बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01JQJJEM9H48H2YR9755TET4Z5.avif

पूर्वी नेपालका हलहरूमा एन्जिलाको व्यापक क्रेज

धरान । नेपाली चलचित्र ‘अञ्जिला’ फागुन २९ गते देखि रिलिज भई सुपर हिट भएको छ । चलचित्रको प्रचारप्रसारका लागि खेल जीवनबाट छोटो समय निकालेर नेपाल आएकी यस चलचित्रकी प्रमुख कलाकार समेत रहेकी एन्जिला तुम्बापो सुब्बा पूर्वी नेपालका विभिन्न चलचित्र हलहरूमा दर्शकहरूसँग भेटघाट गरिरहेकी छिन् ।


शुक्रवार बिहान ग्रिसबाट काठमाडौं आएकी एन्जिलाले दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गरेकी थिइन् । त्यसै दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो । त्यस अवसरमा उनले एन्फा एकेडेमीका विद्यार्थीहरूसँग भेटघाट गरिन् र धरानमा जारी २५ औँ गोधुली फुटबल कपमा पनि सहभागी भइन् ।


धरानमा दर्शकहरूसँग भेट्दै उनले धरान खेलकुद र कलाकारितामा सम्पन्न सहर भएको बताइन् । एन्जिलाले धरानमा एन्फा एकेडेमीको उपस्थिति, बुढासुब्बा गोल्ड कप र वडा स्तरीय गोधुली कपजस्ता प्रतियोगिताहरूको आयोजनाले धरानलाई खेलकुदको उर्वर भूमि बनाएको उल्लेख गरिन् ।

Pathivara_Adv..gif 182.28 KB

धरान फुटबल क्लबले एन्जिला र चलचित्रका निर्माता तथा एन्जिलाका गड फादर प्रेमकुमार श्रेष्ठलाई सम्मान गरेको थियो । ’अञ्जिला’का निर्देशक मिलन चाम्सले काठमाडौंपछि धरान नेपाली चलचित्रलाई अत्यधिक माया गर्ने सहर भएको बताउँदै, धरानमा चलचित्र हिट भए देशभरि नै सफल हुने धारणा व्यक्त गरे । ‘अञ्जिला’मा एन्जिलाको आमाको भूमिकामा सशक्त अभिनय गरेकी कलाकार सिर्जना सुब्बाले एन्जिलासँग आमा–छोरीजस्तै सम्बन्ध रहेको बताउँदै, दर्शकहरूसँग सँगै भेट्न पाउँदा खुसी व्यक्त गरिन् ।


एन्जिला आइतबार पनि पूर्वी नेपालमै रहनेछिन्। निर्देशक चाम्सका अनुसार, आइतबार दिउँसो १ बजेसम्म झापाको बिर्तामोड र २ बजेपछि दमकमा दर्शकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । पूर्वी नेपाल भ्रमणका क्रममा एन्जिलालाई सशस्त्र प्रहरी बलले सुरक्षा प्रदान गरेको छ ।
हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहेकी थिइन् । प्रचार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

Bantawa Hardware.gif 828.52 KB

यस चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ । यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
बिहीबारदेखि तेस्रो हप्ता प्रवेश गरेको यस चलचित्रले प्रदर्शनको १३ दिनमा ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । हुने यो चलचित्रलाई दर्शकले मन पराइरहेका छन् र बक्स अफिसमा लगातार राम्रो कमाइ गरिरहेको छ ।


प्रकाशित मितिः आइतबार, १७ चैत २०८१
https://www.jawaaf.com/storage/01JQ6H6D9G7SCQ93T8X9ZDH1XH.avif

मेलबर्नमा गुन्जियो नेपथ्य

मेलबर्न । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा ।

कन्सर्ट सकिनै लाग्दा नेपथ्य ब्यान्डको परिचय गराउँदै गायक अमृतले ‘आजको ड्रमसेटमा ध्रुव’ भन्दै बारम्बार दोहो¥याए । उत्ति नै पटक दर्शकले पनि ‘ध्रुव’ भनेर चिच्याए । उनले थप्दै लगे– ‘मादलमा शान्ति’, ‘किबोर्डमा दिनेश’, ‘बेस गितारमा सुविन’, ‘गितारमा नीरज’। यसरी नाम लिइँदा दर्शकदीर्घाले उत्तेजित भएर प्रशंसा गरिरहेको थियो । अन्तिममा सानो स्वरमा ‘र, म अमृत’ भनेका मात्र के थिए, अघिसम्म चिच्याइरहेका दर्शक उफ्रिन सुरु गरे । भुइँ थर्किन थाल्यो ।

