शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KNGWHP5GMW9W10VVJXSFNTP0.avif

धुलाम्मे सडकले हैरान, समाधान नभएपछि स्थानीयद्वारा सडक अवरोध

बराहक्षेत्र (सुनसरी)। सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ अन्तर्गत बाङ्गे, ईक्राई नडाह हुँदै धरान–१७ जोड्ने सडक खण्डमा दीर्घकालीन समस्या समाधान नभएपछि स्थानीय युवाहरूले सडक अवरोध गरेका छन्।

आज नडाह क्षेत्रमा सयौँ युवाहरू सडकमा भेला भएर ढाट लगाउँदै आन्दोलन सुरु गरेका हुन्। स्थानीयका अनुसार हिउँदको समयमा अत्यधिक धुलो उड्ने हुँदा सडकमा गुडिरहेका सवारी साधनसमेत देख्न नसकिने अवस्था सिर्जना हुने गरेको छ। धुलोका कारण सडक आसपासका घरभित्रसम्म असर पुग्दै भान्सा कोठादेखि दैनिक उपभोग्य सामग्रीसम्म प्रभावित भएको गुनासो उनीहरूले गरेका छन्।

त्यस्तै, बर्खायाममा सोही सडक क्षेत्रमा भेलबाढीले सताउने समस्या पनि उस्तै रहेको स्थानीयको भनाइ छ। दीर्घकालीन रूपमा समस्या समाधान गर्न स्थानीय सरकारले कुनै प्रभावकारी पहल नगरेको आरोप उनीहरूले लगाएका छन्।

एक स्थानीय युवाले भने, “यो सडकको समस्या लिएर वडा कार्यालय र नगरपालिकामा पटक–पटक लिखित तथा मौखिक निवेदन दिँदा पनि कुनै सुनुवाइ भएन। तत्कालका लागि एक दिनको अन्तरालमा सडकमा पानी हालेर धुलो नियन्त्रण गर्न सकिन्थ्यो, तर त्यो पनि गरिएन।”

स्थानीयवासीले सडक स्तरोन्नति तथा धुलो र बाढी नियन्त्रणका लागि तत्काल पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

उक्त बाङ्गे–नडाह–धरान सडक आयोजना निर्वाचन क्षेत्र रणनीतिक सडकअन्तर्गत २०७९ वैशाख ११ गते पि आर कन्ट्रक्सन प्रा. लि., ललितपुरसँग सम्झौता गरिएको थियो। सम्झौताअनुसार २०८१ चैत ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।

करिब २० करोड ७० लाख ४ हजार रुपैयाँ लागतमा निर्माण हुने उक्त सडक ६ किलोमिटर लम्बाइ र ७ मिटर चौडाइको हुने योजना थियो। साथै, ४ वटा कल्भर्ट, २ वटा स्ल्याब कल्भर्ट, ८०० मिटर नाली तथा ६७५ घनमिटर जाली निर्माण गर्ने प्रावधान रहेको थियो।

तर निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै निर्धारित समयमै काम सम्पन्न गर्न नसकेको स्थानीयको आरोप छ। यसैगरी, निर्वाचन रणनीतिक योजना अन्तर्गत आ.ब. ०८१/८२ मा २ करोड २० लाख ५० हजार रुपैयाँ र आ.ब. २०८२/०८३ मा ३ करोड रुपैयाँ बजेट विनियोजन भए पनि कार्यान्वयनमा ढिलाइ भएको भन्दै स्थानीय असन्तुष्ट छन्।

सडक अवरोधपछि नगर प्रमुख रमेश कार्की र वडा अध्यक्ष राजदिप लामा घटनास्थलमा पुगेका थिए। सो क्रममा उपस्थित युवाहरूले आफ्ना समस्या बुझेर सम्बन्धित निकायसँग तत्काल समन्वय गरी समाधानका लागि पहल गर्न आग्रह गरेका थिए।

