शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K7PGB0SJ1T2XQ4WSZSPXSPR6.jpg

युवाले फूलाए ढकमक्क सयपत्री, माग उच्च

विराटनगर । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा फूलको अधिक मात्रामा किनबेच हुने गर्दछ । नेपालमा उत्पादित फूलले बजार धान्न समेत मुस्किल हुँदा तिहारमा खपत हुने फूल भारतीय बजारमा समेत निर्भर रहनुपर्ने बाध्यता रहेको छ । तर, मोरङको सुन्दरहरैंचा नगरपालिकामा भने युवाहरू मिलेर फूल खेती गरेका छन् । 

करिब एक विगाह क्षेत्रमा लगाइएको फूल यतिबेला ढकमक्क फूलेको छ । हेर्न जाने जोकोहीको आकर्षणको केन्द्रजस्तै बन्ने फूलले नै तिहारलाई स्वागत गरिरहेको अनुभूत गराउँछ । 

कोशी युवा कृषि फारमका युवाहरूले लगाएको फूल खेतीमा माग उच्च भएको सञ्चालकहरू बताउँछन् । ‘यो फूल हामी आफैँले बिरुवा उमारेर रोपेको राम्रो प्रजातिको फूल समेत हो तिहार नजिकिएसँगै अत्यधिक मात्रमा माग भइरहेको छ ।’ सञ्चालक मध्येका एक विजय ओझासंगको कुराकानीका क्रममा भनेका छन् । 

पाँच जना युवहरुद्धारा ८ बिघा क्षेत्रफलको जमिनमा केरा खेती समेत लगाएका छन् । ‘युवाहरू स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण पेस गर्न पनि हामी कृषि क्षेत्रमा लागेका हौं ।’ अर्का सञ्चालक मिलन लुइँटेल भन्छन् । 

लुइँटेलले कृषिका क्षेत्रमा अन्य प्रस्तावहरूमा समेत काम गरिरहेको जानकारी दिए । ‘अहिले तिहारको भएकाले हाम्रो फूल तयार भइसकेको छ । उनले भने केही भए पनि भारतीय बजारको फूल रोकौँ र स्वदेशलाई प्रोत्साहन गरौँ भन्ने हाम्रो उद्धेस्य हो ।’ उनले भने

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/I_lOdnlgOeE?si=yUeWo3tizNHzbvqB" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7PEG8MKE29EM7TAWA0RA41N.JPG

जसपा नेपाल मधेश प्रदेश अधिवेशनमा विवाद उत्पन्न, एक पक्षले गर्यो बहिष्कार

जनकपुर । जनकपुरधाममा जारी जसपा नेपाल मधेस प्रदेशको अधिवेशनमा विवाद उत्पन्न भएको छ । नयाँ नेतृत्वका लागि निर्वाचन प्रकृया जारी रहेको समयमा एक पक्षले निर्वाचन नै बहिष्कार गर्ने घोषणा गरेको छ ।

जनकपुरधाममा आज पत्रकारसम्मेलन गर्दै नेतृत्व चयनकालागि मतदाता नामावली प्रकाशन गरेर मनोनयन प्रकृया चलिरहेको समयमा अध्यक्ष पदका उम्मेदवार योगेन्द्र यादवले अधिवेशन बहिष्कारको घोषणा गरेका छन् । 

यादवसँगै उनको प्यानलबाट उम्मेदवार रहेकाहरुले समेत निर्वाचन प्रकृयाको बहिष्कार गरेका छन् । साथै रौतहट, सप्तरी, बारा, धनुषा र सर्लाही जिल्लाका जिल्ला अध्यक्षहरुले समेत अध्यक्ष पदका उम्मेदवार यादवको समर्थन गर्दै अधिवेशन बहिष्कार गर्ने जनाएका छन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष पदका उम्मेदवार यादवले जसपा नेपालको विधानविपरित अधिवेशन भईरहेकोले आफूहरुले अधिवेशन बहिष्कार गर्ने निर्णय गरेको बताए ।

उनले अध्यक्ष पदका अर्का उम्मेदवार बालकिशोर यादवले विधान विपरित आफूखुशी हुलका हुल प्रतिनिधि छनौट गरेकाले आफूहरु अधिवेशनमा सहभागी हुने वातावरण नरहेको बताए । आफूहरुलाई बन्दसत्रमा समेत बेवास्ता गरिएको उनको  आरोप छ ।

