शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K79EZ820RGTX6GD4DA4JSVCG.jpg

राउटे बस्ती पसेर युवती जिस्काएको आरोपमा एक पक्राउ

सुर्खेत । राउटे बस्तीमा गएर युवतीलाई दुव्र्यवहार गरेको आरोपमा लेकवेशी नगरपालिका–५ नेटाका राजु रजालीलाई राउटे समुदायले नियन्त्रणमा लिएका छन् ।

शुक्रबार राती राउटे बस्ती प्रवेश गरेका रजालीलाई उनीहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । फिरन्ते जीवन जिउने लोपोन्मुख राउटे समुदाय लेकवेशी नगरपालिका–९ मा बस्दै आएको छ । 

मध्यराती राती राउटे बस्ती छिरेर राउटे समुदायका महिलामाथि दुव्र्यवहार गरेको भन्दै राउटे समुदायले राजु रजाइलीलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोनजंग बुढथापाले बताए ।

राउटे समुदायको नियन्त्रणमा रहेका रजालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरी अनुसन्धान थालिएको डिएसपी बुढथापाले बताए । 

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२
https://www.jawaaf.com/storage/01K79ER0KHSVNMG8RZVP8ZCK2D.jpg

मन्त्री घिसिङलगायतको टोली इलाममा, चाँडो सडक सुचारु गर्न निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।

मन्त्रीसंगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्गलगायतको टोलीले प्रभावित क्षेत्रहरुको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो । 

गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्र्तगतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भईरहेको बताए ।

साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुनःस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडि बढाइने समेत बताए । 

पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । 

उक्त विस्थापित परिवारको अस्थाई आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले सरकार तपाईंहरुको साथमा छ पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने समेत बताए । 

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२
https://www.jawaaf.com/storage/01K792M7KH5DFD7H4XJG2385BV.jpg

शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ

सर्लाही ।  रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति धरहरीस्थित उनको घरबाट नियन्त्रणमा लिएको हो । 

प्रधानाध्यापक साहले विद्यालयमा माध्यमिक तह (द्वितीय) विज्ञान विषयका शिक्षक नियुक्ति परीक्षामा पास गराइदिने भन्दै साढे चार लाख रुपैयाँ घुस मागेको खुलासा भएको अख्तियार स्रोतले जनाएको छ । उक्त रकम लिँदै गर्दा उनका सहयोगी अरविन्द प्रकाश साह पनि रंगेहात पक्राउ परेका हुन् ।

अख्तियारको टोलीले वीरगन्जस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट अरविन्दलाई रकमसहित नियन्त्रणमा लिएपछि थप अनुसन्धानका क्रममा धरहरी पुगेर प्रधानाध्यापक सञ्जय साहलाई पक्राउ गरेको थियो।

परीक्षामा सहभागी एक शिक्षकसँग रकम मागिएको सूचनाका आधारमा अख्तियारले निगरानी राख्दै पक्राउ प्रक्रिया अघि बढाएको बताईएको छ । पक्राउ परेका दुवै जनालाई प्रारम्भिक सोधपुछपछि शुक्रबार राति नै थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ ।

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२
https://www.jawaaf.com/storage/01K78Z5ARMN2ZYMMYRZWCXGC61.jpeg

