आइतबार, २७ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K4SJ192J5BMG2DCKQKMNA9AR.jpg

सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो रोजौं

काठमाडौं । जेन–जी पुस्ताको नाममा दुई दिनसम्म चलेको हिंसात्मक प्रदर्शनपछि काठमाडौं उपत्यकाको अवस्था दयनीय देखिएको छ । 

भ्रष्टाचार विरुद्ध भएको प्रदर्शन हिंस्रक बनेपछि देशका महत्वपूर्ण सार्वजनिक संरचना ध्वस्त भएका छन् । संरचना ध्वस्त भएपछि सर्वसाधारण आक्रोशित बनेका छन् । 

आन्दोलनमा घुसपैठ भएका कारण सार्वजनिक संरचनामा आगो लागेको सर्वसाधरणको भनाइ छ । आन्दोलन गर्न पाइन्छ असहमति राख्न पाइन्छ तर सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएकोमा आन्दोलनकारीले गलत गरेको काठमाडौं जिल्ला अदालतका अधिवक्ता सुनिल कुमार यादवले प्रतिक्रिया दिए । 

‘सुरुको दिन आन्दोलनमा सरकारले गोली चलाएर गलत गर्यो । दोस्रो दिन आन्दोलनमा आन्दोलनकारीहरुले जेनजीको नाममा घुसपैठ भयो । सार्वजनिक सम्पत्ति नष्ट गराएर अपराधिक कार्य गरियो,’उनले भने । 

‘आन्दोलन गर्न असहमति राख्न पाइन्छ । यो नागरिक अधिकार हो । तर भौतिक संरचना नष्ट गरेर र गोली हान्ने काम अपराधिक काम हो,’उनले भने । 

भ्रष्टाचारविरुद्ध ढिलोचाँडो आन्दोलन हुनुपर्ने औंल्याएका उनले जिम्मेवारीपूर्व नभएको सुनाए । उनले अहिलेको स्थितिमा नेपाल धेरै पछाडि परेको बताए । उनले अर्बौंको सम्पत्ति नस्ट भएको भन्दै पुनःनिर्माण गर्दा धेरै स्रोतहरुको आवश्यक पर्ने बताए ।

अवको विकल्प भनेको जेनजीका प्रतिनिधि र नेपाल सरकारको तर्फबाट वार्तामा बस्ने टोली तय गर्ने आधारमा हुने बताए । 

हालको जुन व्यवस्था छ त्यो भनेको संवैधानिक व्यवस्था नै भएकाले अर्थात अन्य बाटोबाट जाने भन्नेकुरा समयले निर्धारण गर्ने उनको धारणा थियो । 

उनले अब नेतृत्व गर्ने व्यक्रि अनुभवी कुनैपनि कुरामा कालो दाग नलागेको आक्षेप नलागेको व्यक्तिले गर्दा सर्वस्वीकार्य हुनुपर्ने बताए । उनले नेतृत्व गर्न सक्ने आँट भएको र जुन माहोल सिर्जना भएको छ यसलाई सम्हाल्न सक्ने व्यक्ति आउनुपर्ने समेत स्पष्ट पारे । 

त्यस्तै अर्का सर्वसाधारण तारानाथ तिमल्सिनाले जे नहुनुपर्ने घटनाहरु भएको र ठूलो जनधनको क्षति भएको भन्दै अब एकजुट भएर सहमतिका साथ अघि बढ्नुपर्ने बताए । 

समाजमा भएका विकृति विसंगती विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्ने उनको भनाइ छ । 

‘युवाहरुले एउटा अपेक्षा गरेका थिए । त्यो बिचमा घुसपैठ भएको अनुमान गरिएको छ । अब जे नहुनुपर्ने भयो । ठूलो जनधनको क्षतिपनि भयो । अब सबै एकठाउँमा आएर सहमतिका एकसाथ अगाडि बढ्नुपर्छ । सकारात्मक सन्देश दिएर अगाडि बढ्नुपर्छ । समाजमा भएका विकृति विसंगती विरुद्ध जसरी आवाज उठ्यो आगामी दिनमा यसलाई सुधारको बाटोतर्फ लैजानुपर्छ,’उनले भने  ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4S7K71CVQW5TZ724VA5RRB4.jpg

