आइतबार, २१ भदौ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01M0Q3ZZGN8XFVDY4NQ6Y5XNP2.jpg

हतियार उत्पादन दोब्बरले वृद्धि गरेको इरानको दाबी

तेहरान । इरानले पछिल्लो एकवर्षमा आफ्नो हतियार तथा रक्षा उपकरण उत्पादन दोब्बर बनाएको दाबी गरेको छ । इरानको रक्षा मन्त्रालयका प्रवक्ता रेजा तलाइ–निकले शुक्रबार सरकारी टेलिभिजन आईआरआईबीसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् ।

तलाइ–निकका अनुसार फेब्रुअरीको अन्त्यदेखि सुरु भएको युद्धपछि केही रणनीतिक सैन्य सामग्री र उपकरणको उत्पादन तीन गुणाभन्दा बढीले बढाइएको छ । उनले जुनमा इजरायलसँग भएको १२ दिने युद्धका क्रममा इरानको रक्षा उद्योगका केही सीमित संरचनामा आक्रमण भए पनि उत्पादन क्षमता उल्लेखनीय रूपमा विस्तार गरिएको दाबी गरे ।

उनले इरानको स्वतन्त्रतामाथि बाह्य शक्तिबाट हुने आक्रमणको जोखिम सामना गर्न सैन्य क्षमता अझ बलियो बनाउनु आवश्यक रहेको बताए । इरानी अधिकारीका अनुसार फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए ।

जसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्वस्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण गरेको थियो । अप्रिल ८ मा युद्धरत पक्षबीच युद्धविराम भएको र त्यसपछि जुन १८ मा इरान र अमेरिकाले क्षेत्रीय युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका थिए । उक्त समझदारीअनुसार ६० दिनभित्र अन्तिम सम्झौताका लागि वार्ता सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर अगस्ट १७ सम्म पनि पर्याप्त प्रगति हुन नसकेको र दुवै पक्षबीच तनाव कायम रहेको इरानी पक्षले जनाएको छ । सीसीटीभी

प्रकाशित मितिः आइतबार, ०७ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0PPHSH4V4ZKVGWRA9QSY5D3.jpg

मन्त्री श्रेष्ठले गरे धरान सबस्टेशनको स्थलगत अनुगमन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री माननीय विराज भक्त श्रेष्ठले शनिबार धरान सबस्टेशनको स्थलगत अनुगमन गरेका छन् ।

धरान सबस्टेशनबाट धरान उपमहानगरपालिका, बराह क्षेत्रसँगै उदयपुरसम्म विद्युत् सेवा प्रवाह हुँदै आएको छ ।

धरानको विद्युत् आपूर्तिलाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम अघि बढाइएको छ ।

अनुगमनका क्रममा मन्त्री श्रेष्ठले प्राप्त भइसकेका ट्रान्सफर्मर तत्काल जडान गरी बाँकी कामसमेत तीव्र गतिमा अघि बढाउन तथा धरानवासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

धरानको दीर्घकालीन विद्युत् समस्या समाधान गर्दै भरपर्दो विद्युत् सेवा सुनिश्चित हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः आइतबार, ०७ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0P39M6M8W9TD7WGMGHNGSH4.jpg

गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीन बुँदे प्रतिबद्धता

काठमाडौं । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ ।

गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृहमन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो ।

सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ ।

त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समेत समन्वय गरी पहल गर्ने सहमति भएको छ ।

पीडित बालिकाको अभिभावकले आफ्नो रीतिरिवाज तथा संस्कारअनुसार अन्त्येष्टि कार्य गर्ने विषयमा पनि सहमति भएको छ ।

सहमति पत्रमा नेपाल सरकारका तर्फबाट गृह मन्त्री सुधन गुरुङ, पूर्वाधार विकास मन्त्री सुनिल लम्साल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री साविता गौतम, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी तथा कृषि, वन तथा वातावरण मन्त्री गिला चौधरीले हस्ताक्षर गरेका छन् ।

पीडित परिवारका तर्फबाट गरिमा चौधरीका बुवा मनोजकुमार चौधरी र आमा मीनमती चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । सरकार र पीडित परिवारबिच भएको सहमतिले घटनामा न्यायिक प्रक्रिया अघि बढाउनुका साथै पीडित परिवारको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मितिः आइतबार, ०७ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0M1QETBQAA76FCQN70GYRW2.jpg

जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर

जनकपुर । जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाइएको छ ।

केन्द्र सरकारको टोलीले साउन १ गते अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेको थियो ।

