शुक्रबार, २७ चैत २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01JQ61J0FXJ7CA4JN19QGF7W79.avif

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । ‘हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ ।’अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौं ।’ निर्माता विनोद पौडेलले भने 
उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

Pathivara_Adv..gif 182.28 KB


सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ । चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।


यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ’बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए । यो चलचित्रमा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://www.jawaaf.com/storage/01JQ1CEVZWMGWBA1Z7YXTPYZ2V.avif

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्‍याएको छ ।

फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।

एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।

चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा सुरुको दृष्यहरूले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।

हुन त कोमल मन भएका दर्शकहरू साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरू छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँसु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरू एकाएक आँसु बग्छ ।

Pathivara_Adv..gif 182.28 KB

आखिर कथा कस्तो छ ?

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथावस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको इच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरूलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।

चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरूलाई सरल ढंगले प्रस्तुत गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरू पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।

फिल्मको उत्कृष्ट पक्ष

असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्‍याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।

सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।

‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

कमजोरीहरू र चुनौतीहरू

फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।

पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।

Bantawa Hardware.gif 828.52 KB

कलाकारहरूको प्रदर्शन

दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।

एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।

काठमाडौंको संघर्ष

एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रूपमा एपीएफमा आबद्ध हुन एन्जिलालाई त्यति सहज भएन ।

काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो ।  यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।

यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।

चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरू चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।

निष्कर्ष

समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।

चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://www.jawaaf.com/storage/01JQ09G0V0SJB9D8F7ARW901Z9.avif

रचना रिमालको ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समिक्षा

काठमाडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यती माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक  श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोमा  मोडलद्धय प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ । भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ । निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिन्छन् । 

Pathivara_Adv..gif 182.28 KB

उनका आधा दुःख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घामलगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस्:

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/W4GPuBm4FCo?si=_itfR3y_0A5FNZqz" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://www.jawaaf.com/storage/01JPYVSQRP5179YF6ZXNGRZEAC.avif

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिवार) बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मच्चन हुनेछन् ।

महोत्सवको उद्घाटन गर्दै पोखराका नगर प्रमुख धनराज आचार्यले मुनामदन नाटकको मदनको एउटा संवाद उद्घाटनका क्रममा सुनाए । समारोहमा बोल्दै अघिल्लो पुस्ताले सुरु गरेकोे विरासतलाई जोगाउदै नया पुस्ता अगाडि बढेको पनि बताए । उनले भने,‘नेचर, कल्चर र एड्भेन्चरको सहर पोखरामा कल्चर भित्रको विभिन्न विधाहरू मध्ये नाटक पोखराको अन्तर्वस्तु हो । पोखरामा बस्न सफल छ । नाटक भन्ने बित्तिकै थुप्रै कुराहरूको अनुमान गर्न सक्छौ  । अघिल्लो पुस्ताले सुरु गरेको विरासतलाई जोगाउँदै अगाडि बढ्ने सन्दर्भमा अहिले पोखरामा अनूप बरालजीको हंसध्वनीसहित थुप्रै कामहरू हुदैछन् ।’

पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा नेपालसँगै विदेशी कलाकारहरूको पनि उपस्थिति रहने छ ।

महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१
https://www.jawaaf.com/storage/01JPYBHNA1KWGWEJ2VYKVW21J4.avif

सुगम बन्दै शैलुङ

रामेछाप । धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा मनोरम शैलुङ बिस्तारै सुगम बन्दै गएको छ । कुनै बेला निक्कै दुर्गमको यात्रा मानिने शैलुङ अहिले सुगम सहजको गन्तव्य स्थल बनेको हो । 

केही वर्ष अगाडिसम्म शैलुङ पुग्न न सडक थियो, न शैलुङमा पुगेर बास बस्ने राम्रो ठाउँ थियो, न इन्टरनेटकै सुविधा थियो । शैलुङ राम्रो थियो, तर दुर्गम थियो । त्यसैले जो कोहीले शैलुङसम्म पुग्ने आँट नै गर्दैन थियो । धेरैको लागि शैलुङ सपनाको संसार थियो । 

अहिले पूर्वाधार बनेसँगै शैलुङ सुगम बनेको छ । शैलुङ अब सबैको सहज गन्तव्य बनेको छ । 

अहिले शैलुङसम्म पुग्ने दुईतर्फी सडक बनेका छन् । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ पुग्न रामेछाप र दोलखा दुवै तर्फबाट सडक बनेका छन् । 

रामेछापको दोरम्बाबाट खोलाखर्कसम्म सडक बनेको छ । जसले गर्दा रामेछापको सदरमुकाम मन्थली वा काभ्रेको चौँरी, बिपी राजमार्गको सित्खाबाट गाल्पा निस्किएर दोरम्बा हुँदै शैलुङ पुग्न सकिने भएको छ । 

त्यस्तै दोलखाको कालापानी हुँदै शैलुङ आउने सडक पनि खुलेको शैलुङ दोहोरो सडक सञ्जालमा जोडिएको छ । ‘शैलुङ अब सुगम भयो, जो कोही पनि सहजै शैलुङ पुग्न सक्छन्, त्यहाँको आनन्द लिन सक्छन्’, रामेछापको दोरम्बाका सामाजिक अभियन्ता मिलन घिसिङ भन्छन् । 