काठ ठोकिएको जमिन केही बेरै हल्लिरहँदा छेउमै उभिएका पाकिस्तानी मूलका सुरक्षाकर्मी हास्मे अहमदको अनुहारमा चिन्ता छाएको देखिन्थ्यो ।
घरी अर्काको काँधमाथि चढेर नाच्न खोज्नेलाई उतार्ने त घरी हलभित्र भेपको धुवाँ उडाउनेलाई रोक्ने काममा खटिँदा लखतरान देखिएका दुई ज्यान अग्ला हास्मे भुइँसमेत हल्लिन थाल्दा आत्तिएका थिए ।

‘आफ्नै छिमेकी देशको कार्यक्रम यस्तो भव्य हुन्छ भन्ने सोचेको पनि थिइनँ,’ उनी भनिरहेका थिए, ‘मैले भाषा नबुझे पनि यस ब्यान्डलाई दर्शकले असाध्यै मन पराएको पाएँ ।’  मेलबर्नमा नेपथ्यले यसअघि दुई हजार दर्शक क्षमताको हल ‘फोरम’ प्रयोग गरेको थियो । यसपाला भने त्योभन्दा बढी क्षमताको भव्य एवं ऐतिहासिक ‘फेस्टिभल हल’ चयन गरिएको थियो ।
कन्सर्ट सुरु हुनुभन्दा झन्डै आधा घण्टाअगावै हल भरिभराउ भइसकेको थियो । घडीको सुईले बेलुकीको ठीक साढे ८ देखाउनासाथ पर्दामा ‘सा कर्णाली’ गीतको म्युजिक भिडियो बज्न सुरु भयो । विश्वमै तहल्का मच्चाइरहेको बेला ‘बिटल्स’ जस्तो ब्यान्डको कन्सर्ट अनि सन् १९५६ को ओलम्पिकमा कुस्ती प्रतियोगिता भएको यस हलमा दर्शकको भीडले सोमबार साँझ नृत्य गर्दा सुरुवातैदेखि भुइँ नराम्ररी थर्किन थालेको थियो ।  

म्युजिक भिडियो लगत्तै मञ्चमा उपस्थित मुख्य गायक अमृतले ‘कोशीको पानी, यो जिन्दगानी’ बाट प्रस्तुति थालनी गरे । तेस्रो प्रस्तुति ‘छेक्यो छेक्यो’ पछि उनले दर्शकसँग संवाद सुरु गरे । त्यस क्रममा उनले नेपाली जता गए पनि मिलेर बस्नुपर्ने, देश र आफन्तलाई भेट्ने क्रम टुटाउन नहुने अनि भावी पुस्तामा पनि भाषाको विस्तार गर्नुपर्नेजस्ता सन्देश प्रवाह गरे ।
‘यो जिन्दगानी’ गीत सुनाएपछि आफूले जस्तो पढ्ने अवसर नपाएका नेपाली केटाकेटीलाई सक्दो सहयोग गरिदिन आह्वान पनि गरे । कार्यक्रमले दर्शकको उत्तेजना बढाउने मात्र होइन, संवेदनालाई बलियो बनाउने उद्देश्यलाई पनि पछ्याइरह्यो ।

कन्सर्टको अन्त्यतिर ‘मै नाचेँ छमछमी’, ‘रेशम’ र ‘तालको पानी’ सम्म पुग्दा तिरिमिरी बत्तीका बीच सिंगै हल नाचिरहेको जस्तो देखिन्थ्यो । नाच्नेहरूको त्यही भीडमा भेटिइन् केट ह्यान्सन । नेपाली युवकसँगै बिहे गरेकी उनले यसअघि पनि मेलबर्नमा ‘कन्दरा’ र ‘कबवेब’ ब्यान्डको कन्सर्ट हेरेको सुनाइन् ।
‘नेपालमा मैले असाध्यै प्रतिभाशाली कलाकारहरू रहेको पाएँ,’ आफू पनि कुनै समय गायिका रहेको बताउने उनले थपिन्, ‘नेपथ्यले नेपालका गाउँघरको आवाज संकलन गरेर ल्याउँछ भन्ने जानकारी मेरा पतिबाट पाएपछि झनै बढी मन पर्न थालेको छ ।’

केटले दुई वर्षअघि मेलबर्नमै आयोजित नेपथ्यको कन्सर्ट पनि हेरेकी रहिछन् । ‘आफ्नो संस्कृतिसँग जोडिएको संगीत असाध्यै स्वादिलो हुन्छ,’ उनले भनिन्, ‘मेरो विचारमा आफ्नो मौलिक पहिचान अघि बढाउन सामूहिक प्रयास प्रभावकारी हुन्छ ।’  

