शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः आइतबार, ३० कात्तिक २०८२

वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

https://www.jawaaf.com/storage/01KA6H9GNS0DAQ0QR5XGX9A3E2.jpeg

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं.९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवलाई गोली हान्ने सोही स्थानका ३५ वर्षिय शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तीमार्फत जानकारी दिएको छ । 

पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवलदार हुन । धनुषा प्रहरीले सोही घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ३० वर्षिय धर्मनाथ यादव, २८ वर्षिय पप्पु यादव र २८ वर्षिय मनोज कुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु संस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो ।

सोही विवादका क्रममा शम्भु यादले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ । घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोकासमेत बरामद भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png