Pathivara_Adv..gif 182.28 KB

शैलुङ पुग्ने सडक मात्र होइन, शैलुङमा अन्य पूर्वाधार पनि विकास भएका छन् । शैलुङ पुग्ने पर्यटकलाई बस्नको लागि पनि रामेछाप र दोलखा दुवै तर्फ सुविधा सम्पन्न होटेल बनेका छन् । 

‘अब शैलुङ जाने पर्यटकहरूले शैलुङ पुग्ने बित्तिकै फर्कन पर्दैन, रामेछापको खोलाखर्क र दोलखाको कालापानी क्षेत्र जता पनि बास बस्ने राम्रा होटेल छन्’, स्थानीय होटेल व्यवसायी दावासाङबु शेर्पा भन्छन् । 

खोलाखर्कका होटेलमा इन्टरनेट सेवा पनि सञ्चालनमा आएको छ । नेपाल टेलिकमले फोरजी सेवाको टावर र निर्माण गरेपछि सहज रूपमा मोबाइल र इन्टरनेट सेवा चल्न लागेको छ । भर्खरै मात्र खोलाखर्कमा अल्ट्रा नेट कम्पनीले फाइबर नेट सेवा पनि सञ्चालनमा ल्याए पछि शैलुङमा सञ्चारको पनि राम्रो सुविधा पुगेको शेर्पाले बताए । 

समुन्द्र सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको शैलुङ प्रकृति र अध्यात्मका संगमस्थल हो । हिउँदमा हिउँले ढाक्ने शैलुङ, चैत, बैशाखमा विभिन्न जातका गुराँसले ढकमक्क भएको छ । 

वर्षमा विभिन्न फूल र हरियो दुवो छापेको जस्तै देखिने शैलुङ अहिले दुवोको गलैँचा ओछ्याए जस्तै छ । यहाँबाट हिमाल लगायतका दृश्यावलोकन पनि निक्कै रमणीय देखिन्छ । 

शैलुङमा जनपूर्णिमा, तिज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा गुराँस हेर्ने मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । ‘त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ पनि हुँदैन’, व्यवसायी शेर्पाले भने । 

शैलुङ हिन्दु र बौद्धधर्मालम्बिको पनि पवित्र भूमि हो । हिन्दु धर्म मान्नेले यसलाई शिवको तपोभूमिमा मान्दछन् भने बुद्धधर्मालम्बिले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्दछन् ।   

सय लुङ अर्थात् सयवटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन् । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ । 

हिउँदमा हिउँ पर्ने शैलुङमा वर्षामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१
https://www.jawaaf.com/storage/01JPVTWNKBVBJEED91DJZFN0BZ.avif

पाँचपोखरी तीनजुरे: यात्राको उत्कृष्ट गन्तव्य (तस्बिरसहित)

तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा स्थित पाँचपोखरी तीनजुरे, पर्यटकीय दृष्टिकोणबाट एक उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ। यहाँको शान्तिपूर्ण वातावरण र प्राकृतिक सौन्दर्यले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पाँचपोखरी तीनजुरेमा अवस्थित तीन पोखरीहरूको रमणीय दृश्य र आसपासको हरियालीले यात्रुलाई अनौठो अनुभव दिन्छ। यो स्थलको अद्भुत प्राकृतिक वातावरण र सांस्कृतिक महत्त्वले यसलाई तेह्रथुमको एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणको प्रयासले यस क्षेत्रलाई थप समृद्ध बनाएको छ। पाँचपोखरी तीनजुरे, अब यात्राको उत्कृष्ट गन्तव्यको रूपमा विकसित भइरहेको छ, जसले पर्यटकीय क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ। तस्बिरहरू : टार्जन लिम्बु 

प्रकाशित मितिः शुक्रबार, ०८ चैत २०८१
https://www.jawaaf.com/storage/01JP6RSQPCFG4HRSEB7MZF32PK.avif

आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रँगहरूको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्‍भावले मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको पौराणिक कथा यो पर्वसँग जोडिएको छ । यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भईन । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

त्यसवेलादेखी शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका र राक्षसी पुतना मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको छ ।

हिन्दु धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराब  प्रवृत्तिको अन्य हुने र असल प्रवृत्तिको विजय प्रतीकका रूपमा होली पर्वलाई लिइन्छ । 

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://www.jawaaf.com/storage/01JNSTEFGVHQC2NYGS201H3D2Z.avif

आज सुशान्त केसीको कन्सर्ट हुदैँ

काठमाडौं । गायक सुशान्त केसीको आज शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् ।

नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा र्याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको छ । चर्चित व्यक्तिहरू आउने आशासहित कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको आयोजक टिमले लिएको छ । 

कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए ।

आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताएका छन् । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्ने तयारीमा छन् । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक गीत सुन्न पाउनेछन् ।

एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कन्सर्टलाई भव्य अनि सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने टिमले बताउँदै आएको छ ।

प्रकाशित मितिः शनिबार, २४ फागुन २०८१
https://www.jawaaf.com/storage/01JNQ2FRQR3AD5SVNMECPKHWD8.avif

अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’को नयाँ रेकर्ड

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए ।

फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।

‘अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,’ उनले भने ।

अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको थियो । “विश्वभर एकै दिन सुबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,” वितरक सुवेदीले भने ।

‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । ‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

प्रकाशित मितिः शुक्रबार, २३ फागुन २०८१
https://www.jawaaf.com/storage/01JN87RFETRK3B3J4DV52DZ283.jpg

‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’

काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।

कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।

‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ । यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।

चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ । कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल,  रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ । वितरकका अनुसार, पहिलो दिन मात्र चलचित्रले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १७ फागुन २०८१