शुक्रबार, २५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K2XJFM2S1E5BVF2AZDPMK2YW.png

इजरायलमा गाजाको युद्ध अन्त्य र बन्धकको रिहाइका लागि विशाल प्रदर्शन

काठमाडौं ।  इजरायलको तेल अवीवस्थित ‘होस्टेज स्क्वायर’ मा आइतवार राति हजारौं नागरिकले गाजामा जारी युद्ध अन्त्य गर्न र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूको रिहाइको माग गर्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले इजरायली सरकारसँग तुरुन्तै युद्ध अन्त्य गर्दै हमाससँग सम्झौता गरी बाँकी रहेका बन्धकहरूको सुरक्षाका लागि कदम चाल्न आग्रह गरेका छन् । उनीहरूले गाजा सहरमा नियन्त्रण जमाउने सरकारी योजनाले कम्तीमा २० बन्धकको ज्यान जोखिममा पार्ने चेतावनी दिएका छन् ।

प्रदर्शनकै क्रममा एकदिने राष्ट्रिय हड्तालसमेत आह्वान गरिएको थियो, जसका कारण केही क्षेत्रका सडक, कार्यालय तथा विश्वविद्यालयहरू बन्द रहे । दिनभर चलेको विरोध प्रदर्शनमा करिब ४० जना प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार गरेको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन् ।

यता प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले भने प्रदर्शनको आलोचना गरेका छन् । उनले यस्ता विरोधहरूबाट ‘हमास अझ कठोर बन्न सक्छ’ भन्दै बन्धकको रिहाइमा ढिलाइ हुने चेतावनी दिएका छन् ।

गाजामा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथिको आक्रमणपछि सुरु भएको थियो । उक्त हमलामा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई हमासले गाजामा बन्धक बनाएको थियो ।

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली आक्रमणबाट अहिलेसम्म ६१,००० भन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मितिः सोमबार, ०२ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2VYP78XQN0H0RG92XSKQEAA.jpg

विश्वमा नेपाललाई चिनाउने भनेको सगरमाथा, गौतम बुद्ध र गोर्खाले हो : कुलमान घिसिङ

लन्डन । बेलायतको भ्रमणमा रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले वीर गोर्खा सैनिकको योगदानकै कारण नेपालको पहिचान विश्वभर पुगेको बताएका छन् । उनले अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा अवस्थित प्रथम गोर्खा भिसी कुलवीर थापाको सालिक पुगेर श्रद्धान्जली अर्पण गर्दै पुष्पमाला चढाए ।

गैरआवासीय नेपाली संघ (एनआरएनए यूके)ले उनको सम्मानमा आयोजना गरेको ‘मिट एण्ड ग्रिट’ कार्यक्रम अघि उनी त्यहां पुगेका थिए । त्यसपछि पञ्चे बाजा र पाइपर धुनका साथ बेलायत, नेपालको झण्डा बोकेका नेपालीहरु सम्मिलित र्यालीमा सहभागी भएर कुलमान हल प्रवेश गरेका थिए । 

बेलायतका ५९ संघसंस्थाका प्रमुख, बुद्धिजिवी, व्यवसायी र सर्वसाधारण सहभागी कार्यक्रमलाई सम्बोधन गर्दै  घिसिङले आफ्नो न्यानो माया, स्वागत सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरे । उनले विश्वमा नेपाल चिनाउने प्रमुख तीन कुरा सगरमाथा, गौतम बुद्ध र गोर्खा भएको बताए।  

‘नेपालको राष्ट्रियता बच्नुमा र बेलायतसंग पहिलो दौत्य सम्बन्ध कायम हुनुमा गोर्खाहरुको ठूलो भूमिका छ । यही हो हाम्रो सम्पत्ति’, उनले भने ।

घिसिङले आफूले शुरु गरेको उज्यालो नेपाल अभियानबारे पनि प्रष्टयाए । बत्तीको उज्यालो भएर मात्र देश नबन्ने भएकाले अब हरेक क्षेत्रमा समृद्धि, परिवर्तन, सामाजिक न्याय, नयां लिडरसीप र निराशालाई आशामा बदल्न आफूले यो अभियान थालेको उनले बताए ।