मधेश प्रदेश अधिवेशनमा आज निर्वाचनको सम्पूर्ण कार्यतालीका सार्वजनिक गरिएकोमा अहिले बहिष्कार गरिएको पक्षबाहेक उपस्थित अन्य उम्मेदवार एवम मतदाताहरुको बाँकी प्रक्रिया थालिएको छ । अन्य पदहरुमा उम्मेदवारीको प्रक्रिया समेत अघि बढाइएको छ ।

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7P293G3DB699R48D24G6XRZ.jpg

राहुल गान्धीको प्रहार “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन”

काठमाडौं । लोकसभा विपक्षी नेता तथा कांग्रेस सांसद राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग “डराउने” गरेको आरोप लगाएका छन् । ट्रम्पले हालै भारतले रुसबाट तेल किन्ने कार्य बन्द गर्ने आश्वासन प्रधानमन्त्री मोदीले दिएको दाबी गरेपछि राहुल गान्धीले ती टिप्पणीहरूलाई अस्वीकार गर्दै मोदीमाथि तीव्र प्रहार गरेका हुन् ।

राहुल गान्धीले सामाजिक सञ्जाल एक्समा “प्रधानमन्त्री मोदी ट्रम्पसँग डराउँछन” लेख्दै हालका केही घटनाहरू सूचीबद्ध गरेका छन् । उनका अनुसार, प्रधानमन्त्री मोदीले ट्रम्पलाई भारतले रुसबाट तेल नकिन्ने घोषणा गर्न अनुमति दिए, पटक–पटक अस्वीकृति पाउँदा पनि उनलाई बधाई सन्देश पठाए । अर्थमन्त्रीको अमेरिकाको भ्रमण रद्द गरे, शर्म एल–शेख सम्मेलनमा सहभागी हुन चुके र ‘अपरेसन सिन्दुर’बारे ट्रम्पको दाबीमा मौन रहे ।

कांग्रेसका वरिष्ठ नेता जयराम रमेशले पनि प्रधानमन्त्री मोदीको मौनतालाई प्रश्न गर्दै आरोप लगाए कि मोदीले अमेरिकालाई प्रमुख निर्णयहरू आउटसोर्स गरेका छन् । उनले स्मरण गरे कि गत मे १०, २०२५ मा साँझ ५ः३७ बजे अमेरिकी विदेश सचिव मार्को रुबियोले भारतले ‘अपरेसन सिन्दुर’ रोकिएको घोषणा गरेका थिए । त्यसपछि राष्ट्रपति ट्रम्पले पाँच देशमा ५१ पटकसम्म आफूले भारत–पाकिस्तानबीचको युद्धविराम गराएको दाबी गरेका छन तर प्रधानमन्त्री मोदी मौन रहेका छन् ।

ट्रम्पले बुधबार ओभल अफिसमा एफबीआई निर्देशक काश पटेलसँग संयुक्त पत्रकार सम्मेलनमा भनेका थिए,“प्रधानमन्त्री मोदीले मलाई आश्वासन दिएका छन् कि भारत अब रुसबाट तेल किन्नदैन । यो ठूलो कदम हो, अब चीनलाई पनि त्यही गर्न प्रेरित गर्नुपर्छ।” उनले भारतको अघिल्लो तेल आयात नीतिप्रति असन्तुष्टि जनाउँदै भने, “रुसबाट तेल किन्ने कार्यले रुसलाई युद्ध जारी राख्न सहयोग पु¥यायो, जहाँ करिब १५ लाख सैनिकहरू मारिएका छन् ।”

भारतले यसअघि रुसबाट तेल आयातलाई आफ्नो आर्थिक स्थायित्वका लागि आवश्यक भन्दै बचाउ गरेको थियो । तर ट्रम्प प्रशासनले भारतीय वस्तुहरूमा २५ प्रतिशत अतिरिक्त शुल्क लगाउँदै रुससँगको भारतको तेल व्यापारलाई अमेरिकी सुरक्षाका लागि “असामान्य र असाधारण खतरा” भनेको थियो । यसैबीच भारतले स्पष्ट पारेको छ कि ‘अपरेसन सिन्दुर’ वा भारत–पाकिस्तान युद्धविराम दुवै देशका सैन्य अधिकारीहरू बीचको सहमति थियो र त्यसमा कुनै तेस्रो देशको संलग्नता थिएन । एएनआई

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7NG60C183XED4KMW2J02MGW.jpg

१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा

काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै ती कम्पनीहरूलाई एकदेखि दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा परेका कम्पनीहरूले अब तोकिएको अवधिसम्म कुनै पनि सार्वजनिक निकायको निर्माण कार्यमा सहभागी हुन पाउने छैनन् ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीहरूले सम्झौता उल्लंघन गरेको भन्दै कारबाही गरिएको कार्यालयले जनाएको छ ।

