बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01JNQ2FRQR3AD5SVNMECPKHWD8.avif

अन्तर्राष्ट्रिय प्रदर्शनमा ‘लाज शरणम्’को नयाँ रेकर्ड

काठमाडौं । चलचित्र ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय प्रदर्शनमा नयाँ कीर्तिमान कायम गरेको छ । ‘लाज शरणम्’ले ओभरसिज मार्केटमा ऐतिहासिक प्रदर्शन गर्दै नयाँ कीर्तिमान कायम गरेको हो ।

नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । मध्यपूर्वका चार देशका ४० सिनेमा घरमा रिलिज भएको सेभेन सिज सिनेमाका प्याट्रिक सुवेदीले जानकारी दिए ।

फेब्रुअरी २८ मा अमेरिका, क्यानडा र अष्ट्रेलियामा यो चलचित्र रिलिज भएको छ । सुवेदीका अनुसार ‘लाज शरणम्’ले अन्तर्राष्ट्रिय बजारमा नयाँ कीर्तिमान बनाएको छ ।

‘अमेरिका र क्यानडाका ७७ हलहरूमा प्रर्दशन भएको छ । उत्तर अमेरिकामा एकै दिन सबैभन्दा धेरै हल पाउने चलचित्रको रेकर्ड बनाएको छ,’ उनले भने ।

अष्ट्रेलियामा ३० स्थामा ‘लाज शरणम्’ रिलिज भएको थियो । “विश्वभर एकै दिन सुबैभन्दा धेरै हलमा रिलिज हुने सिनेमाको रेकर्ड बनाएको छ,” वितरक सुवेदीले भने ।

‘लाज शरणम्’ मार्च ७ बाट यूकेका सिनेवल्र्ड, भीयूई, शोकेस, सिनेमासमा पनि प्रदर्शन हुँदैछ । चलचित्र ‘लाज शरणम्’ नेपालमा बुधबारबाट प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेको छ । ‘लाज शरणम्’ले पहिलो दिन नेपालमा एक करोड १० लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो ।चलचित्रमा सिताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, महेश त्रिपाठी, अर्पण थापालगायत कलाकार मुख्य भूमिकामा छन् । ‘लाज शरणम्’लाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।

जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रमा नवीन श्रेष्ठ निर्माता छन् । राम नरेश शाह र सिर्जना खड्का सहनिर्माता छन् ।

प्रकाशित मितिः शुक्रबार, २३ फागुन २०८१
https://www.jawaaf.com/storage/01JN87RFETRK3B3J4DV52DZ283.jpg

‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’

काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ ।

कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ ।

गीतको भिडियो हेर्दा कर्णालीका सुन्दर दृश्यहरू मात्र होइन, त्यहाँका सरल र पवित्र मन भएका मानिसहरूको जीवनशैली पनि देख्न पाइन्छ । चलचित्रका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले सिनेमाको मुख्य कथावस्तु झल्काएको छ ।

‘च्यातिएको चोली’ गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ । यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ ।

चलचित्र हेर्ने दर्शकका लागि महेश त्रिपाठी र रेणु योगीको अभिनय विशेष आकर्षण बनेको छ । कर्णालीको प्राकृतिक सौन्दर्य तथा पात्रहरूको गहिरो अभिनयले दर्शकको मन जित्न सफल भएको देखिन्छ ।

लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल,  रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ । साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि चलचित्रमा महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण गरिएको यो चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ ले प्रदर्शनको पहिलो दिन नै प्रभावशाली व्यापार गरेको छ । वितरकका अनुसार, पहिलो दिन मात्र चलचित्रले १ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गर्न सफल भएको छ । चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया देखिएको छ र यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः शनिबार, १७ फागुन २०८१
https://www.jawaaf.com/storage/01JN0J7A4BSG7Z7KPS5R2QGZQN.avif

फिल्म ‘कुस्ती’ को छायाङ्कन सुरू

काठमाडौं । कलाकार बुद्धी तामाङको पहिलो निर्माण रहेको फिल्म ‘कुस्ती’ छायाङ्कन सुरू भएको छ । मंगलबार साँझ काठमाडौँ मातातीर्थमा मुहुर्त पुजा गर्दै अभिनेता धीरज मगर, पुस्कर गुरुङ, लुनिभा तुलाधरको दृश्य खिच्दै छायाङ्कन सुरू गरिएको लेखक तथा निर्देशक अनिल योञ्जनले बताए ।

