एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?
काठमाडौं । नेकपा एमालेकोे निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन आयोगको अन्तिम मतपरिणाम अनुसार अधिकांश ओली प्यानलका उम्मेदवार नै विजयी भएका छन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
यस्तो छ एमालेको १९ सदस्यीय पदाधिकारी
उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट विजयी भएका छन् भने महासचिवमा शंकर पोखरेलले बाजी मारेका छन् । उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई विजयी भए । सचिवमा भने छविलाल विश्वकर्मा,भानुभक्त ढकाल,पद्मा अर्याल, खगराज अधिकारी,यामलाल कँडेल,राजन भट्टराई,शेरधन राई,हिक्मत कार्की,महेश बस्नेतले बाजी मारेका छन् ।
एमाले उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङको सर्वाधिक मत
काठमाडौं । नेकपा (एमाले)को उपाध्यक्ष पदमा पाँच जनाको टुंगो लागेको छ । बिहीबार पदाधिकारी तहको मतगणनाको नतिजा सार्वजनिक भइसक्दा पाँच जना पदाधिकारीको टुंगो लागेको हो । उपाध्यक्षमा पृथ्वीसुब्बा गुरूङले सबैभन्दा बढी मत १७३७ ल्याएका छन् ।
त्यस्तै, विष्णु पौडेलले १६७५, रामबहादुर थापा बादललले १५१६ मत, गोकर्ण विष्टले १३६८ र रघुजी पन्तले १ हजार २५८ मत पाए । गोकर्ण विष्ट ईश्वर पोखरेल पक्षका हुन् ।
ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा विष्ट र उपमहासचिवमा भट्टराई विजयी
काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई विजयी भएका छन् ।
निर्वाचन आयोगका अनुसार गोकर्णराज विष्टले उपाध्यक्षमा १३६८ मत पाएर विजयी भएका हुन भने उपमहासचिवमा योगेशले १३४८ मत पाएका हुन् । ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा भएको निर्वाचनमा २ हजार २६३ प्रतिनिधिसभा थिए, जसमा २ हजार २२७ प्रतिनिधिले मतदान गरेका थिए ।
एमालेको ११ औं महाधिवेशनः सचिव पदमा ओली प्यानलका सबै उम्मेदवार विजयी
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनबाट सचिव पदमा केपी शर्मा ओलीको प्यानलका उम्मेदवारले विजयी हासिल गरेका छन् । बुधबार आएको अन्तिम मतपरिणाम अनुसार सचिव पदमा सबै जना उम्मेदवारहरू ओलीकै प्यानलकाले जितेका हुन् । जित्ने मध्ये पहिलो नम्बरमा महेश बस्नेत छन् । उनले १५४४ मत प्राप्त गरेका छन् ।
पद्माकुमारी अर्याल र शेरधन राईले १५३० मत प्राप्त गरेका छन् । छविलाल विश्वकर्माले १५०६, हिक्मतकुमार कार्कीले १३३७ मत, खगराज अधिकारीले १३३१, यामलाल कँडेलले ११८५, राजन भट्टराईले ११८१ र भानुभक्तले ११०८ मत प्राप्त गरेका छन् ।
एमाले महाधिवेशन : मतगणना सुरु
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।
बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।
महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।
भृकुटीमण्डपमा २२ घण्टा लामो मतदान, ९८ प्रतिशत सहभागिता
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा भएको मतदान २२ घण्टा लगाएर सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार कुल २,२६३ मतदातामध्ये २,२२७ मत खसेको छ, जुन ९८.०४ प्रतिशत हो । ३६ जना मतदानमा अनुपस्थित रहेका छन् ।
बुधबार बिहान ९ बजे सुरु भएको मतदान बिहीबार बिहान ७ बजे सकिएको हो । अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने महासचिव पदमा शंकर पोखरेल र सुरेन्द्र प्रसाद पाण्डे चुनावी मैदानमा छन् ।
पाँच उपाध्यक्ष पदका लागि ११ जना, तीन उपमहासचिव पदका लागि ६ जना तथा नौ सचिव पदका लागि २० जना नेताहरू प्रतिस्पर्धामा उत्रिएका छन् । सचिव पदमा गोकुल बास्कोटा, महेश बस्नेत, पद्मा अर्याल, खगराज अधिकारी, अग्नि खरेललगायत उम्मेदवार छन् ।
मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन भएको महाधिवेशन मङ्सिर २८ गतेदेखि भृकुटीमण्डपमा बन्दसत्रका रूपमा चलेको थियो । पटक–पटक सरेको निर्वाचन कार्यतालिकापछि अन्ततः पुस २ गते मतदान सम्पन्न भएको हो ।
नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाको ऐतिहासिक ह्विलचियर बन्जी जम्प
काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् । र मानिसको कुनैपनी अवस्थाले उसको जिवनमा बाधा ल्याउने छैन भनेर देखाईन ।
स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् र अपाङ्गता भयका व्यक्तिलाई विभिन्न सामाजिक कार्य गरि उदाहरण समेत बनिरहेकी छन् ।
उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।
देवकोटाले भनिन्, ‘अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।’
देवकोटाको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धि हो भन्न पनि सकिन्छ ।
नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।
उनले आफ्नो जन्मदिनको अवसरमा यो साहसीक कार्य गरेकी हुन् । उनि भन्छिन, ‘मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता सन्तान जन्मायको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहदा म मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु । किनकी एउटा सक्षम र साहसी छोरी जन्माइदिनु भयो र अपाङ्गताले मेरो जिवनको कुनैपनी अध्यायलाई रोक्ने छैन । त्येसैले मेरो जन्मदिन अभिभावक र मेरो मेरालागी खास छ ।
सिन्धुली अपांग महिला संघकी अध्यक्ष समेत रहेकी देवकोटा राष्ट्रिय अपांग महासंघ नेपालको सदस्य पनि हुन्
एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु
काठमाडौं । आज नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहान आठ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । निर्धारित समयमै सुरु भएको मतदानमा विभिन्न पदका उम्मेदवार र प्रतिनिधिहरू एउटै लाइनमा बसेर मतदान गरिरहेका छन् ।
मतदान स्थलमा उत्साहपूर्ण वातावरण छ भने प्रतिनिधिहरू र उम्मेदवारहरू एक अर्कासँग चिनजान गर्दै भोट मागिरहेका छन्।मतदान लाइनमा महिला र पुरुष प्रतिनिधि एउटै स्थानमा बसेको विषयमा जिज्ञासा राख्दा दुई जना महिला प्रतिनिधिले कुनै समस्या नरहेको स्पष्ट पारे।
उनीहरूले महिला र पुरुषलाई फरक–फरक रूपमा हेर्नु आवश्यक नरहेको बताउँदै ‘हामी महिला–पुरुष भनेका एक रथका दुई पाङ्ग्रा हौँ,’ भन्दै आपसी सम्मान र सकारात्मक सोचका साथ लाइनमा बसेको प्रतिक्रिया दिए ।
उनीहरूले जुनसुकै ठाउँमा पनि महिला–पुरुष भनेर छुट्याउनुभन्दा समान सहभागिता र समान अवसरलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। पार्टीभित्र लैङ्गिक समानताको अभ्यास व्यवहारमै देखिनु सकारात्मक सन्देश भएको उनीहरूको भनाई छ।
यसैबीच प्रतिनिधिहरूले मतदान प्रक्रिया भोटिङ मेसिनमार्फत भइरहेको जानकारी दिएका छन्। प्राविधिक कारणले हिजो हुनुपर्ने मतदान आज सारिएको भए पनि अहिले प्रक्रिया सहज रूपमा अघि बढिरहेको जनाइएको छ। यदि कसैले भोट हाल्न नजानेको अवस्थामा सिकाउने र सहयोग गर्ने व्यवस्था गरिएको पनि प्रतिनिधिहरूले बताए।
प्रतिनिधिहरूले चुनावी प्रक्रियाबाट जुन नेतृत्व आए पनि स्वीकार्य हुने स्पष्ट पारे। लोकतान्त्रिक अभ्यासअनुसार निर्वाचित नेतृत्वलाई सबैले साथ, सहयोग र समर्थन गर्नुपर्नेमा उनीहरूको जोड थियो।
‘जो आए पनि नेकपा एमालेको समग्र अभिभावक भएर आउने नेतृत्व हो,’ एक प्रतिनिधिले भने, ‘त्यसैले व्यक्तिगत हार–जितभन्दा माथि उठेर पार्टीलाई बलियो बनाउने जिम्मेवारी हामी सबैको हो,’ यस भनाइले महाधिवेशनको लोकतान्त्रिक अभ्यास र एकताको सन्देशलाई थप बलियो भएको प्रतिनिधीको भनाई छ ।
