शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K7HC45DJFY2XD1YH54DS67VQ.jpg

बिपिनसहित चारजनाको शव पहिचान

काठमाडौं । इजरायली सुरक्षा बल (आइडीएफ)ले हमासले फिर्ता पठाएका चार जनाको शव पहिचान गरेको छ । तीमध्ये दुई जना गाई इलोज र बिपिन जोशीको नाम बाहिर आएको छ भने बाँकी दुई जनाको नाम परिवारको अनुरोधमा हाललाई गोप्य राखिएको छ ।

आइडीएफका अनुसार बिपिन जोशीको हत्या युद्धको पहिलो केही महिनामै भएको अनुमान गरिएको छ । गाई इलोज भने अपहरणको समयमा घाइते भएका थिए र पर्याप्त उपचार नपाएकै कारण कैदमा मृत्यु भएको अनुमान रहेको छ ।

विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरेको आइडीएफले जनाएको छ । राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रले मृत्युको परिस्थितिको जाँच पूरा गरेपछि अन्तिम निष्कर्ष निकाल्नेछ ।

प्रकाशित मितिः मङ्गलबार, २८ असोज २०८२
https://www.jawaaf.com/storage/01K7GA0XDVWVW7WPPY5ZTAX1NP.jpg

साँढे ५ लाखसहित २ जना पक्राउ, वैध रकमलाई अवैध भनी पक्राउ गरेको भन्दै विरोध प्रदर्शन

सर्लाही । सर्लाहीको सीमावर्ती ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगरमा प्रहरीले वैध रकमलाई अवैध भन्दै बरामद गरेको भन्दै सोमबार सदरमुकाम मलङ्गवामा विरोध प्रदर्शन गरिएको छ।

प्रहरी चौकी त्रिभुवननगरले सोमबार चन्द्रनगर गाउँपालिका–५, मोहनपुरका २५ वर्षीय आलम मन्सुर र ४० वर्षीय विकाउ मन्सुरलाई बीआर–०६ बीटी–३४३६ नम्बरको मोटरसाइकलसहित नगद पाँच लाख ४५ हजार रुपैयाँ लिएर हिँडिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सर्लाही प्रहरीका प्रवक्ता डिएसपी सरोज राईका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिले रकमको स्रोत स्पष्ट पार्न नसकेपछि सो रकमसहित दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय मलङ्गवामा बुझाइएको हो।

तर, मन्सुर परिवार र स्थानीयले भने प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार विवाहको सरसामग्री किनमेलका लागि रकम लिइरहेका बेला प्रहरीले ‘अवैध रकम’ भन्दै लुटपाटजस्तो शैलीमा रकम बरामद गरेको हो।

प्रदर्शनकारीले मलङ्गवास्थित कुमारी बैंकबाट रकम झिकिएको बैंक स्टेटमेन्ट देखाउँदै प्रहरी र प्रशासनविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले जिविस चोकमा टायर बाल्दै विरोध प्रदर्शनसमेत गरेका छन्।

मोहनपुरकी अप्सना खातुनका अनुसार छोरीको विवाहका लागि किनमेल गर्न भन्दै उनले आफ्ना नातेदार आलम र विकाउलाई उक्त रकम जिम्मा लगाएकी थिइन्। तर, प्रहरीले वास्तविकता नबुझी हतारमा भन्सारमा बुझाएको आरोप उनले लगाइन्।

प्रहरी प्रवक्ता डिएसपी राईले भने पक्राउ परेका व्यक्तिहरू शंकास्पद अवस्थामा ठूलो परिमाणको नगदसहित भेटिएकाले कानूनी प्रक्रिया अनुसार रकम भन्सारमा बुझाइएको स्पष्ट पारेका छन्। उनले मलङ्गवाबाट पैसा झिकेर त्रिभुवननगरतर्फ लैजाने प्रयोजन पनि शंकास्पद रहेको बताए।

प्रकाशित मितिः मङ्गलबार, २८ असोज २०८२
https://www.jawaaf.com/storage/01K7G9WSTSBM6HW326KTDA0J6N.jpg

वीरगन्जमा राजस्वको छापा : सुन व्यवसायीको घरबाट ठूलो परिमाणमा अवैध सुन बरामद

पर्सा । वीरगन्जस्थित एक सुन व्यवसायीको घरमा सोमबार राजस्व अनुसन्धान कार्यालय पथलैया, सशस्त्र प्रहरी बल नेपाल र वीरगन्ज भन्सार कार्यालयलगायतका निकायहरूको संयुक्त टोलीले ठूलो परिमाणमा स्रोत नखुलेको सुन बरामद गरेको छ।