शनिबारदेखि पहिलो चरणमा सातवटा पोखरीहरुको डिलमा बनाइएका अनाधिकृत संरचनाहरु तोड्न सुरु गरिएको हो । पहिलो चरणमा कच्ची, आंशिक र पक्की मिलाएर जम्मा ६५ वटा अनाधिकृत रुपमा निर्माण गरिएको संरचनाहरु तोड्न लागिएको प्रतिवेदन कार्यान्वय समतिको सदस्य सचिव जनक पोखरेलले जानकारी दिए ।

शनिबार गोरधोई पोखरी, बिसहरा पोखरी, रत्नसागर पोखरीलगायतका जम्मा सातवटा पोखरी वरिपरिका संरचनाहरु हटाइने पोखरेलले बताए ।

२०६२ सालको प्रतिवेदन अनुसार जम्मा ४९ वटा पोखरीको छेउछाउमा अतिक्रमण गरेर घर टहरा निर्माण गरिएको छ । 

आज पश्चात क्रमश ती अतिक्रमित संरचनाहरु हटाउने कार्य जारी रहने पोखरेलको भनाई छ ।

पोखरीका संरचनाहरु अतिक्रमणमुक्त भइसकेपछि दोस्रो चरणमा मन्दिर परिसरलगायतका अन्य स्थानहरुमा अतिक्रमण गरेर बनाइएका संरचनाहरु हटाइने उनले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, ०६ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0HWMB0FZ97X0GBECMCYP1R3.jpg

भूतनाथ मन्दिरमा चोरी गरी भाग्ने क्रममा भारतीय युवक पक्राउ

जनकपुर । जनकपुरधामको प्रशिद्ध भूतनाथ मन्दिरमा चोरी भएको छ । गएराति ३ बजे जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब ४ स्थित भूतनाथ मन्दिरमा चोरी गरी भाग्दै गरेको अवस्थामा एक जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मन्दिरमा रहेको चाँदीको नागदेवता, चाँदीको एउटा ठूलो मुकुट र चारवटा सानो मुकुट चोरी गरी कपडामा लुकाएर भाग्ने क्रममा धनुषा प्रहरीको टोलीले भारतको मोतिहारी जिल्ला विहार इनर्वा फुलवार थाना लखौरा वडा नं. ७ इस्लाम टोलका २६ वर्षीय मोतिउर रहमानलाई पक्राउ गर्न सफल भएको छ ।

पक्राउ परेको भारतीय नागरिक रहमानलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0HW8MFNRXXT595THCB7V5F9.jpg

गाजाको समुद्री बन्दरगाह क्षेत्रमा इजरायली हवाई आक्रमण : घट्ना एउटा नरसंहारजस्तै

एजेन्सी । इजरायली हवाई आक्रमणमा मंगलबार गाजा सहरको पश्चिमतर्फ समुद्री बन्दरगाह क्षेत्रमा रहेको एक क्याफेमा चार हमास सदस्यसहित आठ प्यालेस्टिनीको मृत्यु भएको छ।

आक्रमणमा थप १० जना घाइते भएका छन्, जसमध्ये अधिकांश गर्मीबाट केही राहत खोजिरहेका महिला र बालबालिका पनि छन्।

प्रत्यक्षदर्शी इब्राहिम घत्तासले घटनास्थलको भयावह दृश्यबारे बताउँदै भने, ‘हामी त्यहाँ सुरक्षित रूपमा बसिरहेका थियौँ। अचानक ठूलो शक्तिका साथ दुईवटा क्षेप्यास्त्र आएर उक्त क्षेत्रमा प्रहार भयो। हामी मानिसहरूको उद्धार गर्न दौडियौँ। त्यो एउटा नरसंहारजस्तै थियो। त्यहाँ शरीरका टुक्राहरू छरिएका थिए र मृतक तथा घाइतेमा महिला र बालबालिका पनि थिए। यहाँ धेरै विस्थापित मानिसहरूका साथै गर्मीबाट राहत लिन आएका मानिसहरू पनि थिए। स्तब्ध पार्ने घटना भयो ।’

उक्त स्थानमा विगत धेरै महिनादेखि समुद्री बन्दरगाह क्षेत्रमा बसोबास गर्दै आएका सयौँ विस्थापित प्यालेस्टिनी परिवारले आश्रय लिइरहेका छन्।