सूचना अनुसार ती कम्पनीहरूले कार्य सम्पन्न नगरेको, सम्झौता उल्लङ्घन गरेको वा निर्माण कार्य समयमा सम्पन्न नगरेको कारण कारबाही गरिएको हो ।

सूचना अनुसार कालोसूचीमा परेकामध्ये केही कम्पनीलाई एक वर्षका लागि र केहीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको हो ।

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7NDQH2D2SENYVQS5N2WJ45E.jpg

सिँचाइका रुग्ण ठेक्का तोड्न सुरु, बबई सिँचाइ आयोजनाका ६ वटा ठेक्का तोडिंदै

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु गरिएको छ । 

बबई सिँचाइ आयोजनाले करिब ६ वर्ष अघि अमन कन्स्ट्रक्सन कम्पनी गुलरिया—५ सँग गरिएको ठेक्का सम्झौता तोड्ने बिहीबार सार्वजनिक सूचना जारी गरेको छ । 

आयोजनाले कम्पनीसँग नहर मर्मत, कमाण्ड क्षेत्र संरक्षण, भवन मर्मतलगायतका काम गर्न आर्थिक वर्ष २०७७÷७८मा ठेक्का सम्झौता गरेको थियो । 

६वटा ठेक्कामध्ये चारको निर्माण प्रगति शून्य छ । एउटाको ३० र अर्कोको ५५ प्रतिशत प्रगति रहेको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए । 

आयोजनाले पटक—पटक सूचना प्रकाशन गर्दासमेत सम्झौता बमोजिम काम सुरु नगरी बीचैमा छोडी ठेक्काको म्याद समाप्त हुँदासम्म पनि काम सम्पन्न गर्नेतर्फ कुनै जासो नदिएको जनाएको छ । 

ठेक्का सम्झौता अन्त्य गरी कारबाहीको प्रक्रिया अगाडि बढाउनुनपर्ने कुनै ठोस कारण भएमा १५ दिनभित्र प्रमाणसहित सम्बन्धित आधिकारिक व्यक्ति आयोजना कार्यालयमा उपस्थित हुन सूचना जारी गरिएको छ ।

पेस गरिएका प्रमाण नियमसङ्गत भरपर्दो वा चित्त बुझ्दो नभएमा सम्झौता र सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम कार्यसम्पादन जमानत तथा धरौटी बापत राखिएको रकम जफत र कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढ्नेछ ।   

सिँचाइ विभागअन्तर्गत राष्ट्रिय गौरबका भेरी बबई तथा सुनकोशी मरिण वहुउद्देश्यीयसहित २५ आयोजनाका ठेक्का रुग्ण छन् । त्यसमध्ये ६ वटाको ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो ।

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7NDA0EWT4C3FV4AX5M2QNRX.jpg

दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो । 

निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ । मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन ।यसपटक भने डिजेल र मट्टीतेलको मूल्य यथावत् राखिएको छ ।

प्रकाशित मितिः बिहिबार, ३० असोज २०८२
https://www.jawaaf.com/storage/01K7KY8GSJD0YHC126M4HVAA0T.jpg

कृष्णबहादुर महरा पूर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।  जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो ।

महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो । 

प्रकाशित मितिः बुधबार, २९ असोज २०८२
https://www.jawaaf.com/storage/01K7KWKF0Z1YTB88TS8C0N9WEF.jpg

सरकारले तोकिएकै समयमा निर्वाचन गराउनुपर्छ : प्रदीप यादव

वीरगंज (पर्सा) । जनता समाजवादी पार्टीका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीप यादवले सरकारले तोकिएको समयमै अर्थात आगामी फागुन २१ गते देशमा निर्वाचन गराउनुपर्ने बताएका छन् ।

आज जसपा जिल्ला समिति, पर्साले आयोजना गरेको अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै उनले सरकारले तोकिएको समयमै निर्वाचन गराउनुपर्ने तथा राष्ट्र निर्माणमा जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उपमहासचिव यादवले तोकिएको समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध हुनु पर्ने र सबै दलहरुलाई निर्वाचनमा सहभागी गराउन वर्तमान सरकारले आवश्यक पहल चाल्नु पर्ने धारणा राखे । 

उनले भने, ‘सरकारले आगमी फागुन २१ गते निर्वाचन गराउनुपर्छ । निर्वाचनमा भागलिन हामी तयार छौँ । अन्य पार्टीलाई पनि चुनावमा सहभागी गराउनुपर्छ ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो सरकारले मधेस विरोधी निर्णय ग¥यो भने मधेसका जनता संघर्षमा उत्रिने भएकाले वर्तमान शुसीला कार्की नेतृत्वको सरकारले मधेसका माग र मुद्दामा केन्द्रित रहेर काम गर्नुपर्ने सुझाब दिए ।

