शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K8MYB49DRSP2RZT4GZYG7H98.jpg

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

काठमाडौं ।  बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।

ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुपथुर, तिरुवन्नामलै, भेल्लोर, विलुपुरम र विरुधुनगरमा मध्यम वर्षासँगै हल्का गड्यौला र मेघगर्जन हुन सक्ने सम्भावना छ ।

आईएमडी हैदराबादका अधिकारी जी.एन.आर.एस. श्रीनिवास रावका अनुसार, ‘आँधी आज साँझ वा राति माछिलीपट्टनम र कलिङ्गपट्टनमबीच काकिनाडा आसपासको क्षेत्रमा स्थलगत हुने अपेक्षा छ । आन्ध्रप्रदेशका अधिकांश जिल्लामा अत्यधिक वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना छ,’ उनले भने ।

उनका अनुसार, पेड्दापल्ली, जयशंकर भूपालपल्ली र मुलुगु जिल्लामा नारंगी सतर्कता (इचबलनभ ब्भिचत) जारी गरिएको छ भने बाँकी उत्तर–पूर्वी जिल्लामा पहेंलो सतर्कता (थ्भिियध ब्भिचत) जारी छ ।

ओडिशाको आर्यापल्ली मरीन प्रहरी चौकीकी इञ्चार्ज बिद्याभारती नायकका अनुसार, आँधीका कारण आन्ध्रप्रदेशबाट आएका माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा अड्किएका छन् । उनले भनिन्, ‘हाम्रा जिल्ला अधिकारीको आदेश अनुसार ३० वटा डुङ्गालाई गोपालपुर बन्दरगाहमा सुरक्षित राखिएको छ, र आँधी सकिएपछि मात्र तिनीहरू फर्कनेछन् ।’

आँधी नजिकिँदै गएपछि आन्ध्रप्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले तटीय क्षेत्रका जनजीवन सुरक्षाका लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् । उनले जिल्लास्तरीय प्रमुख र प्रहरी प्रमुखहरूलाई जोखिमपूर्ण तटीय बस्तीका बासिन्दालाई ढिलाइ नगरी राहत केन्द्रमा सार्न आदेश दिएका छन् । एएनआई

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8M98FC8Q11YRXKKWADZSN83.avif

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न

जनकपुर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको महानपर्व छठ सम्पन्न भएको छ । तीन दिन अघि शनिवारबाट सुरु भएको ४ दिने छठ पर्व आज विधिवत् समाप्त भएको हो । 

हिजो व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । ‘खरना’ विधियता लगातार करिब ३२ घण्टाको निराहार व्रतपछि आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै ‘भोरका अरख’ सम्पन्न भएको हो । छठमा उदाउँदो सूर्यलाई दिइने अर्घ्य विधिलाई बोलीचालीमा ‘भोरका अरख’ भनिन्छ ।

भोरका अरख दिएसँगै छठ घाटबाट व्रतालु तथा उनका परिवारजनहरू आफूले चढाएका प्रसादहरू बोकेर घर फर्किन्छन । त्यसपछि सबै जना मिलेर प्रसाद खाने र चिनेजानेकाहरूलाई पनि प्रसाद दिने चलन रहेको छ ।

जनकपुरधाम सहित धनुषामा छठ पर्व धुमधामका साथ मनाइएको छ । जनकपुरधामको मुख्य सरोवरहरू आन्तरिक तथा वाह्य पर्यटकहरूलेसमेत भरिभराउ देखिएको थियो । गृहमन्त्री ओम प्रकास अर्यालसहितको टोलीले पनि जनकपुरमको ऐतिहासिक गंगासागर सरोवरको छठ घाटमा सहभागी भएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8JMYN7JMYJNVMBMMTNMDFN4.jpg

छठ पुजा : अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन ब्रतालुहरु जलाशयमा

रौतहट । लोक आस्थाको महापर्व छठ पुजाको आज तेस्रो दिन जलाशयमा पुगेर ब्रतालुहरुले अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन थालेका छन । 

कार्तिक शुक्ल चौथी तिथी देखि सुरु भएको  छठको पहिलो दिन नहाय खाय, दोश्रो दिन खरनाको बिधि सकेका ब्रतालुहरुले आज मुख्य दिन अस्ताउदै गरेका सुर्यलाई अर्घ दिन जलाशय पुगेका हुन । अहिले चन्द्रपुर, दुर्गा भगवती, गौर, गरुडा, इशनाथ, कटहरिया, गढीमाई, माधवनारायण सहित जिल्लाका १८ वटै पालिकामा रहेका पवित्र जलाशय, पोखरी, नदी किनारमा भिडभाड बढेको छ ।

