शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KA8TNHAQV6XT70N866ZJA1GJ.jpg

शेख हसिनालाई मृत्युदण्डको सजाय दिन अदालतको आदेश

एजेन्सी । बंगलादेशको अदालतले ‘मानवता विरुद्धको अपराध’ को आरोपमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय सुनाएको छ। हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई पाँच वर्ष कैद सजाय सुनाइएको छ । अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश सुनाएको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो ।
गत वर्ष जुलाई–अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो ।

प्रकाशित मितिः सोमबार, ०१ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KA864KV74WNVFYSZQEDQMAG7.jpg

सर्लाहीमा आन्दोलित उखु किसान र उद्योगीबीच ४ बुँदे सहमति, एक महिना भित्र भुक्तानी पाउने

सर्लाही । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको बक्यौता माग गर्दै धर्नामा बसेका किसान र उद्योग पक्षबीच चार बुँदे सहमति भएको छ । 

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको पहलमा जिल्ला प्रशासन कार्यालयमा आईतबार भएको छलफलमार्फत दुवै पक्षबिँच सहमति भएको हो ।

छलफलमा उद्योगले चालु वर्षको क्रसिङ प्रक्रियामा देखिने प्रदूषण नियन्त्रणका लागि उपाय अपनाउने प्रतिबद्धता जनाएको छ । यस्तै गत वर्ष चिनी मूल्य निर्धारणपछि किसानलाई दिन बाँकी रहेको रकम उद्योगले पूर्णरूपमा भुक्तानी गर्ने सहमति भएको प्रशासनले जानकारी दिएको छ ।

त्यसैगरी, अघिल्ला सञ्चालक राकेश कुमार अग्रवालले किसानलाई तिर्न बाँकी रकम एक महिनाभित्र भुक्तान गर्ने र उद्योग सञ्चालन सहज बनाउने उद्देश्यले दुवै पक्षले सहयोगी वातावरण बनाउने सहमति भएको छ ।

उखु बिक्री रकम माग गर्दै किसानहरूले गत आइतबारदेखि उद्योगको मुख्य गेटमा तालाबन्दीसहित धर्ना गर्दै आएका थिए । सहमतिपछि धर्ना बन्द गरिएको छ। किसानहरूका अनुसार २०७१÷०७२ को क्रसिङ सिजनदेखि बेचिएको उखुको पैसा उद्योगले आजसम्म बुझाएको छैन ।

उद्योगले बारम्बार आश्वासन दिए पनि करिब नौ करोड ७० लाख रुपैयाँ बराबरको रकम बक्यौता रहेको उनीहरूको दाबी छ ।

प्रकाशित मितिः सोमबार, ०१ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KA6H9GNS0DAQ0QR5XGX9A3E2.jpeg

वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु संस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो ।

सोही विवादका क्रममा शम्भु यादले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोकासमेत बरामद भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA5KJ9XMB8GMQX49K9CPDPDD.avif

६ हजार ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य घटेको छ । आज सुन ६ हजार ९ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको सुनको मूल्य आज ६ हजार ९ सयले घटेर २ लाख ४२ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य एक सय ५० रुपैयाँले घटेको हो । शुक्रबार चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA5F76VWSDED5CN7H59J47F4.jpg

केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै

काठमाडौं । केन्द्रीय सुरक्षा समितिको बैठक आज (आइतबार) बस्दै छ । बैठक आइतबार दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्न लागेको हो । गृह मन्त्री ओम प्रकाश अर्यालले शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल गर्न बैठक बोलाएका हुन् । 

बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायतको सहभागिता रहने छ ।

प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA5E5H4Y648DBT4SRQWT5FC6.webp

दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन

काठमाडौं । दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने आज (आइतबार)अन्तिम दिन हो । निर्वाचन आयोगले तोकेको समय अवधि आज साँझ कार्यालय समयपछि सकिंदैछ ।
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतक दल दर्ताको आह्वान गरेको थियो ।

आयोगमा दर्ता भएका नयाँ केही दलले प्रमाणपत्र लिइसकेका छन् भने प्रक्रियामा रहेका दलहरुले आज प्रमाणपत्र प्राप्त गर्ने छन् । हाल आधिकारिकता पाउने दलको संख्या १२६ पुगिसकेको आयोगले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA53GGMAJDXG9EA7Y0RQT4BY.png

आज देशभर मौसम सफा रहने

काठमाडौँ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति भने कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA361287S5QKXDQJMCQRMDB3.webp

बिहार चुनाव : २०२ सिट जित्दै एनडीएको भारी विजय, महागठबन्धन ध्वस्त

काठमाडौं । बिहार विधानसभा चुनाव–२०२५ मा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले प्रचण्ड बहुमत हासिल गर्दै महागठबन्धनलाई भारी पराजय दिएको छ । भाजपा ८९ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा उदाएको छ भने जनता दल (युनाइटेड) ८५ सिटसहित दोस्रो स्थानमा रह्यो ।

एनडीएको अन्य घटक—लोक जनशक्ति पार्टी, हिन्दुस्तानी आवाम मोर्चा र राष्ट्रिय लोक मोर्चाले पनि उच्च सफलता प्राप्त गरे । विपक्षी महागठबन्धनका आरजेडी र कांग्रेसलाई ठूलो क्षति पुगेको छ भने प्रशान्त किशोरको जन सुराज पार्टीले अपेक्षा अनुसार एक सिट पनि जित्न नसकी निराशाजनक प्रदर्शन ग¥यो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा आयोजित विजय समारोहमा जनताले ‘सामाजिक न्यायको वास्तविक रूप’ रोजेको बताउँदै आरजेडी र कांग्रेसलाई कडा प्रहार गरे ।
उनले बिहारमा एनडीएको विजयले आगामी वर्ष पश्चिम बंगालमा हुने चुनावमा पनि भाजपालाई फाइदा पुग्ने दाबी गरे । मोदीले महिलाहरू र युवाहरूले निर्धारण गरेको नयाँ ‘एमवाई फार्मुला’—महिला र युवा—नै एनडीए विजयीको मुख्य आधार बनेको बताए । उनले आरजेडीको ‘जंगलराज’ र ‘कट्टा सरकार’ को आरोपलाई दोहोर्याउँदै अब त्यो शासनशैली कहिल्यै नफर्कने दाबी गरे ।

मुख्यमन्त्री नितीश कुमार फेरि सत्तामा फर्किन तयारी अवस्थामा छन्। विशेषगरी ‘मुख्यमन्त्री महिला रोजÞगार योजना’मार्फत १.२० करोडभन्दा बढी महिलालाई प्रदान गरिएको १०,००० रुपैयाँ भारु सहयोग र महिलामैत्री नीतिहरूलाई एनडीए विजयीका प्रमुख कारण मानिएको छ ।

नितीशले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनताप्रति कृतज्ञता व्यक्त गर्दै प्रधानमन्त्री मोदी र गठबन्धनका सबै दलहरूलाई धन्यवाद दिए । २४३ सिटको विधानसभा मध्ये एनडीएले २०२ सिट जित्दै तीन–चौथाइ बहुमत प्राप्त ग¥यो । सन् २०१० पछि दोस्रोपटक एनडीएले २०० भन्दा धेरै सिट जितेको हो । यसपटक महागठबन्धन निकै कमजोर देखियो—आरजेडीले २५, कांग्रेसले ६, सीपीआई (एमएल) ले २ र अन्य दलहरूले थोरै सिट मात्र जिते ।