राजस्व अनुसन्धान कार्यालयका स्रोतका अनुसार माईस्थानस्थित व्यवसायी अभिषेक सर्राफको घरमा सोमबार बिहानदेखि सुरु भएको छापामारी दिउँसो अबेरसम्म जारी रहेको थियो। टोलीले घरभित्रका विभिन्न कोठा र सुरक्षित स्थानहरूमा लुकाइएका सुनचाँदीका गहना, बन्धकी राखिएका बहुमूल्य वस्तुहरू र कारोबारसँग सम्बन्धित कागजातहरू समेत बरामद गरेको जनाएको छ।

सर्राफ वीरगन्ज–८ मा रहेको अभिषेक ज्वेलर्सका सञ्चालक हुन्। राजस्व चुहावटको आशंकाको आधारमा राजस्व अनुसन्धान कार्यालयले उनको घर, कारोबार स्थल र गोदाममा खानतलासी गरेको थियो । प्रमुख अनुसन्धान अधिकृत हरि प्रसाद शर्माका अनुसार कारोबारसँग सम्बन्धित खाता, विद्युतीय माध्यम र अन्य प्रमाणहरू कब्जामा लिइएका छन्।

अधिकारीहरूले सर्राफलाई पठाएको पत्रमा भनिएको छ, ‘राजस्व चुहावट भएको भन्ने सूचनाको आधारमा यो खानतलासी गरिएको हो। राजस्व चुहावट ‘अनुसन्धान तथा नियन्त्रण’ ऐन, २०५२ बमोजिम आवश्यक प्रमाणहरू कब्जामा लिइनेछ।’

हाल टोलीले बरामद गरेको सुन लगायतका सामग्री माईस्थानमा रहेको सुनचाँदी व्यवसायी संघको कार्यालयमा लगी तौल तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइरहेको छ। यसै क्रममा अभिषेक सर्राफलाई पनि नियन्त्रणमा लिइएको बताइएको छ।

छापामारीपछि वीरगन्जमा सञ्चालित सुन व्यवसाय र त्यससँग जोडिएका शंकास्पद कारोबारमाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायीहरूबीच यो घटनाले ठूलो हलचल मच्चाएको छ।

यसैबीच, सुनचाँदी व्यवसायीहरूले छापामारीको विरोध गर्दै नाराबाजी गरेका छन्। उनीहरूले राजस्व अनुसन्धान कार्यालयले व्यवसायीहरूलाई अनावश्यक दुःख दिएको र त्रसित बनाएको आरोप लगाएका छन्। ‘घरमा सामग्री राख्दैमा अनुसन्धान गर्नु अनुचित छ,’व्यवसायीहरूको भनाइ छ ।

राजस्व अनुसन्धान कार्यालयले भने यो कार्य कानूनी प्रक्रिया अनुसार भएको र थप विवरणका लागि अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मितिः मङ्गलबार, २८ असोज २०८२
https://www.jawaaf.com/storage/01K7EVKARZ7D1WFXYYEJN4483K.jpg

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर

काठमाडौं । पूर्वसभामुख एवं माओवादी उपाध्यक्षकृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सोमबारउनी विरुद्ध भन्सार छलेको र संगठित अपाराध गरेको आरोपमा भन्सार ऐन, २०६४ र संगठित अपराध निवारण ऐन, २०७० मा टेकेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको हो । महरासँग ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो र ३ वर्षभन्दा बढी अवधि कैद सजाय मागदाबी गरेको छ। 

२०७९ सालमा विद्युतीय चुरोट (भेप) मा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा महरा संलग्न रहेको आरोप रहेको छ।  उनलाई आइतबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।  यसअघि महरालाई २०८० चैतमा पनि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

प्रकाशित मितिः सोमबार, २७ असोज २०८२
https://www.jawaaf.com/storage/01K7EA5FEJTJTK8GNBQVS1F8J7.jpg

अमेरिकी राष्ट्रपति ट्रम्प इजरायलमा, हमासद्वारा बन्धक बनाइएका २० जना मुक्त

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार इजरायल पुगेका छन् । उनी इजरायलको बेन गुरियन विमानस्थलमा सोमबार अवतरण गरेका हुन् । इजरायलमा हाल हमासद्वारा बन्धक बनाइएकाहरूको रिहाइ प्रक्रिया जारी छ ।

ट्रम्पको आगमनको पूर्वसन्ध्यामा, एक ड्रोनले तेल अविभको समुद्री किनारमा ट्रम्पको स्यालुट र ‘थ्यांक यू’ लेखिएको दृश्य देखाएको थियो । उनको स्वागतमा जनताले पोस्टरहरू पनि उठाएका थिए ।

