शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KD9VAYYBFH9FZEC28J7HHCBB.jpg

निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लङ्घन गर्नेको नाम सार्वजनिक गरिने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयमुक्त बनाउन निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह तथा सुझावका लागि सार्वजनिक गरेको छ ।

आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जारी गरिएको मस्यौदामा आचारसंहिता उल्लङ्घन गर्ने व्यक्ति वा संस्थाको नाम सार्वजनिक गर्ने, साथै विद्युतीय माध्यम र सूचना प्रविधिको प्रयोगमार्फत अनुगमन र कारबाही गर्न सकिने व्यवस्था गरिएको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचन प्रक्रिया स्वतन्त्र, पारदर्शी, मितव्ययी र निष्पक्ष बनाउन आचारसंहिताको मस्यौदा तयार पारिएको हो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ अनुसार आयोगले आफ्नो अधिकार प्रयोग गर्दै सरोकारवालाबाट सुझाव संकलन गर्न मस्यौदा सार्वजनिक गरेको जनाएको छ ।

मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।

आचारसंहितामा राजनीतिक दल तथा उम्मेदवारले अनिवार्य रूपमा निर्वाचन घोषणापत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ । यसले निर्वाचनमा नीतिगत प्रतिस्पर्धा र मतदातालाई सूचित निर्णय लिन सहयोग पुग्ने आयोगको विश्वास छ ।

प्रकाशित मितिः बिहिबार, १० पुस २०८२
https://www.jawaaf.com/storage/01KD83NRA0H6Z1RSN2AHB3HA2E.jpg

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच बुधबार भएको सहमतिअनुसार चुनावमा उम्मेदवार छनोट जनप्रभावकारिता र इमानदारीताको आधारमा अन्तिम टुंगो लगाइने उल्लेख छ ।

कुन कुन बुँदामा भयो सम्झौता ?

१. २०८२ फाल्गुन २१ मा हुने प्रतिनिधिसभा चुनावमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ’बलेको चिम’ चुनाव चिन्ह प्रयोग गरी दुवै पार्टी संयुक्त रूपमा सहभागी हुने र उमेदवारी दिने । सोको अन्तिम मनोनयन मनोनयनकर्ताको जनप्रभावकारिता, इमानदारीताको आधारमा टुंगो लगाउने ।
२. प्रचार–प्रसार, जनसम्पर्क, स्रोत–साधन तथा स्वयंसेवक परिचालन लगायत चुनावी घोषणापत्र संयुक्त रुपमै तयार गर्ने । घोषणापत्रमा सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम केन्द्रित विकास, संविधान संशोधन, राज्यको पुनर्संरचना, नागरिकको रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक न्याय, संघीयता, समावेशीता जस्ता विषयलाई केन्द्रमा राखेर अघि बढ्ने ।
३. कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठकले समाधान गर्ने तथा प्रगतिशिल वैकल्पिक शक्तिहरुको बीचमा समेत एकता ध्रुवीकरणको बाटो खुला राख्ने ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://www.jawaaf.com/storage/01KD7R5140P8SXQ2EN056744TH.jpg

सर्वोच्चमा प्रतिनिधिसभा निर्वाचन रोकथाम माग गर्दै पूरक रिट आज पेसी

काठमाडौं । निवर्तमान सांसदहरूले प्रतिनिधिसभा निर्वाचन रोक्न सर्वोच्च अदालतमा दायर गरेको पूरक रिट सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

नेपाली कांग्रेसका ६५ सांसद (पहिलेका ८ सहित) र अन्य तीन सांसदको हस्ताक्षरसहित दायर गरिएको रिटमा संविधानको रक्षा र निर्वाचनको वैधानिकता सम्बन्धमा विवाद उठाइएको छ । पूर्वमहान्यायाधिवक्त खम्मबहादुर खातीको वारेस मार्फत दायर रिटमा असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्री सुशीला कार्की र उनको नेतृत्वको सरकारले सञ्चालन गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचन रोक्न माग गरिएको छ।

यसअघि मंसिर २३ गते कांग्रेसका ८ सांसद र मंसिर १० गते एमालेका ७५ सांसदले संसद पुनस्र्थापनाका लागि रिट दायर गरिसकेका थिए। प्रारम्भिक सुनुवाइमा राष्ट्रपति र प्रधानमन्त्रीसहित लिखित जवाफ मागिएको थियो।

अब कग्रेस, एमाले र अन्य दलका १४३ निवर्तमान सांसद सर्वोच्चमा संसद पुनस्र्थापनाको माग गर्दै एकीकृत चेष्टा गरिरहेका छन्। राजनीतिक र संवैधानिक दृष्टिले यो कदम आगामी प्रतिनिधिसभा निर्वाचनमा ठूलो प्रभाव पार्ने अनुमान गरिएको छ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://www.jawaaf.com/storage/01KD7P8TYHEQWRDK9ZJWC6BXM9.jpg

जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन कार्यक्रमको तयारी पूरा

बराहक्षेत्र (सुनसरी) ।  जनता समाजवादी पार्टी (जसपा) सुनसरी जिल्ला समितिको पुनर्गठन कार्यक्रम आगामी पौष ११ गते शुक्रबार आयोजना हुने भएको छ । उक्त कार्यक्रम बराहक्षेत्र नगरपालिका–६ स्थित चक्रघट्टीको पारालिगल भवनमा सम्पन्न हुनेछ । पुनर्गठन आयोजक समितिका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। 

पुनर्गठन आयोजक समितिका प्रचार-प्रसार संयोजक धनराज राईका अनुसार, पूर्व पुनर्गठित जिल्ला समितिका कार्यवाहक अध्यक्ष तथा सचिवले करिब डेढ वर्षभन्दा बढी समयसम्म जिम्मेवारी अनुसार राजनीतिक तथा सङ्गठनात्मक  कार्य नगरेको कारण उक्त समिति निष्क्रिय बनेको थियो  । सोही अवस्थाका कारण  मणि कुमार राईको संयोजकत्वमा जनता समाजवादी पार्टी सुनसरी जिल्ला पुनर्गठन आयोजक समिति गठन गरिएको र सोही समितिको आयोजनामा जिल्ला पुनर्गठन कार्यक्रम हुन लागेको जानकारी उनले दिए  ।

पार्टीको विधानअनुसार प्रत्येक स्थानीय तहबाट एक महिला सहित तीन जना प्रतिनिधि रहने व्यवस्था रहेको उल्लेख गर्दै प्रचार–प्रसार संयोजक राईले सुनसरी जिल्लाको नयाँ जिल्ला कार्य समिति ५७ सदस्यीय हुने जानकारी दिए। विधानअनुसार नै जिल्ला समिति निर्माण गरिने उनको भनाइ छ  ।

उक्त पुनर्गठन कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य भीम राई प्रमुख अतिथि रहनेछन् भने केन्द्रीय सदस्य तेज नारायण चौधरी, बिना पुमा राई लगायतका नेताहरू विशेष अतिथिका रूपमा सहभागी हुने आयोजक समितिले जनाएको छ  ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://www.jawaaf.com/storage/01KD7DEETF8HDVH8RHCMFZS21J.jpeg

पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या, सासू र नन्द पक्राउ

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार आइतबार अपराह्न करिब ४ः३० बजेको समयमा स्थानीय दुर्गामान बम्जनको २.५ तले घरको बीच तल्लास्थित भान्सा कोठाभित्र पेट्रोल÷मट्टितेल छर्की आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको थियो ।

आगलागीमा परी दुर्गामान बम्जनको खुट्टा र ढाड जलेको अवस्थामा उपचारका लागि सिन्धुली अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनाबारे स्थानीयबाट सूचना प्राप्त हुनासाथ अधिकृतसहितको प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान गरेको थियो । सुरुमा भान्सामा आगो सल्कदा उनको मृत्यु भएको सूचना आएकोमा प्रहीले अनुसन्धान सुरु गरेपछि हत्या गरिएको पुष्टि भएको छ ।

अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएको दुईवटा बोतल, जलेको अवस्थामा पेट्रोल रहेको बोतल, लाईटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको (पुल्ठो) फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनास्थल शङ्कास्पद देखिएपछि प्रहरीले मृतककी सासू माया रानी बम्जन र नन्द मीना लामा (बम्जन) लाई नियन्त्रणमा लिएको थियो । प्रारम्भिक सोधपुछका क्रममा मीना लामाले मृतक सुशीला बम्जनमाथि पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

यसैबीच, पुस ७ गते मृतकका बुबा हरिहरपुरगढी गाउँपालिका–४ निवासी प्रेमबहादुर घिसिङले सासू माया रानी बम्जन र नन्द मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान) मुद्दामा सोही दिन मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै प्रतिवादीलाई जिल्ला अदालत सिन्धुलीबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका–४ स्थायी वतन भई हाल कमलामाई नगरपालिका–४ बस्ने ५९ वर्षीया मायारानी बम्जन र उनकी छोरी ३५ वर्षीया मीना लामा (बम्जन) रहेका छन् ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://www.jawaaf.com/storage/01KD738AKDZHB9PDX55YQDMEP0.jpg

राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ । आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।

समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।

आयोगले राजनीतिक दललाई समानुपातिक प्रणालीअनुसार उम्मेदवार छनोट गर्न सहज होस् भनेर तालिमसमेत प्रदान गरेको छ । तालिममार्फत नयाँ जनगणनाका आधारमा तय गरिएको समावेशी प्रतिशत, समूहगत प्रतिनिधित्व र कानुनी मापदण्डबारे जानकारी गराइएको आयोगले जनाएको छ ।

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार समावेशी समूहमा आएको जनसङ्ख्यागत परिवर्तनलाई ध्यानमा राख्दै समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ ।

यसैबीच, राजनीतिक दलहरूले आगामी पुस १३ र १४ गतेसम्म समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका अनुसार आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । आयोगका अनुसार निर्धारित समयसीमाभित्र सबै प्रक्रिया पूरा गर्ने तयारीमा आयोग जुटेको छ ।

प्रकाशित मितिः बुधबार, ०९ पुस २०८२
https://www.jawaaf.com/storage/01KD5521CJ5V619MD8XMMDBVYV.jpg

बंगलादेशमा युवकको हत्या विरोधमा नयाँ दिल्लीमा प्रदर्शन

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित बंगलादेश उच्च आयोग अगाडि मंगलबार विश्व हिन्दु परिषदका प्रदर्शनकारीहरूले प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।
यो प्रदर्शन बंगलादेशमा हिन्दु युवक दिपु चन्द्र दासको एक भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो । स्थिति नियन्त्रणमा राख्न उच्च आयोग क्षेत्र वरिपरि ठूलो मात्रामा सुरक्षा व्यवस्था कडा गरिएको छ ।
प्रदर्शनकारीहरूले बंगलादेशी अधिकारीहरूबाट जवाफदेहिता र अल्पसंख्यकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । भारतीय हिन्दी बंगाली संगठन, र बजरंग दलका सदस्यहरू पनि प्रदर्शनमा सहभागी छन् । उनीहरूले “भारत माता की जय”, “युनुस सरकार होश में आओ” र “हिन्दु हत्या बन्द करो” जस्ता नारा लगाएका छन् । प्रदर्शनका क्रममा भीडले सुरक्षा बारिकेडमा धक्का दिँदा तनाव उत्पन्न भएको थियो ।
प्रदर्शनकारीहरुले बंगलादेशमा हिन्दुहरू असुरक्षित भएको दाबी गर्दै धार्मिक भावनात्मक अभिव्यक्ति दिएका थिए । यो प्रदर्शन डिसेम्बर १८ मा बंगलादेशको मयमनसिंहमा कथित धर्मनिन्दाको आरोपमा दिपु चन्द्र दासको भीडद्वारा हत्या गरिएको घटनाको विरोधमा गरिएको हो ।

भारतभर बंगलादेशमा अल्पसंख्यकविरुद्ध भइरहेको हिंसाको विरोधमा विभिन्न प्रदर्शनहरू भइरहेका छन् । यसैबीच, पश्चिम बंगाल कांग्रेस नेता आशुतोष चटर्जीले विदेश मन्त्रीले यो विषयमा पहल गर्नुपर्ने बताएका छन् । उनले भने, “मानवता आक्रमणमा परेको छ । हिन्दु र मुस्लिम दुवै मारिइरहेका छन र यसलाई धार्मिक रूपमा हेर्नु हँुदैन् ।”

प्रदर्शनपछि उत्पन्न सुरक्षा चिन्ताका कारण बंगलादेशले नयाँ दिल्ली र अगरतलास्थित आफ्ना दूतावास तथा वाणिज्य दूतावासमा कन्सुलर र भिसा सेवा स्थगित गरेको छ । बंगलादेशको विदेश मन्त्रालयले भारतस्थित आफ्ना कूटनीतिक नियोगहरूमा भएको तोडफोड र प्रदर्शनप्रति गम्भीर चासो व्यक्त गर्दै भारतीय उच्च आयुक्तलाई बोलाएर आपत्ति जनाएको छ ।

बंगलादेशले कूटनीतिक नियोगहरूमा भएको हिंसालाई निन्दा गर्दै भारत सरकारसँग गहिरो छानबिन, पुनरावृत्ति रोक्न उपाय र दूतावासहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । यसमा डिसेम्बर २२ मा सिलिगुडीस्थित बंगलादेश भिसा केन्द्रमा भएको तोडफोड र डिसेम्बर २० मा नयाँ दिल्लीस्थित उच्चायोग बाहिरको प्रदर्शन पनि समावेश छन् ।