‘यस सामाजिक अभियानमा म विश्वभर र स्वदेशमा रहेका नेपालीलाई जोड्न चाहन्छुु, उनले भने, ‘तपाईंहरु सबैले साथ दिए यो अभियान सफल हुन्छ भन्ने विश्वास मलाई छ ।’

नेपालमा वर्षेनी १५ खर्ब रुपैयां रेमिटेन्स भित्रने र त्यो मध्ये करिब ७ खर्ब खाडी मुलुकबाट हुने भएपनि राज्यले आफूहरुलाई अपमान गर्ने गरेको उनीहरुको गुनासो सुन्दा दुःख लागेको घिसिङले बताए ।

‘जिडिपीको २७ प्रतिशत योगदान रेमिटेन्सबाट छ । यसले विदेशी मुद्रा आर्जन गरेर हाम्रो अर्थतन्त्र धानिरहेको छ । तिनै खाडीका नेपालीलाई हेला गर्ने, वंशजको नेपाली नागरिकता नदिएर युरोप, अमेरिकालगायत पश्चिमा देश बसेका नेपाली र पेशेबरहरुलाई नेपाल फर्कन वा लगानी गर्न रोक्नु ठीक होइन’ उनले भने ।  

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बेलायतका नेपालीहरुले घिसिङलाई देशको नेतृत्वमा पुगेको हेर्न चाहेको बताउंदै उनले नेतृत्वमा गए वंशजको नेपाली नागरिकता कायम राख्न पहल गर्न आग्रह गरे । ‘विदेशमा रहेका नेपालीलाई संविधान प्रदत्त अधिकार दिनुपर्छ,’ उनले भने ।

यसअघि राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेले पनि कुलमानसंग छुट्टै अन्तरक्रिया गरेको थियो । उज्यालो नेपाल अभियान अन्तर्गत विदेश यात्रामा निस्किएको अनुभव सुनाउदै घिसिङले उज्यालो नेपाल अभियानमा वैदेशिक लगानी भित्र्याउने कोशिशमा देश(विदेशका साथीहरुसँग जोडिएको जानकारी दिए ।

उनले नेपालीहरु विदेशमा डाक्टर, इन्जिनियर, वैज्ञानिक जस्ता पेशामा काम गरि रहेकाले नेपालले धेरै फाइदा लिनसक्ने अवस्था रहेको जनाए । घिसिङले डायस्पोराका नेपालीहरुले नेपालमा बस्ने र लगानी गर्ने कोशिश गर्दा सास्ती खेप्नु परेकाले पुनः विदेश नै फर्किएको अनुभव सुनाएको भन्दै यसलाई सम्बोधन हुनुपर्नेमा जोड दिए । सरकारले विदेशमा रहेका नेपालीहरुलाई संविधान प्रदत्त अधिकार दिनु पर्ने उनले बताए ।

‘अवको विश्व उर्जामा निर्भर भएकाले नेपालमा जल विद्युतको संभाव्यता अझै छ’, उनले भने,‘नेपालमा सरकारले व्यवस्थित लगानी गर्ने वातावरण बनाए डायस्पोराबाट धेरै लगानी जाने देखिन्छ।’

अध्यक्ष पुडासैनीले कुलमानको योगदानको प्रशंसा गर्दै  एनआरएनए यूकेले नेपाल राष्ट्र्का लागि काम गर्नेहरुसँग सहकार्यको हात अघि बढाउने जनाए । 

यसअघि अध्यक्ष पुडासैनी र उपाध्यक्ष डा.रक्षा थापाले फुल र खादा ओडाएर घिसिङलाई स्वागत गरेका थिए । अन्तरक्रिया कार्यक्रमको संचालन एनआरएनए यूकेका पूर्वसचिव तिलक भट्टराईले गरेका थिए । उक्त कार्यक्रममा उपस्थित सामाजिक अभियन्ताहरु तथा स्थानीयलाई एनआरएनए यूके इंग्ल्याण्ड राज्य परिषद् अध्यक्ष राममाया विष्टले स्वागत गरेकी थिइन् ।

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2VXEPRSDMTJ0Y86SS8KJ8SD.jpg

न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडित परिवार

रामेछाप । २०६० साल साउन ३२ गते दोरम्बाको खरिढुंगामा नेपाली सेनाले माओवादीका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर डाँडाकटेरीमा लगेर बीभत्स हत्या गर्यो। 