कोशी पर्यटन वर्ष सफल बनाउन चलचित्रकर्मी प्रतिवद्ध, ‘लक्की’ प्रदेश भएको दाबी
काठमाडौं । कोशी पर्यटन वर्ष २०८२ सफल बनाउन कलाकार एवम चलचित्रकर्मीहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । मंगलबार कोशी प्रदेशको पर्यटन वर्षको सचिवालयले आयोजना गरेको अन्तरक्रियामा अधिकांश फिल्मकर्मी तथा कलाकारहरुले पर्यटन बर्ष सफल बनाउन सरकारले सुधारका धेरै काम गर्न बाँकी रहेको पनि औंल्याए ।
चलचित्र निर्देशक मिलन चाम्सले कोशी प्रदेश फिल्म सुटिङका लागि भाग्यमानी प्रदेश रहेको बताउँदै सरकारले धेरै कुरामा सुधार गर्न सुझाव दिए । उनले भने,‘पर्यटक पुग्ने पहिलो डेस्टिनेसन एयरपोर्टबाटै सुधार गरौं । मन्त्रीज्यूलाई पनि व्यक्तिगत समस्या लिएर जाने धेरैभए अब समाजको समस्या लिएर जानुपर्यो । प्रदेशमा सुटिङ गर्न पुग्ने चलचित्रकर्मीहरुका लागि विशेष सुविधा र सहुलीयत प्रदान गर्ने किसिमको प्याकेज तयार गर्नुपर्छ,’ उनले अगाडि भने,‘विगत एक बर्ष साँच्चै लक्की भएको छ । किनभने ‘उनको सुइटर, परान, अन्जिलालगायतका फिल्म कोशीमै सुटिङ भएको र सफल भएको छ ।’
कलाकार शिव श्रेष्ठले कोशी प्रदेशमा फिल्म सुटिङ गर्न जानुपूर्व चलचित्र विकास बोर्डले सहजीकरण गर्नुपर्ने र सहज रुपले काम गर्न पाउनुपर्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले फिल्मले पर्यटन स्थलको प्रवद्र्धनमा ठूलो भूमिका निर्वाह गर्ने भएकाले विश्वभरका सिनेकर्मीहरुलाई आकर्षित गर्नुपर्ने बताए ।
उनले भने,‘आज पर्यटकीय स्थलको ब्राडिङ गरियो भने आजै परिणाम नआउला तर कालान्तरमा यसले सफलता पाउँछ ।’ अध्यक्ष डिसीले सिनेमा हलका अगाडि गन्तब्य स्थलको प्रचार गर्ने हो भने विकास बोर्डले सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले कोशी पर्यटनका लागि अथाह संभावना भएको प्रदेश भएपनि प्रचार गर्न नसक्दा ओझेलमा परेको बताउँदै पर्यटन बर्षमार्फत प्रदेशको पर्यटनलाई माथि उठाउने बताए ।
बजेट १० करोड विनियोजन भएपनि कानुन बनाउँदा बनाउँदै धेरै समय व्यथित भएकाले अब द्रुत गतिले काम हुने बताए । ‘यतिबेला सबै तहका व्यक्तिहरुको अपनत्व अपनाइदिनुपर्यो । काठमाडौंलाई कोशी पनि छ भन्ने चिनाइदिनुहोला । हामी प्रचारका लागि सबसिटीका लागि बजेट छुट्याउन तयार छौं,’ उनले भने ।
कोशी पर्यटन वर्ष निर्देशक समितिका सह–संयोजक कृष्णकुमार साहले कोशी सरकारले गौरवको वर्षका रुपमा पर्यटन वर्ष मनाउने घोषणा गरेकाले सबैको सहयोग आवश्यक रहेको बताए ।
कार्यक्रममा अधिकांश चलचित्रकर्मीहरुले पर्यटन क्षेत्रमा प्रशस्त कमजोरीहरु रहेकाले सुधार गरेर अघि बढ्न सुझाव दिए ।
बर्ष ०८२ लाई प्रदेश सरकारले कोशी पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेपछि कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र कोशी प्रदेशको पर्यटन वर्ष २०८२ को सचिवालयले प्रचार प्रसारको कामलाई तिब्रता दिंदै कलाकारहरुसँग अन्तरक्रिया गरेको हो ।
सोमबार मात्र नेपाल पर्यटन बोर्ड र कोशी पर्यटन वर्ष २०८२ को सचिवालयबीच सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर समेत भएको थियो । प्रदेश सरकाले ‘८२ का लागि ८२ गन्तव्य’ सूचि सार्वजनिक गरी ती पर्यटकीय केन्द्रहरुको योजनावद्ध विकासका लागि काम समेत अघि बढाएको छ ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्को मंसिर २५ र २९ गते बसेको बैठका निर्णयहरु सार्वजनिक भएको छ । मंगलबार दुई दिन बसेको बैठकको निर्णयहरु सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका हुन् ।
