शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KN23TCJATSQJK3P3Q5DB8JY6.jpg

सरकारको निर्णयलाई स्वागत गर्दै एमाले निकट सागरनाथ वन विकास परियोजना सर्लाही कर्मचारी संगठन भंग

सर्लाही । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ ।

नेकपा एमाले निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो । संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन्।

जारी सूचना अनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न यो कदम चालिएको हो ।

गत चैत १३ गते बसेको नवगठित मन्त्रिपरिषद् बैठकले कर्मचारी संघ संगठनहरू भंग गर्ने निर्णय गरेको थियो।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KN1M9HDXMPH7ACWS612BKJ2R.jpg

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।
बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ ।
बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।
बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेर बहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।
बैठकमा ५० बढी नेताहरुको सहभागिता छ । बैठकमा नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु सहभागी छन् । डा.शेखर ढिलागरी बैठक स्थल पुगेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KN1K43EYJWF18RVRT8EJD92E.jpg

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ । करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट चीनको छिङदाओतर्फ जाँदै गर्दा दुबईको जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो । आगलागीका कारण जहाजको बाहिरी संरचना (हल) मा क्षति पुगेको छ भने सम्भावित तेल चुहावटको जोखिमबारे चिन्ता व्यक्त गरिएको छ ।

दुबईका सम्बन्धित निकायका अनुसार आपतकालीन टोलीहरूले तत्काल उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गर्दै आगो निभाएका हुन् । जहाजमा सवार सबै २४ जना चालकदल सदस्य सुरक्षित रहेको र कुनै घाइते नभएको जनाइएको छ ।

यसैबीच, कुवेत पेट्रोलियम कर्पोरेसनले प्रारम्भिक जानकारी दिँदै उक्त ट्यांकर इरानी आक्रमणबाट प्रभावित भएको दाबी गरेको छ, जसका कारण जहाजमा आगलागी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । घटनासँगै सोमबार साँझदेखि मंगलबार बिहानसम्म दुबई क्षेत्रमा ठूला विस्फोटजस्ता आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुबई प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र आवश्यक कदमहरू चालिरहेको जनाएको छ । साथै, परिस्थितिबारे थप विवरण क्रमशः सार्वजनिक गरिने बताइएको छ । एएनआई

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KN1ASZEHBSDAFF5A7V4WH3PY.jfif

प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।

 यसैबीच, रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर बीच पनि भेटवार्ता भएको छ । बुढानिलकण्ठस्थित ठाकुरको निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास तथा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन् ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KN127N23EYE5Y7JE83B4PCCC.jpg

प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछैँ : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारिएको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरीको पोसाक उत्पादन गर्न आफ्नै फ्याक्ट्री स्थापना गरिनेछ, जुन सहरभन्दा बाहिर गाउँ क्षेत्रमा राखिने बताएका हुन् । उनले यसबाट गाउँका स्थानीय बासिन्दाले रोजगारी पाउने, स्वदेशमै उत्पादन बढ्ने बताए ।

मन्त्री गुरुङले भने, ‘प्रहरीको पोसाक आफैं उत्पादन गर्ने हो भने देशमै उद्योग विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र आवश्यक सामग्री समयमै उपलब्ध हुन्छ ।’

त्यस्तै, उनले प्रहरीको न्युट्रिसनु (पोषण) र कार्य अवस्थाबारे पनि कुरा उठाएका बताए । उनले प्रहरी कर्मचारीहरू दिनरात खट्नुपर्ने भएकाले उनीहरूको पोषण तथा सुविधामा सुधार आवश्यक रहेको बताए ।

उनले यस विषयमा आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै सम्बन्धित फाइल मन्त्रालयबाट अघि बढिसकेको र अब कार्यान्वयन चरणमा लैजान तयार रहेको जानकारी दिए ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KN11VKCSKTRS0GRZ9XNJBWXP.jpg

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं । काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो ।
रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।

प्रकाशित मितिः मङ्गलबार, १७ चैत २०८२
https://www.jawaaf.com/storage/01KMZBSGAXNW5XDJ98D3P35XHZ.jpg

संघीय संसदको अधिवेशन चैत १९ मा बोलाउन राष्ट्रपति समक्ष सिफारिस

काठमाडौं । सरकारले मन्त्रिपरिषद्को बैठकमार्फत आगामी चैत १९ गते संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै सदनको अधिवेशन चैत १९ गते बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका हुन् ।
उनको अनुसार अपरान्ह बिहीबार दिउँसो २ बजे अधिवेशन बोलाउन सिफारिस गरिएको हो ।

प्रकाशित मितिः सोमबार, १६ चैत २०८२
https://www.jawaaf.com/storage/01KMZ8NFZA99Y9SHXDZDMBQEJ9.jpg