नेपथ्यलाई मेलबर्नमा भव्य रूपले प्रस्तुत गर्न पाउँदा खुसी लागेको आयोजक आशिफ कार्कीले उल्लेख गरे । ‘नेपाली कार्यक्रमका लागि मेलबर्नको कुनै हलभित्र तीन हजार दर्शक जम्मा भएको यो पहिलो पटक हो,’ उनले थपे, ‘दर्शक कार्यक्रममा अन्तिमसम्मै रमाएको देख्दा खुसी झनै बढेको छ ।’

मेलबर्नपछि अब ब्यान्ड, व्यवस्थापक लगायतको १४ सदस्यीय टोली अन्तिम शो गर्न सिड्नीतर्फ लाग्नेछ । पृथ्वीको दक्षिणी गोलाद्र्धमा रहेको सहर सिड्नीस्थित ‘होर्डन पभिलियन’ मा मार्च २९ र ३० मा कन्सर्ट हुनेछ । सुरूमा मार्च २९ को साँझका लागि मात्र कन्सर्ट राखिएकामा तीन साताअघि नै टिकट ‘सोल्ड आउट’ भएपछि दर्शकको चाहनालाई सम्मान गर्दै भोलिपल्टका लागि शो थपिएको हो । साढे पाँच हजार क्षमताको ‘होर्डन पभिलियन’ मा प्रस्तुति सकेलगत्तै ब्यान्ड स्वदेश फिर्नेछ ।
सबै सहरमा कार्यक्रमका जानकारी सहित अनलाइन बुकिङ लिंकको लागि दर्शकले नेपथ्यको आधिकारिक वेबसाइटमार्फत् जानकारी पाउन सक्नेछन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://www.jawaaf.com/storage/01JQ61J0FXJ7CA4JN19QGF7W79.avif

पूर्ण बहादुरको सारङ्गी’का निर्माताको ‘अभिमन्यु’मा गौमाया

काठमाडौं । चलचित्र ‘अभिमन्यु’का लागि कलाकार छनोट सुरु भएको छ । निर्माणपक्षले चलचित्रका कलाकारको नाम सार्वजनिक गर्न सुरु गरेको छ । ‘अभिमन्यु’मा पहिलो कलाकारका रूपमा गौमाया गुरुङ अनुबन्ध भएकी छन् । निर्माणपक्षले गुरुङ आफ्नो चलचित्रमा अनुबन्ध भएको जानकारी दिएको छ । ‘हाम्रो चलचित्रका लागि हामीले कलाकार छनोट गर्न सुरु गरेका छौँ । पहिलो कलाकारका रूपमा गौमायाजीलाई साइन गराएका छौँ ।’अन्य कलाकार पनि अब अनुबन्ध गर्दै जानेछौं ।’ निर्माता विनोद पौडेलले भने 
उनले सिनेमाको पात्रअनुसार बलियो लाइनअप बनाउँदै जाने बताए ।

Pathivara_Adv..gif 182.28 KB


सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माता पौडेलले ‘अभिमन्यु’ निर्माण गर्न लागेका हुन् । उनले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेका छन् । ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ । चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्नेछ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गर्ने संघर्षको कथा सिनेमाले भन्नेछ ।


यो चलचित्र विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ । सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’लाई सुशान्त गौतमले निर्देशन गर्नेछन् । यो उनको डेव्यु निर्देशकीय सिनेमा हो । मुकेश खनालको लेखन रहेको चलचित्रको क्रियटिभ निर्देशक मदन थापा हुन् । थापाले यसअघि चलचित्र ’बाटो ः रोड टु डेथ’ निर्देशन गरेका थिए । यो चलचित्रमा शरद महतोको डिओपी रहने छ । विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://www.jawaaf.com/storage/01JQ1CEVZWMGWBA1Z7YXTPYZ2V.avif

फिल्म समीक्षा ‘अञ्जिला’: एक भावुक यात्रा, संघर्ष र सन्देशको प्रस्तुति

काठमाडौँ । निर्देशक मिलन चाम्सको फिल्म ‘अञ्जिला’ ले नेपाली सिनेमा जगतमा चर्चा र संवेदनशीलताको नयाँ मापदण्ड स्थापित गरेको छ । फिल्म एक सत्यकथामा आधारित छ र नेपाली महिला फुटबलकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवन संघर्षलाई पर्दामा उतारिएको छ । बायोपिकले दर्शकलाई एक भावुक अनुभव प्रदान गरेको छ, जसले समाजमा संघर्ष र सपना पूरा गर्ने महत्त्वपूर्ण सन्देश पुर्‍याएको छ ।

