शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KKH1VVVJCXJYDET113TP43SF.jpg

होर्मुज मार्ग बन्द गर्ने इरानको धम्की, युरोपेली उर्जा बजारमा धक्का

एजेन्सी । विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्गमध्ये एक, होर्मुज जलडमरू (स्ट्रेट अफ होर्मुज) बन्द गर्ने इरानको धम्कीले युरोपेली ऊर्जा बजारहरूमा धक्का दिएको छ ।
जसका कारण जर्मनीमा पेट्रोलको मूल्य प्रति लिटर २.३० युरोभन्दा माथि पुगेको छ, भने डिजेलको मूल्य अझ बढेको छ । खाडी र ओमानको बीचमा अवस्थित, होर्मुज जलडमरूम खाडीबाट खुला महासागरमा जाने एक मात्र समुद्री मार्ग हो ।
यसले विश्वव्यापी समुद्री तेल ढुवानीको लगभग एक चौथाई भाग, साथै ठूलो मात्रामा तरल प्राकृतिक ग्यास र मलहरू ह्यान्डल गर्दछ । थोक ऊर्जा झट्काले जर्मन उपभोक्ताहरूलाई पहिले नै असर गरिरहेको छ, इन्धन लागतले दैनिक बजेटमा ठूलो प्रभाव पारेको छ ।
‘गत हप्ता, जब मैले यसलाई सुरुबाट भरें, यसको मूल्य लगभग असी यूरो थियो। अब यो सतसठ्ठी यूरो भएको छ । तर यो केवल आधा ट्याङ्की हो,’ जर्मन चालक कादिर ओज्टर्कले भने ।
ऊर्जा विश्लेषकहरूले उपभोक्ता मूल्य वृद्धि समयपूर्व हुन सक्ने चेतावनी दिएका छन्। म्युनिखको प्राविधिक विश्वविद्यालयका प्राध्यापक स्वेतलाना इकोनिकोभाले आपूर्ति शृङ्खलाका धेरै तहहरूमा प्रशस्त इन्भेन्टरीहरू रहेको बताइन् ।
जर्मनीमा, ऊर्जा कर र कार्बन डाइअक्साइड लेवी जस्ता करहरूले ग्यास र डिजेलको मूल्यमा उल्लेखनीय प्रभाव पार्ने पनि देखिएको छ । उपभोक्ताहरूले इन्धनमा १९ प्रतिशत मूल्य अभिवृद्धि कर पनि तिर्छन् । बाँकीले तेल उद्योगको लागत र मार्जिन र कच्चा तेलको अन्तर्निहित मूल्यलाई प्रतिबिम्बित गर्दछ।
यद्यपि, युरोपको तेल आपूर्ति अहिलेको लागि सुरक्षित छ । हर्मुजको जलडमरूबाट गुज्रने ऊर्जा स्रोतहरूमा अवरोधहरूले विश्वव्यापी बजारहरूमा तरंग ल्याउन सक्छ । जसले गर्दा द्वन्द्व बढ्यो भने मूल्यहरू अझ उच्च हुन सक्नेछ ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा ठूलो मात्रामा संयुक्त हवाई आक्रमण सुरु गरेपछि मध्यपूर्वमा तनाव तीव्र गतिमा बढिरहेको छ । इरानी पक्षले इजरायल र अमेरिकी सम्पत्तिलाई लक्षित गर्दै यस क्षेत्रभरि धेरै क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरिरहेका छन् । जसले खाडीका धेरै देशहरूलाई असर गरेको छ ।
सैन्य टकरावले ऊर्जा संकटको डर थप बढेर गएको छ । हर्मुज जलडमरू अवरोधको जोखिमले युरोपमा इन्धन र ग्यास आपूर्तिमा थप झट्का लाग्ने संकेत गरिएको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKGWXVCMM4WWMKKE44KKBKMK.jpg

नेप्से २३.८७ अंकले बढ्यो, कारोबार रकम १४ अर्ब नाघ्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसुचक बढेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार बिहीबार भने सुधारिएर बन्द भएको हो ।

बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएका छन् ।

यसदिन कारोबार रकम पनि बढेको छ । बुधबार १३ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकका १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँभन्दा बढीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ ।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पीनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नेश्नल हाइड्रोपावर कम्पनी र होटल फरेस्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढ्दा दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशतले उकालो लागेको छ ।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो, जसको ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै एचआइडिसीएल कम्पनीको करिब ५७ करोड र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढ्दा ३ उपसमूह घटेका छन् । यस दिन बैंकिङ उपसमूह सर्वाधिक २.०२ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूह भने सामान्य घटेका छन् ।