आई २४ न्यूज इजरायलका अनुसाार २० जीवित बन्धकमध्ये पहिलो सात जनालाई रेड क्रसले उत्तरी गाजामा इजरायली सेनालाई सुपुर्द गरेका छन ्। टाइम्स अफ इजरायलका अनुसार, बन्धकहरूको रिहाइको खबर सुन्दै होस्टेज स्क्वायरमा भिडले ठूलो खुशीयाली मनाएको थियो ।

रिहा भएका सात बन्धकमा गाली र जिभ बर्मन, मातान एंग्रेस्ट, अलोन ओहल, ओम्री मिरान, ईतान मोर र गाइ गिल्बोआ–डलल समावेश छन् । रिपोर्ट अनुसार उनीहरू छोटो मानसिक मूल्याङ्कनको लागि लैजाने तयारी छ ।

सोमबार बिहान, हामासले दुई वर्षको कैदपछि २० जीवित बन्धकको समूह रिहा गर्न तयारी गर्दा इजरायलभर जनताहरु सडक, सार्वजनिक स्क्वायर र सैनिक बेसहरूमा जम्मा भएका थिए । तेल अविभको होस्टेज स्क्वायर र गाजा सीमावर्ती दक्षिण इजरायलमा सयौं मानिसहरू झण्डा बोकेर र बन्धकहरूको फोटोसहित उपस्थित भएका थिए ।

रिहा हुने बन्धकहरूलाई स्ट्रिपबाट रिइम नजिकको सैनिक सुविधामा लगेर प्रारम्भिक शारीरिक तथा मानसिक जाँच गरिने र परिवारसँग भेट गराइनेछ । इजरायली प्रधानमन्त्रीको कार्यालयले प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनकी पत्नी साराले लेखेको व्यक्तिगत सन्देश सार्वजनिक गरेको छ ।

बन्धकहरूको रिहाइको सम्झौताअनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना अनुसार, इजरायलले करिब २,००० प्यालेस्टिनियन बन्दीहरू रिहा गर्नेछ र गाजामा ‘पूर्ण सहायता’तुरुन्त उपलब्ध गराउने व्यवस्था गर्नेछ, जहाँ केही क्षेत्रहरूमा खाद्यान्न अभाव र भोकमरीको समस्या देखिएको छ । एएनआई

प्रकाशित मितिः सोमबार, २७ असोज २०८२
https://www.jawaaf.com/storage/01K7E4JATCDRJDV756PDHCTFX2.jpg

२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी

काठमाडौं । हमासको सैन्य शाखाले आज रिहा हुने २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ । अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ तर आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी भने जीवित नरहेको इजरायली सेनाका अधिकारीले जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएका दिएको बीबीसीले उल्लेख गरेको छ । 

उनले आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । उनले इजरायलका लागि नेपाली राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । 

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।
गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।

प्रकाशित मितिः सोमबार, २७ असोज २०८२
https://www.jawaaf.com/storage/01K7DTN23NQ9QJJF4QC5554Y6B.jpeg

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् । 

उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौ ।’ 

उनका अनुसार बैठकले प्रधेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्ने माग गरेको बताए । 

‘प्रधेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढङगले गरिएको प्रधेशसभाको विघटनलाई बदर गर्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’उनले भने । 

उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेद, प्रतिशोध र मुठभेटको बाटोमा हिडिरहेको बताए ।  

प्रकाशित मितिः सोमबार, २७ असोज २०८२
https://www.jawaaf.com/storage/01K7C34Q41M77EH5KNTTB1E067.jpg

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई आज प्रहरीले पक्राउ गरेको छ । मिति २०७९/०९/१० गते २ वटा सुट्केश भित्र ७३ बट्टामा रहेको ७३० थान ईलेक्ट्रिक सिगरेट (भेप) मार्फत् सुन तस्करी गरेको अभियोगमा आज अनुसन्धानका लागि महरालाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले एक विज्ञप्ति जारी गरेर पूर्वसभामुख महरालाई पक्राउ गरिएको जानकारी दिएको छ । 

भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र संगठित अपराधमा संलग्न रहेको भनी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  उनले उक्त सुन छुटाउन पटक पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकारीहरूलाई दबाब दिएको अभियोग छ ।

प्रकाशित मितिः आइतबार, २६ असोज २०८२
https://www.jawaaf.com/storage/01K7BAF9EE0Z54K7S1NJFGYWKV.jpeg