फिल्मको कथा एक साधारण गाउँकी किशोरीको हो, जसले फुटबल खेलाडी बन्ने सपना पालेकी छ । तर, त्यो सपनाको यात्रा त्यति सजिलो भने छैन् । बाल्यकालमै बाबु र आमाबाट टाढिएकी एञ्जिला आफ्ना सपनाहरूको पछाडि लाग्ने क्रममा धेरै संघर्ष र चुनौतीहरूको सामना गर्छिन् ।

एञ्जिलाको आमा, बाबु, र कान्छा बुबा चन्द्र साहुको अभिनयले फिल्मलाई अझ बलियो बनाएको छ । फिल्मको टोन भावनात्मक छ र प्रमुख रूपमा पारिवारिक सम्बन्ध र संघर्षको चित्रण गरिएको छ ।

चलचित्र ‘अञ्जिला’ हेर्दै गर्दा सुरुको दृष्यहरूले हसाउँछ । त्यसपछि विस्तारै सन्नटा छाउँदै जान्छ । अनि हलमा रहेका दर्शकबाट साक्कसुक्क आवाज आउन थाल्छ । त्यो क्रम लगभग फिल्म अवधिभर नै चलिरह्यो । फिल्म सकिएपछि बाहिर निस्कने क्रममा पनि दर्शकहरुको आँखा रसिलो देखिन्थ्यो ।

हुन त कोमल मन भएका दर्शकहरू साधारण भावनात्मक दृश्य वा संवाद सुन्दा र हेर्दा पनि रुने गर्छन् । तर चलचित्र ‘अञ्जिला’ मा त्यति सहजका दृश्य र कथाहरू छैनन् । रुवाउने नै छन् । चलचित्रमा ‘अञ्जिला’ को आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको सम्वादहरुले दर्शकहरुले आँसु बगेको पत्तै पाउँदैनन् । अनि ‘अञ्जिला’को सफलताको क्षणमा पनि दर्शकहरू एकाएक आँसु बग्छ ।

Pathivara_Adv..gif 182.28 KB

आखिर कथा कस्तो छ ?

राष्ट्रिय महिला फुटबल टिमकी क्याप्टेन एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित चलचित्र निर्माण भएको हो । इलामको एउटा गाउँबाट गरेको संघर्षको कथा नै चलचित्रको मुख्य कथावस्तु हो । गाउँमा जन्मिएकी एन्जिलाको संघर्षमय जीवन कथालाई चलचित्रमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।

जुराप(मोच्चा)को फुटबल खेल्ने एन्जिलाको तिब्र चाहनाले नै उनलाई संघर्षको सिडी हिड्न सिकायो । जस्तोसुकै परिस्थितिमा पनि उनी फुटबल खेल्न तत्पर रहिन्, संघर्ष गर्न छोडिनन् । एन्जिलाको इच्छामा उनका बुबा बाधक भएतापनि उनकी आमाले प्राण भर्छिन् । आफ्नो कठिन परिस्थितिहरूलाई पन्छाएर पनि सन्तानको रहर पूरा गर्न आमा मरिमेटेर लागिन् ।

चलचित्रका निर्देशक मिलन चाम्स्ले आमाको ममता, आवेगहरूलाई सरल ढंगले प्रस्तुत गरिदिएका छन् । लोग्नेबाट हेपिएकी स्वास्नीले लालाबाला हुर्काउँदा आईपर्ने समस्याहरू पनि चित्रण गरिएको छ । जुन समस्या एन्जिलाको खेलाडी बन्ने समस्याको बाधक थियो ।

फिल्मको उत्कृष्ट पक्ष

असली पात्रको अभिनयः फिल्मको विशेषता भनेको एन्जिलाले वास्तविक जीवनमा खेलेको फुटबल यात्रा दर्शकलाई प्रस्तुत गर्नका लागि, उनले स्वंय अभिनय गरेको छ । यसले फिल्मको वास्तविकतामा गहिरो प्रभाव पुर्‍याएको छ । दर्शकलाई एन्जिलाको वास्तविक संघर्ष र भावनासँगै जोड्न सघाउँछ ।

सशक्त सन्देशः ‘जस्तोसुकै बाधा आओस्, सपना पुरा गर्ने प्रयत्न छाड्न हुन्न’ भन्ने सन्देश फिल्मका मुख्य अंशको रूपमा रहेको छ । यो सन्देश सन्तान र आमाको सम्बन्ध, संघर्ष र बलिदानको महत्वलाई बलियो बनाउँछ ।

‘अञ्जिला’ले न केवल एक फुटबल खेलाडीको संघर्षको कथा सुनाउँछ, तर पारिवारिक सम्बन्धको जटिलतासम्मलाई उजागर गर्छ । विशेषगरी, आमाको बलिदान र सहयोग, र बाबुको भावनात्मक सम्बन्धलाई पर्दामा उत्कृष्ट तरिकाले प्रस्तुत गरिएको छ ।