२५ गतेको बैठकले नेपाल न्याय सेवाका सहसचिव पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवागरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने जस्ता निर्णय गरेका छन् ।
साथै, २९ गतेको बैठकले प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने जस्ता निर्णयहरु भएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २५ गतेका निर्णयहरु ः
१) नेपाल न्याय सेवाका सहसचिव श्री पुष्कर सापकोटालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापन गर्ने,
२) समाज कल्याण परिषद्को सदस्य–सचिव पदमा श्री सरोज कुमार शर्मा, महोत्तरीलाई मनोनयन गर्ने,
३) जेनजी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीविच मिति २०८२/८/२४ मा भएको सम्झौता अनुमोदन गर्ने र उक्त सम्झौता सम्बद्ध मन्त्रालयले उच्च प्राथमिकतासाथ कार्यान्वयन गर्ने,
४) जेनजी आन्दोलनका प्रतिनिधि र सम्माननीय प्रधानमन्त्रीबिच मिति २०८२/८/२४ मा भएको सम्झौताबमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२/६/५ को निर्णय अनुसार गठित जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने,
नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २९ गतेका निर्णयहरु :
१) प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्थालाई हटाउने,
२) Strengthening Public Financial Management and Devolved Service Delivery कार्यक्रमको लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १०० मिलियन अमेरिकी डलर (करिब रु. १४ अर्ब ३८ करोड बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने,
३) पवन कुमार शारदा र मुरारी लाल मुरारकाको संयुक्त नाममा दर्ता कायम रहेको सिराहा जिल्ला लहान नगरपालिकाको १–१५–१० विघा जग्गा तथा सोमा बनेको भवनको मधेश प्रदेश सरकारको राम कुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालका नाममा हस्तान्तरण गर्दा लाग्ने लाभकर आर्थिक ऐन, २०८२ बमोजिम छुट दिने,
४) सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भा.रु. २०० तथा भा.रु. ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति भा.रु. २५,०००÷– को सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान स्वीकृति दिने,
५) आर्थिक वर्ष २०८२/८३ को बाँकी अवधिका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत सञ्चालित सिंचाई आधुनिकीकरण अभिवृद्वि आयोजनाको लागि अधिकृतस्तरका आठ पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने,
६) २०८२ पुस १२ देखि १४ गतेसम्म नेपालको काठमाडौँमा सञ्चालन हुने नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको नवौं बैठकमा सहभागी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको संयोजकत्वको नेपाली प्रतिनिधिमण्डल गठन गर्ने,
७) सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गर्ने,
८) युवा तथा खेलकुद मन्त्रालय र सम्बद्ध निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने,
९) नेपाली सेनाका दुईजना महासेनानीको सहायक रथी पदमा र एकजना प्रमुख सेनानीको महासेनानी पदमा बढुवा गर्ने, छ जना उपरथीहरू र सातजना महासेनानीहरूको सरूवा गर्ने,
१०) राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्य पदमा प्रा. सुनीती श्रेष्ठ (हाडा) लाई नियुक्त गर्ने,
११) राजनीतिक दल तथा अन्य सरोकारवाला पक्षसँग संवाद, समन्वय र सहजीकरण गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री अनिलकुमार सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार श्री अजयभद्र खनाल सदस्य रहेको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने I