शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KCBAMV9Q8NDBKKQYDP58DW8R.jpg

दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै

काठमाडौं । जेनजी आन्दोलनका घाइते, शहीद परिवार र युवा पुस्ता मिलेर निर्माण भएको ‘राष्ट्रिय परिवर्तन पार्टी’को आज (शनिबार) औपचारिक घोषण सभा गरिँदैछ ।

घोषणा सभा दमकको आदिवासी रङ्गशालामा हुन लागेको राष्ट्रिय परिवर्तन पार्टीका अध्यक्ष राजेश पोर्तेलले जानकारी दिए । जेनजी युनाईटेड समूहका जेनजीहरु ‘राष्ट्रिय परिवर्तन पार्टी’मा समाहित भएको र पार्टीको औपचारिक घोषणा सभा गर्न लागिएको हो ।

घोषणा सभामा विभिन्न दलका नेताहरुलाई पनि आमन्त्रण गरिएको छ । जहाँ हजारौँको संख्यामा जेनजी र स्थानीयहरु उपस्थित हुने राष्ट्रिय परिवर्तन पार्टीको दाबी रहेको छ ।

प्रकाशित मितिः शनिबार, २७ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KCB8W80FA1S58C2RW4RWWWPM.jpg

एमालेको महाधिवेशनमा घन्कियो सुदूरपश्चिमको देउडा

काठमाडौं । भक्तपुरको सल्लाघारीमा सुरु भएको नेकपा एमालेको एघारौँ महाधिवेशनमा सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचान देउडा गीत नृत्यले विशेष रौनक थपेको छ । देशभरबाट सहभागी नेता तथा कार्यकर्ता देउडाको तालमा झुम्मिँदा महाधिवेशन स्थल उत्सवमय बनेको छ ।

महाधिवेशनको व्यस्त राजनीतिक कार्यक्रमबीच सुदूरपश्चिमबाट आएका प्रतिनिधिहरूले देउडा प्रस्तुत गरेपछि अन्य प्रदेशका नेताकार्यकर्ताहरू पनि सहभागी हुँदै सांस्कृतिक मेलमिलापको दृश्य देखिएको हो । देउडाको भाकाले थकान हटाएको र आपसी आत्मीयता बढाएको सहभागीहरूको भनाइ छ ।

सल्लाघारी परिसरमा गुञ्जिएको देउडाले महाधिवेशनलाई केवल राजनीतिक छलफलको थलो मात्र नभई नेपालको बहुसांस्कृतिक पहिचान प्रस्तुत गर्ने साझा मञ्चका रूपमा स्थापित गरेको देखिन्छ । विभिन्न भेषभूषा र मौलिक लयले सुदूरपश्चिमको संस्कृति भक्तपुरमा प्रत्यक्ष अनुभूति गराएको छ ।

महाधिवेशनमा सांस्कृतिक प्रस्तुतिलाई प्राथमिकता दिइनु पार्टीभित्रको विविधता, एकता र राष्ट्रिय पहिचानलाई सम्मान गर्ने अभ्यासको रूपमा लिइएको छ । देउडामार्फत देखिएको यो सांस्कृतिक एकताले महाधिवेशनको समग्र वातावरणलाई थप सकारात्मक र जीवित बनाएको छ । यहाँ लखौँ पूर्व तथा पश्चिमका जनता एक मुठि भएको दृश्य पनि देख्न सकिन्छ ।

प्रकाशित मितिः शनिबार, २७ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC9AZY1BAS6JJ90P8GVPC1XE.jpg

नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाए : मन्त्री इङनाम

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङनामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रवार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमीशन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए ।

उनले भने, ‘नेपाल पहिलादेखि नै कृषिकर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरू छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलियाहरूलाई धेरै प्राथमिकता दियौँ, नेताहरू पनि आफै लागे बिचौलियाहरूलाई टाउकोमा राख्न, गोजीमा राखेर हिडे । कमीशन खानको लागि नेताहरूले बाटो बिराए । यसले गर्दा नागरिकहरूले दुःख पाएका हुन् ।’