सामूहिक हत्या गरेको २२ वर्ष भयो, तर पीडित परिवारले अहिलेसम्म न्याय पाएको छैन । दोरम्बा घटनामा २१ जनाको हत्या भएको थियो । जसमध्ये १९ जनाको एकै ठाउँमा सामूहिक हत्या भएको थियो भने दुई जना घटनास्थलमा मानै मारिएका थिए । 

तत्कालीन शाही नेपाली सेनाका मेजर  राममणि पोख्रेलको नेतृत्वमा गएको सेनाको टोलीले युद्धविरामको बेला मिटिङ बसिरहेका माओवादी नेताहरूको सामूहिक हत्या गरेको थियो ।

सरकार र माओवादीबिच दाङको हापुरेमा वार्ता चलिरहेको बेला रामेछाप स्थित नारायण दल गुल्मबाट गएको सेनाको टोलीले तत्कालीन दोरम्बा गाविस– २ का युवराज मोक्तानको घरमा माओवादीहरू बैठकमा बसी रहेको बेला नियन्त्रणमा लिई एक जनालाई घटनास्थलमा नै र बाँकी १९ जनालाई तत्कालीन डडुवा गाविस– ९ को डाँडाकटेरीमा मा पु¥याएर गोली हानी सामूहिक हत्या गरेको थियो । 

अर्की एक माओवादी कार्यकर्ताको शव घटनास्थलभन्दा केही तल फेला परेको थियो । सोही घटनापछि माओवादीहरू वार्ता भङ्ग गरी पुनः सशस्त्र युद्धमा फर्किएका थिए । 

माओवादीहरू सो ठाउँमा जम्मा हुँदै छन् भन्ने थाहा पाएपछि नारायण दल गुल्म रामेछापका गुल्मपति मेजर राममणि पोख्रेल आफैं ०६० साउन ३१ गते राति सेनाको एउटा टोली लिएर दोरम्बा पुगेका थिए ।

सेनाको ब्यारेकबाट १४ घण्टा भन्दा टाढाको पैदल दुरीमा रहेको सो स्थानमा युद्धविरामको समयमा सेना पुग्छ भन्ने माओवादीहरूले पनि सोचेका थिएनन् । रामेछाप बजारबाट राति हिँडेको सेनाको टोली बिहान खाँडादेवी र दिमिपोखरी गाविसको सिमानामा पर्ने गाल्बा बजारमा पुग्यो । त्यहाँबाट एक घण्टा टाढा पर्ने दोरम्बा बजार तर्फ लागेको सेना दोरम्बामा युवराजको घर खोज्दै गएका स्थानीय बताउँछन् ।      

सेनाको टोली घटनास्थलमा पुग्दा माओवादीहरू बैठकमा थिए । बैठक स्थलको सुरक्षाको लागि माओवादी कार्यकर्ता दोरम्बा गाविस–१ का टेकबहादुर थापा घरको बाहिर खटिएका थिए । सेनाले घरमा घेरा हाल्ने बित्तिकै उनलाई त्यहीँ गोली हानेर ढाल्यो । बाहिर गोली चलेको थाहा पाए पछि भित्र खैलाबैला मच्चियो । 

पार्टीका जिल्ला इञ्चार्ज ललितपुर जिल्ला निवासी ललित भनिने हरिप्रसाद दाहाल र रामेछापका मैनकुमार मोक्तान मदन हामफालेर भागे भने बाँकी सबै घर भित्रै थिए । युद्धविरामको बेला भएकाले हातहतियार विना जम्मा भएका माओवादीहरूले सेनाको प्रतिकार गर्न सकेनन् । उनीहरूले गिरफ्तारी दिए । 