गाजामा युद्धविराम पछि दुवै पक्षका बन्दीहरुको मुक्तिको प्रक्रिया सुरु

काठमाडौं । गाजामा इजरायल र हमासबीच सहमति अनुसारको युद्धविराम शुक्रबारदेखि लागू भएको छ । युद्धविराम लागू भएपछि इजरायली सेनाले गाजा क्षेत्रमा रहेका आफ्ना फौजलाई सहमत तैनाथी रेखासम्म फिर्ता गरेको इजरायली सेनाले जनाएको छ ।
इजरायली सेनाको विज्ञप्तिमा भनिएको छ, “सैनिकहरू नयाँ तैनाथी रेखा अनुसारका स्थानहरूमा पुनःस्थित हुँदैछन् । दक्षिण कमाण्डअन्तर्गतका फौजहरू अझै पनि क्षेत्रमा तैनाथ छन् र तत्कालीन खतरा हटाउने कार्य जारी रहनेछ ।”
अमेरिकी मध्यस्थतामा भएको यो सम्झौताअनुसार, हमासको नियन्त्रणमा रहेका बन्दीहरुको मुक्तिका लागि ७२ घण्टे समयावधि सुरु भएको छ । पहिलो चरणमा इजरायलले झण्डै २ हजार प्यालेस्टिनी कैदी र बन्दीलाई रिहा गर्नेछ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले टेलिभिजन सम्बोधनमा भने, “हाम्रा सैनिकहरू अझै पनि गाजाको भीत्रि भागमा रहनेछन् र नियन्त्रणका क्षेत्रहरूमा दबाब कायम राख्नेछन् । यो सम्झौताको अर्को चरणका लागि तयारी जारी रहनेछ ।”
उनका अनुसार आगामी दिनमा २० जना जीवित बन्दीलाई रिहा गरिनेछ भने २८ जना मृतकका शव हस्तान्तरण गरिनेछ । उनले थपे, “हमासलाई निशस्त्र पारिनेछ र गाजालाई सैन्यरहित क्षेत्र बनाइनेछ । यदि यी लक्ष्यहरू सजिलै प्राप्त भएनन् भने कठिन तरिकाले पूरा गरिनेछ ।”
हमास–नियन्त्रित आन्तरिक प्रशासनले पनि युद्धविराम लागू भएपछि इजरायली सेनाले फिर्ता गरेका क्षेत्रहरूमा आफ्ना सुरक्षाबल तैनाथ गर्ने जनाएको छ । उक्त प्रशासनले विज्ञप्तिमा भनेको छ, “यो तैनाथी सार्वजनिक शान्ति पुनःस्थापना गर्ने र दुई वर्ष लामो युद्धले सिर्जना गरेको अव्यवस्था नियन्त्रण गर्ने उद्देश्यले गरिएको हो ।”
यसले प्यालेस्टिनी जनतालाई युद्ध अन्त्य भएकोमा बधाई दिँदै सुरक्षाबलसँग सहयोग गर्न र सुरक्षा निर्देशनहरू पालना गर्न अनुरोध गरेको छ । हमास–नियन्त्रित गाजा मिडिया अफिसका अनुसार इजरायली सेनाले गत दुई वर्षमा गाजाका ६७० भन्दा बढी विद्यालय ध्वस्त पारेका छन् । जसमा १३ हजार ५०० भन्दा बढी विद्यार्थीको मृत्यु भएको छ।
त्यसैगरी, ६०० दिनभन्दा बढी समयदेखि सीमा नाका बन्द हुँदा सहायता आपूर्ति रोकिएको र करिब २० लाख प्यालेस्टिनी जबरजस्ती विस्थापित भएका छन् । प्रारम्भिक अनुमानअनुसार गाजाको प्रमुख आर्थिक क्षेत्रहरूमा करिब ७० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति पुगेको छ ।
शुक्रबार नै हमास र अन्य दुई फिलिस्तिनी समूहहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गाजामाथि कुनै पनि “विदेशी संरक्षकत्व” अस्वीकार गर्ने बताएका छन् । उनीहरूले गाजाको शासन व्यवस्थालाई पूर्ण रूपमा आन्तरिक प्यालेस्टिनी विषय रहेको स्पष्ट पारेका छन् ।
गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमण सुरु भएको सन् २०२३ अक्टोबर ७ देखि हालसम्म ६७ हजार २११ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६९ हजार ९६१ जना घाइते भएका छन् । इजरायल र हमासबीच तीन दिनको गहन वार्तापछि मिस्र, कतार, टर्की र अमेरिकाको मध्यस्थतामा बिहीबार युद्धविराम सम्झौता भएको हो ।
सम्झौताको पहिलो चरणमा इजरायली फौज गाजा सिटी, उत्तर गाजा, राफा र खान युनिस क्षेत्रबाट फिर्ता हुने, पाँचवटा सीमा नाका मानवीय सहायता प्रवेशका लागि खोलिने, र बन्दी तथा कैदीहरूको अदलाबदल हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२
https://www.jawaaf.com/storage/01K78Q06SRVJGVQWGJ73RH75YQ.jpeg

काठमाडौंमा शनिबार हुने भनिएको मोटरसाइकल ¥याली प्रशासन द्वारा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबार हुने भनिएको  मोटरसाईकल ¥याली तथा सभा गर्न निषेध गरेको छ । 