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKGRV1XWRAHG9TSCTSH7JV0V.jpg

मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।

अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।

यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।

यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ । एएनआई

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKGRK0WMWZBDED7SY1YW3THZ.jpg

नयाँ संसद भवन निर्माण अन्तिम चरणमा, वैकल्पिक हलबाट प्रतिनिधि सभा सञ्चालन हुने

काठमाडौँ । संघीय संसदका लागि सिंहदरबारभित्र निर्माण भइरहेको नयाँ संसद भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा आयोजना निर्देशक रोशन श्रेष्ठका अनुसार भवनको अधिकांश काम सम्पन्न भइसकेको छ भने केही प्राविधिक काम बाँकी रहेकाले प्रतिनिधि सभाको मुख्य हल तत्काल सञ्चालन गर्न भने केही समय लाग्ने भएको छ ।
श्रेष्ठका अनुसार प्रारम्भिक योजना अनुसार प्रतिनिधि सभाको मुख्य हलमा हुने फल्स सिलिङको काम फागुन १४–१५ भित्र सम्पन्न गरी त्यसपछि कार्पेट बिछ्याउने, माइक तथा अडियो–भिडियो प्रणालीको केबलिङ गर्ने र आवश्यक फर्निचर जडान गर्ने तयारी गरिएको थियो । तर प्राविधिक जटिलता देखिएपछि उक्त काम सोचेअनुसार समयमा सम्पन्न हुन नसकेकोे बताए ।

‘प्रतिनिधि सभाको मुख्य हलमा भइरहेको फल्स सिलिङको काममा केही प्राविधिक समस्या आयो । त्यसका कारण काम अपेक्षित गतिमा अघि बढ्न सकेन । त्यसैले मुख्य हल पूर्णरूपमा तयार हुन अझै करिब १०–१२ दिन लाग्ने देखिएको छ ।’

मुख्य हल तयार हुन केही समय लाग्ने भएपछि तत्कालका लागि वैकल्पिक व्यवस्था गरिने भएको छ । श्रेष्ठका अनुसार नयाँ बनिरहेको संसद भवनभित्रकै अर्को हललाई अस्थायी रूपमा प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न मिल्ने गरी तयारी गरिएको छ ।

उनले भने, ‘हामीले अहिले त्यही भवनभित्रको अर्को हललाई प्रतिनिधि सभा सञ्चालन गर्न सक्नेगरी तयार पारेका छौं। करिब करिब सबै तयारी पूरा भइसकेको छ। अब दुई–तीन दिनभित्रै उक्त हल तयार भएर संसद सचिवालयलाई हस्तान्तरण गर्न सकिने अवस्थामा पुग्नेछ ।’

यो वैकल्पिक हलमा प्रतिनिधि सभालाई आवश्यक पर्ने सम्पूर्ण पूर्वाधार रहनेछन्। यहाँ नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न सकिनेछ भने आवश्यक परे प्रतिनिधि सभाको बैठकसमेत सञ्चालन गर्न मिल्ने व्यवस्था गरिनेछ।

राष्ट्रिय सभाको बैठक भने सिंहदरबार परिसरकै कृषि समितिको पुरानो हलमा सञ्चालन गरिएको छ ।

श्रेष्ठका अनुसार चैत १ गते संसद सचिवालयलाई हस्तान्तरण गर्ने भनिएको संरचना सम्पूर्ण संसद भवन भने होइन। ‘हामीले सम्पूर्ण भवन हस्तान्तरण गर्ने भनेका होइनौ । त्यो मितिमा प्रतिनिधि सभा सञ्चालन गर्न मिल्ने हल मात्र हस्तान्तरण गर्ने योजना हो।’

उनका अनुसार संसद भवन निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ। साइटमा दैनिक करिब ३८० देखि ४१० जनासम्म कामदार तीन शिफ्टमा २४ सै घण्टा काम गरिरहेका छन्। विभागका प्राविधिक कर्मचारीहरू समेत निरन्तर रूपमा साइटमा खटिएर कामको अनुगमन गरिरहेका छन्।

उनले अब डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने अनुमान रहेको जानकारी गराए ।

श्रेष्ठले भने, ‘पछिल्लो दुई महिनामा निर्माण कार्य निकै तीव्र गतिमा अघि बढेको छ। प्राविधिक टोली र कामदारहरू तीन शिफ्टमा निरन्तर काम गरिरहेका छन्। यस हिसाबले अब करिब एकदेखि डेढ महिनाभित्र सम्पूर्ण भवनको काम सम्पन्न हुने हाम्रो अनुमान छ ।’

संसद भवन निर्माणमा समय केही लम्बिनुका विभिन्न कारण रहेको उनले बताए। निर्माण सुरु हुनु अघि सो स्थानमा नेपाली सेनाको चण्डीदल गण तथा अर्को सैन्य युनिट रहेकाले उनीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्था थियो। त्यसका लागि नयाँ स्थानमा आवश्यक संरचना निर्माण गरी सेनालाई व्यवस्थित रूपमा सार्न समय लागेको उनले बताए ।

त्यसपछि सुरु भएको निर्माण कार्य कोभिड–१९ महामारीका कारण प्रभावित भएको थियो। महामारीका बेला लागू गरिएको लकडाउन तथा अन्य प्रतिबन्धका कारण निर्माण कार्य केही समय रोकिएको अवस्था रहेको श्रेष्ठले बताए ।

त्यसैगरी संसद भवनमा प्रयोग हुने केही विशेष सामग्री विदेशबाट आयात गर्नुपर्ने भएकाले समयमै सामग्री उपलब्ध नहुँदा पनि काम प्रभावित भएको उनले उल्लेख गरे।‘विदेशबाट ल्याउनुपर्ने सामग्री समयमा नआउँदा कतिपय काम रोकिनुपर्ने अवस्था आयो र त्यो हाम्रो नियन्त्रण बाहिरको विषय पनि थियो ।’