सेनाले १९ जनालाई एकै ठाउँबाट गिरफ्तार ग¥यो । घरबेटी युवराज मोक्तान र उनका छोरा लीला मोक्तान तथा माओवादीका तत्कालीन जिल्ला जनसरकार प्रमुख बेथान गाविस निवासी पुष्प भनिने बाबुराम तामाङ, सोही पार्टीकी ललितपुर जिल्ला इकुडोल गाविस–६ निवासी ललिता भनिने अम्बिका दाहाल, रामेछापको बेथान गाविस–५ का रक्तिम भनिने प्रदीप दोङ, डडुवा गाविस–४ की सङ्गीता थामी, फुलासी गाविस –८ का यथार्थ भनिने हर्कबहादुर तामाङ, गेलु गाविस –५ का समीर भनिने रवि चौहान, चनखु गाविस–३ की सहारा भनिने उमा कार्की, चनखु गाविस–९ इन्क्लाव भनिने श्याम तामाङ, पुरानागाउँ–८ का असल भनिने पदमराज गिरी, दोरम्बा–१ की विमा भनिने विष्णुमाया थापा, दोरम्बा गाविस –३ का छोक्पा भनिने ठुलोराम तामाङ, तारा भनिने सानोराम तामाङ, छाया भनिने लक्ष्मण तामाङ, धनुषा जिल्ला घर भएका जमिन, सोलु जिल्ला घर भएकी विमला भनिने हर्कलक्ष्मी राई, काभ्रे जिल्ला चौबासका सोम, डडुवा–५ का समीर भनिने चतुरमान थामी सेनाको गिरफ्तारीमा परे । 

गिरफ्तार गरिएकाहरूलाई दोरम्बा बजारमा पु¥याएर डोरी लिई दुवैहात पछाडि बाँधेर डो¥याउँदै लगियो । दोरम्बा बजारका मानीहरू सबैलाई ढोका थुनेर भित्र बस्न सेनाले निर्देशन दियो । हात बाँधिएका १९ जनालाई डो¥याउँदै त्यहाँबाट १ घण्टा टाढा पर्ने डडुवा गाविस–९ को डाँडाकटेरी भन्ने ठाउँमा पु¥याइ बाटो छेउको चौरमा लाइन लगाएर हात बाँधेकै अवस्थामा एक एक गर्दै गोली हानेर सबैको हत्या गरी छाडिएको थियो । 

सेनाले हत्या गरेर त्यतिकै छाडेका ती लासहरूलाई माओवादीहरूले आएर गाडेर गएकामा डाक्टर हरिहर बस्तीसहितको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले चिहान खोतलेर पोष्टमार्टम गरेको थियो । सो घटनामा हराएकी एकजना महिला उषाको शवपछि घटना भएको घर अगाडि खोल्सामा मृत अवस्थामा फेला परेको थियो । 

राष्ट्रिय मानवअधिकारले सो घटनामा राष्ट्रिय र अन्तराष्ट्रिय सबै खाले कानुनको उल्लङ्घन गरेको ठहर गरेको थियो ।  घटनामा सेना दोषी भएको ठहर भई सक्दा पनि पीडितका परिवारले भने न्याय पाउन सकेका छैनन् । सो घटनामा मारिएका पदमराज गरीका छोरा मन्थली–८ का कपिलराज गिरीको मानसपटलमा अहिले पनि सो घटना जस्ताको तस्तै छ ।

पीडित परिवारले न्यायको माग गर्दै उजुरी गर्न मिल्ने जति सबै ठाउँमा उजुरी गरिसक्दा पनि न्याय नपाएको गुनासो गरेका छन् ।  माओवादी नेता टङ्कलाल घिसिङको सहजिकरणमा उजुरी गरेको भए पनि पीडकलाई हालसम्म कारबाही नभएको गिरीको गुनासो छ ।  

दोरम्बा हत्याकाण्डपछि केही समयपछि शान्ति सम्झौता भयो ।  २०६४ को निर्वाचनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बन्यो । त्यस पछि पनि पटक पटक माओवादी नेतृत्वमा सरकार बन्यो । तर दोरम्बा घटनाका पीडितले न्याय पाएनन् । ‘सरकारमा पुगे पनि आफ्नै पार्टीले आफ्नै सहिद र परिवारलाई सम्झेन’, कपिलको गुनासो छ ।    

यस वर्ष पनि २२ औँ दोरम्बा स्मृति दिवसको अवसरमा रामेछाप सदरमुकाम मन्थलीमा अन्तरक्रिया कार्यक्रम आयोजना भयो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा विभिन्न दलका प्रतिनिधि, मानवअधिकारकर्मी र पीडित परिवार सहभागी भए । हत्यारालाई कारबाही हुनुपर्ने कुरा उठाएर तर दोषी माथि कारबाहीको कुनै प्रक्रिया अघि बढेको छैन ।  