कमजोरीहरू र चुनौतीहरू

फिल्ममा केही कमजोरीहरू पनि छन् । पहिलो हाफको गति अपेक्षाकृत कमजोर छ र चरित्रहरूको पृष्ठभूमि स्थापित गर्नमा निर्देशकलाई अलमल परेको देखिन्छ । यद्यपि, दोस्रो हाफमा फिल्म रोचक र भावनात्मक बनिदिन्छ, जहाँ एञ्जिलाको संघर्ष र फुटबलर बन्ने यात्रा थप प्रष्ट र गहिरो बनाउँछ ।

पटकथा भनेको एक महत्वपूर्ण पक्ष हो, जहाँ फिल्मका संघर्षको यात्रा अपूरो देखिन्छ । फुटबल खेलाडी बन्ने क्रममा एञ्जिलाको यात्रा अधिक विस्तारपूर्वक प्रस्तुत हुन सकेको छैन् । भारतीय बायोपिक ‘मेरिकोम’ जस्तै, ‘अञ्जिला’मा पनि खेलाडीको संघर्ष र प्रशिक्षकसँगको सम्बन्धको गहिराइमा कमी छ ।

Bantawa Hardware.gif 828.52 KB

कलाकारहरूको प्रदर्शन

दयाहाङ राई र सृजना सुब्बाको अभिनयले फिल्मलाई वास्तविकता दिएको छ । दयाहाङले चन्द्र साहुको पात्रलाई जीवन्त बनाएका छन् भने सृजनाले अञ्जिलाको आमाको भूमिका प्रगाढ र बलियो तरिकाले निभाएकी छन् ।

एन्जिला तुम्बापो सुब्बाको अभिनय यद्यपि नौलो थियो, तर उनको भूमिका पर्दामा साँचिकै साँचो र सजीव लाग्यो । उनीसँगको सम्बन्ध दर्शकले गहिरो रूपमा बुझ्न पाएका छन् ।

काठमाडौंको संघर्ष

एन्जिलाका सानुबुबाले फुटबल खेल्न नदिने भएपछि आमाको सहयोगमा उनी भागेर काठमाडौं जान्छिन् । त्यहाँ पुगेर निरन्तर संघर्ष गर्छिन् । संघर्ष गर्दैगर्दा पनि गोल रक्षकको रूपमा एपीएफमा आबद्ध हुन एन्जिलालाई त्यति सहज भएन ।

काठमाडौं आएर आफन्तकोमा बसेकी एन्जिलालाई त्यहाँ पनि गाउँकै शैलीमा हेपिन्छिन् । उनलाई फुटबलमा नभएर घरको भाडा, कपडा धुने र सरसफाई गर्ने काममा व्यस्त बनाइयो ।  यसरी सबै कुराबाट हार मानेर एन्जिला राति रुने गर्थिन् । तर उनले हार नमानेर आफन्तको घर छाडेर सडक किनारको बास बस्न बाध्य भइन् ।

यसरी कठिन समय पार गरेर गोल रक्षकको रुपमा एपीएफमा आवद्ध हुन्छिन् । त्यसपछि राष्ट्रिय टिमको क्याप्टेन बन्छिन् । उनलाई गाउँमा ठूलो सम्मानका साथ स्वागत गरिन्छ । विभिन्न पुरस्कारले पुरस्कृत हुन्छिन् । कथा सकिन्छ । कथाको सार यिनै हुन् । यिनै विषयबस्तुलाई चलचित्रका निर्देशक मिलन चाम्स्ले एन्जिलाको वास्तविक संघर्षमय जीवनलाई जस्ताको तस्तै उतारिदिएको छ ।

चलचित्र आमदर्शकले सोचे भन्दा अत्यन्तै रोचक बनेको छ । सम्वादहरू चोटिला छन् । चलचित्रका पात्रहरुको अभिनय बेजोड छ । फुटबल खेलाडी एन्जिलाको भूमिकामा अत्यन्तै सरल छ । आमाको भूमिका निर्वाह गरेकी सृजना सुब्बाको भूमिका जीवन्त रहेको छ । बुबाको भूमिकामा माओत्से गुरुङ र साना बाको भूमिकामा दयाहाङ राई अभिनय उत्कृष्ट छ ।

