शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01KKAXWNEDJ7XF3K9VAB7CJ86P.jpg

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत संखुवासभामा नेकपा एमालेका उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् ।
कार्कीले १५ हजार ६३६ मत प्राप्त गर्दौ विजय हासिल गरेका हुन् ।

निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिङमा शेर्पाले १५ हजार मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार दिपन कुमार श्रेष्ठले १३ हजार २७१ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीकी उम्मेदवार उमा कुमारी राईले ९ हजार ८५७ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मितिः मङ्गलबार, २६ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK8F01RYTDN95EHB1N93B25W.jpg

निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको मातृकाको आरोप

जनकपुर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम धनुषा क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार मातृका प्रसाद यादवले निर्वाचन आयोगले दोहोरो चरित्र देखाउन खोजेको आरोप लगाएका छन् ।
हिजो (आईतबार) निर्वाचन आयोगले धनुषा क्षेत्र नं.१ को मतगणनाको नतिजा रोक्न निर्देशनसहितको पत्र जारी गरेपछि यस क्षेत्रका उम्मेदवारहरु आक्रोसित भएका छन् ।

नेकपाबाट उम्मेदवारी दिएका यादवले हिजो धनुषाको धनुषाधाममा विरोध जनाएका थिए । उनले अबेर राती सोही स्थानमा पत्रकारसम्मेलन गर्दै निर्वाचन आयोगले जारी गरेको निर्देशनको विरोध गरेका छन् । उनले आयोगले आफै गरेको निर्णय तीन पटक परिवर्तत गरेर अन्तमा उम्मेदवारहरुलाई नै अन्योलमा पारेको आरोप लगाएका छन् ।

कालो सूचीमा नाम रहेको भन्दै निर्वाचन आयोगले पहिला रास्वपाका सोही क्षेत्रबाट उम्मेदवारी दिएका किशोरी साह कमलको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनको मतगणना गरी छुट्टै लगत राख्ने भनी दोस्रो पटक निर्णय गरेको थियो । र हिजो फेरि अर्को निर्णय गर्दै मुद्दा विचाराधिन रहेको भन्दै निर्वाचन परिणाम घोषणा नगर्न सुचना जारी गरेको थियो ।

रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज भएपनि उनलाई सो क्षेत्रमा अन्य सबै उम्मेदवारहरु भन्दा बढि मत परेको थियो । उनी पछि नेकपाका उम्मेदवार मातृका यादवलाई १० हजार ४२८ मत परेको थियो भने नेपाली कांग्रेसका उम्मेदवार रामपलटन साहलाई ९ हजार ४८५ र नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डललाई ९ हजार २२० मत परेको थियो ।

रास्वपाको उम्मेदवार कमलको उम्मेदवारी खारेज मान्ने हो भने नेकपाका उम्मेदवार मातृकको जित हुने निश्चित देखिएको थियो । तर हिजो आयोगले जारी गरेको सुचना पछि मातृकासहित सम्पूर्ण उम्मेदवारुको नतिजा अन्योलमा परेको छ ।

प्रकाशित मितिः सोमबार, २५ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK8EGT2HMZVKF499NS7D625A.jpg

चुनाव जितेका महावीरले फेरी किताब बेच्न सुरु गरे

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित महावीर पुनले पुनः किताब बेच्न सुरु गर्ने भएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पोखराको अमरसिंह चोकमा आत्म कथाको किताब बेच्न सुरु गर्ने जानकारी दिए । चुनावसँगै किताब पनि बेच्ने भनेर किताबहरु लगेको बताउँदै उनले तर निर्वाचन आयोगले चुनावमा बेच्न नदिएको बताए ।