निर्माण अवधिभर विभिन्न राजनीतिक तथा सामाजिक आन्दोलनले पनि काममा असर पु¥याएको उनले बताए ।

उनका अनुसार कुनै आन्दोलन एक–दुई दिन मात्र भए पनि त्यसको असर निर्माण कार्यमा झण्डै १०–१२ दिनसम्म पर्न सक्ने अवस्था हुने गरेको छ । यद्यपि समय लम्बिए पनि परियोजनाको लागत भने नबढ्ने उनले स्पष्ट पारे ।

श्रेष्ठका अनुसार संसद भवनको सिभिल निर्माणतर्फ करिब ५ अर्ब ५० देखि ६० करोड रुपैयाँ हाराहारी खर्च हुने अनुमान छ भने इन्टेरियर निर्माणका लागि थप २ अर्ब ३४ करोड रुपैयाँ लागत रहेको छ ।

उनले भने,‘थप आर्थिक भार यसमा केही पनि पर्दैन। समयको हिसाबले अलिकति बढी समय लाग्न गयो तर हामीले जुन सुरुमा सम्झौता गरेको रकम छ। सम्झौता लागतमा बढ्दैन। सम्झौता लागत भित्रै निर्माण कार्य सम्पन्न हुन्छ । समय बढी लाग्यो भन्दैमा राज्यलाई थप आर्थिक व्यहोर्न पर्दैन । ५ अर्ब ५० – ६० करोडको हाराहारी त्यसमा इन्टरियरको अर्को २ अर्ब ३४ करोड हो यति हो यही लागत भित्र नै भवन सबै सम्पन्न हुन्छ ।’
करिब १५० रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भइरहेको नयाँ संसद भवन तयार भएपछि संघीय संसदका सम्पूर्ण गतिविधि यही नयाँ संरचनाबाट सञ्चालन हुनेछन् ।

यसअघि संसद बैठक सञ्चालनका लागि प्रयोग हुँदै आएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भने मूलतः सम्मेलन र अन्य कार्यक्रमका लागि निर्माण गरिएको संरचना हो । संविधानसभाको निर्वाचनपछि सांसदहरूको संख्या बढेपछि अस्थायी रूपमा त्यही भवनलाई संसद बैठकका लागि प्रयोग गरिएको थियो। अब उक्त भवनलाई सम्मेलन केन्द्र कै हिसाब ले अगाड़ी बढ़ाइने छ ।

अब नयाँ संसद भवन पूर्णरूपमा तयार भएपछि संसदका सबै गतिविधि सोही भवनबाट सञ्चालन हुने र संसदका लागि आवश्यक सम्पूर्ण पूर्वाधार एउटै परिसरभित्र उपलब्ध हुने बताइएको छ ।

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKFX9D4SQKR8VKC83BF7150A.jpg

कोशीमा पुराना दल परे पछि, श्रम संस्कृति दोस्रोमा

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ को अन्तिम समानुपातिक मत परिणामले कोसी प्रदेशको राजनीतिक शक्ति सन्तुलनमा ठुलो परिवर्तन देखाएको छ । सुनसरी क्षेत्र नम्बर १ बाट उदाएको श्रम संस्कृति पार्टी प्रदेशमा दोस्रो ठुलो दलका रूपमा स्थापित भएको छ भने परम्परागत दल पछि परेका छन् ।

निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले २ लाख ९२ हजार ४९ मत प्राप्त गर्दै दोस्रो स्थान सुरक्षित गरेको हो ।

प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको उक्त पार्टीले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीजस्ता पुराना दललाई मतसंख्यामा उछिनेको छ ।

समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्पष्ट अग्रता कायम गर्दै पहिलो दल बनेको छ । रास्वपाले ८ लाख ५३ हजार १८३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पनि रास्वपाले कोसी प्रदेशका १७ सिट जित्दै सबैभन्दा ठुलो शक्ति बनेको छ ।

यसैबीच, प्रत्यक्षतर्फ चार सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५६२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

त्यसैगरी, प्रत्यक्षतर्फ चारै सिट जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १८६ मतसहित चौथो स्थानमा सीमित भएको छ ।

कोसी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी समानुपातिकतर्फ ९७ हजार ६७९ मतसहित पाँचौँ स्थानमा रहेको छ ।
राजसंस्था र हिन्द राज्यको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि अपेक्षाकृत कमजोर देखिएको छ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपा समानुपातिकतर्फ ६२ हजार ८९९ मतसहित छैटौँ स्थानमा सीमित भएको छ ।

त्यसैगरी, निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कोसी प्रदेशमा त्रिमूल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ ।

