शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K53WFRD6HG7QQQ1MKGXBCH0B.jpeg

सुशीला कार्कीका छोराहरु बनेर काम गर्न तयार छौं : खगेन्द्र सुनार

काठमाडौं । दलितका लागि दलित अभियानका अभियन्ता खगेन्द्र सुनारले अब बन्ने सरकार सबैको प्रतिनिधित्व हुने समावेशी सरकार बन्नुपर्ने बताएका छन् । 

आइतबार नव गठित सरकारबारे दलित समूदायको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै अहिलेको सरकारको नेतृत्वको मुहारमा दलित, जनजाति, मधेशी सबैको अनुहार झल्किने गरी समावेशी सरकार बन्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘सरकारमाथि अट्याक सुरु भइसकेको छ, पुराना राजनीतिक दलहरु फेरी व्यूतिएर भुतभुताउँदै उठेको हामीले देखेका छौ अव ती तानाशाही, अपराधीहरुको हातमा देश जानुहुँदैन । सरकार समावेशी बन्नुपर्छ, सरकारमा सबैको प्रतिनिधित्व हुनुपर्छ । सुशीला कार्कीको अनुहार यताबाट हेर्दा मधेशीजस्तो, उताबाट पहाडी, दलित, जनजाति, हिमाली जस्तो सबैको अनुहार त्यसमा झल्किनुपर्छ ।’

उनले अव बन्ने सरकारले सबै जनतालाई न्याय दिनसक्ने कुरामा विश्वस्त रहेको पनि बताए । ‘हिजो यिनै कांग्रेस, एमाले, माओवादीहरुको घाँटी च्यापेर निकालिएकी सुशीला कार्कीले यो कुरा बुझेकी छिन् त्यो अनुसार सबै जनतालाई न्याय हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौ,’ उनले भने । 

अभियन्ता सुनारले आफू मन्त्री बन्ने दौडमा नरहेको भन्दै देश निमार्णको सन्दर्भमा पूर्ण साथ र समर्पण रहेको बताए । 

‘म मन्त्रीको दौडमा छैन । मेरो अभियान मन्त्री बन्ने अभियान होइन । यो देशले पहिला सास फेर्न पाउनुपर्छ । मरेकाले पहिला न्याय पाउनुपर्छ । घाइतेहरुको उपचार हुनुपर्छ । देश आगो लागेर खरानी भएको छ । यो खरानीलाई हामीले बग्न दिनुहुँदैन । खरानीबाट देशलाई माथि उठाउनुपर्छ । देश निर्माणको सन्दर्भमा हाम्रो साथ र समर्पण रहनेछ,’ उनले भने । 

उनले जेनजीहरुको आन्दोलनको उपलव्धिहरुलाई खरानी बनाउने प्रयास हुन सक्ने भन्दै प्रधानमन्त्री कार्कीको रक्षक बन्ने पनि बताए । 

‘आन्दोलनमा लागेका जेनजीहरुको अपमान गर्ने, जेनजीहरु केही होइन भन्ने, यीनका नेतृत्व छैन भनी आन्दोलनका उपलव्धिहरुलाई खरानी बनाउने त्यो खालको खतरा हुनसक्छ त्यसैले हामी सुशीला कार्कीको एउटा छोराको बनेर आमाको रक्षाको लागि नेपाल आमाको रक्षाको लागि हामी ढाल बनेर उभिने छौ,’ उनले भने । 

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K53J7X04K512N4CZCM0K0DJR.jfif

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र  १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । 

साथै उनको अनुसार घाइतेहरुको  निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् ।

उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था गर्ने पनि निर्णय भएको जानकारी गराउँछु ।’ 

त्यस्तै उनले प्रदर्शनकारीबाट ५९ जना ,कैदीबन्दी १० र सुरक्षाकर्मी तीन जनागरी जम्मा ७२ जनाको मृत्यु भएको सरकारी डाटा रहेको पनि जानकारी दिए ।

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K53HTJWHRD58BHXZEP2G70MF.jpg

सुमना श्रेष्ठद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टी परित्याग गरेको घोषणा गरेकी छन्।

आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको जानकारी दिँदै पार्टीभित्रको समस्याहरूप्रति आफ्नो असन्तोष व्यक्त गरेकी छन्। उनले आरोप लगाएकी छन् कि पार्टी कहिल्यै गल्ती स्वीकार्दैन, गल्तीको भार पार्टीका सबै सदस्यहरूले बहन गर्नुपर्छ र आलोचना गर्नेहरू विरुद्ध मिडियाट्रायल गर्ने प्रवृत्ति रहेको छ।

