शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः सोमबार, २७ असोज २०८२

११औं महाधिवेशन मंसिरको अन्तिम साता गर्ने नेकपा एमालेको निर्णय

https://www.jawaaf.com/storage/01K7DTN23NQ9QJJF4QC5554Y6B.jpeg

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता हुने पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । 

आइतबार बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि स्थान र मितिको टुङगो केन्द्रिय कमिटीको बैठकले तय गर्ने ज्ञवालीले बताएका हुन् । 

उनले भने, ‘नेकपा एमालेको सचिवालय बैठकले चार वटा महत्वपूर्ण निर्णय गरेको छ । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ । स्थान र मितिको टुङगो हामीले केन्द्रिय कमिटीको बैठकबाट गर्ने छौ ।’ 

उनका अनुसार बैठकले प्रधेशसभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको भन्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्ने माग गरेको बताए । 

‘प्रधेशसभाको विघटनलाई यो बैठकले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको छ । त्यसकारण असंवैधानिक र अलोकतान्त्रिक ढङगले गरिएको प्रधेशसभाको विघटनलाई बदर गर्दै प्रधेशसभा पूर्नः स्थापना हुनुपर्छ भन्ने स्पष्ट माग बैठकले गरेको छ,’उनले भने । 

उपमहासचिव ज्ञवालीले सरकार निर्वाचनको बाटोमा नभई निषेद, प्रतिशोध र मुठभेटको बाटोमा हिडिरहेको बताए ।  

सम्बन्धित खबर

/frontend/images/redline.png