भारतले भने सुरक्षा कमजोरीको आरोप अस्वीकार गर्दै नयाँ दिल्लीको प्रदर्शन छोटो समयमै नियन्त्रणमा आएको र कुनै सुरक्षा खतरा नपुगेको स्पष्ट पारेको छ । यो विवाद बंगलादेशमा हिन्दु युवकको हत्या घटनापछि उत्पन्न भएको हो, जसले त्यहाँ अल्पसंख्यकहरूको सुरक्षाबारे अन्तर्राष्ट्रिय चासो बढाएको छ ।

२७ वर्षीय दिपु चन्द्र दासलाई कथित धर्मनिन्दाको आरोपमा भीडले कुटपिट गरी हत्या गरेको र पछि उनको शव जलाइएको बताइएको छ । उक्त घटनाले व्यापक आक्रोश र निन्दा उत्पन्न गरेको छ । एएनआई

प्रकाशित मितिः मङ्गलबार, ०८ पुस २०८२
https://www.jawaaf.com/storage/01KD26GVVD7F76WJ8FMX61D24K.jpg

सिन्धुलीको धुराबजारमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह् भएको हो ।

धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ । घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । उनी प्यारालाइसिसका बिरामी हुन् ।

स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब तीन किलोमिटर टाढा पर्दछ। घटनास्थलमा प्रारम्भिक मुचुल्का, शव परीक्षणका प्रक्रिया तथा प्रमाण सङ्कलनको काम सम्पन्न भइसकेको छ भने घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको यथार्थ कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, ०७ पुस २०८२
https://www.jawaaf.com/storage/01KD1V43PMH6QA1VCS7CYNBRJR.jpg

यस्तो छ आयोगले तोकेको समानुपातिकतर्फ समावेशी समूहको प्रतिशत

काठमाडौं । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ ले गरेको व्यवस्था बमोजिम राजनीतिक दलले उम्मेदवारको बन्द सूची पेस गर्दा नयाँ व्यवस्थाअनुसार गर्नुपर्ने आयोगले जनाएको छ ।

दलित, आदिवासी, जनजाती, खस आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा सूची पेस गर्नुपर्नेछ । पछिल्लो कानुनी प्रबन्धअनुसार, दलित १३.४४ प्रतिशत, आदिवासी जनजाति २८.७२ प्रतिशत, खस आर्य ३०.२८ प्रतिशत, मधेसी १६.१५ प्रतिशत, थारु ६.५२ प्रतिशत र मुस्लिम ४.८९ प्रतिशत हुने गरी उम्मेदवारको नाम समावेश गर्नुपर्नेछ ।

बन्दसूचीमा प्रत्येक समावेशी समूहबाट कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्नेछ । कूल ५० प्रतिशत सिट संख्या निर्धारण गर्दा नाम समावेश गर्नुपर्ने महिलाको संख्या दशमलवमा आएमा सोभन्दा माथिको पूर्ण संख्यामा नाम समावेश गर्नुपर्नेछ ।

बन्दसूची आयोगमा पेस गर्दा सम्बन्धित दलको केन्द्रीय समितिले स्वीकृत गरी सो निर्णयको प्रमाणित प्रतिलिपि पेस गर्नुपर्ने जनाइएको । सूचीमा रहेका प्रत्येक उमेदवारको नेपाली नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि र मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेस गर्नुपर्नेछ ।

समानुपातिक निर्वाचन प्रणालीका लागि आवेदन दिएका दलले यही पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समय सीमा तोकिएको छ ।

प्रकाशित मितिः सोमबार, ०७ पुस २०८२
https://www.jawaaf.com/storage/01KD1T67G94P1W45KDEPA6JF6C.jpg

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूह आजबाट प्रदर्शनमा उत्रिँदै

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले आजबाट आजबाट विरोध प्रदर्शन गर्दैछ । ढुंगानाले सुशीला कार्की नेतृत्वको सरकारको १०० दिनको काम हेर्दा असफल भइसकेको दाबी गर्दै सोमबारदेखि नै आन्दोलन गर्ने जनाएको छ ।

सरकारसँग असन्तुष्ट जेनजी मिराज ढुङ्गाना समूहले बिहान ११ बजेदेखि माइतीघरमा प्रदर्शन गर्ने छ । आफैँले बनाएको सरकारले जेनजीका माग र मुद्दाहरू ‘अपहरण’ गरेको भन्दै विभिन्न जेनजी समूहहरूले प्रधानमन्त्रीको १०० दिन पुगेकै दिन आन्दोलनको घोषणा गरेका हुन् । वर्तमान सरकारले भदौ २३ र २४ गतेको आन्दोलनको मर्म नबोकेको उनको भनाइ छ ।

प्रकाशित मितिः सोमबार, ०७ पुस २०८२