यस्तै, उनले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप नलगाएको भन्दै नेताको काम नेतृत्व दिने, जनताको हितको लागि काम गर्ने भएपनि त्यस्तो केही पनि नभएको बताए । उनले भने, ‘अर्को कुरा देशमा रोजगारीको राम्रो अवसर नभएको हुनाले युवाहरू विदेश गएको र त्यसकारणले पनि जमिनहरू बाझो हुदैँ गएको छ । यसमा सबै दोष नेताको छ । मैले कुनै नेतामाथि व्यक्तिगत रूपमा आरोप लगाएको होइन् । नेताको काम नेतृत्व दिने हो जनताको हित कसरी हुन्छ भनेर सोच्ने हो । तर यस्तो कामहरू केही पनि गरेको देखिएन् ।’

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC95MF28R26BFKMPFMXX8CHA.jpg

एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । पोलिटब्युरो सदस्य एवं मञ्च व्यवस्थापनका संयोजक विनोद श्रेष्ठले ११ औं महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्नको लागि सबै कार्यहरू लगभग सकिएको जानकारी दिए ।

महाधिवेशनको पूर्वसन्ध्यामा शुक्रवार अपराह्न पत्रकार सम्मेलनको आयोजना गर्दै उनले महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने र मञ्च पनि सन्देशमूलक बनाउने हिसाबले तयार गरेको बताए । उनले भने, ‘महाधिवेशन भव्य तरिकाले सम्पन्न गर्ने हिसाबले हामीले काम गरेका छौ । मञ्च कस्तो बनाउने भन्ने कुरामा मञ्चले आफैँ पनि केही सन्देश दिनुपर्छ भन्ने हिसाबले बनाएका छौँ ।’

यस्तै, उनले भक्तपुर पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहर भएको हिसाबले यसलाई प्रवर्धन गर्न पनि भक्तपुरमा महाधिवेशन गरेको र मञ्चमा पनि चाँगुनारायण मन्दिरको प्रतिमा राखेको बताए ।

उनले भने, ‘भक्तपुर जहाँ पुरातात्त्विक सहर, मन्दिरहरूको सहर विश्व सम्पदा सूचीमा अंकित रहेको सहरलाई पनि प्रमोशन गर्न खोजीरहेका छौ । यस कार्यक्रममार्फत युगौँ सम्म छाप रहोस भनेर मञ्चमा चाँगुनारायण मन्दिरको प्रतिमा पनि राखेका छौ । महाधिवेशनबाट थाहा नभएको मान्छेले पनि यो मन्दिरको बारेमा थाहा पाउन सक्छन् ।’

यसका साथै, उनले काठमाडौँका मन्दिरहरू–पशुपतिनाथ, स्वयम्भूनाथ, ललितपुरको कृष्ण मन्दिर र भक्तपुरको न्यातापोल मन्दिरदेखि सबै मन्दिरको प्रतिमा पनि मञ्चमा राखेको बताए । नेकपा एमाले सिद्धान्त मात्र नभइ सांस्कृतिक विषयमा पनि काम गर्छ भन्ने सन्देश दिन चाहेको उनले बताए । जनपरिचालन समितिका सचिव डा.राजन भट्टराईले महाधिवेशन स्थलमा उल्लेख्य मात्रामा स्वयंसेवक परिचालन गरिने जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC938JSA7QH8AESDBWT6128D.jpg

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपतिको कार्यालय शीतल निवासमा चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कुमार इङनाम, माधव चौलागाई, राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठले मन्त्री पदको शपथ लिएका हुन् । इङनामलाई भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण ,चौलागाईलाई वन तथा वातावरण,भण्डारीलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई महिला तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

भण्डारी नेपाल प्रहरीका पूर्वएआईजी हुन् । इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन् । वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन् ।

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC8KR2AFNGVS744RPP5TFQ79.jpg

मुस्ताङमा हिउँ चितुवाको आक्रमणले १९ वटा भेडा–च्याङ्ग्रा मारिए

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फास्थित सन्तोष परियारको गोठमा हिउँ चितुवा पसेर एकै रातमा ठूलो क्षति पुर्याएको छ।