सुमना श्रेष्ठले लेखेकी छन्, “कहिलै गल्ती स्वीकार्ने छैन। गल्ती माथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोक्नुपर्छ। पार्टीभित्र आलोचनागर्नेहरूविरुद्ध मिडियाट्रायल गर्ने। राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको त्यतिबेला देखि नै म आलोचना गर्दै आएको हुँ। तर यसले फरक पारेन, उल्टै मिडियाट्रायल सुरु भयो। यो स्वीकार्य छैन। अब खुल्ला रूपमा आक्रमण गर्नुपरे पनि सजिलो बनाइदिएको छु। मनलाग्दीनै गर्नुहोस्, मैले पार्टी छोडे।”

उनले आफ्ना नेताहरूमाथि कुनै पदीय अधिकार नहुने र अन्य पार्टीका नेताहरूलाई पार्टी कार्यकर्ताहरू व्यवस्थापन गर्न सुझाव दिने समेत उल्लेख गरेकी छन्।

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K53DDGY15JDMNGMYYK17MN3B.jpg

चीनले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दियो

काठमाडौं। छिमेकी मुलुक चीनले नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई दिएको छ।

शनिबार बेइजिङमा भएको नियमित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको उत्तर दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले कार्कीलाई बधाई दिएका हुन्। उनले चीन–नेपालबीचको परम्परागत मित्रता गहिरो र पुरानो रहेको उल्लेख गरे।

प्रवक्ताले भने, “कार्की नेपाल सरकारको अन्तरिम प्रधानमन्त्री पदमा नियुक्त भएकामा चीनले बधाई दिन्छ। चीनले सधैं नेपाली जनताले आफ्नो इच्छा अनुसार रोजेको विकास मार्गको सम्मान गरेको छ। चीन नेपालसँग मिलेर शान्तिपूर्ण सहअस्तित्वको पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न तयार छ। विभिन्न क्षेत्रका आदानप्रदान र सहयोगलाई अझ अघि बढाउँदै, नेपालसँगको सम्बन्धलाई निरन्तर अगाडि बढाउन चीन इच्छुक छ।”

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K53CSCCVJNVHCKJRSJJ76AR1.jpg

पार्टी भित्रको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान सुरु गर्न आग्रह गरेका छन्  । आइतबार सामाजिक सञ्जालमार्फत उनले पार्टीभित्र सबै प्रकारको सीमा र दायरा भत्काउँदै प्रश्न गर्ने र उत्तर खोज्ने समय आएको बताए । 

उनले लेखेका छन्,’पार्टी भित्र सबै प्रकारको सिमा र दायरा भत्काउँदै प्रश्न गरौँ र उत्तर खोजौँ । समय अनुसार पार्टी रूपान्तरणको लागि अभियान थालौँ । विज्ञानले प्रश्नको र भक्तले भगवानको माग गर्छ । हामी विज्ञानको पक्षधर हौँ कि भगवानको ?  स्पष्ट बनौँ ।’

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K530YE39DGQ7XNCHW9SQV7S1.jpg

आज राष्ट्रिय बाल दिवस

काठमाडौं । आज राष्ट्रिय बाल दिवस,विभिन्न कार्यक्रमको आयोजनागरी देशभर मनाईँदै छ । 

नेपालले बाल अधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

बाल अधिकार भनेको बालबालिकाको बाच्न पाउने, विकास गर्न पाउने, संरक्षण पाउने, आफ्नो बारेमा गरिने नीति निर्णय र सामाजिक गतिविधिहरूमा सक्रिय अर्थपूर्ण सहभागिता हुन पाउने आफ्नो विचार व्यक्त गर्न पाउने अधिकारहरूको सम्मिश्रण हो ।

बाल अधिकार सम्बन्धी महासन्धि सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाबाट बालबालिकाको अधिकारका निम्ति पारित राज्य राज्यहरूबिचको एक साझा सम्झौता पत्र हो ।

बाल अधिकार आदर्श र घोषणा पत्रमा मात्र सीमित नराखेर यसलाई बाल विकासको व्यवहारिक स्वरूप दिन यस महासन्धिको प्रतिवादन गरिएको हो । नेपालले १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरिसकेको छ । 

आजको परिवर्तित समय सँगसँगै बाल अधिकारलाई देशको मूल कानुन संविधानमै पनि समेटिएको छ ।

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K530EXXE2QE2ED531FXV8KA3.jpg

आज मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । 

शुक्रबार शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आज सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी हुन् ।

जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् । 

राजनीतिक दलमा संलग्न भएको भन्दा बाहिरैबाट मन्त्री चयन गर्ने तयारी उनीहरूको छ ।

प्रकाशित मितिः आइतबार, २९ भदौ २०८२
https://www.jawaaf.com/storage/01K51MK795WJBDGK2HQ6X2RQSJ.jpeg

नयाँ सरकारले गम्भीर भएर कदम चाल्नुपर्छ

काठमाडौं । अर्थविद्हरुले मुलुकलाई अहिलेको चूनौतिबाट पारलगाउनको लागि नयाँ सरकारले गम्भीर कदम चाल्नुपर्ने सुझावदिएका छन् ।

नयाँ सरकारलाई खर्च कटौती, पारदर्शीता र सानो टिम बनाएर कामगर्न उनीहरुको सुझाव छ । आज (शनिबार) काठमाडौंमा आयोजनागरेको साक्षात्कारमा बोल्दै उनीहरुले देशमै रोजगारी सिर्जना गर्न, पुँजी पलायन रोक्नेगरि कदम चाल्नपनि सुझाव दिएका छन् ।

वरिष्ठ अर्थविद् चन्द्रमणि अधिकारीले नेपालको अर्थतन्त्र ६१ खर्बमाआधा अहिले नोक्सानी भएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘राष्ट्र अहिले अप्ठ्यारोमा छ । यसलाई कसरी जोगाउने ? राष्ट्रलाई डुब्न लागेको डुंगालाई उतारेको जसरी जोगाउनुपर्छ ।’ उनलेजेन–जी पुस्ताको आन्दोलनमा मृत्युवरण गरेकाहरुको रगतले, जीवनको सहादतले जुनखालको परिवर्तन खोजेको छ त्यहीअनुसारसबैजना लाग्नुपर्नेमा जोड दिएका छन् ।

उनले अब सबैले व्यक्तिगत स्वार्थ त्याग्नुपर्नेमा जोड दिए । उनलेअहिलेको आन्दोलन पुस्तान्तरणको माग भएकोले अब सोहीअनुसारचल्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो अर्थतन्त्र सुस्त थियो । अर्थतन्त्र विकृतिले भरिएकोथियो । भ्रष्टाचारले ग्रसित थियो । मन्दी थियो । युवाहरुअर्थतन्त्रप्रति सन्तुष्ट थिएनन् । घुपैठको कारण आन्दोलनलाईबदनाम गर्ने काम भयो, नोक्सानी धेरै भयो । परिपूर्ति गर्ने तरिका अबगम्भीरतापूर्वक कदम चाल्नुपर्छ ।’

उनले यो जेन–जी आन्दोलनले अब शासकहरुलाई पक्कैपनिभ्रष्टाचार गर्ने कुरा चार चोटी सोच्न बाध्य बनाएको टिप्पणी गरे ।  योआन्दोलनको क्रममा २५ अर्ब रुपैयाँ त होटेल सेक्टरको क्षति भएकोकुरा बाहिरिएको उल्लेख गर्दै अहिलेको क्षतिको बिमाले धान्न नसक्नेभन्ने कुरा आएको पनि स्मरण गराए ।

साथै, अर्थविद् डा. गोपिलाल न्यौपानेले कलम बोक्ने कलिला हातलेपरिवर्तन ल्याएको भन्दै प्रधानमन्त्री सुशिला कार्कीलाई बनाउने निर्णयपरिपक्व निर्णय भएको बताए ।

प्रकाशित मितिः शनिबार, २८ भदौ २०८२
https://www.jawaaf.com/storage/01K51JNKSKGEQKT6D93ZJ00E6E.jpeg

ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी परेको छ ।

जेनजी पुस्ताका युवाहरूको शान्तिपूर्ण प्रदर्शनमा हिंसा मच्चाएको भन्दै नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद अभिषेक प्रताप शाहले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा जाहेरी दिएका हुन् । 

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे गहिरो अनुसन्धान गरी प्रमाणसहित कानुनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ ।

प्रकाशित मितिः शनिबार, २८ भदौ २०८२
https://www.jawaaf.com/storage/01K51DJT8DRG4TD62PPYMWGSSV.jpg

पहिलो गोली खाने जेनजी विमलको परिवारको माग : सहिद घोषणा गरियोस

काठमाडौँ । गोरखा जिल्ला, बारपाक सुलिकोट ५ घर भई हाल काठमाडौँमा बस्दै आएका २२ वर्षीय बिमलबाबु भट्ट संसद भवन अगाडिको आन्दोलनमा प्रहरीको गोली लाग्ने पहिलो जेनजी आन्दोलनकारी हुन् । उनी देश परिवर्तन गर्न भनेर आन्दोलनमा गएका थिए । आन्दोलन सफल भयो तर उनी फर्किएनन् । 