विस्थापितमध्येका एक अबु सामिर असलियाले आफ्नो अनुभव सुनाउँदै भने, ‘म र मेरी छोरी पालको प्रवेशद्वारमा बसिरहेका थियौँ। अचानक क्षेप्यास्त्र प्रहार भयो। सुरुमा हामीलाई आफ्नै पालमा प्रहार भएको हो कि भन्ने लाग्यो। बाहिर हेर्दा गर्मीबाट बच्न र केही समय बाहिर बिताउन आएका धेरै मानिसहरू थिए। उनीहरूका शरीर टुक्राटुक्रा भएका थिए।’

अर्की विस्थापित प्यालेस्टिनी अबिर हम्मामले पनि परिवारहरूले सुरक्षित स्थान खोजिरहेका बेला भएको यो घटनाको त्रासदीबारे बताइन्।

उनले भनिन्, ‘हामी विस्थापित भएर यही बन्दरगाह क्षेत्रमा बसिरहेका छौँ। यहाँ क्याफेमा बसिरहेका बालबालिका र महिलामाथि क्षेप्यास्त्र प्रहार भयो। कतिपयका शरीर टुक्राटुक्रा भएका थिए भने अन्य घाइते थिए। त्यहाँ जताततै वयस्क, बालबालिका र युवायुवती पीडित अवस्थामा थिए।’

हमासले उक्त हवाई आक्रमणको निन्दा गर्दै जारी युद्धविराम प्रयासलाई विफल पार्ने वा हमासको निशस्त्रीकरणसँग सम्बन्धित युद्धविरामको दोस्रो चरणतर्फको प्रगतिलाई रोक्ने उद्देश्यले गरिएको देखिएको जनाएको छ।

आक्रमण गाजाका लागि प्रस्तावित युद्धविराम योजनासम्बन्धी वार्तालाई अगाडि बढाउने नयाँ कूटनीतिक प्रयासका बीच भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेड कुशनर र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार वार्ता गरेका थिए।

उनीहरूले गाजाको निशस्त्रीकरण प्रक्रियालाई अगाडि बढाउन तथा युद्धबाट ध्वस्त उक्त क्षेत्रमा पूर्वाधार र जनस्वास्थ्यसम्बन्धी आवश्यकताहरू सम्बोधन गर्न दुई कार्यसमूह गठन गर्ने सहमति गरेका छन्।

महिनाको सुरुमा नेतान्याहुले गाजासम्बन्धी अमेरिकाको समर्थन रहेको १५ बुँदे मार्गचित्र अस्वीकार गर्दै हमास पूर्ण रूपमा निशस्त्रीकरण नभएसम्म इजरायल पछि नहट्ने अडान लिएका थिए।

हमासले भने युद्धविराम, इजरायली सेना फिर्ता हुने व्यवस्था र गाजाको भविष्यको प्रशासनसँग सम्बन्धित सहमति भए मात्र यस विषयमा प्रगति सम्भव हुने बताएको छ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः शुक्रबार, ०५ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0H9FGFN2YQZYPMK73QWTWRP.jpg

कोशी देखि कर्णालीसम्म बाढीपहिरोको असर, मुख्य राजमार्ग अवरुद्ध

काठमाडौं । बाढी, पहिरो तथा सडक क्षतिका कारण देशका विभिन्न मुख्य राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार शुक्रबार बिहान ६ः३० बजेसम्म कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध तथा एकतर्फी सञ्चालनमा रहेको छ ।

कोशी प्रदेशअन्तर्गत भोजपुरमा मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ भने इलामको मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ । इलाम नगरपालिका–९ राजदुवालीदेखि झापा हुँदै ताप्लेजुङ सडकखण्डमा यातायात प्रभावित भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशमा काभ्रेको बीपी राजमार्ग तथा मकवानपुरको कान्तिलोकपथमा बाढी तथा पहिरोको जोखिमका कारण यातायात सञ्चालनमा रोक तथा प्रतिबन्ध लगाइएको छ । काभ्रेमा बाढीको जोखिमलाई ध्यानमा राख्दै केही समय सवारी सञ्चालन रोकिएको छ भने मकवानपुरतर्फ पनि रातको समयमा सवारी आवागमनमा रोक लगाइएको छ ।

त्यस्तै, सिन्धुपाल्चोकको अरनिको राजमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक पूर्णरूपमा अवरुद्ध छ । रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड पनि बाढीका कारण लामो समयदेखि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । रसुवाकै पासाङल्हामु सडकखण्ड पहिरोका कारण पूर्णरूपमा बन्द छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा समेत पहिरो तथा बाढीको जोखिमका कारण रातिदेखि बिहानसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । 

