सिक्किममा ‘जार’ वल्र्ड प्रिमियर, बाघको दृश्यले दर्शकको ध्यान खिच्यो
सिक्किम । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को सिक्किममा ग्राण्ड वल्र्ड प्रिमियर सम्पन्न भएको छ ।
सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।
चलचित्रको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । सात सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो ।
पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन् ।
चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए ।
कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।
वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ’जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ ।
धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो, साम्तेनले भने, ’धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ ।’
अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ’जार’ एक पटक हेर्नैपर्ने चलचित्र रहेको बताए ।
मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे । चलचित्र हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए ।
चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो । जस्ताकोतस्तै उतार्ने प्रयत्नसहित तयार गरिएको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र तालीले स्वागत गरे ।
निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । ‘खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौको मेहनतले सम्मान पाउँदा खुशी छु , उनले भने ।
अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ’जार’ले तृप्त बनाउने बताए । आइवी राईको अमर कृतिमा आधारित चलचित्रलाई पनि दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपको छ ।
सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधानलगायत उपस्थित थिए ।
सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी)मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ’जार’ टिम सिलिगुरी पुग्नेछ ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।
नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक
काठमाडौं । बहुप्रतिक्षित नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा उनको स्विटर साँझ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको छन् भने चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ ।
यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ ।
कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।
यस्तै ट्रेलर सार्वजनिक पश्चात् कलाकार मिरुना मगरले आफू पूरै गुरुङको भूमिकामा रहि उनको स्विटरले दिने न्यानोपनको जस्तै न्यानोपनको महसुसगरी माया दिने पनि मौका पाएको बताइन् ।
‘चलचित्र घोषणादेखि अहिलेसम्म जतिपनि विषयवस्तु आएको छ मिडियाका साथिको साथै हाम्रा दर्शक सबैले धेरै माया दिनुभएको छ । त्यसको लागि मनैदेखि धन्यवाद । उनको स्विटर र आर्टमाण्डु टिमले मलाई यस्तो पात्र थमाइदिनुभएको फुल गुरुङ को जुन मैले गर्दा उनको स्विटरले दिने न्यानोपनको जसरी मैले त्यो न्यानोपनको महसुसगरी माया दिने पनि मैका पाए,’ उनले भनिन् ।
यो चलचित्र आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको हो भने चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।
अभिनेत्री रेखा थापा ‘मीरा’बाट नाटकमा डेब्यु गर्दै
काठमाडौँ । अभिनेत्री रेखा थापाले नाटकमा देखिने भएकि छिन् । कान्तिपुर फिल्म एकेडेमीले मंचन गर्न लागेको नाटक ‘मीरा’बाट उनले नाटकमा डेब्यु गर्न लागेकी हुन् ।
जेठ १५ गतेदेखि असार ७ गतेसम्म मञ्चन हुने नाटक दीपक सिंजालीद्धारा लिखित उपन्यास ‘मीरा’मा आधारित रहेको छ ।
नाटकमा एक महिलाको परिवार र समाजसँगको विद्रोहको कथा समावेश रहेको छ । नाट्य रुपान्तरण तथा निर्देशन सुन्दर धितालले गर्दैछन् ।
नाटकको मुख्य भूमिकामा अभिनेत्री रेखा थापा रहने कान्तिपुर थिएटरले जनाएको छ । यो नाटकको रियल्सन र रिडिङ सुरु भैसकेको छ ।
‘सिटामोल’ निर्माता म्युजिक भिडियो ‘दुरी मलाई हुनु छैन्’ सार्वजनिक
काठमाडौं । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’ निर्माता भूगोल कुमार कार्कीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
गत शुक्रवार सार्वजनिक ‘दुरी मलाई हुनु छैन्’ गीतमा निर्माता कार्कीसँगै मोडल बिना राउत र अनिता मेहता फिचर्ड छन् ।