मृतकको सम्मानमा हत्या गरिएको स्थान दोरम्बाको डाँडाकटेरीमा डोरमणि पौडेले मुख्यमन्त्री र रामेछापकै कैलाशप्रसाद ढुङ्गेल वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री हुँदा सालिक बनाइएको छ । मृतकलाई सहिद घोषणा गरिएको छ । पीडित परिवारले केही राहत पाएका छन् । तर उनीहरूले २२ वर्ष बित्दा पनि न्याय भने पाउन सकेका छैनन् ।

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2VVTWMB20STDFYBQQD9QF2K.jpg

भारतको ७० प्रतिशत सामान निर्यात अमेरिकी करको चपेटामा

काठमाडौं । भारतबाट अमेरिकामा निर्यात हुने लगभग ७० प्रतिशत सामानहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ५० प्रतिशत करको चपेटामा परेका छन् ।

इन्डियन काउन्सील फर रिसर्च अन इन्रनेश्नल इकोनोमिक रिलेसन (आईसीआरईइआर) को प्रतिबेदनले विश्लेषण अनुसार भारतबाट अमेरिकी बजारमा करीब ६०.८५ अर्ब डलर बराबरको सामान निर्यात हुने गरेको छ ।

यसले भारतको जीडीपीको १.५६ प्रतिशत र कुल निर्यातको ७.३८ प्रतिशत हिस्साको प्रतिनिधित्व गर्दछ । जुन ३.९ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्रको लागि विपत्तीभन्दा धेरै टाढा छ ।

प्रतिवेदनले तर्क गरेको छ कि यसको प्रभाव श्रम–गहना र उच्च–मूल्य क्षेत्रहरू जस्तै कपडा, रत्न÷आभूषण, अटो पाट्र्स र कृषि उत्पादनहरुमा समेत पर्ने छ । ‘यी क्षेत्रहरूले अमेरिकामा हुने व्यापारिक वस्तु निर्यातलाई मात्र केन्द्रित गर्दैनन् तर रोजगारी सिर्जना र लाखौं कामदार र किसानहरूको जीविकोपार्जनलाई प्रत्यक्ष रूपमा असर गर्छन्,’ प्रतिबेदनमा भनिएको छ ।

कपडा र पोशाक क्षेत्रले बंगलादेश, पाकिस्तान र भियतनाम जस्ता प्रतिस्पर्धीहरूको तुलनामा ३० प्रतिशतभन्दा बढीको भन्सार शुल्क बेफाइदाको सामना गरिरहेको छ, जसले गर्दा प्रमुख निर्यात बजारमा यसको प्रतिस्पर्धी स्थिति खतरामा परेको रिपोर्टमा उल्लेख गरिएको छ । ११.९ अर्ब अमेरिकी डलर बराबरको रत्न र गहना निर्यातले टर्की, भियतनाम र थाइल्याण्ड जस्ता आपूर्तिकर्ताहरू विरुद्ध समान चुनौतीहरूको सामना गरिरहेको छ । अमेरिकामा भारतको निर्यातको ३ प्रतिशत ओगटेका अटो पाट्र्स पनि कमजोर छन् । कृषिमा, झिंगे माछाको निर्यात सबैभन्दा बढी प्रभावित हुनेछ, इक्वेडर, इन्डोनेसिया र भियतनाम जस्ता प्रतिस्पर्धीहरूमा लागू गरिएको भन्दा ५० प्रतिशत बढी भन्सार शुल्क लगाइने बताइएको छ ।

‘यी क्षेत्रहरू त्यस्ता छन् जहाँ खरीददारहरूले तुलनात्मक रूपमा छिटो सोर्सिङ स्विच गर्न सक्छन्, जसले अमेरिकी आयातकर्ताहरूलाई मोलमोलाई गर्ने शक्ति दिन्छ र भारतको वार्तालाप स्थितिलाई कमजोर बनाउँछ ।’

सुरुमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानहरूमा २५ प्रतिशत कर लगानउने घोषणा गरेका थिए । जबकि त्यहाँ अन्तरिम भारत–अमेरिका व्यापार सम्झौताको आशा थियो जसले अन्यथा बढेको शुल्कबाट बच्न मद्दत गर्ने थियो । केही दिन पछि, उनले अर्को २५ प्रतिशत कर लगाए, जसले कुल कर ५० प्रतिशत पु¥यायो, भारतले रूसी तेलको निरन्तर आयात जारी राखेको छ ।