उनले लेखेका छन्,‘आज पोखरा पुगेर १० बजे देखि अमरसिंह चोकमा मेरो आत्म कथाको किताब बेच्न सुरु गर्नेछु। त्यसपछि पृथ्वीचोकमा १ बजे देखि र महेन्द्रपुलमा ४ बजे पछि बेचिनेछ। चुनाव पनि लड्ने र किताब पनि बेच्ने भनेर किताबहरु लगेको थिएँ, तर निर्वाचन आयोगले चुनावमा बेच्न दिएन । बीरगञ्जमा कृषि औजार कारखाना मज्जाले चलि रहेकै छ, त्यसैले पैसा त त चाहियो नि ।’

प्रकाशित मितिः सोमबार, २५ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK6NEKATW49C5BEHGJG00D3C.jpg

इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा अमेरिकाका शहरहरुमा प्रदर्शन

एजेन्सी । इरानमाथि अमेरिका–इजरायली आक्रमणको विरोधमा र युद्धविरामको आह्वान गर्न न्यूयोर्क र अमेरिकाका अन्य शहरहरूमा प्रदर्शन गरिएको छ ।
म्यानहट्टनको युनियन स्क्वायरमा, हजारौं प्रदर्शनकारीहरूले ‘इरानमा युद्ध बन्द गर’ र ‘इरानबाट हात हटाऊ’ लेखिएका प्लेकार्डहरू बोकेका थिए । प्रदर्शनकारीहरुले सरकारलाई देश विरुद्ध सैन्य कारबाही बन्द गर्न आग्रह गरेका थिए।
‘मलाई आशा छ कि सबै देशहरू र अन्तर्राष्ट्रिय समुदायले युद्ध रोक्न इजरायल र संयुक्त राज्य अमेरिकालाई दबाब दिनेछन्,’ एक प्रदर्शनकारी एड्रिनाले भनिन्। उनले द्वन्द्वले आर्थिक क्षति भएको पनि बताइन् ।
अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरान विरुद्ध आक्रमण सुरु गरेको थियो । जसले गर्दा युद्धग्रस्त मध्य पूर्व हिंसाको नयाँ चरणमा फसेको छ।
इरानले इजरायल र यस क्षेत्रभरि अमेरिकी लक्ष्यहरू विरुद्ध श्रृंखलाबद्ध प्रतिआक्रमणहरूको प्रतिशोध लिएको छ।
संयुक्त राष्ट्रसंघका लागि इरानका राजदूत अमिर सईद इरावनीका अनुसार अमेरिका–इजरायली हवाई आक्रमणमा महिला र बालबालिका सहित कम्तीमा १,३३२ इरानी नागरिकको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। (सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, २४ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK69WPTXPWW7NTXVSNBMETF5.png

सुनसरी १ मा हर्कराज राई विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् ।

हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् ।

नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् ।

प्रकाशित मितिः आइतबार, २४ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK5SG9K8EQZEPY18BN1BR4H1.png

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत

काठमाडौं । टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ ।

न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ ।
यसैगरी, भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजक हुने दाउमा रहेको छ ।

फाइनल हेर्न एक लाखभन्दा बढी समर्थक उपस्थित हुने छन् । तीमध्ये अधिकांश घरेलु टोली भारतको समर्थनमा रहने छ ।

प्रकाशित मितिः आइतबार, २४ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK5QMGBM8E26FPZGEM1CWJ98.jpg

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८१४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ ११७२ मत पाए ।

प्रकाशित मितिः आइतबार, २४ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK3GRKZV3HJP9SS7VPDQFCXE.jpg

देशभर चुनावी परिणामको लहर, मुगुमा अझै पुगेन मतपेटिका

मुगु । प्रतिनिधिसभा सदस्य निर्वाचनको देशका अधिकांश स्थानमा मतगणना भइ बिजय जुलुस निकालिरहँदा हिमाली जिल्ला मुगुमा भने अझैपनि मत पेटिका मुख्य निवाचन अधिकृतको कार्यालयमा पुग्न सकिरहेको छैन ।