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKFTZC682FCJKHDCN6K4TNQV.jpg

रौतहटमा नीलगाईको आतंक : स्थानीय सरकारसँग हारगुहार

रौतहट । रौतहटको मध्य तथा दक्षिणी भेगमा पर्ने बौधिमाई र मौलापुर नगरपालिकाका किसानहरू यति बेला जङ्गली जनावर ‘निलगाई’ (घोडगदा)का कारण निकै सास्ती खेपिरहेका छन् । केही समययता जिल्लाका यी क्षेत्रमा नीलगाईको सङ्ख्या र सक्रियता बढेसँगै किसानले लगाएको नगदे तथा खाद्यान्न बालीमा ठुलो क्षति पुगिरहेको छ ।

स्थानीय किसानका अनुसार नीलगाईको बथान नै खेतमा पसेर गहुँ, मुसुरो (दलहन), तोरी (तेलहन) र मौसमी तरकारी बाली नष्ट गरिरहेका छन् । नीलगाईले बाली खाने मात्र नभई, जमिनमा कुल्चेर र दौडेर समेत बिरुवाहरू सखाप पार्ने गरेको छ ।

बौधिमाई नगरपालिकाका किसान विजय साह आफ्नो पीडा सुनाउँदै भन्छन्, ‘दिनरात पसिना बगाएर हुर्काएको गहुँ र तरकारी एकै रातमा नीलगाईले सखाप पारिदिन्छ । बिहान खेतमा जाँदा सबै नष्ट भएको देख्दा मन रुन्छ । यसपालि घर खर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।’

पछिल्लो समय नीलगाई बिहान सबेरै र दिउँसोको समयमा समेत निर्धक्क गाउँ बस्ती नजिकका खेतहरूमा आउन थालेका छन् । मौलापुर नगरपालिकाका विभिन्न टोलका किसानहरू अहिले आफ्नो बाली जोगाउन लाठी र टर्च बोकेर रातभर खेतमै जाग्राम बस्न बाध्य छन् ।

कतिपयले खेतको वरिपरि झुल वा जाली हालेर छेक्ने प्रयास गरे पनि नीलगाईको बथानले त्यसलाई सजिलै तोडेर भित्र छिर्ने गरेको स्थानीयको गुनासो छ ।

नीलगाईको आतङ्क बढेपछि आजित भएका किसानहरूले यसबारे स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई जानकारी गराएका छन् । तर, हालसम्म कुनै ठोस पहल नभएको उनीहरूको आरोप छ । ‘हामीले कति दिनसम्म खेतमै सुतेर बाली कुरिरहनेछु वन कार्यालय र नगरपालिकाले हाम्रो क्षतिपूर्ति र सुरक्षाको लागि उचित व्यवस्था मिलाइदिनुपर्छ,’ स्थानीय किसान कृष्ण दयालले आक्रोश पोखे ।

वन क्षेत्रबाट आउने यी जनावरको सङ्ख्या बढ्दै जाँदा किसान कृषि कर्मबाटै पलायन हुनुपर्ने अवस्था सिर्जना भएको छ । वन ऐन र वन्यजन्तु संरक्षण नियमावलीका कारण किसानहरूले चाहेर पनि यी जनावरलाई लखेट्न वा नियन्त्रण गर्न कानुनी अड्चन झेल्नुपर्ने हुन्छ ।

स्थानीयले पटकपटक गुहार गर्दा पनि नगरपालिका र डिभिजन वन कार्यालयले प्रभावकारी योजना नल्याएको उनीहरूको गुनासो छ । रौतहटका यी भेगका बासिन्दाले नीलगाईलाई नियन्त्रण गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न वा खेतको घेराबन्दीका लागि सहयोग गर्न सरकारसँग जोडदार माग गरेका छन् ।

यदि समयमै यसतर्फ ध्यान नदिने हो भने रौतहटको कृषि उत्पादनमा ह्रास आउने र किसान ऋणको भुमरीमा फस्ने निश्चित देखिन्छ ।

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKFTKD69WKGMB4RPCXA1EXSK.jpg

मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–१ चकरी मकरी क्षेत्रमा प्रहरीमाथि आक्रमण भएपछि प्रतिकार स्वरूप प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।

बुधबार राति करिब ९ बजेको समयमा नेपाल प्रहरी गस्तीमा रहेका बेला सामान्य विवाद हुँदा शनिश तितुङ नाम गरेका व्यक्तिले अचानक बियरको बोतल र बन्चरो प्रयोग गरी प्रहरीमाथि साङ्घातिक हमला गरेका थिए ।

हमलापछि प्रतिकार स्वरूप असई दिलबहादुर तामाङले एक राउन्ड गोली चलाएका थिए। उक्त गोली तितुङको कोखामा लागेर उनी घाइते भएका छन् । घटनाका क्रममा तितुङले प्रहार गरेको बन्चरो लागेर असई तामाङको हातमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

दुवै घाइतेलाई तत्काल एम्बुलेन्समार्फत हेटौँडास्थित चुरे हिल अस्पताल ल्याइएको थियो। गोली लागेका तितुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज, भरतपुर पठाइएको छ भने घाइते प्रहरी असई तामाङको उपचार चुरे हिल अस्पतालमै भइरहेको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले प्रहरीमाथि आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने बताएका छन् ।

घटनापछि मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीसहितको सुरक्षा टोली अस्पताल पुगेको थियो । टोलीले घाइते प्रहरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, २८ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKBVR3AHXNK4PY5XBJSJDDGB.jpg

यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

विराटनगर । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत कोशी प्रदेशका जिल्लाहरूबाट प्रतिनिधित्व गर्ने २८ जना नयाँ सांसदको टुंगो लागेको छ । प्रदेशका १४ वटै जिल्लाका २८ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै नयाँ माननीयहरूको टुंगो लागेको हो ।

निर्वाचित २८ सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी अग्रस्थानमा रहेको छ । उसले एक्लैले १७ सीट जितेको छ । त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेले समान ४–४ सीट जितेका छन् भने श्रम संस्कृति पार्टीले ३ स्थानमा विजय हासिल गरेको छ । अन्य दलका कुनै पनि उम्मेदवार कोशी प्रदेशबाट निर्वाचित हुन सकेनन् ।

झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीले क्लिन स्विप गरेको छ । बालेन्द्र शाह (बालेन) झापा क्षेत्र नं. ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गर्दै सांसद बन्न सफल भए । शाहले ६८ हजार ३४८ मत पाउँदा दोस्रो स्थानमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७३४ मत मात्रै पाए ।

निरन्तर यही क्षेत्रबाट चुनाव जित्दै आएका ओलीलाई शाहले यसपटक नराम्रो हार चखाएका हुन् । ३६ वर्षीय बालेन्द्र शाह पेशाले इन्जिनियर भए पनि केही वर्षअघिसम्म नयाँ पुस्तामाझ ¥यापरका रूपमा परिचित छन् । उनी २०७९ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि राष्ट्रिय चर्चाको केन्द्रमा पुगेका हुन् ।

मेयरमा विजयी भएसँगै बालेनले भर्चुअल संसारमा बनेको लोकप्रियतालाई वास्तविक भूगोलसम्म विस्तार गर्न सफल भए । सामाजिक सञ्जालमार्फत स्थापित भएको उनको छवि राजनीतिक नेतृत्वसँग जोडिँदै अझ व्यापक बनेको हो ।

२०७२ सालको महाभूकम्पपछि उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउँदै उनले समाजसेवीको छवि पनि बनाएका थिए । युवामाझ लोकप्रिय रहेका बालेन्द्र शाह नै राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को कुनै निर्णय नगरेमा अबको प्रधानमन्त्री बन्ने छन् ।

झापाकै क्षेत्र नं.४मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका शम्भु प्रसाद ढकालले ४३ हजार ६३१ मत पाए । उनका निकटतम प्रतिस्पर्धी बनेका नेकपा (एमाले) का लाल प्रसाद साँवा लिम्बूले ११ हजार ९८६ मत पाए । २०७९ सालको निर्वाचन भने लिम्बूले नै जितेका थिए ।

क्षेत्र नं. ३मा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठक ३८ हजार ६७४ मतसहित निर्वाचित भए । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका राजेन्द्र प्रसाद लिङ्देनलाई पराजित गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी बनेका लिङ्देनले १७ हजार २९४ मत पाएका छन् । २०७९ सालको निर्वाचन भने लिङ्देनले नै जितेका थिए ।
क्षेत्र नं. २ मा पूर्व उपसभामुख समेत रहेकी इन्दिरा राना मगरले पूर्वसभामुख नेकपा (एमाले)का देवराज घिमिरेलाई पराजित गरिन् । रानाले ६० हजार ११० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका घिमिरेले ११ हजार ३६८ मत मात्रै पाए ।

२०७९ सालको निर्वाचनमा घिमिरे विजयी भई सभामुख बनेका थिए । यसअघि समानुपातिक सांसद रहेकी रानाले घिमिरेलाई नै हराएकी हुन् ।
क्षेत्र नं. १ मा पनि रास्वपा नेतृ निशा डाँगी निर्वाचित भइन् । उनले नेपाली कांग्रेसका केशव राज पाण्डेसहितलाई पराजित गरिन् । डाँगीले ४५ हजार ६८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी पाण्डेले १० हजार ५५० मत ल्याएका छन् । यो क्षेत्रमा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०७९ सालको निर्वाचनमा यहाँ जित हासिल गरेका थिए ।

६ वटा निर्वाचन क्षेत्र रहेको मोरङ जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालादेखि चर्चामा रहेका डा. सुनिल शर्मासम्मले यहाँबाट हार व्यहोर्नुप¥यो । मोरङबाट कांग्रेसका महामन्त्री समेत पराजित भएका छन् ।

क्षेत्र नं. ६ मा रास्वपाकी उम्मेदवार रुविना आचार्य निर्वाचित भइन् । आचार्यले ५५ हजार ५१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका डा. शेखर कोइरालाले १२ हजार ८५० मत मात्रै पाए । कोइराला २०७९ सालको निर्वाचनमा भने विजयी भएका थिए ।

क्षेत्र नं. ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी आशा झाले ३० हजार ४३४ मतसहित विजय हासिल गरिन् । उनको निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका फुल कुमार लालवानीले ९ हजार ४१५ मत पाए । यसअघि यो क्षेत्र स्वतन्त्र उम्मेदवार रहेका योगेन्द्र मण्डलले जितेका थिए ।

