहयोग पुर्‍याइनेछ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२
https://www.jawaaf.com/storage/01JY0GJHMWB693GASX254KMWNH.jpeg

चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । 

दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् ।  एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’

विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने ।

यस्तै अभिनेता हरिवंश आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए । 

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०४ असार २०८२
https://www.jawaaf.com/storage/01JW118NJFWKJB8GGAPANTECQD.jpg

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ । पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढी लगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको सङ्ख्या बढेको छ । 

काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ । 

समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको सबैभन्दा अग्लो झरना हो । 

पोकली झरनाको प्रचारप्रसारका लागि गरिएको पोकली पर्यटकीय महोत्सव तथा प्रचार प्रसारको कारण पनि मानिसहरू सो झर्ना हेर्न पुग्ने गर्दछन् । लोकसेवामा पोकली झरना ओखलढुङ्गामा पर्छ भन्ने पढेको कारण झरना हेर्न आएको सल्यानकी कमला क्षेत्री बताउँछिन् ।

प्रकाशित मितिः शनिबार, १० जेठ २०८२
https://www.jawaaf.com/storage/01JVEE7N1HVAQHGY62NBXT1DSE.jpg

शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवी

काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ ।

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।  

भिडियो हेर्नको लागि :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/k0vAxyDxesQ?si=ufU6VaJ0tfS5CgEP" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शनिबार, ०३ जेठ २०८२
https://www.jawaaf.com/storage/01JTQ7JWH67AZKRKYPP92DMVAA.jpg

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

Pathiara_adv.gif 586.81 KB

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म चलचित्र हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ ।’

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,’ झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।’

चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ ।

प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।

‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२