जिल्ला प्रहरी कार्यलय रौतहटले छठघाटहरुमा सुरक्षा व्यवस्था कडा बनाएको जनाएको छ ।छठको चौथो दिन विहान उदाउदै गरेको सुर्यलाई ब्रतालुहरुले अर्घ दिएपछि चार दिने महापर्व सकिन्छ । 

नयाँ  माटोको चुल्हो वा ग्यास चुल्होमा खाजा, ठेकुवा, कसार, पुरिकिया, खजुरी सहितका सामग्रीहरु बनाएर बाँसको छैटी,डलिया र सुपलीमा राखेर छठ घाटमा गएर पुजा गर्ने धार्मिक प्रचलन रहेको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8JJ0MFTN27EWCAWS2MP1F7A.jpg

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सभामा भाग लिन मन्त्री कुलमान घिसिङ भारत प्रस्थान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको आठौं महासभामा भाग लिन भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् । उनि सोमबार अपरान्ह राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजबाट दिल्लीतर्फ प्रस्थान गरेका हुन् ।

नयाँ दिल्लीमा आयोजना हुने यो महासभा १० देखि १३ कात्तिक (अक्टोबर २७–३०, २०२५) सम्म चल्नेछ । जसमा ४० भन्दा बढी देशका ऊर्जा मन्त्री र प्रतिनिधिहरू सहभागी हुनेछन् ।

सभामा सदस्य राष्ट्रका प्रतिनिधिहरूबीच सौर्य ऊर्जा प्रवद्र्धन, दिगो ऊर्जा आपूर्ति विस्तार, जलवायु परिवर्तन न्यूनीकरणका पहल र अन्तर्राष्ट्रिय सहकार्यका अवसरहरू विषयमा उच्चस्तरीय छलफल हुने बताइएको छ ।

नेपालको तर्फबाट सहभागिता जनाउँदै मन्त्री घिसिङले सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले दिगो ऊर्जा विकासका लागि सौर्य ऊर्जा उपयोग विस्तार गर्न प्रतिबद्ध रहेको र अन्तर्राष्ट्रिय सहकार्यमार्फत स्वच्छ ऊर्जाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले यस कार्यक्रममा सहभागिता जनाएको हो ।

सन् २०१५ को नोभेम्बरमा पेरिस घोषणामार्फत स्थापना गरिएको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको उद्देश्य सदस्य राष्ट्रहरूले सौर्य ऊर्जाको प्रयोग विस्तारका साझा चुनौतीहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नु हो । यस पहलमार्फत सन् २०३० सम्ममा एक हजार अर्ब अमेरिकी डलरभन्दा बढी लगानी परिचालन गर्ने र सौर्य प्रविधिको विकास–उपयोगमा मार्गनिर्देशन गर्ने लक्ष्य राखिएको छ ।

नेपाल २०८१ साल भदौ महिनामा प्रतिनिधि सभाबाट संरचना सम्झौता अनुमोदन भएपछि १०१ औं सदस्य राष्ट्रका रूपमा आइएसएमा औपचारिक रूपमा आवद्ध भएको थियो । मन्त्री घिसिङले सभामा सहभागिता पश्चात् बुधबार स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8JHC5F4DMJZW1JW1J4JF6YA.jpg

हिमपात र वर्षाको कारण दैनिक जीवन र पर्यटन प्रभावित हुन सक्ने चेतावनी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनमा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

महाशाखाले सोमबार दिउँसो सुचना जारी गदै यस्तो जानकारी दिएको हो । महाशाखाका अनुसार, मिति २०८२÷०७÷१० गते रातीदेखि २०८२÷०७÷१२ गते बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपात हुने अनुमान गरिएको छ ।

साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा एक–दुई स्थानमा भारी हिमपात हुने सम्भावना पनि रहेको छ । हिमपात र वर्षाले दैनिक जीवनसँगै पर्वतारोहण, कृषि तथा पर्यटन क्षेत्रमा असर पार्न सक्ने भएकाले मौसम पूर्वानुमान महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8J5GAPYZCEJHXFW538NF8Q5.jpg

सुन र चाँदीको भाउ घट्यो, आज प्रतितोला २ हजारसम्म सस्तो

काठमाडौं । नेपाली बजारमा सुनको भाउ सोमबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ । आइतबार सुन २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोवार भएको थियो ।  