क्षेत्र नं. ४ मा कांग्रेसका महामन्त्री गुरुराज घिमिरे रास्वपाका सन्तोष राजवंशीसँग पराजित भए । राजवंशीले ४० हजार ८३३ मत ल्याएर निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी बनेका कांग्रेसका गुरुराज घिमिरेले १२ हजार ८१८ मत पाएका छन् । यो क्षेत्र २०७९ को निर्वाचनमा नेकपाका अमनलाल मोदीले जितेका थिए ।

क्षेत्र नं. ३ कांग्रेस नेता डा. सुनिल शर्माको पकडको क्षेत्र मानिन्थ्यो । तर यहाँ पनि रास्वपाका उम्मेदवार गणेश कार्कीले विजय हासिल गरे । कार्कीले ३६ हजार ९२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेका शर्माले २४ हजार ३५४ मत पाए ।

२०७९ को निर्वाचनमा शर्मा भारी मतका साथ निर्वाचित भएका थिए । क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्ण कुमार कार्कीले ४० हजार ९२४ मत ल्याएर निर्वाचन जिते । नेकपा (एमाले)का दिलीप कुमार अग्रवाल १५ हजार ६२४ मतसहित निकटतम प्रतिस्पर्धी बनेका छन् ।
२०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल विजयी बनेका थिए । क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपाने २७ हजार ३६७ मतसहित निर्वाचित भए । यहाँ श्रम संस्कृति पार्टीकी शान्ती पाख्रिन लामा १७ हजार ५२२ मतसहित उपविजेता बनिन् । २०७९ को निर्वाचनमा कांग्रेसका मोरङ जिल्ला सभापति डिक बहादुर लिम्बुले जितेका थिए ।

चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा पनि कांग्रेस एमाले बढारिएका छन् । यहाँ तीन क्षेत्र रास्वपाले जित्दा एकमा श्रम संस्कृति पार्टीले जित हाँसिल गरेको छ ।

क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कराज राई निर्वाचित भए । राईले ३५ हजार ७४१ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङको २७ हजार २४९ मत आयो । अन्य उम्मेदवारको जमानत जफत नै भएको छ ।
यो क्षेत्रमा २०७९ को निर्वाचनमा जनता समाजबादी पार्टीबाट अशोक राईले जितेका थिए ।

क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लाल बिक्रम थापा निर्वाचित भए । उनले कांग्रेसका राजीव कोइरालासहितलाई पराजीत गर्दै संसदमा यात्रा सुनिस्चित गरेका हुन् । थापाले ५७ हजार ३४८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका राजीव कोइरालाले १६ हजार ७१ मत प्राप्त गरे ।

यो क्षेत्रमा २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फबाट भीम आचार्यले जितेका थिए ।
क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक कुमार चौधरीले निर्वाचन जितेका छन् । अघिल्लो संसदमा पनि समानुपातिक सांसद रहेका उनले ४७ हजार ४२१ मतसहित यो निर्वाचन जितेका हुन् । यहाँ निकटतम बनेका नेपाली कांग्रेसका विजय कुमार गच्‍छदारले २० हजार ५०१ मत पाएका छन् ।

यो क्षेत्रमा पनि अघिल्लो निर्वाचनमा एमालेकी भगवती चौधरी निर्वाचित भएकी थिइन् । अहिले भने उनि तेस्रो बन्न पुगिन् ।
क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका दीपक कुमार साह ४२ हजार ७७१ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी बनेका नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की मात्र १६ हजार ५८७ मत पाए । कार्की नै एसअघिको निर्वाचनमा निर्वाचित भएका थिए ।
उदयपुर जिल्ला पनि रास्वपाले क्लिन स्विप गरेको छ । दुई निर्वाचन क्षेत्र रहेको यो जिल्लाको १ नं निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका पारश मणि गेलाल ३० हजार ५९० मतसहित निर्वाचित भए । उनको निकटतम प्रतिस्पर्धी बनेका श्रम संस्कृति पार्टीका राजेश कुमार राईले ११ हजार ६०६ मत पाएका छन् ।

यहाँ अघिल्लो निर्वाचनमा कांग्रेसका डा.नारायण खड्का निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा एमालेका अम्बर बहादुर रायमाझिले जितेको २ नं. निर्वाचन क्षेत्रमा पनि यो पटक रास्वपाका सुर्य बहादुर तामाङ्गले जित हाँसिल गरे । १४ हजार ८०२ मत पाएका उनको निकटतम प्रतिस्पर्धि बनेका रायामाझीले भने यो पटक ७ हजार ६४८ मत मात्रै पाएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेको इलामा भने १ नं. क्षेत्रमा कांग्रेस र २ नं. मा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । इलाम क्षेत्र नं. १ मा कांग्रेसका निश्कल राईले १४ हजार ५४३ मतसहित निर्वाचन जित्दा निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुले १३ हजार ६३२ मत पाएका छन् ।