मुगुमा एक निर्वाचन क्षेत्र भएको जिल्ला हो । जहाँ एकवटा अस्थाई मतदान केन्द्र ६९ वटा मतदान केन्द्र गरी सातवटा केन्द्र रहेका थिए । जसमध्ये ६८ मतदान केन्द्रका मतपेटिका सदरमुकाम गमगढी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आइपुगेका छन् भने नाक्चेलाग्ना सीमासंग जोडिएको मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ मतदान केन्द्र र डोल्फू मतदान केन्द्रका मतपेटिका आइपुग्न बाँकी रहेको हुँदा मत गणना गर्न केही ढिला भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ ।

देशभर परिणाम सार्वजनिक भइरहँदा मुगुमा भने मतपेटिका नै सदरमुकाम आइनपुग्नुले निर्वाचन व्यवस्थापनको तयारी र पूर्वतयारी माथि प्रश्न उठ्न थालेको छ । दुर्गम भौगोलिक अवस्थालाई कारण देखाइए पनि प्रत्येक निर्वाचनमा उस्तै समस्या दोहोरिनुलाई स्थानीय मतदातामा असन्तुष्टि बढाएको छ ।
मतदाताले समयमै मतदान गरेर आफ्नो अधिकार प्रयोग गरेपनि मतपेटिका ढुवानी र व्यवस्थापनमा हुने ढिलाइले मुगु सधैं परिणाम सार्वजनिक गर्ने मामिलामा पछि पर्ने गरेको छ । बाँकी रहेका दुई मतदान केन्द्रका मतपेटिका कहिले सदरमुकाम पुग्छन् र मतगणना कहिले सुरु हुन्छ भन्ने विषयमा मतदाताहरुको चासो बिषय बन्दै गएको छ । बाँकी रहेका मतदान केन्द्रबाट सदरमुकाम गमगढी पैदल पुग्न दिन भन्दा बढी समय लाग्छ । चार स्थानीय तह रहेको मुगुमा ३६ हजार ३१ मतदाता छन् । यस पटक २२ हजार ७७ मत खसेको थियो ।

प्रकाशित मितिः शनिबार, २३ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK3GM5JANHDCMWBWCZDZ1F3Y.jpg

र्याप ब्याटल देखि प्रधानमन्त्रीको दौडसम्म : बालेन शाहको उदयले नेपाली राजनीतिमा नयाँ मोड