‘सहरको कथा भएकाले हामीले काठमाडौँ आसपासमा छायाङ्कन गर्नेछौँ । सम्बन्धमा रहेको एक जोडीको कथा रहेको फिल्ममा उनीहरु एक अर्कालाई धेरै माया गर्छन्, तर आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईको सामना गरिरहेका हुन्छन् । दर्शकले यो जोडीबाट गर्ने अपेक्षालाई पूर्ण गर्ने हाम्रो प्रयास रहनेछ’, निर्देशक  योञ्जनले भने ।

उनले काठमाडौँ आसपासमा ४५ दिनको सेड्युल तय गरेर छायाङ्कन सुरू गरेको जानकारी दिए । अनुषा सिनेमावुड पिक्चर्स प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा  धीरज मगर, मिरुना मगर, बुद्धी तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापा लगायतका कलाकारको अभिनय रहेनछ ।

आफ्नो पहिलो फिल्म निर्माण भएका उत्साहितसँगै केही नर्भस रहेको अभिनेता बुद्धी तामाङले बताए । उनले भने,‘कलाकारिता बटुलेको अनुभवलाई फिल्म निर्माणमा प्रयोग गरेको छु । एउटा राम्रो कथा र राम्रो टीम पाएकाले म निर्माताको रुपमा अगाडि आउन सफल भएको हुँ । हामीले देखेको सपना छिटै पुरा भएर पर्दामा आउँदैछ ।’

फिल्ममा उमङग शाहीको छायाङ्कन, मित्रदेव गुरुङको सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहको सङ्गीत, शिशिर खातीको नृत्य निर्देशन रहनेछ ।  डिजिटल पार्टनरको रुपमा ओएसआर डिजिटल रहेको फिल्ममा ड्रेस आइआइएफटी (धीरज एण्ड मिरुना) र बोमी राईले स्टाइलिस गरेका छन् ।

आ–आफ्नो स्वभावले गर्दा एकसाथ रहन कठिनाईकको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’ मा देख्न पाइनेछ । काठमाडौँ रीच इन्टरटेनमेन्ट र एप्पल इन्टरटेनमेन्ट तथा मोफसल एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्ने फिल्म आउँदो वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुनेछ ।

प्रकाशित मितिः बुधबार, १४ फागुन २०८१
https://www.jawaaf.com/storage/01JMXDMKW9NH794HVBAG8ZN0V0.avif

‘फेरि रेशम फिलिली’ को टिकेट बुकिङ र बिक्री सुरू

काठमाडौँ । आउँदो शिवरात्रि अर्थात् फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’ को अनलाइन टिकेट बुकिङ र बिक्री सुरू भएको छ ।

‘रेशम फिलिली’ को सफलतापछि नौ वर्षपछि तयार भएको दोस्रो सिरिजमा उस्तै कमेडी र समसामयिकता रहेको लेखक तथा निर्देशक निरोज महर्जनले बताएका छन् ।

फिल्मले सुरुआती समयमा देशभर ८६ शो प्राप्त गरिसकेको छ । फिल्मको सार्वजनिक प्रचार सामग्री र गीतको प्रभावका कारण प्रतीक्षित बनेको फिल्मको लोकप्रियता ‘वर्ड अफ माउथ’ ले बढाउनेमा निर्माण टिम विश्वस्त छ । काठमाडौँ उपत्यकामा ४६ शो र मोफसलमा ४० शो पाएको फिल्मलाई पछिल्लो समय ‘फेरी जालमा’ गीतले चर्चामा ल्याएको छ ।

फिल्मको शो बुधवारसम्म अझै बढ्नेमा निर्माण टिम विश्वस्त छ । विसं २०७२ सालमा प्रदर्शन भएको ‘रेशम फिलिली’ ले आफ्नो ओपनिङ कलेक्सनमा कीर्तिमान कायम गरेको थियो । तर, भोलिपल्ट आएको विनाशकारी भूकम्पका कारण प्रदर्शन स्थगित भएर केही समयपछि पुनः रिलिज गरिएको थियो । त्यतिबेला फरक शैलीको कमेडी प्रस्तुत गरेको भन्दै फिल्मको प्रशंसा गरिएको थियो।