निष्कर्ष

समग्रमा, ‘अञ्जिला’ एकदमै भावुक र प्रेरणादायक फिल्म हो । जसले दर्शकलाई विचार र संवेदनामा पुर्याउँछ । फिल्मका कमजोरीहरूको बावजुद यसको भावनात्मक प्रभाव र निर्देशनले धेरै दर्शकहरूलाई छोएको छ । फिल्म नेपाली सिनेमा क्षेत्रमा बायोपिक विधामा एक कदम अघि बढेर प्रस्तुत गरिएको एक सफल प्रयास हो, जहाँ साँचो कथाले दर्शकलाई मनको गहिराइसम्म पुग्न सक्षम बनाएको छ ।

चलचित्रले एन्जिलाको जीवन संघर्षबाट समस्याबाट भागेर हैन जुधेर समाधान खोज्नुपर्छ । एउटा लक्ष्यसहित गरिएको संघर्षले मानिसलाई सफलताको विन्दुमा एक दिन पुर्याउँछ भन्ने सन्देश दिएको छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://www.jawaaf.com/storage/01JQ09G0V0SJB9D8F7ARW901Z9.avif

रचना रिमालको ‘यति माया गरुँकी तिमीलाई’मा प्रबिन र समिक्षा

काठमाडौँ । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको ‘यती माया गरुँकी तिमीलाई’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । 

गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक  श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

भिडियोमा  मोडलद्धय प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ । भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ । निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो । गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिन्छन् । 

Pathivara_Adv..gif 182.28 KB

उनका आधा दुःख घटाएर, तिमी बिना,  तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घामलगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन् ।

सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ । सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो ।

लिङ्कमा क्लिक गरेर भिडियो हेर्नुहोस्:

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/W4GPuBm4FCo?si=_itfR3y_0A5FNZqz" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः आइतबार, १० चैत २०८१
https://www.jawaaf.com/storage/01JPYVSQRP5179YF6ZXNGRZEAC.avif

पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव सुरु

पोखरा । पोखरामा अन्तर्राष्ट्रिय नाटक महोत्सव आज (शनिवार) बाट सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सवमा चीन, ट्युनिसिया, नर्वे र जापानका ६ वटा नाटक मच्चन हुनेछन् ।

महोत्सवको उद्घाटन गर्दै पोखराका नगर प्रमुख धनराज आचार्यले मुनामदन नाटकको मदनको एउटा संवाद उद्घाटनका क्रममा सुनाए । समारोहमा बोल्दै अघिल्लो पुस्ताले सुरु गरेकोे विरासतलाई जोगाउदै नया पुस्ता अगाडि बढेको पनि बताए । उनले भने,‘नेचर, कल्चर र एड्भेन्चरको सहर पोखरामा कल्चर भित्रको विभिन्न विधाहरू मध्ये नाटक पोखराको अन्तर्वस्तु हो । पोखरामा बस्न सफल छ । नाटक भन्ने बित्तिकै थुप्रै कुराहरूको अनुमान गर्न सक्छौ  । अघिल्लो पुस्ताले सुरु गरेको विरासतलाई जोगाउँदै अगाडि बढ्ने सन्दर्भमा अहिले पोखरामा अनूप बरालजीको हंसध्वनीसहित थुप्रै कामहरू हुदैछन् ।’

पोखरालाई अन्तर्राष्ट्रिय सांस्कृतिक तथा नाट्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले सुरु भएको महोत्सवमा नेपालसँगै विदेशी कलाकारहरूको पनि उपस्थिति रहने छ ।

महोत्सवमा नाटकको अलावा खुला छलफल तथा संवाद कार्यक्रम पनि आयोजना गरिनेछ । महोत्सव हेर्नको लागि दुई सय, तीन सय र पाँच सयको टिकट काट्नुपर्ने व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१
https://www.jawaaf.com/storage/01JPYBHNA1KWGWEJ2VYKVW21J4.avif

सुगम बन्दै शैलुङ

रामेछाप । धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा मनोरम शैलुङ बिस्तारै सुगम बन्दै गएको छ । कुनै बेला निक्कै दुर्गमको यात्रा मानिने शैलुङ अहिले सुगम सहजको गन्तव्य स्थल बनेको हो । 

केही वर्ष अगाडिसम्म शैलुङ पुग्न न सडक थियो, न शैलुङमा पुगेर बास बस्ने राम्रो ठाउँ थियो, न इन्टरनेटकै सुविधा थियो । शैलुङ राम्रो थियो, तर दुर्गम थियो । त्यसैले जो कोहीले शैलुङसम्म पुग्ने आँट नै गर्दैन थियो । धेरैको लागि शैलुङ सपनाको संसार थियो । 

अहिले पूर्वाधार बनेसँगै शैलुङ सुगम बनेको छ । शैलुङ अब सबैको सहज गन्तव्य बनेको छ । 