उनी कहिल्यै घर फर्किदैँन् भन्ने परिवारले कल्पना समेत गरेको थिएन् । विमललाई गोली लागेको कुरा लामो समयसम्म पनि परिवारलाई पत्तो नै भएन् । एउटा टिकटक भिडियोमा आफ्नो दाईलाई गोली लागेर अस्पताल लगिएको छ बहिनीले पहिलो पटक पत्ता लगाएकी थिइन् ।

कुराकानीमा बहिनीले भनिन्, ‘दाईलाई गोली लागेको थाहा पनि थिएन् । एक जना दिदीले पहिलो गोली लाग्ने जेनजी भनेर टिकटकमा भिडियो राख्नु भएको रहेछ । त्यहीबाट थाहा पाएर म अस्पतालसम्म पुगेको हुँ ।’

साथै, उनले आफ्नो दाईले ढुङ्गा पनि नहानेको साइडमा बसेको अवस्थामा पनि गोली हानेको भन्दै खुट्टा तिर गोली हानेको भए बाच्ने मेरो दाईलाई छातीमा नै गोली हानेर मारेको पनि उनको दाबी रहेको छ ।

विमल आफू आन्दोलनमा गएपनि ढुंगामुढा गर्न उत्रिएका थिएनन् । आन्दोलनमा नारा लगाइरहेका थिए तर छातीमै गोली बर्षाइएको बहिनीले सुनाइन् । 

‘मेरो दाईको हातमा ढुङ्गा पनि थिएन् । साइडमा बसेको थियो रे । साइडमा बसेको मान्छेको छातीमा गोली हानियो । उनीहरूले खुट्टातिर पनि गोली हान्न सक्थे तर छातीमै बर्साए । खुट्टामा लागेको भए मेरो दाई ज्यूँदै हुन्थ्यो कि’ उनले भनिन् ।

‘दाईको मृत्युका बारेमा अहिलेसम्म सरकारको तर्फबाट केही अभिव्यक्ति आएको छैन् । सरकारले गर्ने कामहरू पूरा गर्छहोला भन्ने आशामा छौं,’उनी आशावादी छिन् । 

बिमल परिवारको तीन छोरा मध्ये कान्छो थिए । घरमा सबैको प्यारो थिए । आमा मानसिक रोगको बिरामी हुुँदापनि बुबाले खेतीकिसानी गरेर काबिल बनाएका छोरा थिए । अब उनका बुबाले शव कसरी हेर्लान र उठाउलान ?

सरकारी पक्षबाट गोली लागेर मृत्यु भएका बिमलको शवलाई पोस्टमाटम गरेर टुक्रा टुक्रा पार्ने पक्षमा आफूहरू नरहेको भाउजु गोमा भट्टको भनाइ छ । उनले भनिन्, ‘पोस्टमाटम गर्ने पक्षमा हामी छैनौ । किनभने सरकारी पक्षबाट गोली हानेर उहाँको हत्या भएको छ । मरिसकेको मान्छेलाई किन टुक्रा टुक्रा पार्ने ? त्यस्तो शव आमाबाबुले कसरी हेर्ने ? ६ दिन वितिसक्दा पनि आमालाई छोराको मृत्यु भएको कुरा थाहा छैन् ।’

मृत्यु भएको ६ दिन बित्दा पनि शव हेर्न नपाएको भन्दै उनलाई सहिद घोषणा गरेर उचित क्षतिपूर्ति दिनुपर्ने उनले माग राखेकी छिन् । 

‘जेनजीको आन्दोलनमा सबैभन्दा पहिला गोली खाने युवा हो ।  हामीले अहिलेसम्म पनि हेर्न पाएका थिएनौं, भर्खरै देख्न पायौँ । केही भन्नु छैन् । मात्र सहिद घोषणा हुनुपर्छ र उचित क्षतिपूर्ति पाउनुपर्छ । गोली हान्ने अपराधीलाई पनि सजाय हुनुपर्छ ।’

मामाको घरबाट निस्किनुअघि विमलले खुलेरै भनेका थिए, ‘म जेनजी आन्दोलनमा जान लागेको भन्दा मामाले सम्झाएका थिए,‘नजाऊ भान्जा, त्यहाँ गएर केही हुन्न ।’ बिमलले भने ‘हामी नगए, को जान्छ ? हामीले देश नबनाए अब कसले बनाउँछ ?’

प्रकाशित मितिः शनिबार, २८ भदौ २०८२