यो क्षेत्र २०७९ को निर्वाचनमा भने नेकपा एमालेले जित हाँसिल गरेको थियो । एमाले उम्मेदवार महेश बस्नेत यहाँ निर्वाचित भएका थिए ।
क्षेत्र नं. २ मा भने एमालेका सुहाङ नेम्वाङले आफ्नो जितलाई कायम राखेका छन् । २०८१ मा भएको उपनिर्वाचनमा विजयी भएका नेम्वाङले यो निर्वाचनमा २२ हजार ४२६ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम बनेका नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत पाएका छन् ।

अघिल्लो २०७९को निर्वाचनमा नेकपा एमालेले जित हाँसिल गरेको पाँचथरमा भने यस निर्वाचनमा कांग्रेस उम्मेदवार नरेन्द्र कुमार केरुङ निर्वाचित भएका छन् । केरुङले १७ हजार २३३ मत पाउँदा श्रम संस्कृति पार्टीका हस्त राज शेर्माले १४ हजार ७३४ मत पाएर दोस्रो बनेका छन् ।
धनकुटा जिल्लामा एमालेका उम्मेदवार राजेन्द्र राई निर्वाचित भएका छन् । २०७९ को निर्वाचनको जितलाई नै कायम राख्दै राईले १८ हजार १३२ मतका साथ निर्वाचित भएका हुन् । दोस्रो बनेका नेपाली कांग्रेसका दिनेश राईले १४ हजार २५७ मत पाएका छन् ।

तत्कालीन माओवादी केन्द्रका उम्मद्वार सुदन किँरातिले २०७९ को निर्वाचन जितेको भोजपुर जिल्ला भने यो पटक श्रम संस्कृति पार्टीका धु्रबराज राईले बाजी मारेका छन् । राईले १६ हजार ६६३ मत पाउँदा निकटतम बनेका नेकपा (एमाले)का शेरधन राईले भने १४ हजार ७५० मत पाएका छन् ।

तत्कालीन माओवादी केन्द्रका उम्मद्वार नै रहेका रामकुमार राईले २०७९ को निर्वाचन जितेको खोटाङ जिल्लामा पनि यो निर्वाचनमा श्रम संस्कृति पार्टीका उम्मेदवारले विजय हाँसिल गरेका छन् ।

सो पार्टीका उम्मेदवार आरेन राईले १६ हजार ६१२ मतसहित निर्वाचन जित्दा नेकपा एमालेका देव विक्रम राई १२ हजार ७१४ मतका साथ दोश्रो भए ।

२०७९ को निर्वाचन कांग्रेसका नेता रामहरी खतिवाडाले जितेको जिल्ला हो ओखलढुंगा । तर यो निर्वाचनमा भने कांग्रेसकै उम्मेद्वार कुमार लुईटेललाई ५ मतान्तरले हराउँदै रास्वपाका उम्मेदवार विश्वराज पोखरेल प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
पोखरेलले १३ हजार ९५३ मत पाउँदा नेपाली कांग्रेसका लुईटेलले १३ हजार ९४८ मत पाएका छन् ।

तेह्रथुम जिल्लामा भने नेपाली कांग्रेसले २०७९ को निर्वाचनमा जितेको साख जोगाएको छ । कांग्रेस नेतृ सीता गुरुङले जितेको यो जिल्लामा यो पटक पनि कांग्रेसकै उम्मेदवार सन्तोष सुब्बा निर्वाचित भएका छन् ।

सुब्वाले ११ हजार ५६१ मतका साथ निर्वाचन जित्दा नेकपा (एमाले)का भानु भक्त ढकाल १० हजार ६८२ मतसहित दोस्रो भएका छन् ।
सोलुखुम्बु जिल्लामा पनि नेपाली कांग्रेसले जित हाँसिल गरेको छ । कांग्रेका उम्मेदवार प्रकास सिंह कार्की १३ हजार १६६ मतका साथ निर्वाचित भएका हुन् । उनको निकतम प्रतिस्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका अशिम राई ९ हजार ४१४ मतका साथ आए ।

यो जिल्ला भने २०७९ को निर्वाचनमा नेकपा एमालेले जितेको थियो । एमालेका मानबीर राईले सो निर्वाचन जितेका थिए ।
एसअघि कांग्रेसका दीपक खड्काले जितेको जिल्ला संखुवासभामा भने यो निर्वाचनमा एमालेका उम्मेदवार अर्जुनकुमार कार्की निर्वाचित भएका छन् ।

कार्कीले १५ हजार ६३६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका मिङमा शेर्पा १५ हजार मतका साथ निकटतम प्रतिस्पर्धी भएका छन् ।
कोशी प्रदेशको अर्को जिल्ला ताप्लेजुङमा पनि यो निर्वाचन एमालेले जित हाँसिल गरेको छ । एमालेका उम्मेद्वार क्षितिज थेबे १३ हजार ९६२ मतका साथ निर्वाचित हुँदा नेपाली कांग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बु ११ हजार ७११ मतका साथ दोस्रो भएका छन् ।

यो जिल्ला एसअघि पनि नेकपा एमालेले नै जितेको जिल्ला हो । एमालेका उपमहासचिव योगेश भट्टराईले अघिल्लो निर्वाचन जितेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, २६ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKBFMA2J2AT9B31FDSJAGB3K.jpeg

दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्न देशव्यापी रूपमा श्रमदातालाई तयार रहन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद हर्क साम्पाङले दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने कार्यका लागि देशव्यापी रूपमा श्रमदातालाई तयार रहन आह्वान गरेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै नवनिर्वाचित साम्पाङले पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले मान्छे पठाएको समेत बताएका हुन् ।

‘दार्चुलामा तुइनको साटो झोलुङ्गे पुल निर्माण गर्ने भएको छु । यस कठिन भौगोलिक अवस्थामा हुने निर्माण कार्यका लागि देशव्यापी रूपमा श्रमदाता पनि तयार रहनुस् । पुल निर्माण स्थलको भौगोलिक अवस्था र अन्य प्राविधिक जानकारी लिन आफूले एउटा अग्रिम टोली त्यसतर्फ पठाइसकेको छु,’ उनले भनेका छन् ।

मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर, क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव नभएको उनले बताए ।

उनले भने, ‘मोटर बाटो नपुगेको उक्त दुर्गम स्थानको सम्पूर्ण वस्तुस्थिति बुझेर टोलीले जानकारी दिएपछि म पनि निर्माण स्थलमा जन्छु । मोटर बाटो नभएका कारण निर्माण स्थलमा डोजर जादैन् । क्रसर र अन्य भारी मेसिनरी उपकरण लैजान सम्भव छैन् ।’

साम्पाङले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्ने जनाकारी समेत दिए । उनले भने, ‘त्यहाँ बिजुलीको सुविधा छैन् त्यसले गर्दा ड्रिल मेसिन प्रयोग गर्न सकिदैन् । जेनेरेटर बोकेर लान पनि सकिदैन् । त्यसैले श्रमदानमा जानेहरूले घन, मार्तोल, बेल्चा, गैँती र झब्बलको भरमा ढुङ्गा र गिटी फुटाउनेदेखि बाटो खन्नेसम्मको काम हातैले गर्नुपर्ने हुन्छ । यसैले पुल निर्माणको काम सम्पन्न गर्न १५ देखि २० दिनसम्म लाग्न सक्छ ।

सहयोगी दाताहरूलाई न्यूनतम १० रुपैयाँदेखि माथि आफ्नो गच्छेअनुसार सहयोग गर्न साम्पाङले आग्रह समेत गरका छन् ।

प्रकाशित मितिः मङ्गलबार, २६ फागुन २०८२
https://www.jawaaf.com/storage/01KKB2Z8DDHXJVVP67CC2AEW2V.jpg

बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेखनीय अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रास्वपाले १२५ सिट जित्दै सबैभन्दा ठूलो दलका रूपमा उभिएको छ । कुल १६५ वटै निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भइसकेको छ । सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा एमालेले ९ सिट हात पारेको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ८ सिट जितेको छ ।

यसैबीच समानुपातिक तर्फको मतगणनामा पनि रास्वपाले अग्रता कायम राखेको छ । हालसम्मको मतपरिणाम अनुसार रास्वपाले ४९ लाख ८७ हजार ७०० मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले समानुपातिकतर्फ १६ लाख ९१ हजार ७६ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १४ लाख ७ हजार ९२३ मत पाएको छ । त्यस्तै नेपाल कम्युनिस्ट पार्टीले ७ लाख ६६ हजार ३९२ मत प्राप्त गरेको छ ।
प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ सिट प्राप्त गर्न राजनीतिक दलले कुल मतको कम्तीमा ३ प्रतिशत मत प्राप्त गर्नुपर्ने प्रावधान रहेको छ ।

हालसम्मको मतगणनाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मात्र उक्त थ्रेसहोल्ड पार गर्ने अवस्थामा देखिएका छन् । नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपा, जससँग पूर्व काठमाडौं महानगरपालिकाका मेयर तथा ¥यापर बालेन्द्र शाह पनि आबद्ध रहेका छन् । यो पार्टी यस निर्वाचनमा उल्लेखनीय सफलता हासिल गर्दै संसदमा बलियो उपस्थिति बनाउने दिशामा अघि बढेको देखिन्छ ।

यही ट्रेन्ड कायम रहेमा रास्वपाले समानुपातिकबाट मात्रै करिब ६० सिट थप्ने अनुमान गरिएको छ । यसरी प्रत्यक्ष र समानुपातिक जोड्दा रास्वपाको कुल सिट संख्या १८५ पुग्न सक्छ, जुन २७५ सदस्यीय प्रतिनिधिसभामा दुई–तिहाइ बहुमत (१८४ सिट) भन्दा बढी हो ।
रास्वपाको लहरले पुराना स्थापित दलहरूलाई निकै पछाडि छाडेको छ । बालेन शाह र रास्वपाको यो सफलतालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत बधाई दिएका छन् ।

सोमबार साँझ रास्वपा सभापति रवि लामिछाने र नेता बालेन शाहसँग टेलिफोन संवाद गर्दै प्रधानमन्त्री मोदीले चुनावी सफलताको लागि शुभकामना दिएका हुन् । उनले अब नयाँ बन्ने सरकारसँग मिलेर भारत र नेपालको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । एएनआई

प्रकाशित मितिः मङ्गलबार, २६ फागुन २०८२