नयाँ बन्धकको सूची सार्वजनिक : विपिन जोशीको नामपनि समावेश

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा लिएका जीवित बन्धकको सूचीमा नेपालका विपिन जोशीको नाम समेटिएको नयाँ सूची सार्वजनिक भएको छ । 

हमास र इजरायलबिचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धक रिहा गर्नु अगाडि सार्वजनिक सूचीमा विपिनको नाम पनि समेटिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जीवित बन्धकको सूचीमा विपिन रहेको सार्वजनिक गरेको हो ।

यसअघि सिएनएसनले सार्वजनिक गरेको सूचीमा विपिन अज्ञात रहेको उल्लेख गरेतापनि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको सूचीमा भने विपिन जीवित रहेको उल्लेख छ ।

प्रकाशित मितिः आइतबार, २६ असोज २०८२
https://www.jawaaf.com/storage/01K79VNJ0SMPY9V3Z06AMPKYJ1.jpeg

मुख्यमन्त्री कार्कीको गुनासो : ‘संघीय सरकारले सहयोग गरेन’

विराटनगर । अविरल वर्षापछि आएको बाढीपहिरोले अस्तव्यस्त बनेको इलाममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ शनिबार पहिलोपटक पुगेका छन् ।

मन्त्री घिसिङले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै पीडित परिवारसँग भेटघाट र राहत वितरण गरेका छन् । तर, निरीक्षणका लागि आउने भनिएका गृहमन्त्री ओमप्रकाश अर्याल भने अनुपस्थित रहे ।

मन्त्री घिसिङले माइखोलास्थित टापु क्षेत्रका २८ बाढीपीडित परिवारलाई खाद्यान्न र अन्य राहत सामग्री वितरण गरे । उनले बाढीले बगाएका घर र विस्थापित नागरिकको अवस्था नजिकबाट अवलोकन गर्दै तात्काल आवास, खानेपानी र यातायात सुचारु गर्न पहल गर्ने आश्वासन दिए ।

राजदुवाली सडक खोल्न प्राथमिकता

मन्त्री घिसिङले मेची राजमार्गअन्तर्गत राजदुवाली सडक खण्डको निरीक्षण पनि गरे, जहाँ बाढीपहिरोका कारण ८ दिनदेखि सडक अवरुद्ध छ । उनले सो सडक खुलाउने कार्यलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

सडक सञ्चालनका विषयमा उनले भूगर्भविद्, नेपाल प्रहरी, सशस्त्र प्रहरी र डिभिजन सडक कार्यालयका इन्जिनियरहरूसँग छलफल पनि गरेका छन् । सडक अबरुद्ध हुँदा इन्धन, खाद्यान्न र औषधि ढुवानी ठप्प भएको इलाममा स्थानीय पेट्रोलपम्प र अस्पतालहरू समस्या झेलिरहेका छन् ।

संघीय सरकारले समन्वय नगरेको आरोप

मन्त्री घिसिङले विपद् व्यवस्थापनलाई संघीय सरकारको साझा जिम्मेवारी बताउँदै संघीय निकायहरू सक्रिय भएको दाबी गरे पनि, स्थानीय तथा प्रदेश सरकारले संघीय सरकारले समन्वय नरेको बताएका छन् । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने संघीय सरकारमाथि असन्तोष प्रकट गरेका हुन् । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकमा उनले संघीय सरकारले विपद्का बेला कुनै समन्वय नगरेको बताएका थिए ।

मुख्यमन्त्री कार्कीले भने, ‘संघीय सरकारले कुनै समन्वय र सहयोग नगरे पनि प्रदेश सरकारले आफ्नै तहबाट राहत र पुनःस्थापनाका कामलाई अघि बढाइरहेको छ ।’

इलामलाई सरकारले तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । तर, अस्थायी शिविरमा रहेका बाढीपहिरोपीडितहरू पुनःस्थापनाको स्पष्ट योजना नआएको गुनासो गर्दै आएका छन् ।

गत असोज १८ गतेदेखिको अविरल वर्षापछिको बाढी र पहिरोले इलाममा ३९ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् । २ सय ६५ परिवार विस्थापित भएका छन्, जसमा १ सय ७२ परिवार इलाम नगरपालिकाका मात्रै हुन् ।

स्थानीयले सरकारसँग उद्धार र राहतसँगै दीर्घकालीन पुनर्निर्माण र स्थायी बसोबासको योजना माग गरेका छन् । मन्त्री घिसिङले संघीय र प्रदेश सरकारबीच सहकार्य गरी ती माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२