करिब ९ वर्षपछि सिक्वेल आउने भएकाले दर्शकमाझ कौतुहलता बढेको छ । यो पटक फिल्मले मुख्य पात्र रेशमले अमेरिकाको भिसा पाएपछि उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरेको छ। फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्देल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, सजन थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।

सुसन प्रजापती को छायांकन, निरोज महर्जन र आकाश बराल को पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत रहेको फिल्मलाई सुरेन्द्र पौडेल सम्पादन गरेका छन् ।

सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको फिल्मका रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह–निर्मातामा एनि थापा रहेका छन्।

प्रकाशित मितिः मङ्गलबार, १३ फागुन २०८१
https://www.jawaaf.com/storage/01JMS23F4XZFP2AKVES3A471YC.jpg

लाज शरणम्’को सेन्सर पास, पायो ‘युनिभर्सल सर्टिफिकेट’

काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘लाज शरणम्’ सेन्सर पास भएको छ ।

केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले चलचित्रलाई ‘युनिभर्सल सर्टिफिकेट’ दिँदै सबै उमेर समूहका दर्शकले हेर्न मिल्नेगरि पास गरेको हो ।

उच्च अदालत पाटनमा मुद्दा परेपछि चलचित्र प्रदर्शन हुने नहुने अन्योलता थियो । पूर्वमन्त्री मोहम्मद अफताब आलमले चलचित्रमा आफ्नो चरित्रलाई तोडमोड गरी प्रस्तुत गरिएको दाबी गर्दै अदालतमा अन्तरिम आदेश माग गरेका थिए । अदालतले चलचित्रको स्क्रिप्ट र श्रव्यदृश्य अध्ययन गर्ने आदेश दिएपछि यसको प्रदर्शन मिति अन्योलमा परेको थियो ।

तर, सेन्सर बोर्डले चलचित्रलाई पास गरेसँगै अब पूर्वनिर्धारित मितिमा नै प्रदर्शन हुने पक्का भएको छ ।

चलचित्र ‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ ।

‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् ।

‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् ।

‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

प्रकाशित मितिः आइतबार, ११ फागुन २०८१
https://www.jawaaf.com/storage/01JMM2M5000VF12FCC6W1N8NDD.avif

चलचित्र ‘११ : ५५’को गीत ‘रोक्ने छैन्’ सार्वजनिक

काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ११M५५ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन्’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन् ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । गीतको अडियो तथा भिडियोले दर्शकको मन जित्ने देखिन्छ । केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।

सिनेमाका मुख्य कलाकारहरु एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन् ।

अलल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्धन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्रफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रुपमा रहेका छन् ।

बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, ०९ फागुन २०८१
https://www.jawaaf.com/storage/01JMHKMCNQHBJKQXQR45GYDF5Y.jpg

व्यापक काँटछाँट पश्चात सेन्सर पास भयो ‘ताण्डवम्‌’

काठमाडौं । अत्याधिक हिंसात्मक दृश्य रहेको भन्दै सेन्सर रोकिएको सिनेमा ’ताण्डवम्‌’ सेन्सर पास भएको छ ।
निर्माण टिमले व्यापक काँटछाँट पश्चात केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) पिजी सर्टिफिकेट दिएको निर्देशक जुनिम गहतराजले बताए ।
अब यो सिनेमा हेर्न १६ वर्ष मुनिका बालबालिकाले अभिभावक साथ लिएर जानु पर्नेछ । सिनेमा अभिनेता समेत रहेका निर्देशक जुनिमले कथाको मर्म नमर्ने गरि सिनेमाको हिंसात्मक दृश्य काटिएको बताए । पहिलो पटक सेन्सर गर्न लैजादा २ घण्टा ६ मिनेट लामो सिनेमाले दोस्रो सेन्सरबाट करिब १ घण्टा ५६ मिनेटको रनटाइम बनाइएको छ । पुरा सिनेमाबाट करिब १० मिनेट रनटाइम घटाइएको निर्देशक गहतराजले जानकारी दिए ।
‘हामीले राम्रो सिनेमा दर्शकलाई पस्किने प्रयास गरेका छौं । दर्शकले पनि मन पराउने विश्वास हामीलाई छ,’ निर्देशक गहतराजले बताए । काँटछाँट गरिएको सिनेमालाई समेत सेन्सर पदाधिकारीले रुचाएको उनले जानकारी दिए । सेन्सरबाट राम्रो प्रतिक्रिया मिलेकाले दर्शक तथा समीक्षकलाई पनि ‘ताण्डवम्‌’ मन पर्ने विश्वास निर्देशकको छ ।
सिनेमाको सेन्सर पास भएसँगै आजै अग्रीम टिकट बुकिङ खोल्ने तयारी निर्माण टिमको छ । भोली शुक्रबार फागुन ९ गतेबाट सिनेमा देशभरका सिनेमा घरमा रिलिज हुनेछ ।
सिनेमामा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । सिनेमाले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।
सिंहदेवी प्रोडक्सनले भिजुयल आट्र्स स्टुडियोको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाले खिचेको सिनेमामा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक रहेको छ । सिनेमाको कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले लेखेका हुन् ।

