चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक
काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ ।
साथै, ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।
चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । यो फिल्ममा उनकै कथा र संगीत निर्देशन समेत रहेको छ ।
फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । ‘मनबिनाको धन’ फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ ।
ट्रेलर सार्वजनिकपछि टङ्क बुढाथोकीले आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा भएको भन्दै सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म रहेको बताए ।
उनले भने, ‘यो फिल्मलाई आर्थिक रुपले भन्दा पनि सामाजिक रुपमा हामीले यो फिल्मबाट दिन खोजेको सन्देश सबै बुझ्नु भयो भने सफल भएको मान्ने छौ । आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा छ, हामीले त्यो चाहेको पनि छैन् । तर सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म छ ।’
साथै, यो फिल्मको माध्यमबाट देशभरको विद्यालयमा एउटा कोष खडा गर्ने तयारी गरेको पनि उनको भनाई छ ।
नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
काठमाडौं । किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ । लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार सार्वजनिक गरिएको छ । चौलागाईकै शब्द र संगित रहेको ए मेरो परानमा कुमार सानु पुनले मिक्स र मास्टरिङ गरेका छन् भने बिष्नु तामाङले संगीतिक व्यवस्थापन गरेका छन् ।
दीपेन्द्र सोनाम र सरस्वती तामाङको उत्कृष्ट प्रस्तुती रहेको छ उक्त गीतको भिडियो निरन श्रेष्ठले निर्देशन गरेका हुन् भने सुनिल भण्डारी र उनको टिमले भिडियोको छायांकन गरेका हुन् । नितिन वाइवाको कोरियोग्राफी गरेका यो गीतको भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि गरेको छ । यो समाचार तयार पार्दासम्म एक हजार तीन सय जनाले यो गितको भिडियो हेरेका छन् ।
चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला
काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मूख्य भूमिकामा रहेको सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।
मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ ।
‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,’निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।’
‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।
‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।
‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।
सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।
चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
काठमाडौं । गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।
सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु.२९९ मा विश्वभरबाट हेर्न सक्नेछन् ।
चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।
अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।
ओटीटी प्लेटफर्म सिनेमाघरमा अहिले चलचित्रहरू पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो, फेरी रेशम फिलिलीलगायतका चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।
फिल्म क्षेत्रलाई विपद्को असर : ‘अभिमन्यु : च्याप्टर १’ को प्रदर्शन मिति हेरफेर
काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले चलचित्र प्रदर्शनको मिति हेरफेर गरेको हो ।
यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ ।
चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।
दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।
‘अभिमन्यु: च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । यो चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गरिनेछ । यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । यसले चलचित्रलाई बृहत् दर्शकमाझ पु¥याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।
सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु: च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् ।
चलचित्रको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु: च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।
चलचित्र ‘बलिदान’ लाई पिजी प्रमाणपत्र, बालबालिकाले अभिभावकसँग बसेर हेर्न पाउने
काठमाडौं । आगामी सोमबार फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘बलिदान’ लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरेको छ ।
शुक्रबार सम्पन्न सेन्सर प्रक्रियापछि समितिले चलचित्रलाई सबै उमेर समूहका दर्शकले अभिभावकको मार्गदर्शनसहित हेर्न सक्ने गरी पिजी श्रेणीमा पार्ने निर्णय गरेको हो ।
सन्तोष सेन निर्देशित ‘बलिदान’ मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका चर्चित कलाकारको अभिनय रहेको छ । निर्माता पक्षका अनुसार चलचित्रले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने दर्शकको चासो र हल सञ्चालकको मागअनुसार यो सङ्ख्या ३०० सम्म पुग्ने सम्भावना छ ।
अग्रिम टिकट बिक्री सुरु भएसँगै हलहरूमा दर्शकले टिकट खरिद गर्न उत्साह देखाएकाले चलचित्रप्रति उच्च अपेक्षा रहेको अनुमान गरिएको छ । ‘आसुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।
‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित
काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् ।
गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ सिनेमाबाट पहिलो पटक नेपाली रजतपटमा डेब्यु गर्न उत्साहित रहेको बताए ।
त्यसमाथी गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सनपट्टा’बाट मेन स्ट्रिमको सिनेमामा डेब्यु गर्न पाउँदा झनै उत्साहित बनाएको उनीहरु बताउँछन् ।
कार्तिकबाट फ्लोरमा निस्कने यो सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाउने निर्देशक तथा निर्माता गुरुङले बताँछन् ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए । सिनेमाको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ । सुशन प्रजापतिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन् ।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो । चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन् । उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए । माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन् ।
‘आमाको सपना’मा डेविड, सबिन, बेनिशा र सरुको स्वर
काठमाडौँ । ‘आमाको सपना’ बोलको राष्ट्रिय भावले ओतप्रोत गीतको भिडियो सार्वजनिक गरिएको छ । गायकद्धय डेविड शंकर, सबिन सुवेदी र गायिकाद्धय बेनिशा पौडेल, सरु गौतमको स्वर रहेको राष्ट्रिय गीतमा बरिष्ठ साहित्यकार नारद पोखरेलका शब्द शृजना छन् ।
दीपक शर्माको संगीत सृजना रहेको गीतले देशको पछिल्लो अवस्थालाई समेत नजिकबाट चित्रण गरेको गीतकार पोखरेल बताउँछन् । पुरुषोत्तमम सुवेदीको एरेन्ज, नरेन्द्र वियोगीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा रश्मि भट्टसहित गायकद्धय डेविड, सबिनका साथमा गायिकाद्धय बेनिशा र सरुसहित गीतकार पोखरेल, संगीतकार शर्मा तथा सुजिता पोखरेलको अभिनय रहेको छ ।
जन्मभूमिप्रति सर्मपित राष्ट्रिय भाव बोकेको गीतको भिडियोले अब फुटेर नभई जुटेर मात्रै देशको विकाश सम्वभ हुने भावनालाई समेटेको छ । भिडियोले अबको देशको जिम्मेवारी युवाको काँधमा आएको भन्ने सन्देश दिएको छ ।
भिडियो लिङ्क
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/eIF-z3z8qAM?si=-seDQVJnOkOV7tha" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
मिसेस मंगोल नेपालको ताज टिनालाई