अहिले शैलुङसम्म पुग्ने दुईतर्फी सडक बनेका छन् । रामेछाप र दोलखाको सिमानामा पर्ने शैलुङ पुग्न रामेछाप र दोलखा दुवै तर्फबाट सडक बनेका छन् । 

रामेछापको दोरम्बाबाट खोलाखर्कसम्म सडक बनेको छ । जसले गर्दा रामेछापको सदरमुकाम मन्थली वा काभ्रेको चौँरी, बिपी राजमार्गको सित्खाबाट गाल्पा निस्किएर दोरम्बा हुँदै शैलुङ पुग्न सकिने भएको छ । 

त्यस्तै दोलखाको कालापानी हुँदै शैलुङ आउने सडक पनि खुलेको शैलुङ दोहोरो सडक सञ्जालमा जोडिएको छ । ‘शैलुङ अब सुगम भयो, जो कोही पनि सहजै शैलुङ पुग्न सक्छन्, त्यहाँको आनन्द लिन सक्छन्’, रामेछापको दोरम्बाका सामाजिक अभियन्ता मिलन घिसिङ भन्छन् । 

Pathivara_Adv..gif 182.28 KB

शैलुङ पुग्ने सडक मात्र होइन, शैलुङमा अन्य पूर्वाधार पनि विकास भएका छन् । शैलुङ पुग्ने पर्यटकलाई बस्नको लागि पनि रामेछाप र दोलखा दुवै तर्फ सुविधा सम्पन्न होटेल बनेका छन् । 

‘अब शैलुङ जाने पर्यटकहरूले शैलुङ पुग्ने बित्तिकै फर्कन पर्दैन, रामेछापको खोलाखर्क र दोलखाको कालापानी क्षेत्र जता पनि बास बस्ने राम्रा होटेल छन्’, स्थानीय होटेल व्यवसायी दावासाङबु शेर्पा भन्छन् । 

खोलाखर्कका होटेलमा इन्टरनेट सेवा पनि सञ्चालनमा आएको छ । नेपाल टेलिकमले फोरजी सेवाको टावर र निर्माण गरेपछि सहज रूपमा मोबाइल र इन्टरनेट सेवा चल्न लागेको छ । भर्खरै मात्र खोलाखर्कमा अल्ट्रा नेट कम्पनीले फाइबर नेट सेवा पनि सञ्चालनमा ल्याए पछि शैलुङमा सञ्चारको पनि राम्रो सुविधा पुगेको शेर्पाले बताए । 

समुन्द्र सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको शैलुङ प्रकृति र अध्यात्मका संगमस्थल हो । हिउँदमा हिउँले ढाक्ने शैलुङ, चैत, बैशाखमा विभिन्न जातका गुराँसले ढकमक्क भएको छ । 

वर्षमा विभिन्न फूल र हरियो दुवो छापेको जस्तै देखिने शैलुङ अहिले दुवोको गलैँचा ओछ्याए जस्तै छ । यहाँबाट हिमाल लगायतका दृश्यावलोकन पनि निक्कै रमणीय देखिन्छ । 

शैलुङमा जनपूर्णिमा, तिज, दशैँ, हिउँदमा हिउँ परेको बेला तथा नयाँ वर्षमा गुराँस हेर्ने मानिसहरूको ठुलो भिड लाग्ने गर्दछ । ‘त्यति बेला त मेला जस्तै हुन्छ, टेक्ने ठाउँ पनि हुँदैन’, व्यवसायी शेर्पाले भने । 

शैलुङ हिन्दु र बौद्धधर्मालम्बिको पनि पवित्र भूमि हो । हिन्दु धर्म मान्नेले यसलाई शिवको तपोभूमिमा मान्दछन् भने बुद्धधर्मालम्बिले बुद्धले पाइला टेकेको पवित्र भूमि मान्दछन् ।   

सय लुङ अर्थात् सयवटा थुम्काबाट शैलुङको नामाकरण भएको हो । प्राकृतिक रूपमा उत्पत्ति भएका एक सय भन्दा बढी थुम्का शैलुङमा छन् । थुम्काहरूमा गलैँचा ओछ्याएझैँ दुबोले ढाकाको छ । हिउँदमा ती थुम्कालाई हिउँले ढाक्दा अझ मनोरम देखिन्छ । 

हिउँदमा हिउँ पर्ने शैलुङमा वर्षामा पनि चिसो हावा चल्छ । त्यही चिसो मौसममा चौँरी चरेको दृश्य निक्कै मनमोहक देखिन्छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, ०९ चैत २०८१
https://www.jawaaf.com/storage/01JPVTWNKBVBJEED91DJZFN0BZ.avif

पाँचपोखरी तीनजुरे: यात्राको उत्कृष्ट गन्तव्य (तस्बिरसहित)