प्रकाशित मितिः बिहिबार, ०८ फागुन २०८१
https://www.jawaaf.com/storage/01JMDX2PMJEPCZ7QZ5QBWJ4WWB.jpg

‘फेरि रेशम फिलिली’ को ट्रेलरमा अमेरिकन भिषाको सेरोफेरो

काठमाडौं । अमेरिकाको भिषा लागेको रेशम र भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको द्वन्द्वको सेरोफेरोमा घुमेको ’फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ ।

राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक सिनेमाको ३ मिनेट ७ सेकेण्डको टिजरले सिनेमा हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।

ट्रेलर हेर्दा झण्डै १० वर्ष अगाडि रिलिज भएको सिनेमाको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । सिनेमाले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेललेको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।

हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिचिमिचि हसाउने सम्भावना ट्रेलरले दिएको छ । संमग्रमा ट्रेलरले हलसम्म दर्शकलाई सजिलै आकर्षित गर्ने देखाएको छ । झण्डै तीन दर्जनबढी पात्रको सेरोफेरोमा घुम्ने सिनेमाको परिस्थितजन्य कमेडी दर्शकका लागि रुचिकर हुने ट्रेलर देखाएको छ ।

सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापालगायतको पनि अभिनय छ ।

सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।

सिनेमा आट्र्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।

सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।

प्रकाशित मितिः बुधबार, ०७ फागुन २०८१
https://www.jawaaf.com/storage/01JM1DNMACNE0SKG8NQVF9HS14.avif

कलाकार भन्छन् : भ्यालेन्टाइन मनाउने कुनै विशेष दिन कुर्नु पर्दैन्

काठमाडौँ । नेपालसहित विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस मनाइँदै छ । नेपालमा पनि पर्वकै रूपमा मनाउने चलन बढ्दै गइरहेको छ । विशेषगरी युवावर्गले यसलाई उत्सव वा पर्वकै रूपमा मनाउने गरेका छन् ।

यस दिन प्रेमी प्रेमिकाले एकार्कालाई विभिन्न उपहारहरू दिएर माया दर्साउने र आफूलाई मन परेका व्यक्ति समक्ष प्रेम प्रस्तावसमेत राख्ने प्रचलन छ । विशेषगरी प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे भन्ने वित्तिकै प्रेमील जोडीहरुले मात्र मनाउने भन्ने जनमानसमा बुझाई छ । तर प्रेम दिवस केवल दुई प्रेमीको लागि मात्र नभएर आफ्नो परिवारसँग माया साटासाट गर्ने अवसरका रूपमा लिने गरिएको मिस नेपाल एवम् नायिका नम्रता श्रेष्ठ बताउँछिन् ।

पछिल्लो समय प्रेम दिवस परसंस्कृति भएकाले यसका नाममा विकृति बढेको गुनासोहरू पनि धेरै आउने गरेको छ । तर श्रेष्ठले यस दिनका राम्रा र नराम्रा कुराहरू भएपनि सबैले त्यसलाई कन्ट्रोल वा ब्यालेन्स गर्नुपर्ने बताइन् ।

Pathivara_Adv..gif 182.28 KB

उनले भनिन्,‘मेरो सर्कलमा भ्यालेन्टाइन डे मनाएको देखेको छैन् । विभिन्न व्यावसायिक ब्राण्डहरूले सोही अनुसारको स्कीम ल्याएर फाइदा लिने गरेका छन् । भ्यालेन्टाइन डे स्पेसल अफर भनेको आफ्नो व्यापार राम्रो गरिरहनु भएको होला । अब प्रेम दिवस मनाउने भनेको प्रेम गर्ने मान्छेहरूसँग मनाउने होला । पार्टनर, श्रीमान, श्रीमती वा परिवार सबै मिलेर पनि मनाउन सकिन्छ । कन्ट्रोल र ब्यालेन्स गर्नुपर्छ  ।’