गण्डकी प्रदेशअन्तर्गत बागलुङको कालीगण्डकी करिडोरमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालनमा छ। लमजुङको बेँसीसहर–मनाङ सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको छ भने मुस्ताङको बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालनमा रहेको छ ।

यस्तै, कर्णाली प्रदेशको रुकुम पश्चिममा जाजरकोट–डोल्पा सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको छ ।

प्रहरीले बाढी, पहिरो तथा प्रतिकूल मौसमका कारण जोखिम बढेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा स्थानीय प्रशासन र सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0H7S91HV7VVHJCTF5HNB4FM.jpg

अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै मोतीबहादुर सारू मगर

रामेछाप । कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् । 

तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन् । गोलभेँडा तथा अन्य तरकारी खेती भन्दा खुर्सानीमा लगानी र मेहनत पनि काम लाग्ने भएकोले यता लागेको उनी बताउँछन् । 

‘गोलभेँडालाई टनले राख्नु पर्यो, अन्य तरकारीमा रोग किरा पनि बढी लाछ, तर खुर्सानी खुल्ला बारीमा लगाउन मिल्यो, एक पटक लगाएपछि तीन÷चार वर्षसम्म आम्दानी दिन्छ, बजार भाउ पनि राम्रो छ, आलो बिक्री भएन भने सुकाएर पनि बिक्री गर्न सकिन्छ, त्यसैले यो खेती सुरक्षित छ’, उनले भने । 

उनले करिब एक रोपनी जमिनमा १२ सय बोट खुर्सानी लगाएका छन् । जसबाट उत्पादित ५ क्विन्टल बढी खुर्सानी बजार गइसकेको छ । अझै ४ देखि ५ क्विन्टल खुर्सानी यो सिजनमा उत्पादन हुने उनको अनुमान छ । 

उनको बारीमा उत्पादन भएको खुर्सानी रामेछापको सदरमुकाम मन्थली बाहेक सिन्धुली, बर्दिबास, काठमाडौँ र विदेशसम्म पुग्ने बताए । लोकल खुर्सानी भएकाले बजारमा राम्रो माग भएको मगर बताउँछन् । 

एक रोपनी जग्गामा लगाएको खुर्सानीबाटै वर्षमा ३ लाखभन्दा बढी कमाउन सकिने उनको भनाइ छ । ‘अन्य बाली लगाउने हो भने १० हजारको पनि उत्पादन हुँदैन तर ३÷४ लाखको खुर्सानी त यत्ति बारीमै फल्छ’, उनले भने । 

बजारमा सहज पहुँच हुँदा अहिलेको भन्दा दुईदेखि तीनगुना बढी आम्दानी हुने भए पनि बजारसम्म आफूहरूको पहुँच नभएको मोती बताउँछन् । ‘काठमाडौंमा ५ सय ६ सय रुपैँया किलो छ, हामीले २ सय पनि पाउँदैनौँ’, उनले गुनासो गरे । 

किसानले गरेको उत्पादनको उचित मूल्य सरकारले नै ग्यारेण्टी गरिदिने हो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । यस्ता अगुवा किसानलाई प्रोत्साहित गर्ने र कृषि उपजको बजार ग्यारेण्टी गर्ने कुरामा राज्यको ध्यान जान आवश्यक देखिन्छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0FNPNNACDSP153BB3BVAACN.jpg

नयाँ अलैँचीले बजार पाएसंगै किसान उत्साहित

ताप्लेजुङ । कालो सुनको उपनामले परिचित अलैँची यस वर्ष पनि बजार मूल्य कामय रहेको छ । नयाँ अलैंची निस्कन थालेसंगै राम्रो बजार मूल्य पाउन थालको छ । बिहीबार (आज) ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा प्रतिमन (४० किलोग्राम) ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अलैंचीको बजार मूल्य राम्रो भएसंगै किसानहरु उत्साहित भएर अलैँची बगानमा बस्न थालेका छन् । बेँसी क्षेत्रका किसानहरुले अहिले अलैँची बगाउन व्यस्त हुन थालेका छन् । बगानमा अलैँची टिप्न समय भएसंगै अहिले किसानहरु बगानमा व्यस्त हुन थालेको फुङ्लिङ नगरपालिका—९ का किसान सुवास भण्डारीले बताए । 