त्यसैगरी, समस्या समाधानका लागि आजै सम्बन्धित निकायमा जाने र पहल गर्ने विषयमा स्थानीय युवा, समाजसेवी, बुद्धिजीवी तथा जनप्रतिनिधिबीच सहमति भएको जनाइएको छ।

स्थानीयले चेतावनी दिँदै भनेका छन्, “यदि तत्काल सडक स्तरोन्नति तथा धुलो र बाढी नियन्त्रणका लागि कदम चालिएन भने आन्दोलन अझ व्यापक रूपमा अगाडि बढाइनेछ।”

प्रकाशित मितिः सोमबार, २३ चैत २०८२
https://www.jawaaf.com/storage/01KNGCSQPQNWVNT4K1SJJ19XKF.png

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज सरकारी वकिलले बहस गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि हुने भएको छ ।

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइमा आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्ने छन् ।
आइतबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भएको थियो । ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ ।

ओली र लेखकलाई प्रहरीले चैत १४ गते पक्राउ गरेको थियो । उनीहरुलाई भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको घटनामा अनुसन्धानका लागि पक्राउ थियो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै चैत १५ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

प्रकाशित मितिः सोमबार, २३ चैत २०८२
https://www.jawaaf.com/storage/01KNERY8G6AYC1FF9WH6XT3Z2A.avif

हेटौँडा सिमेन्ट उद्योगले पुर्नजीवन पाउन लागेको हो ?

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योग परिसरमा झाडी सरसफाई अभियान सञ्चालन गरिएको छ । उद्योग क्षेत्रलाई स्वच्छ, व्यवस्थित तथा सुरक्षित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित विभिन्न निकायका प्रतिनिधि तथा अभियानकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो ।

अभियान अन्तर्गत उद्योग परिसरभित्र फैलिएको झाडी, घाँस तथा अव्यवस्थित रूपमा बढेका वनस्पतिहरू हटाइएका थिए । सरसफाइ कार्यले उद्योग क्षेत्रको सौन्दर्य अभिवृद्धि हुनुका साथै आगलागी तथा अन्य सम्भावित जोखिम न्यूनीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले हेटौँडा सिमेन्ट उद्योगलाई पुनःसशक्त र प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने दिशामा सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले चाँडै नै नेपाल सरकारको संयुक्त स्वामित्वमा रहेको यस उद्योगलाई उत्कृष्ट उत्पादन गर्ने उद्योगका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए ।

उनले उद्योग सञ्चालनलाई दिगो, पारदर्शी तथा प्रतिस्पर्धी बनाउन आवश्यक सुधारका कामहरू अगाडि बढाइने समेत स्पष्ट पारे । साथै, उद्योग परिसरको नियमित सरसफाइ र व्यवस्थापनमा सबै सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो ।

स्थानीयवासी तथा सरोकारवालाहरूले समेत सरसफाइ अभियानले उद्योगप्रति सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गर्दै आगामी दिनमा यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गर ।

प्रकाशित मितिः आइतबार, २२ चैत २०८२
https://www.jawaaf.com/storage/01KNDWF1FZC39EM10HMSZJTN34.jpg

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाउ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइका लागि बहस हुने भएको हो । जेनजी आन्दोलनमा व्यापक दमन गरेको आरोपमा ओली र लेखक यहि चैत १४ गते पक्राउ परेका थिए ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले सरकारले उनिहरुलाई गैरकानुनी रुपमा थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।

दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि विपक्षी सरकारका नाममा कारण देखाउ आदेश भएको थियो ।

प्रकाशित मितिः आइतबार, २२ चैत २०८२
https://www.jawaaf.com/storage/01KNBEXP38S1ZW8FWV71JT70GR.jpg

जानकी नवमीमा राष्ट्रिय बिदा दिन प्रधानमन्त्रीलाई साधुसन्तको आग्रह

जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले बालेन नेतृत्वको नव गठित सरकारलाई जानकी नवमीको दिन राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् ।