यद्यपि, नयाँ अमेरिकी कर व्यवस्थाले औषधि, ऊर्जा उत्पादनहरू, महत्वपूर्ण खनिजहरू, र अर्धचालकहरूलाई समावेश गर्दैन । विगत केही महिनादेखि, भारत र अमेरिका अन्तरिम व्यापार सम्झौताको लागि वार्ता गरिरहेका छन् ।  तैपनि, कृषि र दुग्ध क्षेत्रहरू खोल्ने अमेरिकी मागमा भारतीय पक्षबाट आरक्षणहरू छन् । कृषि र दुग्ध भारतका लागि महत्वपूर्ण छन् किनकि यी दुई क्षेत्रहरूले मानिसहरूको ठूलो वर्गलाई जीविकोपार्जनका अवसरहरू प्रदान गर्छन् । 

भारत र अमेरिकाले यस वर्ष मार्चमा न्यायपूर्ण, सन्तुलित र पारस्परिक रूपमा लाभदायक द्विपक्षीय व्यापार सम्झौताको लागि वार्ता सुरु गरेका थिए, जसको लक्ष्य अक्टोबर–नोभेम्बर २०२५ सम्ममा सम्झौताको पहिलो चरण पूरा गर्नु थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दर्जनौं देशहरूमा पारस्परिक कर लगाएका थिए जससँग अमेरिकाको व्यापार घाटा छ । आफ्नो दोस्रो कार्यकालको लागि पदभार ग्रहण गरेदेखि, राष्ट्रपति ट्रम्पले ट्यारिफ पारस्परिकतामा आफ्नो अडान दोहो¥याएका छन् । एएनआई 

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2V9TFCNKV5FE5XHNTQWBGPS.webp

आइतबार सुन–चाँदीको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।

शुक्रबार तोलामा १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार तोलामा १ लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि आज घटेको छ। शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आइतबार ५ रुपैयाँले घटेर तोलामा २३ सय १० रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2TX10ZRAQNPZ37PS39VE70K.jpg

युएई सरकारद्वारा एक सय २० नेपालीलाई आममाफी

काठमाडौँ ।  संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई आममाफी दिएको छ । 

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । 

इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले उक्त निर्णय गरेको दूतावासले जनाएको छ  ।

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2TVHXA6CWSND6XT73DZ41M9.jpg

नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोको कारण चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको छ । आइतबार बिहान चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा माथिबाट चट्टानसहित पहिरो खसेको कारण मुग्लिन सडकखण्ड दुईतर्फि अवरुद्ध भएको  हो । 

पहिरोमा परेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । 

उनको अनुसार मुग्लिङतर्फ जाँदै गर्दा बागमती प्रदेश ०६–००३ प ३८१६ नं. को स्कुटरमा माथिबाट खसेको  ढुङ्गाले लाग्दा कुटरमा सवार चितवन रत्ननगर न.पा.३ बस्ने सन्दीप रिजाल घाइते भएका हुन् । 

अहिले जेसिभीको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

प्रकाशित मितिः आइतबार, ०१ भदौ २०८२
https://www.jawaaf.com/storage/01K2SKP6W6K9VF6F8HVC7HEWB3.jpeg

मेलाको विषयलाई लिएर झडप, मेयर साह घाइते

रौतहट । कृष्ण जन्मअष्टमी मेलाको विषयलाई लिएर देवाही गोनाही नगरपालिकाको धरहरीमा झड्प भएको छ ।  धरहरी गाउँमा शनिबार आयोजित मेला उदघाटन गर्न रिबन काट्ने विषयलाई लिएर उत्पन्न विवाद पछि झड्प भएको हो । 

झड्पमा परेर जनप्रतिनिधि तथा सुरक्षाकर्मी गरि पाँच जना घाइते भएको प्रहरीले जानकारी दिएको छ । देवाही गोनाही नगरपालिकाको मेयर प्रेमलाल साह , बरिष्ठ प्रहरी हवल्दार जगदीश यादव ,धनसुन्दर ठाकुर, स्थानीय बासिन्दा श्याम विनय साह र राम विकास साह घाइते भएका हुन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार घटनामा संलग्न देवाही गोनाही ९ धरहरी टोलका ४० बर्षीय राधामोहन साह, ३५ बर्षीय विनोद साह र २२ बर्षीय रितिक साहलाई नियन्त्रणमा लिइएको छ । 