गत भदौ २३ र २४ गते देशमा उत्पन्न विसम परिस्थितबाट नेपाली सेनाले संविधानको रक्षा गर्दै राष्ट्रपतिको सहयोगमा नागरिकको सरकार बनाउन सहजीकरण गरेको र तत्कालिन सबै मन्त्रीहरु तथा नागरिकको सुरक्षाका लागि खेलेको रचनात्मक भुमिकाको प्रशंसा गर्दै उनले उक्त कार्यका लागि नेपाली सेनालाई धन्यवाद समेत व्यक्त गरे ।

Advt_Kausila.jpg 251.33 KB

प्रकाशित मितिः बुधबार, २९ असोज २०८२
https://www.jawaaf.com/storage/01K7K45A69D1FPF1B2YRFD39Q0.jpeg

‘दशैँको खुशी अरूलाई समर्पण’ - रियादका नेपालीबाट क्यान्सर पीडित जयन्तीका लागि सहयोग

रियाद (साउदी अरब)। साउदी अरबको रियादमा कार्यरत नेपालीहरूले क्यान्सर पीडित जयन्ती राई तामाङको उपचारका लागि सहयोग रकम सङ्कलन गरी नेपाल पठाएका छन्।

खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पा निवासी जयन्ती राई तामाङ फोक्सोको क्यान्सरबाट पीडित भई हाल भक्तपुर क्यान्सर अस्पताल, चितवनमा उपचाररत छिन् । आर्थिक अवस्था कमजोर रहेकाले तामाङ परिवारले देश–विदेशमा रहेका आफन्त र सहयोगी मनहरूलाई आर्थिक सहयोगको अपिल गरेका थिए ।

त्यसपछि रियादमा कार्यरत नेपाली समुदायको साझा संस्था ‘केरि हातेमालो समूह’ र राई समुदायको संस्था ‘किरात राई यायोक्खा साउदी अरब रियाद समिति’ को सक्रियतामा दशैँ विशेष कार्यक्रम आयोजना गरी सहयोग रकम सङ्कलन गरिएको थियो।

कार्यक्रममा उपस्थित नेपालीहरूले स्वेच्छिक रूपमा सहयोग प्रदान गर्दै नेपाली रुपैयाँ जम्मा ८४ हजार ४ सय ६४ सङ्कलन गरिएको समूहका अध्यक्ष राज तोङमालुङ राईले जानकारी दिए।

सहयोग सङ्कलनमा वसन्त राई (ओखलढुङ्गा), किरण राई (खोटाङ), सुरेन्द्र राना (स्याङ्जा–वालिङ) र करण बुढाथोकी (दाङ–तुल्सीपुर) लगायतका सहयोगी मनहरूको उल्लेखनीय आर्थिक योगदान रहेको बताइएको छ।

सङ्कलित रकम क्यान्सर पीडितका भदैनी सन्तोषी राईको नाममा असोज २५ गते नेपाल पठाइएको र परिवारले उक्त रकम प्राप्त गरिसकेको समूहले जनाएको छ।

केरि हातेमालो समूह र किरात राई यायोक्खा रियाद समितिले जयन्ती राई तामाङको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई सहयोग गर्नुहुने सहयोगी सबैप्रति हार्दिक आभार प्रकट गरेका छन्।

प्रकाशित मितिः बुधबार, २९ असोज २०८२
https://www.jawaaf.com/storage/01K7JVPYTR8NEJHHA6K26BQ8WJ.jpg

पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना

सर्लाही । सप्तरीमा उत्पादन भएको मिनरल पानीमा लेदो भेटिएपछि एक उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ । जिल्लाको शम्भुनाथ नगरपालिका–५ मोहनपुरस्थित वीरेन्द्र फुड्स एण्ड बेभरेज इन्डस्ट्रीजले उत्पादन गरेको एक्वा ब्रान्डको बोतलमा लेदो तथा आँखाले देख्न सकिने धुलो–कण (सोलिड एण्ड डस्ट) फेला परेपछि जरिवाना गरिएको हो ।

संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा बोतलमा लेदो भेटेपछि ती सबै पानीका बोतल नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जितेन्द्र पासवानले जानकारी दिएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीका अनुसार दूषित उत्पादन गरेको पुष्टि भएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना लगाइएको र बिक्रीमा समेत रोक लगाइएको हो ।

प्रकाशित मितिः बुधबार, २९ असोज २०८२