बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः मङ्गलबार, १६ वैशाख २०८२

अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै

https://www.jawaaf.com/storage/01JSZRB94BXG6KAVQAC6Y1EY1W.jpg

काठमाडौँ । अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।

जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको  छ ।
नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् ।

नाटकको मुख्य भूमिकामा अभिनेत्री  रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png