तेह्रथुमको लालीगुराँस नगरपालिका ७ मा स्थित पाँचपोखरी तीनजुरे, पर्यटकीय दृष्टिकोणबाट एक उत्कृष्ट गन्तव्यको रूपमा चिनिन्छ। यहाँको शान्तिपूर्ण वातावरण र प्राकृतिक सौन्दर्यले स्थानीय र बाह्य पर्यटकलाई आकर्षित गरेको छ। पाँचपोखरी तीनजुरेमा अवस्थित तीन पोखरीहरूको रमणीय दृश्य र आसपासको हरियालीले यात्रुलाई अनौठो अनुभव दिन्छ। यो स्थलको अद्भुत प्राकृतिक वातावरण र सांस्कृतिक महत्त्वले यसलाई तेह्रथुमको एक प्रमुख पर्यटकीय गन्तव्य बनाएको छ। स्थानीय समुदायको सक्रिय सहभागिता र संरक्षणको प्रयासले यस क्षेत्रलाई थप समृद्ध बनाएको छ। पाँचपोखरी तीनजुरे, अब यात्राको उत्कृष्ट गन्तव्यको रूपमा विकसित भइरहेको छ, जसले पर्यटकीय क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको छ। तस्बिरहरू : टार्जन लिम्बु 

प्रकाशित मितिः शुक्रबार, ०८ चैत २०८१
https://www.jawaaf.com/storage/01JP6RSQPCFG4HRSEB7MZF32PK.avif

आज होली पर्व, हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै

काठमाडौँ । आज फागुन शुक्ल पूर्णिमा अर्थात् होली पर्व । आज हिमाली जिल्ला र पहाडी जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाइँदैछ । रँगहरूको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्‍भावले मनाउने परम्परा छ ।

त्रेता युगमा दैत्यराज हिरण्यकशिपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले नछोएको पौराणिक कथा यो पर्वसँग जोडिएको छ । यस्तै, द्वापरयुगमा श्रीकृष्ण भगवानलाई मार्न राक्षसी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भईन । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख छ ।

त्यसवेलादेखी शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका र राक्षसी पुतना मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको छ ।

हिन्दु धर्म अनुसार यो पर्व फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ । यो पर्वले खराब  प्रवृत्तिको अन्य हुने र असल प्रवृत्तिको विजय प्रतीकका रूपमा होली पर्वलाई लिइन्छ । 

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://www.jawaaf.com/storage/01JNSTEFGVHQC2NYGS201H3D2Z.avif

आज सुशान्त केसीको कन्सर्ट हुदैँ

काठमाडौं । गायक सुशान्त केसीको आज शनिबार भक्तपुरको सल्लाघारीमा कन्सर्ट हुँदैछ । काठमाडौं उपत्यकाका संगीतप्रेमी दर्शक तथा श्रोतामाझ साढे २ वर्षपछि ‘सुशान्त केसी लाइभ इन नेपाल’ मार्फत उनी गुञ्जिँदैछन् ।

नेपालमै पहिलोपटक कन्सर्टको स्टेज कलाकारले प्रस्तुती दिने क्रममा र्याम्प जनरल प्लाटफर्मसम्म पुग्ने गरि डिजाइन गरिएको छ । चर्चित व्यक्तिहरू आउने आशासहित कन्सर्टमा १५ हजारभन्दा धेरै दर्शक सहभागी गराउने लक्ष्य रहेको आयोजक टिमले लिएको छ । 

कन्सर्टको सुरक्षा प्रबन्ध चुस्त बनाउन स्थानीय प्रशासनसँग समन्वय गरिएको आयोजकले जनाएको छ । केही दिनअघि गायक केसीले काठमाडौं महानगरका मेयर बालेन शाहलाई कन्सर्टमा आउन निम्तो दिएका थिए ।

आफ्नो लागि काठमाडौंमा प्रस्तुति दिनु सधैं विशेष भएकाले उत्साहित रहेको सुशान्तले बताएका छन् । कन्सर्टमा सुशान्तले बार्दली, सारंगी, साथी र आमा लगायतका दर्जनबढि गीत दर्शक तथा श्रोतामाझ प्रस्तुत गर्ने तयारीमा छन् । सुशान्तका अनुसार दर्शकले सो अवसरमा नयाँ एक गीत सुन्न पाउनेछन् ।

एसकेसी इंक र द रोयल नेपाल इभेन्ट्सको संयुक्त आयोजनामा हुने कन्सर्टलाई भव्य अनि सभ्य बनाउन कुनै कसर बाँकी नराख्ने टिमले बताउँदै आएको छ ।

प्रकाशित मितिः शनिबार, २४ फागुन २०८१