दुई जना प्रहरीको मृत्यु भएको पुष्टि

काठमाडौं । जेनजी प्रदर्शनको क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।

मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् । उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए ।

बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RZZ3W5X72QK4DNMQQSKP13.jpg

राष्ट्रसंघका महासचिव भन्छन् : नेपालको अवस्थाबारे चिन्तित छु

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

नेपालको पछिल्लो अवस्था नियालिरहेको बताएका उनले हिंसालाई थप बढ्नबाट रोक्न संमय अपनाउन र संवाद गर्न अनुरोध गरेका छन् । 

मानव अधिकार कानूनको पालना गर्न सामाजिक संजालमार्फत आह्वान गर्दै गुटेरसले जीवन र सम्पत्तिको रक्षासहित शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RZPD6J25BXVZD8G0V189VW.jpg

खण्डहरमा परिणत छ कोशी प्रदेश

कोशी । कोशी प्रदेश हाल अशान्त र अस्तव्यस्त छ । सोमबार र मंगलबार दुई दिनसम्म चलेको जेनजी पुस्ताको आन्दोलनले यहाँका शहर, गाउँ, बजार, कार्यालय र घरहरूमा अकल्पनीय विनाश मच्चायो ।

आन्दोलनले उग्र रुप लिँदा प्रशासनदेखि राजनीति, शिक्षा, न्यायपालिका र सुरक्षा निकायसम्मका संरचना जलेर खरानी बने । प्रदेशका नागरिक आज आफ्नो अस्तित्वलाई नै जोगाउने भयावह परिस्थितिबाट गुज्रिरहेका छन् ।

सबैभन्दा बढी क्षति प्रदेशको प्रशासनिक मुटुमा पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका थलोहरू जलेर खण्डहर बनेका छन् ।

यी संरचनाहरू केवल कार्यालय मात्र थिएनन्, प्रदेशको भविष्य तय गर्ने, जनताको आवाज सुन्ने र कानुन निर्माण गर्ने स्थान थिए । अब त्यहाँ केवल जलेको ढुङ्गा, पोलिएका फर्निचर र धुवाँको गन्ध मात्र बाँकी छ ।

इटहरी उपमहानगरपालिकाको हालत झन् भयावह छ । आन्दोलनकारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयदेखि इलाका प्रहरी कार्यालयसम्म ध्वस्त बनाए ।

प्रशासनिक संरचना ध्वस्त भएपछि शहरमा कानुनको शासन होइन, त्रासको शासन देखिन्छ । प्रहरीलाई असहाय बनाउँदै भीडले हिरासत तोड्दा कैदीबन्दी र अभियुक्त सडकमा निस्किए, जसले सर्वसाधारणमा झन् ठूलो असुरक्षा र भय पैदा गरेको छ । 

विराटनगर, कोशी प्रदेशको एक मात्र महानगर, अस्तव्यस्त छ । सुन्दरहरैंचा नगरपालिका जलेर पूर्ण रूपमा ध्वस्त भएको छ ।

मोरङ, सुनसरी र झापाका दर्जनौं स्थानीय तहका कार्यालयहरू जलेर खरानी बनेका छन् ।  राज्यको सम्पत्ति मात्र होइन, सर्वसाधारणले निर्माण गरेका निजी सम्पत्तिहरू पनि सुरक्षित रहेनन् । भाटभटेनीजस्ता ठूला व्यापारिक संस्थानदेखि सामान्य पसलसम्म आगोको लप्काले निलेको छ ।

प्रदेशको पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले बनेको दमकस्थित भ्यू टावरसमेत जलेर ध्वस्त भयो ।

अब यो प्रदेशले पर्यटनमार्फत उभिन सक्ने सपना पनि खरानीमा परिणत भएको छ । अब यस्ता संरचना निर्माण हुनका लागि दशकौं लाग्ने कुरामा दुईमत नै छैन । 

राजनीतिक आस्था र ऐतिहासिक स्मृतिका थलोहरू पनि आन्दोलनको रापले बचेका छैनन् । नेपाली कांग्रेसले आफ्नो घर ठानेको विराटनगरस्थित कोइराला निवास अब खण्डहर छ । त्यस्तै नेकपा एमालेको विराटनगरस्थित कार्यालय जलेर खरानी भयो । 

