पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन
फुङ्लिङ (ताप्लेजुङ), ८ वैशाख I ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ हजार चार सय ३८ भक्तजन पूजापाठका लागि पुगेका छन् ।
चैतेदसैँको छेकमा पूजापाठ गर्न उत्तम हुने र मौसम समेत खुलेकाले भक्तजनको आगमन बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार पाथीभरामा भक्तजनको चाप बढ्ने गरेको छ । स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् । भक्तजनको चाप बढेपछि सहज रूपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्म एक लाख ६८ हजार चार सय ६८ भक्तजनले पाथीभरामा पुगेर पूजापाठ गरेको तथ्याङ्क समितिले सार्वजनिक गरेको छ । भदौमा पाँच हजार, असोजमा १० हजार तीन सय ४३, कात्तिकमा ४९ हजार एक सय ६३ भक्तजन पाथीभरा आएको समितिले जनाएको छ ।
यस्तै मङ्सिरमा २० हजार चार सय १६, पुसमा पाँच हजार छ सय ५५, माघमा छ हजार एक सय एक, फागुनमा १७ हजार नौ सय १२ भक्तजन पाथीभरा पुगेका छन् ।
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
म्याग्दी, ८ वैशाख I विसं २०८० मा ३१ हजार भन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका – ६ स्थित घोडेपानी–पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।
विसं २०८० को वैशाख देखि चैत सम्म ३१ हजार चार सय ३९ जना पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । चौकीले घोडेपानी भित्रिने र बाहिरिने पर्यटकको विवरण सहितको अभिलेख राख्दै आएको छ ।
गत वर्ष २५ हजार दुई सय ७९ जना पर्यटक भित्रिएका र छ हजार एक सय ६० जना घोडेपानी हँुदै अन्यत्र गएका घोडेपानी प्रहरी चौकीका वरिष्ठ हवल्दार टेकबहादुर सुनारी मगरले बताउनुभयो । सबै भन्दा बढी चैत महिनामा पाँच हजार आठ सय ४९ जना पर्यटक घोडेपानी आएका छन् ।
वैशाखमा चार हजार चार सय १४, जेठमा एक हजार दुई सय ८१, असारमा चार सय ४१, साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८ र कात्तिकमा चार हजार तीन सय ५७ जना पर्यटक आएका छन् । कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७ र फागुनमा दुई हजार चार सय ७७ जना पर्यटक आएका थिए ।
विसं २०७९ मा २६ हजार तीन सय एक जना पर्यटकले घोडेपानी घुमेका थिए । घोडेपानी टोल सुधार समितिका उपाध्यक्ष समेत रहेकी होटल व्यवसायी जुली ठकुरी पुनले कोरोना अघिकै लयमा फर्कन नसके पनि पर्यटक आगमन सुधार हुन थालेकाले आशा जागेको बताउनुभयो ।
“अनुकूल मौसम र बिदाको समय भएकाले आन्तरिक पर्यटकको आगमन पनि राम्रो छ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटकले यहाँको होटल व्यवसाय धानिएको छ ।” कोरोना अघि वार्षिक ६० देखि ७० हजार जना पर्यटक घोडेपानी आउने गरेका थिए ।
समुद्र सतह देखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गर्छन् । घोडेपानीमा साना ठूला गरी २७ होटल छन् । ती होटलमा एक दिनमा एक हजार जना बास बस्न सक्छन् ।
पुनहिल प्रवेश शुल्क र पुनहिलमा चिया पसल सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षका लागि माइलादाइ होटल तथा रेष्टुराँलाई रु ६३ लाख ११ हजारमा ठेक्का सम्झौता गरेको छ । पुनहिल प्रवेश गर्न हरेक नेपालीले रु ५० र विदेशीले रु एक सय ५० शुल्क तिर्नुपर्छ ।
पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृष्यावलोकन गर्न पाउनु पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँस जङ्गल छ । हिजोआज गुराँसले ढकमक्क भएको जङ्गलमा रमाउने पर्यटकको चहलपहल बढेको घोडेपानीका होटल व्यवसायी डमबहादुर पुनले बताउनुभयो ।