ताप्लेजुङमा साउन तेस्रो सतादेखि मंसिरसम्म अलैँची टिपाई हुन्छ । दुई वर्ष यता बजार मूल्य समेत राम्रो भएकाले किसानहरु उत्साहित भएर अलैँची टिप्नमा व्यस्त हुन थालको मैवाखोला गउँपालिकाका किसान सूर्य लिम्बूले बताए ।

बेँसीदेखि बिस्तारै लेकाली क्षेत्रमा टिपाई सर्दै जाने गर्दछ । ताप्लेजुङका मैवाखोला क्षेत्रका खाते क्षेत्र फुङ्लिङ नगरपालिका हाङदेवा, आठराई त्रिवेणी गाउँपालिका चाँगेको बेँसी क्षेत्रमा अलैँची टिपाई थालेका छन् । 

अलैँची टिपाईसंगै अलैँची बगानमै छोढाउँने भट्टीमा सुकाउँन कार्य हुन्छ । अलैँची ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको छ । अन्तर्राष्ट्रिय बजारका आधारमा नेपाली बजारमा अलैँचीको कारोबार हुने भएकाले मूल्य घटबढ भइरहने पनि स्थानीय व्यवसायी बताउँछन् ।  

जिल्लाका नौ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा किसानले अलैँची खेती गर्दै आएका छन् । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको छ । 

तथ्यांक अनुसार कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा किसानले अलैँची खेती गर्दै आएका छन् । नेपालमा उत्पादित अलैंचीको ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैंची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । 

प्रकाशित मितिः बिहिबार, ०४ भदौ २०८३
https://www.jawaaf.com/storage/01M0EV12JYT4BN07D62NSCVNC9.jpg

बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

काठमाडौं । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की सांसद कंगना रनौत र योगगुरु बाबा रामदेव बीच सामाजिक सञ्जालमार्फत तीखा आरोप–प्रत्यारोप भएको छ । आफ्ना विवादास्पद अभिव्यक्तिलाई लिएर रामदेवले गरेको टिप्पणीपछि कंगनाले इन्स्टाग्राममार्फत कडा जवाफ दिएकी हुन् ।

उक्त विवाद कंगनाले केही युवा प्रदर्शनकारीलाई ‘जेनेरेसन गटर’ भनेको अभिव्यक्तिबाट सुरु भएको थियो । त्यसपछि उनले आफ्नो भनाइ सबै युवाप्रति लक्षित नभई आफूलाई ‘कक्रोच’ भन्ने केही व्यक्तिप्रति मात्रै लक्षित रहेको स्पष्ट पारेकी थिइन् ।

उनका अनुसार, ‘यदि कसैले आफूलाई कक्रोच भन्छ भने कक्रोच गटरमै बस्छ भन्ने कुरा स्वाभाविक हो । मैले सबै युवालाई गटरको भनेकी होइन, केही व्यक्तिलाई मात्रै संकेत गरेकी हुँ ।’ यसै विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बाबा रामदेवले कंगनाको टिप्पणीको आलोचना गरेका थिए ।

समाचारको स्क्रिनसट साझा गर्दै कंगनाले रामदेवको भनाइ उद्धृत गरिन । जसमा रामदेवले ‘उनको विगत कस्तो थियो र युवावस्था कस्तो थियो ?’ भन्ने प्रश्न उठाएको उल्लेख थियो ।

यसको जवाफमा कंगनाले इन्स्टाग्राममा लेखेकीछन,‘बाबाजी, मेरो जवानी वा बेडरुमको सपना नदेख्नुस् । हल्ला र अफवाहका आधारमा अनुमान लगाउन सकिन्छ, तर ममाथि सर्वोच्च अदालतले झुटा वा भ्रामक प्रभावकारिता दाबी गरेको भन्दै फटकार लगाएको छैन ।’

उनले थप लेखेकीछन,‘मलाई चरित्रको पाठ नपढाउनुस् । मेरो चरित्र तपाईंभन्दा धेरै राम्रो छ, यहाँ कुनै ठगी भएको छैन ।’ कंगनाको टिप्पणी सन् २०२४ मा पतञ्जलि आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दातर्फ लक्षित थियो ।

उक्त मुद्दामा बाबा रामदेव र आचार्य बालकृष्णले सर्वोच्च अदालतमा शपथपत्रमार्फत बिना शर्त माफी माग्दै भविष्यमा यस्ता भ्रामक औषधीय दाबी वा आधुनिक चिकित्साविरुद्ध अपमानजनक टिप्पणी नगर्ने प्रतिबद्धता जनाएका थिए । एएनआई

प्रकाशित मितिः बिहिबार, ०४ भदौ २०८३