राजनीतिक दलहरूको घर र कार्यालय जलेपछि यो आन्दोलन केवल राज्य वा सरकारविरुद्ध होइन, सम्पूर्ण लोकतान्त्रिक मूल्य र जनताका आशा–आकांक्षाविरुद्ध पनि भएको अनुभूति भइरहेको छ । 

प्रदर्शनकारीको आक्रमण नेताहरूको निजी निवाससम्म फैलियो । प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री रेवतिरमण भण्डारी, इटहरीका मेयरसहित विभिन्न स्थानीय तहका प्रमुख–उपप्रमुखका घरमा आगजनी भयो । यसले आन्दोलनको स्वरूपलाई अझै खतरनाक बनायो—निजी जीवनसम्म असुरक्षित भएको सन्देश दियो ।

अहिले सडकहरू अस्तव्यस्त छन्, कतिपय पसलहरू बन्द छन्, नागरिकहरू त्रसित छन् । दैनिक जीवन ध्वस्त छ । अभाव, आतंक र अनिश्चितताले कोशी प्रदेशका बासिन्दाको मन–मस्तिष्कलाई थिचिरहेको छ ।

मान्छे आफ्नै घरभित्र सुरक्षित छैनन् । कारागारबाट कैदीबन्दी भाग्दा, प्रहरी कमजोर हुँदा नागरिकले ‘अब हाम्रो सुरक्षाको जिम्मा आफैंले लिनुपर्छ’ भन्ने कठोर यथार्थ महसुस गरेका छन् ।

शासकको असक्षमताका कारण इटहरीमा दुई जनाको ज्यान नै गुमेको छ । देश नै शोक पीडामा डुब्दा मुलुुककै एक हिस्सा बनेको कोशी प्रदेशलाई गहिरो चोट परेको छ । विकासका सपनाहरू, जनताका आकांक्षाहरू र राज्यको आधारभूत संरचना—सबै आन्दोलनकारीले लगाएको आगोले खाइदिएको छ । यहाँका जनता शोक, त्रास र निराशाले भरिएका छन् ।

प्रदेश अहिले शून्यतामा छ । सरकार अस्तव्यस्त छ । सेना सडकमा छ । जनताले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने भयावह अवस्था छ । तर अझै पनि यहाँका नागरिकको मनमा एउटा प्रश्न तैरिरहेको छ । ‘के यो विनाशको खरानीबाट पुनः शान्ति, विकास र आशा जन्मन सक्छ ?’यसको उत्तर यो दशकमा पुरा हुँने छाटकाँट पनि देखिँदैन ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RXHM1BMQS42BV8N0EGGT2D.jpg

भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते

हेटौंडा । मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट मध्यरातमा २६० जना कैदी भागे गरेका छन्। कारागार प्रमुख सुवास पौडेलका अनुसार राति १२ः५५ बजे ‘क’ ब्लकमा रहेका कैदीहरूले तीनवटा गेट तोडेर बाहिर निस्कने प्रयास गरेका थिए ।

त्यही क्रममा उनीहरूले कारागारको पश्चिमपट्टिको पर्खाल भत्काएर भागेका हुन् । सो ब्लकमा ५ सयभन्दा बढी कैदी रहेका मध्ये करिब २३० जनालाई नियन्त्रणमा लिएर पुनः कारागारमा फर्काइएको पौडेलले जानकारी दिए ।

सुरक्षाकर्मी र कैदीबीच करिब ४ घण्टासम्म तनावपूर्ण अवस्था कायम भएको थियो। त्यही क्रममा सेनाले चलाएको गोली लागेर दुई जना कैदी घाइते भएका छन् । उनीहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । कारागारको गाडी लिएर भाग्ने क्रममा टायरमा प्रहार गरिएको गोली कैदीलाई लागेको कारागार प्रशासनले जनाएको छ ।

कैदीहरूले कारागार परिसरमा तोडफोड र आगजनीसमेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन सेनाले करिब २०० राउन्ड हवाई फायर गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले पनि २ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RWZEQM4YJQBSBWA2SDFWYW.jpg