परियारका अनुसार गोठमा रहेका ४५ वटा भेडा–च्याङ्ग्रा मध्ये १६ वटा भेडा र ३ वटा च्याङ्ग्रा हिउँ चितुवाको आक्रमणमा परेर मारिएका छन्।
गोठभित्रै भएको यो आक्रमणसँगै करिब रु ५,७०,००० बराबरको आर्थिक क्षति भएको उनले बताए ।

करिब बिहान ४ बजे गोठ वरपर कुनै गतिविधि नदेखिएकाले हिउँ चितुवा सहजै भित्र पस्न सफल भएको मार्फाका स्थानिय सुरेन्द्र हिराचनले बताए ।
स्थानीयहरूका अनुसार पछिल्ला वर्षहरूमा पहाडी–हिमाली क्षेत्रमा हिउँ चितुवाद्वारा घरेलु पशुमा आक्रमण बढ्दो छ ।

यस्ता घटनाबाट बच्न गोठ सुरक्षाको सुदृढ व्यवस्था, फक्स लाईट जडान र कृषक तथा गोठालाको निगरानी आवश्यक रहेको नागरिक वैज्ञानिक मिलन विकले सुझाव दिए ।

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC88FQZSTFQVK2EBJN096BZS.jpg

हेटौंडामा इन्टरनेट केवल जथाभावी विच्छ्याउँदा दुर्घटनाको जोखिम

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लापरवाहीपूर्ण गतिविधिले सडक सुरक्षा गम्भीर जोखिममा परेको छ । फाइबर अप्टिकल केबल मनपरी रूपमा सडकमै बिछ्याइएका कारण सवारीसाधनहरुले यात्रा गर्ने क्रममा केबल तानेर अगाडि बढ्दा दुर्घटना हुने खतरा बढेको स्थानीयको भनाइ छ ।

स्थानीय राजकुमार सापकोटाका अनुसार सडकको छेउछाउ वा खम्बामा व्यवस्थित रूपमा झुण्ड्याउनुपर्ने इन्टरनेटको फाइबर केबल धेरै ठाउँमा ग्राउन्डमै फालिएको देखिन्छ । यो अवस्था लामो समयदेखि निरन्तर रहे पनि सम्बन्धित कम्पनीले बेवास्ता गर्दै आएको उनीहरूको आरोप छ ।

सवारी चालकले विशेषतः बिहान–साँझ कम दृश्यता हुने समयमा सडकको बीचमा देखिने यस्तो ढिलो केबल नदेख्ने र मोटरसाइकल, स्कुटर तथा साना सवारी साधनहरूमा अड्किएर तानिने गरेका घटनाहरू बढेका छन्।

‘हरेक दिन दुर्घटना हुने डर छ। एकोहोरो रूपमा सडकमा लत्रिएको केबल देखिन्छ, जिम्मेवार पक्ष मौन छ,’ स्थानीय दीपक खड्काले बताए ।
यता यातायात सुरक्षाका जानकारले यस्तो मनपरी केबल व्यवस्थापनले सवारी दुर्घटनाको दर बढाउने स्पष्ट चेतावनी दिएका छन् ।

उनका अनुसार सडकधारमा बिछ्याइएका फाइबर तारले मोटरसाइकलका चक्का, ब्रेक वा साइड स्ट्यान्डमा अड्किएर गम्भीर दुर्घटना गराउन सक्छ।
यस विषयमा हेटौंडा उपमहानगरपालिकाका आधिकारिक निकायले परिस्थितिको तत्काल अनुगमन गरी इन्टरनेट सेवा प्रदायक कम्पनीलाई केबल व्यवस्थित गर्न निर्देशन दिनुपर्ने माग स्थानीयले गरेका छन् । सडक सुरक्षा र सार्वजनिक प्रयोगकर्ताको सुरक्षासँग सम्बन्धित विषयमा यस्तो बेवास्ता भइरहेको भन्दै उनीहरूले कडा कारबाहीको माग पनि गरेका छन्।