अन्नपूर्ण परिक्रमा गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी, नागी–महरेबाट पर्यटक घोडेपानी भित्रिने गरेका छन् । आन्तरिक पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर– घार– शिख– चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधनमा पुग्न सकिन्छ । पोखरा–घोडेपानी बस सेवा पनि सञ्चालनमा छ ।
गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे
ध्रुवसागर शर्मा
गलेश्वर (म्याग्दी) ७ वैशाख I अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गते सम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन् ।
म्याग्दी–मुस्ताङ छिर्ने नाकाअन्तर्गतको घासा प्रहरीचौकीमा रहेको तथ्याङ्क अनुसार गत वर्षको वैशाख १ गतेदेखि चैत मसान्त सम्म चार लाख १४ हजार दुई सय ८० जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका हुन् ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेका अनुसार सडकमार्ग हुँदै मुस्ताङ प्रवेश गर्ने आन्तरिक पर्यटकको सङ्ख्या तीन लाख ३५ हजार चार सय ६६ छ । तीमध्ये दुई लाख २० हजार सात सय २४ जना पुरुष छन् भने महिलाको सङ्ख्या एक लाख १४ हजार सात सय ४२ छ ।
विसं २०८० मा ७८ हजार आठ सय १४ बाह्य पर्यटक मुस्ताङ घुमेका छन् । यीमध्ये ७२ हजार सात सय ५६ जना सार्क राष्ट्र भित्रका हुन् भने छ हजार ५८ जना सार्कराष्ट्र बाहिरका रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सार्क राष्ट्रबाट ३८ हजार आठ सय २१ पुरुष र ३३ हजार नौ सय ३५ महिला छन् ।
सार्क राष्ट्र बाहिरबाट तीन हजार छ सय ४८ पुरुष र दुई हजार चार सय १० महिला मुस्ताङ पुगेका प्रहरीको तथ्याङ्कबाट देखिएको छ । सोही अवधिमा हवाइमार्गबाट ११ हजार चार सय ८४ पर्यटक मुस्ताङ भित्रिएका छन् । यीमध्येका एक हजार एक सय ३४ पुरुष र पाँच सय ४५ महिला गरी एक हजार छ सय ७९ आन्तरिक पर्यटक रहेका प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।
सार्क राष्ट्रबाट तीन हजार सात सय ६७ पुरुष र चार हजार दुई सय ८८ महिला गरी आठ हजार ५५ पर्यटकले मुस्ताङ घुमेका छन् । सार्क राष्ट्र बाहिरबाट आठ सय ८६ पुरुष र आठसय ६४ जना महिला गरी एक हजार सात सय ५० पर्यटक मुस्ताङ भित्रिएका तथ्याङ्कले देखाएको छ ।
सडकको सहज पहुँचका साथै सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण पनि पछिल्ला वर्षमा पर्यटकको सङ्ख्या बढ्दै गइरहेको कागबेनीका होटेल व्यवसायी छेप्तेन गुरुङले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा मुस्ताङ आकर्षक गन्तव्यस्थल बनेको छ ।
सडक मार्ग सहज बनेपछि मुस्ताङमा पर्यटकको लर्को लाग्न थालेको छ । बिदा सदुपयोग र तीर्थयात्रा गर्ने आन्तरिक पर्यटकदेखि प्राकृतिक दृश्य नियाल्न चाहने बाह्य पर्यटकसम्मले मुस्ताङ भ्रमण गर्न चाहने हुँदा मुस्ताङमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो बढ्न थालेको हो ।
मुस्ताङ आफँैमा पनि निकै सुन्दर, आकर्षक र मनमोहक छ । मुस्ताङमा घुमफिर गरेर रमाउनका लागि थुप्रै धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थल रहेका छन् । पछिल्लो पटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटक धेरै पुग्ने गरेका छन् ।
मुस्ताङ प्रवेशद्वारमा रहेको थासाङ गाउँपालिकामा पर्यटकीय टिटीताल पर्दछ । यसका साथै यहाँ सेकुङ ताल, धौलागिरि आइसफल, टुकेचे (हिमाल) पिक, भुसर्तोताल, नाउरीकोटा गाउँ (जहाँ कबड्डी–कबड्डी फिल्म सुटिङ) भएको थियो ।
यसैगरी घरपझोङ गाउँपालिकामा जोमसोम बजार, पर्यटकीय ढुम्बाताल, छेमाताल, यारुजो डाँडा (भ्यु–प्वाइन्ट), कुछपतेरङ्गा गुम्बा, छैरु गाउँ (जहाँ तिब्बतीयनहरु बस्दछन्), मार्फा गाउँ र स्याउ बगैँचा रहेका छन् ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा प्रसिद्ध मुक्तिनाथ मन्दिर पर्दछ । यस्तै यहाँ कागबेनी (पितृ तर्पण दिने स्थान), तिरीगाउँ, १२ वटा गाउँहरु, तिरीताल (डोल्पा जाने बाटोमा पर्ने), छुसाङ पारी ऐतिहासिक गुम्बा र तेताङ नुनखानी समेत पर्दछ ।