त्यस्तै नायक तथा निर्माता सलोन बस्नेतले आफूले पनि प्रेम दिवस मनाउदैँ आइरहेको भन्दै प्रेम दिवसको नाममा विकृति भयो भन्ने भन्दा पनि राम्रो तरिकाले मनाउन काशिस गर्नुपर्ने बताए  । यदी प्रेम दिवसलाई राम्रो तरिकाले मनाउने हो भने माया अझ धेरै गाढा हुने दिन भएको उनी बताउँछन् ।

AS.gif 486.54 KB

अभिनेता अंकित खड्का आफूले कहिल्यै पनि प्रेम दिवस नमनाएको र मनाउन आवश्यक पनि नलाग्ने बताउँछन् । झकिझकाउका साथ भ्यालेन्टाइन डे मनाउँदै गर्दा विकृति पैदा चाही नगर्न आग्रह गर्दै उनले भने,‘म प्रेम दिवस कहिले पनि मनाउने गरेको छैन् । मनाउनको लागि आवश्यक पनि लाग्दैन् । संस्कृति लिनु राम्रो हो तर कुन लिने कुन नलिने भन्ने कुरा हुन्छ । हामीले के चाही भुल्न हुँदैन् भने हामी भ्यालेन्टाइन डे झकिझकाउका साथ मनाउँछौँ । मनाउनुहोस् पनि तर कसरी मनाउने हो । प्रेम दिवको निहूमा विकृति पैदा चाही नगर्नुहोस् ।’

SathyaShishu_School.gif 386.43 KB

अभिनेत्री सरिना मगर पनि आफूले अहिलेसम्म प्रेम दिवस नमनाएको भन्दै माया गर्नको लागि प्रेम दिवस नै कुरिराख्न नपर्ने बताइन् ।

उनले भनिन्,‘अहिलेसम्म मैले भ्यालेन्टाइन डे मनाएको छैन् । यो हाम्रा लागि हो जस्तो नै लाग्दैन् । आफूमा र आफ्नो हेर्ने नजरमा भरपर्ने कुरा हो । यसले खासै विकृति फैलिएको जस्तो चाही लाग्दैन् । आफ्नो इच्छाको कुरा पनि हो । कसैले हरेक दिन भ्यालेन्टाइन डे मनाइरहेके हुन्छ । नमनाउनेले कहिले पनि मनाउँदैनन् ।’

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शुक्रबार, ०२ फागुन २०८१
https://www.jawaaf.com/storage/01JKZHNHAYVTDX2VJ5H5G2H45D.avif

चीनको लालटिन पर्वमा नेपाली

एजेन्सी । चीनमा जारी नवौं एसियाली शीतकालीन खेलकुदको अवसरमा उत्तरपूर्वी हेइ–लोङ–जियाङ प्रान्तको सबैभन्दा ठूलो स्की रिसोर्ट याबुलीमा नेपाली खेलाडी स्थानीय परिकार र सांस्कृतिक परम्परामा रमाउँदै लालटिन महोत्सव मनाएका छन् ।

फेब्रअरी १२ तारिखमा हेइ–लोङ–जियाङ स्टेशनको संयोजकत्वमा ‘लालटिन पर्व मनाऔँ’ शीर्षकको अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान गतिविधि गरिएको थियो । 

एशियाका विभिन्न मुलुक र क्षेत्रका खेलाडी, प्रतिनिधि मण्डलका सदस्य बरफ शहरमा भेला चिनियाँ परम्परागत लालटिन पर्व मनाएका हुन् ।

छेवाङ मिङमार तामाङले पहिलो पटक उत्तरपूर्वी चीनमा सिग्नेचर डिशको स्वाद लिएको सुनाए । स्थानीय रैथाने परिकारको स्वाद लिंदा आफू मोहित भएको बताए ।

चिनियाँ चन्द्र पात्रोको पहिलो महिनाको १५ औं दिनमा मनाइने लालटेन महोत्सव यस वर्ष फेब्रुअरी १२ मा परेको थियो ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः बिहिबार, ०१ फागुन २०८१