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७.१ अंकले घटेर २८३१.३९ बिन्दुमा बन्द भएको छ । अघिल्लो कारोबार दिन आइतबार पनि घटेको बजारले सोमबार समेत सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।

यससँगै सेन्सेटिभ इण्डेक्स ७.९० अंकले घटेको छ भने फ्लोट इण्डेक्स ३.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५५ अंकले ओरालो लागेको छ । यसदिन कारोबार रकमसमेत घटेको छ । आइतबार १५ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको बजारमा सोमबार ३४१ स्टकको १ लाख ५९ हजार ३२८ पटकको कारोबारमा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार रुपैयाँबराबरको ३ करोड १६ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।
गिरावटका बीच केही कम्पनीका शेयरमा भने सकारात्मक उछाल देखिएको छ ।

यसदिन रिलायन्स स्पीनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी, होटेल फरेष्ट इन र सुपर खुदी हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सप्तकोशी विकास बैंकको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ ।

त्यसैगरी, सोलु हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ७.७९ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यसदिन रिडी हाइड्रोपावर शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको ६८ करोड ४१ लाख ३६ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । साथै, नाग्दी ग्रुप पावर र सिवम सिमेन्टको करिब ४४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा अपी पावर कम्पनीको कारोबार रकम साढे ३८ करोड रुपैयाँ नाघेको छ ।

आज १३ वटै उप समूहको परिसूचक घटेको छ । जसमध्ये व्यापार उपसमूह सबैभन्दा बढी २.५६ प्रतिशतले घटेको छ । वित्त र अन्य उपसमूह २ प्रतिशतभन्दा बढीले घट्दा बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन् ।

प्रकाशित मितिः सोमबार, १६ चैत २०८२
https://www.jawaaf.com/storage/01KMYNMB7CH77EKNHHH4NWC84A.jpg

कांग्रेसमा खड्का–डा.कोइराला समूहको अलग्गै कार्यक्रम, दुई दिनका लागि बैठक आब्हान

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा.शेखर कोइराला समूहले प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई छुट्टै बधाई कार्यक्रमको आयोजना गर्दैछ ।

धुम्बाराहीस्थित स्मार्ट मलमा आयोजित कार्यक्रम दिउँसो एक बजेलाई तय भएको छ । ‘आजको कार्यक्रमलाई मिडियामा अलग्गै बैठक भनिएको छ, तर बैठक भन्दापनि बधाई कार्यक्रम राखिएको हो,’ डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले भने ।

उक्त कार्यक्रममा समसामयिक वा आन्तरिक राजनीति र सर्वोच्च अदालतमा दायर गरेको रिटबारे छलफल समेत हुने जनाइएको छ । सर्वोच्चमा दायर रिटको पेसी चैत २२ गतेका लागि तोकिएको छ ।
गत पुसमा भएको विशेष महाधिवेशनले चयन गरेको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको देउवा समूहले अलग्गै गतिविधि गर्दै आइरहेको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्का र कोइरालाकै अगुवाइमा बधाई कार्यक्रम आयोजना गरिएको हो ।

उक्त समूहले प्रतिनिधिसभामा निर्वाचित पार्टीका सांसदहरूलाई सोमबार बधाइको कार्यक्रमसँगै पार्टीको आन्तरिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ । त्यस्तै भोलि मंगलबारदेखि १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवम सदस्यहरु सम्मिलित बैठक पनि आब्हान गरिएको केन्द्रीय सदस्य गुरु बरालले जानकारी दिए ।

निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठक लगत्तै प्रदेश सभापति र जिल्ला सभापतिहरूको पनि भेला बोलाउने तयारी गरेका छन् ।

प्रकाशित मितिः सोमबार, १६ चैत २०८२
https://www.jawaaf.com/storage/01KMYCA54G1D019R72G2XNF6VZ.jpg

ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा सुनुवाइ आज हुने भएको छ । आइतबार दायर भएको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज हुने भएको हो ।

गैरकानुनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै ओलीकी पत्नी राधिका शाक्यले र लेखकका तर्फबाट यशोदा लेखकले सर्वोच्चमा आइतबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।

यसैगरी, पूर्व लेखकलाई गैरकानुनी रुपमा थुनामा राखिएको जिकिर गरिएको रिटको सुुनुवाइ पनि आजै नै हुनेछ ।

प्रहरीले ओली र नेता लेखकलाई शनिबार बिहान पक्राउ गरेको थियो ।

ओली र लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

ओली अस्वस्थ रहेका कारण शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भई उपचाररत छन् । लेखकलाई महाराजगन्जस्थित प्रहरीको दुई नम्बर गणमा राखिएको छ ।

प्रकाशित मितिः सोमबार, १६ चैत २०८२