प्रकाशित मितिः शुक्रबार, २६ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC6DQX9Y67SQKTFMH3NEZ9GV.jpg

सिन्धुलीमा जुनार प्रवद्र्वन मेला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य

सिन्धुली । सिन्धुलीमा जुनार प्रवद्र्वन मेला २०८२ प्रारम्भ भएको छ । ‘गोलन्जोरको सान जुनार हाम्रो पहिचान ,गोलन्जोरको जुनार समृद्विको आधार’ भन्ने नाराका साथ प्रवद्र्वन मेला आयोजना भएको हो ।
मौलिक फलको रुपमा परिचित गोलन्जोर गाउँपालिकामा अवस्थित जुनार बगैंचामा कृषि पर्यटन प्रवद्र्वन गर्ने तथा स्थानीय रुपमा उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको हो ।

मंसिर २३ गते देखि २५ गतेसम्म बगैचा स्थलमै पहिलो पटक जुनार प्रवद्र्वन मेला २०८२ भव्यताका साथ आयोजना हुन गइरहको हो । पूर्वाधार विकास कार्यालय सिन्धुलीका कार्यालय प्रमुख लक्ष्मी प्रसाद सापकोटाले सिन्धुलीको जुनारलाई प्रवद्र्धन गर्नको लागि मेलाको आयोजना भएको बताए ।

मेलामा उनले मेलाले समग्र देश र विश्वभर नै जुनारको प्रचार प्रसार गर्नको लागि र उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने पनि बताए । उनले भने, ‘देशभर जुनारको लागि सिन्धुली प्रसिद्ध छ । जुनार फल्ने मुख्य ठाँउ भनेको गोलन्जोर गाउँपालिका हो । यहाँको जुनारको स्वाद र मिठास छुट्टै हुन्छ र यसलाई सबैमाझ चिनाउनको लागि र प्रवद्र्धन गर्नको लागि मेला आयोजना भएको हो । यसले समग्र देश र विश्वभर नै जुनारको प्रचार प्रसार गर्नको लागि र उत्पादनलाई बजारसँग जोड्नको लागि महत्वपूर्ण भूमिका खेल्ने हामीले महशुस गरेका छौं ।’
यस्तै, उनले उत्पादनलाई बजारसँग जोड्नका लागि सडकहरुको राम्रो व्यवस्था नभएको भन्दै सडकहरुलाई पक्की बनाउँदै अगाडि जाने हो भने उत्पादन सहज रुपमा बजारसम्म पुग्न सक्ने बताए ।

साथै, जुनार उत्पादक सहकारी संघका अध्यक्ष निर्मल कुमार रम्तेलले जुनारको खेती प्रवद्र्धन, उत्पादनलाई व्यवसायिक प्रवद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि गोलन्जोर गाउँपालिका वडा नं ४ मा जुनार प्रवद्र्धन मेला गरेको बताए ।

उनले विभिन्न सरकारी निकाय, गैर सरकारी निकायहरु र विभिन्न दातृ निकायहरुको साझेदारीमा गोलन्जोर गाउँपालिकाले मेला आयोजना गरेको भन्दै मेलाले साच्चिकै देश विदेशमा रहेको सबैलाई यस क्षेत्रमा आकर्षक गरेको बताए ।

प्रकाशित मितिः बिहिबार, २५ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC3EC50VC3F9YDKZQ7QZFW4R.jpg

इमरान खानमाथि ‘मनोवैज्ञानिक यातना’ को आरोप, अदियाला जेल बाहिर परिवार र पीटीआई कार्यकर्ताको विरोध प्रदर्शन

काठमाडौं । पूर्व पाकिस्तानी प्रधानमन्त्री तथा पीटीआई संस्थापक इमरान खानको स्वास्थ्य र उनीमाथिको व्यवहारबारे परिवार र समर्थकहरूको चिन्ता बढ़्दै गएपछि सोमबार अदियाला जेल बाहिर प्रदर्शन गरिएको छ । इमरान खानकी बहिनी अलीमा खानले जेल प्रशासनले उनीमाथी अमानवीय व्यवहार गरेको आरोप लगाकी छन् ।

