शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K9RP22BBSCKWT4P0B68FZ1AH.jpg

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती आज मनाइँदै

काठमाडौं । आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१ औं जन्मजयन्ती मनाइँदै छ ।  विसं १९४२ कात्तिक २५ गते इलामको सामान्य परिवारमा जन्मिएका फाल्गुनन्दको आज जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । 

किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दले समाज सुधारका लागि सत्य धर्म मुचुल्का जारी गरेका थिए । 

समाज सुधारका लागि निमार्ण गरिएको सत्य धर्म मुचुल्का १९८८ साल वैशाख २४ गते जारी गरिएको थियो । किरात समाज सुधारका महत्वपूर्ण योगदान गरेका फाल्गुनन्दको विसं २००५ मा निधन भएको हो ।  

नेपाल सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुननन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको सम्मान स्वरुप पाँचथर जिल्लामा एक गाउँपालिको नाम फाल्गुननन्द गाउँपालिका राखिएको छ । यसका साथै, झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ ।

त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुननन्द राजमार्ग नामकरण गरेको छ ।

उनको योगदानको कदर गर्दै किराँती समुदायको बसोबास रहेको पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, तेह्रथुम, पाँचथर, इलाम, झापालगायत किरात समुदायको बसोबास भएका जिल्लामा फाल्गुनन्द जयन्ती मनाउने गरिन्छ ।

प्रकाशित मितिः मङ्गलबार, २५ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9RAY7HZGYMG11N5GWBMW56M.jpg

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त

जनकपुर । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको हो । 

भण्डारीले सोमबार विहान मधेश प्रदेशको मुख्यमन्त्री पदमा एमालेका सरोज कुमार यादवलाई महोत्तरीको एक होटलमा सपथ ग्रहण गराएकी थिईन । उनको दिनभर मधेश प्रदेशभर आलोचना भईरहेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, २५ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9PYXF2MV8YG0GN9MWEVBK62.jpeg

कोशी मन्त्रिपरिषद् : यस्ता छन् पछिल्ला निर्णय

विराटनगर । कोशी प्रदेश सरकारको आज(सोमबार) बसेको मन्त्रिपरिषद्को बैठकले संघीय सरकारबाट सरुवा भई आएका तीनजना सहसचिवलाई प्रदेश सचिवको रूपमा पदस्थापन गर्ने निर्णय गरेको छ ।

बैठकले कोषहरि निरौलालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, उद्धव रिजाललाई सामाजिक विकास मन्त्रालयको सचिव र पुष्कर प्रसाद पोखरेललाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको सचिवको रूपमा पदस्थापन गरेको सरकारका प्रवक्ता रेवति रमण भण्डारीले जानकारी दिए । 

त्यसैगरी, मन्त्रिपरिषद्को बैठकले हालै जेनजी आन्दोलनका क्रममा आगलागीबाट ध्वस्त भएको प्रदेश सभालाई सञ्चालन गर्न आवश्यक बजेट विनियोजन गर्ने निर्णय पनि गरेको छ ।

प्रदेश सरकारका अनुसार कटहरी गाउँपालिकामा रहेको कृषि बजार परिसरमा अस्थायी रूपमा प्रदेश सभा सञ्चालन गर्ने तयारी भइरहेको छ । नयाँ स्थानमा आवश्यक संरचना निर्माण र व्यवस्थापनका काम तीव्र गतिमा अघि बढाइने जनाइएको छ ।

प्रकाशित मितिः सोमबार, २४ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9PTK8B1KN8TS8CNZ5PKTGDR.jpg

चीनले गर्यो नयाँ लो अर्थ आर्बिट स्याटलाइट प्रक्षेपण

काठमाडौं । चीनले ह्यानान प्रान्तको व्यावसायिक अन्तरिक्ष प्रक्षेपण स्थलबाट सोमबार नयाँ लो अर्थ आर्बिट स्याटलाइट समूह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।

यो स्याटलाइट समूह, जुन इन्टरनेट कन्स्टेलेसनको १३ औँ समूह हो । यो स्याटेलाइट बेइजिङको स्थानिय समय अनुसार बिहान १०ः४१ बजे लङ मार्च–१२ कैरियर रकेटमा सवार भएर आकाशमा प्रक्षेपित भएको हो । प्रक्षेपणअघि रकेटको ट्रान्सफर तथा प्रक्षेपणको हवाई दृश्य पनि कैद गरिएको थियो ।