शुक्रबार जनकपुरधामस्थित तुलसी सदनमा पत्रकार सम्मेलन गर्दै जनकपुरधामका साधुसन्तहरुले नेपाल सरकारलाई वैशाख १२ गत्ते राष्ट्रिय बिदा दिन आग्रह गरेका छन् । रामायण कालिन इतिहास बोकेको जनकपुरधामको भूमिमा जन्मेकी माता सीतालाई राष्ट्रिय विभूतिको संज्ञा दिँदै देश भरी सीता माताको जन्म जयन्ती मनाउनु पर्ने रामानन्दिय वैशणव समाजका अध्यक्ष एवम् जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले बताए ।

उनले बालेन साह नेतृत्वको सरकारले हालसम्म उत्कृष्ट काम गर्दै आएकोले जनकपुरधामका साधुसन्त पनि प्रधानमन्त्री बालेनसंग आशावादी रहेको बताए ।

जानकी नवमीको दिन प्रदेश सरकाले बिदा दिँदै आए पनि प्रदेश सरकारको क्यालेन्डरमा भने बिदा अङ्कित नहुनु दुःखद रहेको महन्थ दासले बताए । उनले विश्वमा राम सीताको पूजा हुने गरे पनि आफ्नै देशमा माता सीता उपेक्षित हुनु दुखद रहेको बताए ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरसहित अन्य सम्पूर्ण मठ मन्दिरहरूमा जानकी नवमी धूमधामका साथ मनाइने महन्थ दासले जानकारी दिए । उनले यो दिन जानकी मन्दिरमा विशेष पूजा पाठका साथै द्विप प्रज्वलनलगायत विभिन्न धार्मिक कार्यक्रमहरू हुने बताए ।

प्रकाशित मितिः शनिबार, २१ चैत २०८२
https://www.jawaaf.com/storage/01KNBDPJ0V187KJDXCE9J1Z57R.jpg

काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न स्थानबाट १३ जना प्रक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोलीले शुक्रबार राति १३ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रेको नमबुद्ध घर भई हाल बानेश्वर वतिसपुतली बस्ने ४२ वर्षीय संजिव लामा, जिल्ला सिन्धुपाल्चोक मेलमची घर भई हाल तारकेश्वर नगरपालिका मनमैजु ईन्द्रपुल बस्ने ४३ वर्षीय अशोक गिरी, जिल्ला कालीकोट घर भई हाल काठमाडौं बस्दै आएका ३४ वर्षीय वकिल बम, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. १ घर भई हाल वुढानिलकण्ठ न.पा. ३ कपन बस्ने ३८ वर्षीय सुरेश गुरुङ (किमजोङ) पक्राउ परेका छन् ।
यस्तै, जिल्ला खोटाङ एसेलिखर्क गा.पा.वडा नं. २ घर भई हाल ुढानिलकण्ठ न.पा. ३ कपन बस्ने २८ वर्षीय संजिव राई , जिल्ला काभ्रे पाचखाल न.पा. वडा नं. ४ घर भई हाल नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय राजकुमार तामाङ, जिल्ला काभ्रे मण्डनदेउपुर न।पा। वडा नं. ११ घर भई हाल वुढानिलकण्ठ नगरपालिका वडा नं. १० बस्ने ३७ वर्षीय बिनोद ठकुरी पक्राउ परेका छन्

यसैगरी, काभ्रे चुरीदेउराली न. पा.वडा नं ०७ घर भई हाल काठमाडौं बस्दै आएको ३० वर्षीय शेर्पा लामा, जिल्ला खोटाङ कविलासगढी घर भई हाल वुढानिलकण्ठ बस्ने ४१ राहुल राई, नुवाकोट दुप्चेश्वर न.पा वडा नं. ०४ घर भई हाल वुढानिलकण्ठ न.पा. वडा नं ११ बस्ने ३५ वर्षीय समेश तामाङ, नुवाकोट शिवपुरी गा.पा. वडा नं. ०५ वुढानिलकण्ठ न.पा. वडा नं. १० बालुवाखान ३५ वर्षीय सुन बहादुर, काभ्रे मण्डनदेउपुर न.पा. वडा नं. १० का.जि.वुढानिलकण्ठ न.पा. वडा नं. १० मैजुब ३३ वर्षीय वीर बहादुर लामा र ललितपुर महाङकाल घर भई हाल काठमाडौं बस्दै आएको ३० वषीर्य महेश महत पक्राउ परेका छन् ।