कांग्रेसले भने चुनाव ‘ठूलो स्तरको भोट चोरी’ भएको आरोप लगाउँदै प्रधानमन्त्री, गृहमन्त्री र चुनाव आयोगलाई कठोर आरोप लगायो । प्रधानमन्त्री मोदीले कांग्रेसलाई “एमएमसी—मुस्लिम लिग माओवादी कांग्रेस” को संज्ञा दिँदै पार्टीभित्रै असन्तुष्ट समूह बढ्दै गएको दाबी गरे ।
उनले राहुल गाँधीको चुनावी अभियानका क्रममा पोखरीमा डुबुल्की लगाएको प्रसंग जोड्दै कांग्रेस ‘आफू र साथीसँगै डुबाउने अभ्यास’ गरिरहेको टिप्पणी गरे । मोदीले कांग्रेसलाई ‘परजीवी पार्टी’ भन्दै गठबन्धन दलहरूको मत बैंक ‘निल्ने’ आरोप पनि लगाए ।

यस वर्षको मतदान ऐतिहासिक रूपमा शान्तिपूर्ण र उच्च सहभागिता भएको छ। ६७.१३ प्रतिशत भोटिङ भएका मध्ये महिलाको सहभागिता ७१.६ प्रतिशत पुगे—पुरुषभन्दा करिब ९ प्रतिशत बढी । मोदीले विगतमा नक्सली गतिविधि र ‘जंगलराज’का कारण व्यापक पुनःमतदान हुने गरेको स्मरण गर्दै यसपटक एक ठाउँमा पनि पुनःमतदान हुन नपरेको बताउँदै निर्वाचन आयोग र सुरक्षा निकायको प्रशंसा गरे ।

प्रकाशित मितिः शनिबार, २९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA35NBDGPN1V8A7C5C082X1Z.webp

म्यारिज ब्यूरो चलाएको आरोपमा चिनियाँ ४ जना पक्राउ

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा म्यारिज ब्यूरो चलाएको आरोपमा चिनियाँ चार जना पक्राउ परेका छन् । व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्यूरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको अध्यागमन विभागको उनीहरूलाई पक्राउ गरी अहिले हिरासतमा राखेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए । तिवारीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरी अहिले अनुसन्धानकै क्रममा रहेको पनि जानकारी दिए ।

उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा के हो भनेर अनुसन्धान जारी रहेको छ ।

उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा एक महिला र तीन पुरुष रहेको र त्यसमध्ये केही व्यक्ति भने लामो समयदेखि फरकफरक भिसामा आउजाउ गरेको पाइएको पनि विभागले बताएको छ ।

प्रकाशित मितिः शनिबार, २९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01KA0ZPDQ4JG0Z91PJH72Z69AS.avif

सन्तोष परियारले गरे रास्वपा परित्याग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रमुख सचेतक सन्तोष परियारले रास्वपा परित्याग गरेका छन् । उनले आफ्नो राजीनामा पत्र रास्वपाका कार्यवाहक सभापति डिपि अर्याल तथा महामन्त्री कविन्द्र बुर्लाकोटीलाई बुझाएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

परियार अब राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा रहेको पनि झाले बताए । प्रवक्ता मनिष झाले आगामी यात्राको लागि परियारलाई शुभकामना समेत दिएका छन् । 

उनले सामाजिक सञ्जालका लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय सदस्य तथा पूर्व सांसद साथै विघटित प्रतिनिधि सभाको रास्वपाका प्रमुख सचेतकको जिम्मेवारीमा रहनुभएका सन्तोष परियारज्यूले कार्यवाहक सभापति तथा महामन्त्रीलाई पत्र बुझाएर पार्टी छोड्नु भएको जानकारी गराउनु भएको छ । राजनीतिमा नयाँ अभियानको साथ अगाडी बढ्ने योजनामा हुनुहुन्छ भन्ने कुरा उहाँले जानकारी गराउनु भयो । आगामी यात्राको लागि उहाँलाई शुभकामना ।’

राजिनामासँगै परियारले ‘स्वतन्त्र र जनमुखी नयाँ अभियान’ सुरु गर्ने घोषणा पनि गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, २८ कात्तिक २०८२