ह्यानान प्रान्तका प्रशासकहरुले पुष्टि गरे अनुसार, सबै स्याटलाइटहरू आफ्नो निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेका छन् । यो प्रक्षेपणले चीनको अन्तरिक्ष प्रविधि र व्यावसायिक स्याटलाइट नेटवर्क विस्तारमा थप प्रगति दर्शाउँछ । सीसीटीभी

प्रकाशित मितिः सोमबार, २४ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9PDBFBFHGNNBM0HJ8QR9D51.jpeg

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

रौतहट । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु भएको हो।

हात्तीको आक्रमणबाट ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार  ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब सय मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको हो। हात्तीले आक्रमणबाट चौधरीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए । 

हात्तीले अन्य  केहि सवारी साधनमा पनि क्षति गर्नुका साथै राजमार्ग नै अवरुद्व परेको प्रत्यक्षदर्शीले बताएका छन । हात्ती अचानक सडकमा आएर सवारीसाधनहरूमा आक्रमण गरेको उनीहरुको भनाइ छ । हात्तीलाई जंगलतर्फ धपाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, २४ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9NTT7CX6NHCBM6V54WCG7N6.JPG

मलेसियाली तटमा आप्रवासी चढेको डुङ्गा दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । म्यानमारबाट भागेका रोहिंग्या आप्रवासी बोकेको डुंगा थाइल्यान्ड–मलेसिया समुद्री सिमानानजिकै डुब्दा कम्तीमा सातजनाको मृत्यु भएको छ । ३०० जना बेपत्ता भएको मलेसियाको समुद्री सुरक्षा विभागले जनाएको छ ।

मलेसियाको समुद्री सुरक्षा विभागका अनुसार, उद्धार टोलीहरूले आइतबार पाँच महिला र एक बालिकासहित सातवटा शव फेला पारेका छन् । टोलीले अहिलेसम्म १३ जनालाई जीवितै उद्धार गरेको छ ।

म्यान्मारको बुथिडाउङबाट आप्रवासीहरूलाई लिएर हिँडेको डुंगामा करिब ३०० मानिस सवार थिए । दुर्घटना तीन दिनअघि भए पनि पीडितहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।

मलेसिया जाँदै गरेका यी मानिसहरूलाई सुरुमा एउटा ठूलो जहाजमा चढाइएको र सीमानजिक पुगेपछि उनीहरूलाई साना–साना डुंगाहरूमा राखिएको पाइएको छ । प्रत्येक डुंगामा करिब १०० जना थिए । सुरक्षा र निगरानी अधिकारीहरूको आँखा छल्न यस्तो गरिएको बताइएको छ ।

प्रकाशित मितिः सोमबार, २४ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9NQAJPCBYXHWBRAKWP7B149.jpeg

मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज कुमार यादव नियुक्त

जनकपुर । मधेश प्रदेशको मुख्यमन्त्रीमा एमालेका सरोज कुमार यादव नियुक्त भएका छन् ।

मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८(३) बमोजिम संसद्‍को ठूलो दलको हैसियतले यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी हुन् । यादवलाई आज विहान मुख्यमन्त्री पदमा नियुक्त गरिएको हो ।

हिजो रातभरि मधेश प्रदेशस्थित मधेश भवनमा पछिल्लो समय लोसपाको नेतृत्वमा ५ दलिय गठबन्धन बनेकोमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाउँदै मुख्यमन्त्री पदमा दाबी पेस गर्न कसरत गरिरहेका थिए । 

बिहान प्रदेश प्रमुख भण्डारीले आफूलाई सन्चो नभएको भनेर काठमाडौं जान लागेको सूचना दिएका थिए ।

प्रदेश प्रमुख भण्डारीले काठमाडांै जाने क्रममा बाटोमै एक होटलमा यादवलाई मुख्यमन्त्रीको सपथ खुवाएको जनाइएको छ । अहिले प्रदेश प्रमुख र एमालेको व्यापक विरोध सामाजिक सञ्जालमा भइरहेको छ ।

प्रकाशित मितिः सोमबार, २४ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9KWNR1QXA5T8J4N8PKYYR4Z.jpeg

यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँचजना अझै बेपत्ता

रामेछाप । दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमालआरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएकाआरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्येदुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्थाअझै अज्ञात रहेको छ ।

खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसारअब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकालेहाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुईनेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अबउनीहरु जिवित रहने सम्भावना छैन ।

खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडीक्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ। हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीलेजनाएको छ ।

गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गतरोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रिहिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूहपुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाटचुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दाआकस्मिक हिमपहिरोमा परेका थिए ।

सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएकोखोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेकोथियो ।  खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भएपनि पाँच जनाको अवस्था अझै अज्ञात छ ।

नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिमडेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहितनौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो ।

दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोकाअनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्यस्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भवनदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी  दिए ।

खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीसमेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमकाकारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो। सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमाबाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन ।

गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागिपछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अतिजोखिमपूर्ण मानिन्छ ।

प्रकाशित मितिः आइतबार, २३ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9KBHZS6E08V7DQ6QX8YA317.avif

इलाम राजदूवालीमा ‘अद्भूत घट्ना’ : ‘शिला’ हेर्नकै लागि मानिसहरु ओइरिए

इलाम । इलाम नगरपालिका–९ राजदूवाली पुलछेउ माइखोला किनारमा शिला उत्पन्न भएको भन्दै अवलोकन गर्नेहरूको भीड लागेको छ ।

स्थानीय एक कन्याको सपनामा देवी पाथीभरा माताले स्वयं प्रकट भई ‘शिला’ रहेको स्थान देखिएको उल्लेख गरेपछि उक्त स्थान चर्चामा आएको हो । उक्त घट्नालाई स्थानीयले ‘अद्‍भुत धार्मिक घट्ना’ मानेका छन् । 

सपनालाई आधार मानेर स्थानीय बासिन्दाहरूको उपस्थितिमा सो स्थानमा उत्खनन गर्दा लाम्चो आकारको शिला(ढुंगा) फेला परेको हो। उक्त घट्नापछि इलाम क्षेत्रमा धार्मिक उत्साह र कौतूहलता दुवै बढाएको छ। अहिले त्यहाँ दर्शनका लागि भक्तजनहरूको भीड बाक्लिँदै गएको छ।

इलाम नगरपालिका–४ की २३ वर्षीय प्रमिला कार्कीले सपनामा सो स्थानमा पाँचवटा शिला देखेको भनेपछि स्थानीयले उत्खनन गर्दा शिला भेटेका थिए । त्यसपछि सो क्षेत्रमा भिडभाड बढेको र नयाँ-नयाँ माता एवम् धामीझाँक्रीहरु आएर पूजा गरिरहेका छन् । शिला हेर्नका लागि मानिसहरू गाडी रिर्जब समेत गरेर राजदूवाली पुगिरहेका छन् । 

स्थानीयले उक्त शिलालाई पाथीभरा माताको अद्‍भुत लीला र आस्थाको प्रतीकका रूपमा लिएका छन्। गत १८ असोज राति आएको बाढी र पहिरोका कारण राजदुवाली सडकखण्ड क्षतविक्षत भएको र सोही स्थानमा शिला भेटिएको हो । 

तर, शिलालाई कन्याको घरमा मन्दिर निर्माण गरी स्थापना गर्ने कि माईखोला किनारमै राख्ने भन्ने विषयमा विवाद उत्पन्न भएको छ। सो विवादकै कारण हाल शिलालाई त्यही स्थानमै सुरक्षित राखिएको स्थानीयहरूले बताएका छन्।

प्रकाशित मितिः आइतबार, २३ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K9HQB1EGNYQG65TS50MDBNVX.jpeg

मुख्मन्त्री जितेन्द्र सोनलले दिए प्रदेश सभा बैठकमै राजीनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन् ।

आज बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिन लाग्दा सांसदहरुबीच उत्पन्न विवादकाबीच मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएको घोषणा गरेका हुन् ।

त्यसपछि सभामुख रामचण्द्र मण्डलले मेधश प्रदेश सभाको बैठक अर्को सूचना नहुनजेल सम्मका लागि प्रदेश सभा बैठक स्थगित भएको घोषणा गरेका छन् ।

प्रकाशित मितिः शनिबार, २२ कात्तिक २०८२