बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शनिबार, २७ मंसिर २०८२

मिथिला शर्मा अभिनीत ‘गयो गयो उमेर...बाँचौँ रमेर’को म्युजिक भिडियो सार्वजनिक

https://www.jawaaf.com/storage/01KCB7AZDR2JYJQTZ97V1N6A4Z.jpg

काठमाडौँ । वरिष्ठ कलाकार मिथिला शर्मा अभिनीत ‘गयो गयो उमेर...बाँचौँ रमेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शनिवार काठमाडौँमा आयोजित एक विशेष समारोहकाबिच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

म्युजिक भिडियो सार्वजनिक समारोहमा बोल्दै कलाकार मिथिला शर्माले गीतले आफूलाई विगतका दिनहरूको सम्झना गराएको बताइन् ।
उनले भनिन्, ‘यो गीतमा काम गर्दा पहिला–पहिला भ्रमणमा जाँदा पाएको अनुभूति फेरि महसुस गरेँ । सबै मानिसभित्र आ–आफ्नै प्रतिभा लुकेको हुन्छ । प्रतिभा सबैसँग हुन्छ, त्यसलाई अगाडि ल्याउन बालबालिकाका लागि आमा-बुवाको सहयोग आवश्यक हुन्छ भने त्यस्तै छोराछोरीले पनि आमाबुवालाई सहयोग गर्नुपर्छ ।’

आफ्नो कला यात्राबारे बोल्दै शर्माले समय कसरी बित्यो भन्ने थाहा नै नहुने अनुभव सुनाइन् । उनले भनिन्, ‘म कला क्षेत्रमा लागेर हुर्किँदै गर्दा आशीर्वाद दिने र साथ दिने सबैलाई सम्झँदै गर्दा कति समय बित्यो भन्ने नै थाहा भएन । कसरी नाचेँ, कसरी गाएँ, कसरी हिँडेँ भन्ने सम्झँदै जाँदा समय निकै छिटो बित्दो रहेछ ।’ ‘गयो उमेर’ बोलको गीतले उमेर, समय र जीवनका अनुभूतिहरूलाई प्रस्तुत गरेको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png