काठमाडौं । यो पटकको मिसेस मंगोल नेपाल–२०२५ को ताज टिना आले कवर मगरले पहिरिन सफल भएकी छन् । निर्णायकको अन्तिम प्रश्नको सटिक उत्तरसँगै उनले चाँदीबाट बनेको ताज पहिरिन सफल भएकी हुन्। ताजसँगै उनले सन् २ं०२६ मा लण्डनमा आयोजना हुने एन.एफ.इ.ए अर्वाडको लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी छन् ।
कार्यक्रमको फस्र्ट रनरअपमा संगीता राना मगर र सेकेण्ड रनरअपमा शान्ति गुरुङ बन्न सफल भए । शनिबार राजधानीको ज्यापु प्रज्ञा भवनमा सम्पन्न सो कार्यक्रम मिसेस मंगोल श्रृंखलाको ११ औं संस्करण हो ।
हिमायलयन मुभिजद्वारा आयोजित सो कार्यक्रम मंगोलियन समुदायका विवाहित महिलाहरु समावेश हुने एक राष्ट्रियस्तरको सांस्कृतिक सौन्दर्य प्रतियोगिता हो ।
दशक लामो अनुभव संगालेकी फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा दर्जनबढी प्रतियोगीहरुले व्यक्तित्व विकास, क्षमता अभिवृद्धि स्टेजको प्रस्तुतीकरण सँगसँगै आफ्नो सांस्कृतिक मूल्य मान्यताका विषयहरुमा तालिम लिएका थिए ।
कोरियोग्राफर सुब्बाको प्रशिक्षणमा नै प्रतियोगीहरुले सुन्दर ओपनिङ, डान्सका साथै आआफ्नो जातीय नृत्यसमेत प्रस्तुत गरेका थिए । सांस्कृतिक पहिरनमा सजिएका मंगोलियन महिलाहरु आआफ्नो परम्परागत पोशाकमा निकै सुन्दर देखिएका थिए ।
वर्तमान समयको आधुनिक परिवेशलाई चिर्दै प्रतियोगीहरुले आआफ्ना भाषामा परिचयात्मक चरण दिँदै फ्युजन थिममा बेस्ट ड्रेस र अन्तमा कल्चरल फ्लेबरको इभिनिङ गाउनमा आफूलाई अब्बल सावित गर्ने प्रयास गरेका थिए ।
विविध मनोरञ्जनात्मक प्रस्तुती रहेको सो कार्यक्रममा पप गायक धिरज राईको प्रस्तुतीमा दर्शक झुमेका थिए भने अधिकांश दर्शकसमेत सांस्कृतिक पोशाकमा उपस्थित हुँदा कार्यक्रमको रौनक नै भिन्नै थियो । विविध सवटाइटलसमेत वितरण गरिएको सो कार्यक्रममा मोस्ट इन्टिलिजेन्ट टिना आले कवर मगर, मोस्ट डाइनामिक मौसमी गुरुङ, मोस्ट कन्फिडेन्ट संगीता रानामगर, मोस्ट डेडीकेटेड सरीता श्रेष्ठ, मोस्ट डिलीजेन्ट अनिता राई, मोस्ट स्मार्ट लक्षिता गुरुङ, मोस्ट डिसेन्ट सृजनादेवी श्रेष्ठ, मोस्ट एक्टिभ भावना घले, मोस्ट ग्रेसफुल प्रियतम सुब्बा, मोस्ट प्यासोनेट शान्ति गुरुङ, मोस्ट डिलाइटफुल सिता गुरुङ, वेस्ट ट्यालेन्ट धनु लिम्बु, वेस्ट फोटोजेनिक सजिना तामाङ, वेस्ट ड्रेस टीना आले कवर मगर,
बेस्ट मल्टिमिडिया विनर मौसमी गुरुङ र मोस्ट पपुलर विनर सिता गुरुङ हुन सफल भए ।
कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता, चलचित्रकर्मी रमेश उप्रेती, कस्मेटोलोजिस्ट रेखा थापा मगर, मिसेस हिमालयन नेपाल–२०१४, अनिता गुरुङ, मिसेस मंगोल नेपाल २०२२ एवं सौन्दर्यकर्मी सम्झना तामाङ र मिसेस ग्लोबल नेपाल२०२५ तथा बैंकर इन्दिरा घिमिरे रहेका थिए ।
मंगोलियन समुदायका लोपोन्मुख कला, संस्कृति, भेषभुषा र भाषाको संरक्षण गर्दै आधुनिक समयमा त्यसको प्रवद्र्धन, महिलाहरुको क्षमता र प्रतिभा प्रस्फुटनको समिश्रित स्वरुपको प्रस्तुती गर्ने हेतुले कार्यक्रम आयोजना गरिएको आयोजक पक्षले जानकारी दिएको छ ।
चलचित्र 'ऊनको स्वीटर’ ओटीटीमा रिलिज
काठमाडौं । गत वैशाख २६ गते सिनेमा हलहरूमा प्रदर्शनमा आएको सफल चलचित्र ’ऊनको स्वीटर’ अब ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज भएको छ।
बक्स अफिसमा १२ करोडभन्दा बढीको व्यापार गर्न सफल यो चलचित्र अब विश्वभरका दर्शकहरूले घरमै बसेर मोबाइल, टेलिभिजन वा कम्प्युटरमा हेर्न सक्नेछन्।
आर्टमान्डूले निर्माण गरेको ’ऊनको स्वीटर’ले नेपाली समाजको यथार्थपरक कथा, सशक्त अभिनय र कर्णप्रिय सङ्गीतका कारण दर्शकहरूलाई आकर्षित गरेको थियो। मिडिया र स्वतन्त्र समीक्षकहरूबाट पनि सकारात्मक समीक्षा पाएको यस चलचित्रको निर्देशन र लेखन नवीन चौहानले गरेका हुन्।
चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सन विक्रम राई, भावना खपांगी मगर र सुनिल पोखरेल लगायतका कलाकारहरूको अभिनय रहेको छ। चलचित्रको गीत सुजन चापागाईँ र सङ्गीत कोविद बज्रले निर्देशन गरेका हुन्।
’ऊनको स्वीटर’ले देशभरका करिब ४० वटा सिनेमा हलमा ५१ दिनसम्म सफलतापूर्वक प्रदर्शन भएको थियो।