शुक्रबार एक सूचना जारी गरि ¥याली, प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको जानकारी गराएको हो । शान्ति सुरक्षाको स्थिति बनाईराख्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै सेवा प्रवाह सूचारु गर्ने कार्यहरु गरेको प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले सूचनामार्फत बताए । 

‘विभिन्न समूहहरुबाट हुने भनिएका ¥याली, जुलुश, धर्ना, सभा र प्रदर्शन जस्ता गतिविधिहरुले सुरक्षा चुनौति बढाउन सक्ने र आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने कार्यमा थप जटिलताको अवस्था हुन जाने भएकोले यस कार्यालयबाट त्यस प्रकारका कुनै पनि ¥याली प्रदर्शन जस्ता कार्यक्रम गर्न कोही कसैलाई पनि स्वीकृति प्रदान नगर्ने भनी निर्णय भएको छ,’ सूचनामा उल्लेख गरिएको छ । 

पूर्व स्वीकृति विना कुनै पनि प्रकारका कार्यक्रमहरु नगर्न नगराउनु हुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ को देहाय खण्ड (क) र प्रहरी ऐन २०१२ को दफा १९ को व्यवस्था बमोजिम सूचना दिएको प्रशासनले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २५ असोज २०८२
https://www.jawaaf.com/storage/01K76Y5WD3R5RDME8RE856TPQ0.jpg

बाढी प्रभावित इलामका युवा आक्रोशित : मेयरलाई नै राहत वितरण

इलाम । गत असोज १८ गतेको पहिरोबाट प्रभावित इलामको देउमाई नगरपालिकामा राहत वितरणमा भएको ढिलासुस्तीको विरोध गर्दै स्थानीय युवाहरूले मेयरलाई नै राहत सामग्री वितरण गरेका छन् । 

भीषण वर्षातपछि आएको पहिरोले देउमाईका धेरै बासिन्दाको जनजीवन कष्टकर बनाएको छ । पीडितहरू गाँस, बास र कपासको ठेगान नभएर मारमा परेका छन् । 

देउमाई नगरपालिका मात्रै आठ जनाको निधन भएको थियो । करिब १०० घर क्षति पुगेको छ । 

तर, नगरपालिकाले समयमै राहत वितरण गर्न नसकेको र वितरण गरिएका सीमित राहत पनि मेयरको कार्यकक्षमै बोलाएर सीमित व्यक्तिहरूलाई मात्रै दिएको भन्दै युवाहरू आक्रोशित बनेका हुन् । 

राहत वितरणमा मात्र नभई अन्य विकासका काममा पनि अत्यधिक ढिलासुस्ती भएको भन्दै विरोध स्वरूप देउमाईका स्थानीय युवाले आफैँले खरिद गरेका राहत सामग्रीहरू नगरपालिकाका मेयरलाई नै हस्तान्तरण गरेका छन्।

प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२
https://www.jawaaf.com/storage/01K76R3YA66VFFAENA1WEFSBMF.jpg

क्यासिनोले इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा त्यस्तै प्रकृतिका अन्य संस्थाहरूलाई इजाजतपत्र लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था लागू गरेको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग, बालुवाटारले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार बैंकबाट इजाजतपत्र प्राप्त नगरी विदेशी मुद्राको कारोबार गर्न नपाइने स्पष्ट पारेको छ । सूचनामा भनिएको छ, ‘क्यासिनो लगायतका संस्थाहरूले यस बैंकबाट इजाजतपत्र लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रासमेत) को कारोबार गर्नु गराउनुपर्नेछ ।’

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को परिच्छेद–४ अनुसार क्यासिनोलाई इजाजतपत्र प्रदान गर्ने व्यवस्था गरेको छ । यसअन्तर्गत विदेशी विनिमय कारोबार गर्न इच्छुक संस्थाले बैंकमा आवश्यक कागजात र विवरण पेश गरी अनुमति लिनुपर्नेछ ।

बैंकले ऐनको दफा १२ अन्तर्गत दिएको अधिकार प्रयोग गरी यो सूचना सार्वजनिक गरेको हो । राष्ट्र बैंकले यसमार्फत अनधिकृत रूपमा विदेशी मुद्राको कारोबार रोक्ने र आर्थिक अनुशासन कायम राख्ने उद्देश्य लिएको जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२
https://www.jawaaf.com/storage/01K76QXT8S2VEG589TW4H97P8A.jpg

राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : महानिरीक्षक खापुङ्ग

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले सञ्चार माध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका हुन् । 

जारी विज्ञप्ति अनुसार, ‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु ।’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

साथै, प्रहरी महानिरीक्षकले कहींकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

विज्ञप्ति अनुसार, ‘प्रहरी महानिरीक्षकले कहींकतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।’

प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२
https://www.jawaaf.com/storage/01K76CER3RD3HKMWPRZENYP99S.jpg

हमासले जीवित छाड्न लागेका २० जनाको सूचीमा छैनन् नेपालका विपिन जोशी

काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमास लडाकुले मुक्त गराउने २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ । तर यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने छैन ।

सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिकहरु छन् ।

अमेरिकाको पहलमा इजरायल र हमास दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो ।

इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्था कस्तो छ भन्ने अहिलेसम्म स्पष्ट छैन ।

प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२
https://www.jawaaf.com/storage/01K767T1C0P1C37HVG1GE2JEDW.jpeg

इजरायल र हमासबीच युद्धविराम सम्झौता, सबै बन्धक मुक्त गर्ने सहमति

काठमाडौं । इजरायल सरकारले शुक्रबार बिहान हमाससँग गाजाको युद्ध अन्त्य गर्ने र बाँकी सबै बन्धकहरू मुक्त गर्ने उद्देश्यले तयार गरिएको युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जीवित र मृतक सबै बन्धकहरूको मुक्तिका लागि सहमति भएको ढाँचा स्वीकृत गरेको छ ।’ यो प्रस्तावलाई पर्याप्त मत प्राप्त भए पनि इजरायली मन्त्रीहरू इतामार बेन–गभिर र बेजालेल स्मोट्रिचजस्ता कट्टरपन्थी नेताहरूले यसको विरोधमा मतदान गरेका थिए ।
सम्झौता अनुसार, ‘सरकारको अनुमोदनसँगै युद्ध तुरुन्त अन्त्य हुनेछ । सबै सैन्य गतिविधि, जसमा हवाई र तोप बमबारी तथा लक्ष्य निर्धारण कारबाहीहरू रोक्का गरिनेछ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्वीय दूत स्टीभ विटकफ र उनका ज्वाईं जारेड कुश्नर पनि उक्त मन्त्रिपरिषद् बैठकमा उपस्थित थिए । सम्झौताअनुसार हमासले इजरायली फौज फिर्ता भइसकेको ७२ घण्टाभित्र २० जना जीवित बन्धक र २८ जनाको शव फिर्ता गर्नेछ । यसको साटोमा इजरायलले करिब २,००० पालेस्तिनी कैदीहरूलाई मुक्त गर्नेछ ।
तीमध्ये करिब २७० जना इजरायली नागरिकमाथि आक्रमणमा संलग्न अभियोगमा दोषी ठहरिएका छन् भने बाँकी करिब १,७०० जना गाजाका बासिन्दा हुन्, जसलाई बिना मुद्दा पक्राउ गरिएको थियो । तीमध्ये २२ जना १८ वर्षमुनिका किशोर छन् । साथै, इजरायलले ३६० जना गाजाली लडाकुहरूको शव पनि फिर्ता गर्नेछ ।
यो ऐतिहासिक युद्धविराम सम्झौता इजीप्टको शर्म एल–शेखमा तीन दिनसम्म चलेका अप्रत्यक्ष वार्ताबाट भएको हो, जसमा अमेरिका, इजीप्ट, कतार र टर्कीले मध्यस्थता गरेका थिए । दुई वर्षदेखि जारी इजरायली आक्रमणले गाजालाई पूर्णरूपमा ध्वस्त पारेको छ । स्थानीय स्वास्थ्य निकायका अनुसार, युद्धका कारण हालसम्म ६७ हजारभन्दा बढी पालेस्तिनीले ज्यान गुमाएका छन् र लाखौँ मानिस भोकमरी र मानवीय सङ्कटमा परेका छन् ।
सीसीटीभी

प्रकाशित मितिः शुक्रबार, २४ असोज २०८२