उनीहरूलाई दरबारमार्ग, बौद्ध, ठमेल लगायतका क्षेत्रबाट सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २१ चैत २०८२
https://www.jawaaf.com/storage/01KNB4CAP3ZBHBGG1GTX8BR6ZQ.jpg

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले अग्रवाललाई शुक्रबार पक्राउ गरेको हो ।

अग्रवाललाई सम्पत्ति सुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको व्यूरोले जनाएको छ । अहिले अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

बिहीबारमात्रै व्यवसायी दीपक भट्टलाई पनि ब्यूरोले पक्राउ गरेको थियो ।

प्रकाशित मितिः शनिबार, २१ चैत २०८२
https://www.jawaaf.com/storage/01KN9C9ZFPDCTSDBZXSZQVNHY6.jpg

सभामुखमा डीपी अर्याल निर्विरोध

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । दिउँसो २ बजेसम्ममा अर्यालको मात्रै उम्मेदवारी परेपछि निर्विरोध सभामुखमा चयन भएका हुन् ।
संसद् सचिवालयले बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो । अर्यालको प्रस्तावक रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानूनमन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२
https://www.jawaaf.com/storage/01KN960CXYDF5WP1J609VJ0CDS.jpg

सभामुखमा मनोनयन दर्तापछि डीपी अर्यालले भने : संविधान र कानुनको परिधिमा रहेर काम गर्ने छु

काठमाडौं । प्रतिनिधिसभाको नयाँ सभामुखका लागि सत्तारुढ दल रास्वपाका उपसभापति डीपी अर्यालले मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अर्यालले आफू संविधान र कानुनको परिधिमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, ‘हामीसँग संविधान छ, कानुन छ । सभामुखको काम, कर्तव्य र अधिकार संविधान र कानुनले नै निर्धारण गरेका छन्, म त्यही अनुसार अघि बढ्नेछु ।’
उनले सभामुखको जिम्मेवारी पाउने प्रक्रिया जारी रहेको उल्लेख गर्दै प्रक्रिया पूरा भई जिम्मेवारीमा पुगेमा संविधान, कानुन, जनताको हित र राष्ट्रियताको पक्षमा रहेर काम गर्ने स्पष्ट पारे । साथै, व्यवस्थापिकाले गर्नुपर्ने कामहरू न्यायसम्मत रूपमा अगाडि बढाउने उनको भनाइ छ ।
उनले भने, ‘मैले जुन जिम्मेवारी पाउँदै छु त्यसको निर्णय प्रक्रियामै छ । प्रक्रिया सक्किएर त्यो जिम्मेवारीमा पुगे भने नेपालको संविधान, नेपालको कानुन, नेपाली जनताको हितमा र राष्ट्रियताको हितमा व्यवस्थापिकाले गर्नुपर्ने काम न्याय संम्वद्ध मैले गर्ने छु ।’

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२
https://www.jawaaf.com/storage/01KN8Q83WWFDHW6JTQ16NRNC2A.jpg

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो ।

बैठकमा बिहीबार प्रतिनिधि सभामा संसदीय दलका नेता एवं पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलले दिएको अभिव्यक्तिबारे छलफल हुने बताइएको छ।

हिजो बसेको प्रतिनिधि सभाको बैठकमा नेता बादलले दलका तर्फबाट राखेको विचार पार्टीको स्थापित नीति, मान्यताविरीत रहेको भन्दै आज सचिवालय बैठक बसेर छलफल गर्ने बताइएको छ ।

त्यसका साथै अन्य राजनीतिक तथा समसामयिक विषयबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

प्रकाशित मितिः शुक्रबार, २० चैत २०८२