अदियाला जेल बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै अलीमाले भनिन,“हामी ८ महिनादेखि हरेक मंगलबार यहाँ आइरहेका छौं । तर हामीलाई इमरान खानलाई भेट्न दिइँदैन । उनीमाथि अत्याचार भइरहेको छ । उनलाई अवैध रूपमा एक्लै थुनिएको छ । यो यातनालाई तत्काल अन्त्य गर्नु पर्छ ।” उनका अनुसार परिवारका बारम्बारका निवेदन पनि अस्वीकार भइरहेका छन् ।

इमरान खानमाथिको व्यवहारबारे चिन्ता व्यक्त गर्दै ठूला संख्यामा पीटीआई कार्यकर्ता प्रदर्शनमा सहभागी भए । खान विभिन्न मुद्दाहरूमा सजायपछि अदियाला जेलमा बन्दी छन् । प्रदर्शनको क्रममा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

स्थिति झनै चर्किएको थियो जब पीटीआईका वरिष्ठ नेताहरू—महासचिव सलमान अकबर राजा र खैबर पख्तूनख्वाका प्रान्तीय प्रमुख जुनैद अखबर खान—पनि धर्नामा सहभागी भए । उनीहरूले अदालतले मंगलबार र बिहीबार भेट गर्न अनुमति दिए पनि जेल प्रशासनले लगातार भेट अवरुद्ध गरिरहेको आरोप लगाए ।

गत डिसेम्बर २ मा करिब एक महिनापछि इमरान खानको बहिनी उज्मा खानुमलाई २० मिनेटको भेट छुट दिएपछि परिवारको चिन्ता थप बढेको थियो । भेटपछि उज्माले इमरान खान शारीरिक रूपमा ठीक देखिए पनि “मनोवैज्ञानिक यातना” को सामना गरिरहेको बताएकी थिइन् । उनका अनुसार इमरान खानले यो “मानसिक यातना” को दोष पाकिस्तानी सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीरलाई दिएका थिए ।
पाकिस्तान सेनाले यी आरोप कडाइका साथ अस्वीकार गर्दै इमरान खानलाई “मानसिक रूपमा अस्थिर र आत्मकेन्द्रित” भएको आरोप लगाएको छ ।

यस घटनापछि सरकारले उज्मा खानुमसहित परिवारका अन्य सदस्यहरूलाई पनि भविष्यमा भेटघाटमा रोक लगाएको छ। कानून मन्त्री आजम नजीर तारारले भने, “जेल नियममा राजनीतिक छलफलको कुनै ठाउँ छैन, तर राजनीतिक कुराकानी भएको रिपोर्ट आएपछि उज्मा खानको भेटघाट बन्द गरिएको हो । अब त्यस्तो भेट हुने छैन ।” इमरान खानको जेलभित्रको अवस्थाबारे अनिश्चितता बढेसँगै पीटीआई समर्थक र सरकारबीचको तनाब झनै गहिरिँदै गएको छ ।

प्रकाशित मितिः बुधबार, २४ मंसिर २०८२
https://www.jawaaf.com/storage/01KC0VHCC9GYGFRM3T9JRTKPF9.jpg

मोरङको रतुवा-केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा-केशलिया ६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रा.लि. हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।

सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो ।

सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ । उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तारोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

ठेक्का सम्झौताको म्याद दुई पटक थप गरिएको थियो । पछिल्लो पटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो ।

पटक-पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताए ।

ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानत वापतको ४ करोड १९ लाख र पेश्की वापतको ९ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे । उनका अनुसार पेश्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ ।

योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने ? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेश भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो ।

निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्नेतर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लङ्गन गरिएको जनाइएको छ ।

ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असूल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ ।

हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्याकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ । निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापचाँच गरिनेछ ।

प्रकाशित मितिः मङ्गलबार, २३ मंसिर २०८२