अझै निभेको छैन् मोहनबहादुर बस्नेतको घरको आगो

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन । 

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो । 

प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए । 

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RWDRBY5B21ZMPHJ4H63QVK.jpeg

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क ग¥यो

काठमाडौं । टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस, एसएमएस र इन्टरनेट सेवा निःशुल्क गरेको छ । मुलुकभर जारी विभिन्न अवरोधबीच आम उपभोक्तालाई देश विदेशमा रहेका आफन्तजनहरुसँग सम्पर्क निरन्तर कायम राख्ने उद्देश्यले विभिन्न सेवा निःशुल्क गरिएको एनसेलको भनाइ छ ।

उपभोक्ताहरुलाई सहज सञ्चारको पहुँचको सुनिश्चितताका लागि आज (मंगलबार) साँझ ७ बजेदेखि लागू हुने गरी ४८ घण्टा अर्थात् दुई दिनसम्मका लागि निःशुल्क लोकल भ्वाइस कल(एनसेल र नेपाल टेलिकम दुबै नेटवर्कमा), इन्टरनेट र एसएमएस सेवा उपलब्ध गराइएको एनसेलको भनाइ छ ।

एनसेलले देशभरमा हालै विकसित भएको दुर्भाग्यपूर्ण घटनाक्रमबाट अत्यन्तै मर्माहित भएको विज्ञप्तिमा उल्लेख गर्दै दुःखद् घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गरेको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RVW9R9269M1EW6YXZ4G6BD.png

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह

काठमाडौं । अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाले आग्रह गरेको छ । बुधबार बिहानैदेखि सेनाले विभिन्न स्थानमा माइकिङ गर्दै र बाहिर निस्किएका नागरिकलाई रोक्दै घरमै बस्न आग्रह गरेको हो । 

सेनाका अनुसार अत्यावश्यक सेवा क्षेत्रमा संलग्नलाई सोधपुछ गरी परिचयपत्रका आधारमा कार्यालय पुग्न रोकावट नगरिएको जानकारी दिएको छ । 

गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । 

शान्तिसुरक्षा कायम गर्न सुरक्षा निकाय खटिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RVJS5RTXYBZGJ3PHQPH89W.jpg

जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी

जुम्ला । जुम्लाको जिल्ला कारागारबाट ३६ जना कैदी फरार भएका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीका अनुसार हिजो राति (भदौ २४ गते) जेलबाट कैदीहरू फरार भएका हुन्।

डिएसपी रेग्मीका अनुसार केही कैदीहरूलाई भाग्नुअघि नै नियन्त्रणमा लिइएको भए पनि ३६ जना भने हालसम्म सम्पर्कमा आएका छैनन्।

प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशंका गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।

काठमाडौँका कारागारमा जेनजी आन्दोलनको प्रभावसँगै जुम्लामा पनि प्रभाव परेको छ । प्रहरीका अनुसार राती कैदीहरूले प्रहरी माथि आक्रमण गरेर आफैँ बलपूर्वक फरार भएको प्रारम्भिक बुझाइ छ। हाल फरार भएका कैदीहरू कुन मुद्दामा कारागारमा थुनिएका थिए भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ। घटनासँग सम्बन्धित थप जानकारी संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२
https://www.jawaaf.com/storage/01K4RTQN03Z1HWXZ5A34RNJV03.avif

संसद भवन परिषदलगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना

काठमाडौं । नेपाली सेनाले गए रातिदेखि सुरक्षाको जिम्मा लिएसँगै नयाँ बानेश्वरस्थित संसद भवनलगायत महत्वपूर्ण स्थानहरु नेपाली सेनाले सुरक्षा प्रदान गरिरहेको छ । 

जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरुमा सेना तैनाथ गरिएको हो । 

जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले काठमाडौँका विभिन्न स्थानबाट केही युवाहरूलाई पक्राउ समेत गरेको छ । यस्तै आज बिहानैदेखि देशैभरि भीड नगर्न, सार्वजनिक र व्यक्तिगत सम्पत्ति तोडफोड नगर्न पनि सेनाले आग्रह गरिरहेको छ ।

प्रकाशित मितिः बुधबार, २५ भदौ २०८२