वरिष्ठ गीतकार हरिभत्त बुढाथोकीको शब्द रचना रहेको गीतमा टेक बिसी र सिम्रन परियारको स्वर छ । भिम बिसीको संगीत रहेको गीतलाई केशव बढुले एरेञ्ज गरेका हुन् । गंगा श्रेष्ठ र पुनित मेहताले निर्माण गरेको म्युजिक भिडियोलाई नवराज उप्रेती र टिमले खिचेको हो ।
विशाल कैनीको निर्देशन तथा कोरियोग्राफी रहेको म्युजिक भिडियोको सम्पादन तथा कलर मिलन विश्वकर्माले गरेका छन् ।
२२५ वर्षअघिको कथामा आधारित चलचित्र ‘जार’
काठमाडौं । चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि प्रदर्शन हुँदैछ । ‘जार’ विषय र प्रस्तुतिका हिसाबले केही फरक रहेको निर्माणपक्षले जनाएको छ ।
‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । यो विषय अहिले पनि यदाकदा अस्तित्वमा छ । तर, अहिले ‘जार’ प्रथा धेरै प्रचलनमा छैन ।
सन् १८ सयको दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित सिनेमा हुनेछ, ‘जार’ । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो ।
इन्द्रबहादुर राईले सन् १८ सयको दशकको विषयलाई आफ्नो कथाको विषय बनाएका थिए । त्यसैले सोही विषयमा ‘जार’ निर्माण गरिएकाले यो २२५ वर्ष पुरानो विषयको कथा भन्न मिल्ने निर्देशक फूर्वा छिरिङ लामाको भनाइ छ ।
यो चलचित्रले हाम्रो इतिहाससँगको साक्षात्कार गराउनुका साथै समाजमा हराउँदै गएका परम्परा र सम्बन्धका विविध पाटा देखाउने लामाले बताए । “मैले सानैदेखि सुन्दै आएको यो कथाले सधैं झक्झकाइ रहन्थ्यो । नेपाली समाजमा जस्तै नेपाली भाषी समुदायमा जहाँसुकै गए पनि एउटै भावना पाइन्छ,’ निर्देशक लामाले भने । ‘जार’ले हाम्रो समाजको भोगाइ, निर्दोषता र त्यतिबेला प्रचलित मितेरी साइनोलाई समेत उजागर गर्छ ।’
‘जार’ले इतिहास, संस्कृति र समाजलाई गहिरो रुपमा स्पर्श गर्ने भएकाले युवा पुस्तामाझ समेत प्रभाव पार्ने विश्वास निर्देशक लामाको छ । उनी भन्छन्, ’हालका पुस्तामा यो विषय केही ओझेलमा परे पनि, त्यसबेलाको समाजमा यसको ठूलो प्रभाव थियो । चलचित्र ‘जार’ केवल इतिहास सुनाउने माध्यम मात्र होइन, हाम्रो संस्कृतिको अदृश्य धागो भेटाउने प्रयास पनि हो ।’
चलचित्र ‘जार’ले एक प्रेमकथामार्फत तत्कालीन समाजको संरचना र मानव भावनाको जटिलतालाई देखाउनेछ । कथाका पात्र ‘ठूली’ र ‘रुद्रमान’ मार्फत दर्शकले त्यसबेला प्रेम, सम्बन्ध र समाजको कठोर वास्तविकता देख्न सक्नेछन् । चलचित्रमा देखाइने ‘मितेरी साइनो’ जस्ता सामाजिक परम्पराहरु अहिलेका नयाँ पुस्ताले थोरै मात्रै बुझेका छन् । ’जार’ले आजका दर्शकलाई पुरानो समाज र आजबीचको गहिरो सम्बन्ध बुझ्न मद्दत पु¥याउनेछ ।
फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक लामाको दाबी छ । त्यसैले ‘जार’ ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।
चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।
होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ ।
चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।
चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरणको जिम्मा लिएको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमाले गर्ने छ ।
रमिलको ‘वाचा गरौँ’ मा आकाश र करुणा
काठमाडौं । गायिका अन्जु पन्त र गायक सुगम पोखरेलको स्वर रहेको ‘वाचा गरौँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
गीतकार डा.रमिल अधिकारीको शब्द शृजना रहेको ‘वाचा गरौँ’ मा ज्ञानेन्द्र गिरीको संगीत सृजना रहेको छ ।
एक रोमान्टिक प्रेमील जोडीको बेजोड अभिनय रहेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठको रोमान्टिक अभिनय देख्न सकिन्छ ।
वाचा गर्दै मायासँग माया छर्ने प्रण गरेको प्रेमील जोडी आकाश र करुणाका माध्यमबाट निर्देशक प्रकाश धितालले सफल प्रेमको मिठो कहानी आफ्ना दर्शकहरुमाझ पस्किएका छन् ।
गीतकार डाक्टर रमिल अधिकारीका यसअघि ‘विन्दास नाच्ने हो’, ‘हाम्रो जे भने नि तिमी’, ‘जिउने चाहना‘लगायतका गीत बजारमा आइसकेका छन् ।
उनका गीतलाई दर्शकले निकै रुचाएका छन् । ‘वाचा गरौँ’ रिलिज गरेसँगै डाक्टर अधिकारीले आफु यो गीतबाट निकै आशावादी रहेको बताएका छन् ।
बिदाइको बेला हुने रुवाबासी गीतमा
काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको ‘जानै लाग्यो बैँस रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
बिदाइको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरूसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमय स्वर सुन्न सकिन्छ ।
गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिगं एचबिएन किस्मतको रहेको छ । गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।
भिडियोमा एक प्रेमिल जोडीको प्रेमिल कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।
करन चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाईली स्वयम्कै युट्युब च्यानलबाट बजारमा आएको हो ।
भिडियो लिङ्क :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/I2QvjEW0zro?si=7Vj0gZFco0rPo9YH" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
सुस्मिता स्याङतानको आवाजमा ‘कुलमान दाइ’ गीत सार्वजनिक
काठमाडौं । गायिका सुस्मिता स्याङतानको आवाजमा ’कुलमानलाई फालेर’ बोलको गीत सार्वजनिक गरिएको छ ।
नेपाललाई लोडसेडिङको अँध्यारोबाट उज्यालोतर्फ डोहो¥याउने व्यक्तित्व कुलमान घिसिङको सम्मानमा तयार गरिएको नयाँ गीत सुस्मिता स्याङतान युटुब च्यानलमार्फत बजारमा ल्याएको हो ।
यो देशभक्तिपूर्ण गीतले हाल सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्दैछ । गीतले कुलमान घिसिङलाई सच्चा राष्ट्रसेवकका रूपमा प्रस्तुत गर्दै उनको इमानदार नेतृत्वप्रतिको सम्मान व्यक्त गरेको छ । साथै, यस गीतमा राजनीतिक प्रभावका कारण इमानदार व्यक्तिहरूको असमय बिदाइप्रति गम्भीर प्रश्न उठाइएको छ ।
गीतमा सशक्त स्वर दिएकी गायिका सुस्मिता स्याङतानको प्रस्तुति सबैको मन छोएको छ भने गीत, संगीत तथा सिर्जना विवेक लोप्चनले गरेका हुन् ।
संगीत संयोजन कुनसाङ दोर्जे लोप्चनले गरेका छन् भने सहयोगी स्वरमा अर्जुन न्यौपानेको योगदान रहेको छ । गीतको ध्वनि सम्पादन—मिक्सिङ र मास्टरिङ—गोविन्द सोनीले गरेका हुन्, रेकर्डिङ भने सबिर कार्कीले ‘हुरी रेकर्डिङ स्टुडियो’, कुपण्डोलमा सम्पन्न भएको हो ।
भिडियो पक्षलाई पनि सशक्त बनाउन निर्देशक तथा क्यामराम्यान विशाल सापकोटा र सम्पादन तथा रंग संयोजनमा त्रिलोक लामाले उत्कृष्ट योगदान दिएका छन्। सम्पूर्ण टिमले गीतलाई केवल साङ्गीतिक सिर्जना मात्र नभई एक सामाजिक सन्देश र राष्ट्रप्रेमको अभियानको रूपमा प्रस्तुत गरेका छन् ।
यस गीतमार्फत अहिलेको नेपालमा इमानदार, निडर र जनमुखी नेतृत्वको खाँचो गहिरो रूपमा उठाइएको छ। दर्शक, श्रोता र देशप्रेमी युवाहरू यो गीतलाई ‘जनताको आवाज’ भन्दै विभिन्न माध्यममा साझा गरिरहेका छन् ।
भिडियो हेर्नुहोस् :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/wixjwtDNGRU?si=atgGiMYLrPiIl-1h" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>
इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’
इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन् ।
परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन् । उनीहरुले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरु खिचेका थिए । त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन् ।
परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवद्र्धनको लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।
मन्त्री देउवासहित राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राई सहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।
राजदुतहरुले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए । सोमबार(आज)अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि टेस्टिङ, टि प्लकिङ र फिसिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।
चलचित्र ‘जारी २’ निर्माणको घोषणासहित पोस्टर सार्वजनिक
काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमवार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो ।
सिनेमाको निर्माण टिमले सोमवार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्रस्तुत गरिएको छ । यो सिनेमालाई स्लोगन सङ्ग अफ च्याब्रुङ राखिएको छ । ‘जारी २’मा २०८० सालको ब्लकबस्टर सिनेमाका ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको नै लेखन तथा निर्देशन रहनेछ । यो सिनेमा यही वर्षको दशैँमा रिलिज गरिने समेत सार्वजनिक पोस्टरमा उल्लेख गरिएको छ ।
कवी उपेन्द्र सुब्बाको डेव्यु निर्देशन गरेको जारीले नेपाली बक्सअफिसमा १७ करोड माथीको व्यापार गरेको थियो । बैशाख तेस्रो साताबाट फ्लोरमा जाने सिनेमामा दयाहाङ, विजय र मिरुनासँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमालाई रामबाबु गुरुङले निर्माण गर्नेछन् । यो सिनेमाको सम्पूर्ण छायाङ्कन पाँचथरको विभिन्न पर्यटकीय गन्तव्यमा गरिनेछ ।