झड्पमा घाइते भएका मेयर साह सहितको गरुडा स्थित बेटर मल्टिस्पेसियालिटी अस्पतालमा उपचार भै रहेको छ । यस घटनाको बारेमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ३१ साउन २०८२
https://www.jawaaf.com/storage/01K2SK8FGYGRDKH3RBG42738CX.jpg

रवि लामिछानेलाई सारियो नख्खु कारागार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो । 

शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्याइएको हो । विमानस्थल परिसरमा भेला भएका समर्थक र संचारकर्मीहरुलाई सम्बोधन समेत गर्न नदिइ नक्खु लगिएको हो । 

सहकारी ठगी प्रकरणमा पूर्पक्षका लागि थुनामा रहेका उनलाई शनिबार ललितपुरस्थित नख्खु कारागारमा सारिएको छ । रूपन्देही कारागार कार्यालयमा रहेका लामिछानेलाई शनिबार नख्खु कारागार सारिएको हो ।

लामिछानेलाई काठमाडौं ल्याउनका लागि दिउँसो ३ बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने भनिएपनि मौसमका कारण ढिलाइ भएको थियो ।

लामिछाने चैत २५ देखि उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशमा रुपन्देही कारागारमा रहेका थिए । 

प्रकाशित मितिः शनिबार, ३१ साउन २०८२
https://www.jawaaf.com/storage/01K2SDKX0RB08KKWADR0Q1HQVH.avif

एमबीबीएस स्वीकृतिले पूर्वाञ्चल विश्वविद्यालयमा नयाँ उत्साह

विराटनगर । विराटनगर  स्थापना भएको तीन दशकपछि पूर्वाञ्चल विश्वविद्यालयले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति पाएको छ ।  शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विश्वविद्यालयलाई ५० सिट क्षमतासहितको एमबीबीएस कार्यक्रम सञ्चालनको स्वीकृति दिएको हो । 

स्वीकृति पाएपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् । सुन्दरहरैंचाका साथै कोशी प्रदेशमै शैक्षिक हवका रूपमा विकास गर्नका लागि एमबीबीएस कार्यक्रम महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीय केशव भट्टराईले बताए । 

सुन्दरहरैंचावासीको निरन्तर आवाज, प्रदेशवासीको समर्थन, सम्पूर्ण विश्वविद्यालय परिवारको सामूहिक टिम–एफर्ट, नव–नेतृत्वको चुस्त व्यवस्थापन, पूर्वाधारको तयारी र नेपाल सरकारको निर्णायक अनुमतिले यो सपना साकार भएको हो । 

पूर्वाञ्चल विश्वविद्यालयका सेनेट सदस्य रञ्जन ओझाले परिकल्पना साकार भएको भन्दै यो उपलब्धि स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा कोशी प्रदेशका लागि एक वास्तविक ‘गेम चेन्जर’ हुने दाबी गरे । 

उनका अनुसार, अब प्रदेशका लाखौँ नागरिकले आफ्नै घर आँगनमै सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन् र भविष्यका तेजस्वी तथा दक्ष चिकित्सकहरू यही प्रतिष्ठित कलेजबाट निस्कनेछन् । 

पूर्वाञ्चल विश्वविद्यालयले अब चिकित्सा शिक्षा आयोगले छनौट गरेर पठाएका ५० जना एमबीबीएस डाक्टरलाई अध्ययन गराउने तयारी गरेको छ । विश्वविद्यालयका मुख्य अधिकृत फडिन्द्रराज गौतमले नेपाल सरकारको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गर्दै कार्यक्रमको व्यवस्थापनमा लाग्ने जनाएका छन् । 

देशकै एक महत्वपूर्ण विश्वविद्यालयलाई डा.पढ्नकै लागि समेत बिदेसिनु बाध्यताका बिच अध्ययन गराउने बिच दिएको स्वीकृतिले शैक्षिक क्षेत्रको उन्नयन हुनसक्ने विश्वास लिन सकिन्छ तर यसको दिगो व्यवस्थापन पनि उत्तिकै आवश्यक रहेको छ ।

प्रकाशित मितिः शनिबार, ३१ साउन २०८२