काठमाडौं । पछिल्ला केही वर्षमा नेपालको राजनीतिमा तीव्र परिवर्तन देखिएको छ । यही परिवर्तनको केन्द्रमा छन् काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जो ¥याप सँगीतको मञ्चबाट राष्ट्रिय राजनीतिसम्मको यात्रा तय गर्दै अहिले प्रधानमन्त्री बन्ने सम्भावित नेताका रूपमा चर्चाको केन्द्रमा छन् ।
२०७९ को स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्दै उनले काठमाडौं महानगरपालिकाको मेयर पदमा ऐतिहासिक जित हासिल गरेका थिए ।
लौरो चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका बालेनले ६१ हजार ७६७ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । उनकी मुख्य प्रतिस्पर्धी कांग्रसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेकी थिइन् भने एमालेबाट उम्मेदवार बनेका केसब स्थापितले ३८ हजार ११७ मत ल्याएका थिए ।
इन्जिनियरिङ पृष्ठभूमिका बालेन सन् २०१३ मा नेपालकै चर्चित ¥याप ब्याटल लिग र बर्ज मार्फत सार्वजनिक रूपमा परिचित भएका थिए । तर उनको राजनीतिक यात्रा भने योजनाबद्ध रूपमा अघि बढेको बताइन्छ । मेयर पदमा उम्मेदवारी दिनुभन्दा करिब साढे दुई वर्षअघि देखि उनले तयारी थालेका थिए ।
उनले काठमाडौँको हिमालयन ह्वाइटहाउस कलेजबाट इन्जिनियरिङ अध्ययन गरेका छन् भने भारतबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । यही प्राविधिक पृष्ठभूमिले राजनीतिप्रति निराश बनेका धेरै मतदातालाई आकर्षित गरेको विश्लेषकहरूको भनाइ छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७७ जनाको मृत्यु भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका थिए । त्यसपछि बनेको राजनीतिक परिस्थितिमा जेन–जी आन्दोलनका कार्यकर्ताहरूले अन्तरिम सरकारको नेतृत्वका लागि बालेन शाहलाई पहिलो रोजाइका रूपमा अघि सारेका थिए ।
तर बालेनले अन्तरिम प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई समर्थन गरेका थिए । विश्लेषकहरूका अनुसार यो निर्णयले उनलाई छोटो अवधिको सत्ता भन्दा दीर्घकालीन राजनीतिक अवसरतर्फ अघि बढ्न सहयोग गरेको देखिन्छ ।
यसैबीच २०८२ माघ ४ मा बालेन औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । त्यसको भोलिपल्ट उनले जनकपुरबाट आफ्नो चुनावी अभियान सुरु गरेका थिए ।
यस पटक उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने निर्णय गरेका थिए । यो क्षेत्र लामो समयदेखि ओलीको प्रभाव क्षेत्र मानिन्छ । काठमाडौंबाट करिब ३०० किलोमिटर टाढा रहेको यस क्षेत्रमा बालेनको उम्मेदवारीले राष्ट्रिय राजनीतिमा ठूलो चर्चा र बहस सुरु गराएको छ ।
बालेन सामाजिक सञ्जालमा अत्यन्त सक्रिय छन् । फेसबुकमा उनका करिब ३५ लाखभन्दा बढी फलोअर्स छन् र उनी प्रायः त्यही माध्यमबाट जनतासँग प्रत्यक्ष संवाद गर्छन् । यद्यपि उनको स्पष्ट र कहिलेकाहीँ आक्रामक अभिव्यक्तिका कारण विवाद पनि हुने गरेको छ । उनले विगतमा अमेरिका, भारत र चीनजस्ता शक्तिशाली देश तथा नेपालका प्रमुख राजनीतिक दलहरूबारे कडा टिप्पणी गरेका थिए ।
सन् १९९० मा जन्मिएका बालेन चार दाजुभाइमध्ये कान्छा हुन् । उनका पिता रामनारायण शाह आयुर्वेद चिकित्सक थिए, जसको निधन बालेनको मुख्यधारको राजनीतिमा प्रवेश हुनुअघि भएको थियो ।
हाल बालेन काठमाडौं विश्वविद्यालयमा परम्परागत पूर्वाधारसम्बन्धी विषयमा विद्यावारिधि (पीएचडी) अध्ययन गरिरहेका छन् । यसरी उनी प्राविधिक ज्ञान, शैक्षिक पृष्ठभूमि र लोकप्रिय राजनीतिक शैलीलाई एकसाथ अघि बढाइरहेका छन् ।
विश्लेषकहरूका अनुसार बालेन शाहको उदयले नेपालको परम्परागत राजनीतिक संरचनालाई चुनौती दिएको छ । उनी परिवर्तनका प्रतीक बन्नेछन् वा विवादास्पद नेतृत्वको रूपमा चिनिनेछन् भन्ने कुरा आगामी राजनीतिक घटनाक्रमले तय गर्नेछ । तर यति निश्चित छ कि नेपालको राजनीतिमा पुरानो पुस्ताको प्रभुत्वमाथि अहिले गम्भीर चुनौती देखिएको समाचार एएनआइले लेखेको छ ।

प्रकाशित मितिः शनिबार, २३ फागुन २०८२
https://www.jawaaf.com/storage/01KK385XVJ48TWH4BBJM5X7JQJ.jpg

काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पुकार बम निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार बमले २९ हजार १४२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले आठ हजार ८२४ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार राजन भट्टराईले पाँच हजार ७३३ मत प्राप्त छन् ।
यसअघि सोही क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निर्वाचित भएका थिए ।

प्रकाशित मितिः शनिबार, २३ फागुन २०८२