त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी आज प्रतितोला ३५ रुपैयाँले घटेको हो । आइतबार ३ हजार १५ रुपैयाँमा कारोवार भएको चाँदी आज २९ सय ८० रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8HKY8ARM6MYRYWQ6X8SQHKW.jpeg

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अघ्र्य दिइँदै

काठमाडौं । कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य  दिइँदैछ ।

बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शनिबारदेखि सुरु भएको हो ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए अनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरु विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्को व्रत गर्नेबाट कामना पूरा गराउने गर्छन् । आर्थिक अभाव भएका मानिसहरु भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई बर्तालुले प्रसादस्वरुप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिने विधि विधान रहेको छ ।

षष्ठीका दिन रातभर जागा बसी कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि यो पर्व समापन हुन्छ ।

प्रकाशित मितिः सोमबार, १० कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8G2328RW5G114NW06MRNMTZ.JPG

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् ।

जसमा सुधा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्री र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रीको शपथ लिएका हुन् ।

मन्त्री नियुक्तिको लागि तयार पारिएका अर्का दुई जनाको भने शपथ रोकिएको छ । भूमि सुधार मन्त्रीमा सिफारिस भएका गणपतिलाल श्रेष्ठ र श्रममन्त्रीमा सिफारिस भएका खगेन्द्र सुनारको शपथ रोकिएको हो ।

श्रममन्त्रीमा सिफारिस भएका सुनारको र भूमि सुधार मन्त्रीमा सिफारिस भएका श्रेष्ठको अनेक काण्ड प्रमाणसहित बाहिर आउन थालेपछि अन्तिम समयमा आएर उनीहरुको शपथग्रहण ‘होल्ड’ गरिएको हो ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8FTWS6SYECCJ689GA6TPR5X.jpg

बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल कछुवा तालमै

बाजुरा । बाजुराको बाउली खोलामा निर्माणाधीन पक्की पुल पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको छ । मार्तडी–कोल्टी सडकखण्डको बाउलीमा निमार्णाधिन उक्त पुल करिब पाँच बर्षदेखि अलपत्र अवस्थामा परेको हो ।

निमार्ण कार्य सुरु भएको करिब बर्ष बितिसक्दा पनि निमार्ण कार्य पुरा नभई अलपत्र अवस्थामा रहेको छ । १६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने पक्की पुल अहिलेसम्म निर्माण सम्पन्न हुन नसक्दा बर्षेनी समस्या हुने गरेको छ ।

सुदूरपश्चिमको गौरवको आयोजनाको रुपमा रहेको मार्तडी कोल्टी सडकखण्डको बाउलीमा पर्ने उक्त पुल अहिले छेदविच्छेद अवस्थामा छ । 

मार्तडी–कोल्टी सडक खण्ड अन्तरर्गत  सदरमुकाम मार्तडी जोड्ने आरसिसि व्रिज निर्माण सम्झौता भएको पाँच बर्षसम्म पाँच प्रतिशत समेत काम हुन सकेको छैन । 

ठेकेदारको चरम लापरवाहीका कारण निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो । निमार्ण कार्यको म्याद पटकपटक थप्दा पनि पुल निर्माण सम्पन्न हुन सकेको छैन । लामो समयसम्म पनि पुल निमार्ण नहुँदा यहाँका स्थानियहरुले सास्ती खेप्दै आईरहेका छन् भने यातायातका साधनहरुलाई पनि बर्षातको समयमा आवतजावत गर्न निकै समस्या हुँदै आएको छ ।

२०७९ फागुन १५ भित्र मोटरेबल पुल निर्माण सक्ने गरी २०७८ कार्तिक १५ गते टिडिआर जुगल कौशिक जेभीले ५ करोड ५८ लाख ८८ हजार २ सय ७० रुपैयाँमा सम्झौता गरेर निमार्णको जिम्मा लिएको थियो ।

तर निमार्णको जिम्मा लिएको करिब पाँच बर्ष बितिसक्दा पनि निमार्ण कार्य सम्पन्न हुन नसक्दा उक्त निमार्णधिन पुल अलपत्र अवस्थामा परेको हो ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://www.jawaaf.com/storage/01K8FBVYPANZCRPKP4YXS7T6DC.jpg

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतवार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लिखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम्  बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ ।

रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/०७५ मा गरिएका थिए ।

सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौँडा र नेपालगन्जले आइतवार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।

तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतवार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

ठेक्का तथा योजनाको पटक-पटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत  रूपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्य-तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२