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाभित्र दामोदरकुण्ड (पवित्र कालीगण्डकी नदीको उत्पत्ति भएको स्थान), चुङ्सी गुफा, घिलिङ गाउँलगायत बस्ती र धार्मिक तथा पर्यटकीय क्षेत्रहरु पर्दछन् । त्यस्तै उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ गाउँ ‘माटोको सहर’को नामले पनि चिनिन्छ ।
उपल्लो मुस्ताङमा मुस्ताङ र तिब्बतका बीचमा हुने व्यापारको राजस्व सङ्कलन गर्ने नेचुङ–लिची भन्सार कार्यालय समेत छ । छोसेर गाउँमा रहेको चर्चित झोङ गुफा, बहुचर्चित (मुस्ताङ–तिब्बत) कोरला नाका लगायत पर्यटकीय क्षेत्र उपल्लो मुस्ताङमा रहेका छन् ।
सन् २०२२ मा विदेशी पर्यटक ६५ हजार नौ सय ४० जनाले मुस्ताङको भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका प्रशासन सहायक कमलराज जोशीले जानकारी दिनुभयो । सन् २०२३ मा ७८ हजार आठ सय १४ जना बाह्य पर्ययहाँ भित्रिएका छन् ।
मुस्ताङमा खासगरी धार्मिक पर्यटक कागबेनीमा आफ्ना पितृहरुको उद्धारका लागि पिण्डदान (श्राद्ध गर्न) जाने गर्दछन् भने प्रसिद्ध मुक्तिनाथ मन्दिरको दर्शन गर्नुका साथै एक सय आठ वटा धारा र पोखरीमा स्थान गर्न पुग्छन् ।
साथै मार्फाको स्याउ बगैँचा, जोमसोम बजार क्षेत्र, उपल्लो मुस्ताङको लोमान्थाङ र बहुचर्चित मुस्ताङ–तिब्बत कोरला नाका, गुफा तथा गुम्बाको अवलोकन तथा भ्रमणमा बर्सेनि पर्यटक पुग्ने गरेका छन् । पछिल्लो समय मुस्ताङमा विदेशी भन्दा पनि स्वदेशी पर्यटकहरुको बाहुल्यता बढ्दै गएको छ । मुस्ताङ पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ ।
विश्वमै चर्चित स्थानमध्ये पर्ने मुस्ताङमा भारतसहित तेस्रो मुलुकबाट अधिकांश पर्यटक विभिन्न समयमा भ्रमण गर्न पुग्ने गर्दछन् । पछिल्लोपटक नेपालीमा पनि घुम्नुपर्छ भन्ने बानीको विकास भएसँगै अहिले देशका विभिन्न जिल्लाबाट पनि यहाँ घुम्न जाने पर्यटकको भीड लाग्ने गरेको छ । पछिल्लोपटक मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको सङ्ख्या बढ्दै जान थालेको पर्यटन व्यवसायी बताउँछन् ।
मुस्ताङ भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकहरु खासगरी म्याग्दीको बेनी हुँदै सवारीसाधनमार्फत पुग्ने गरेका छन् । कतिपय पर्यटकहरु टे«किङ एजेन्सी मार्फत पर्यटक गाइडहरुको सहयोगमा मनाङको थोरङ्लापास क्षेत्र र कोही पर्यटक पोखरा–जोमसोम हवाईमार्गबाट पनि पुग्ने गर्दछन् ।
कसरी गर्ने पदयात्राको तयारी ?
गण्डकी, ७ वैशाख I पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा चिनिन्छ । विश्वका विभिन्न देशका पर्यटकहरू पदयात्राका लागि यहाँ आउने गरेका छन् । पछिल्ला वर्षहरुमा आन्तरिक पर्यटकहरु पनि छोटो वा लामो दूरीका पदयात्रामा निस्किएको पाइन्छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा नेपाल आएका कुल विदेशी पर्यटकमध्ये १५ प्रतिशत पदयात्रा र माउन्टेनियरिङका लागि गएको देखिन्छ । सो वर्ष कुल १० लाख १४ हजार आठ सय ८२ पर्यटक नेपाल आएकोमा एक लाख ५४ हजार दुई सय ६२ जना पदयात्रा र माउन्टेनियरिङका लागि आएका थिए ।
नेपालमा पदयात्राका लागि असोज–कात्तिक र चैत–वैशाखको याम उत्तम मानिन्छ । अहिले दोस्रो मुख्य पर्यटकीय याम चलिरहेको छ । गन्तव्यस्थलमा पर्यटकको आउजाउ बाक्लिएको छ । पदयात्रामा रमाउनेको सङ्ख्या पनि उल्लेख्य छ । कुनै समय विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।
नेपालको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न मानिसहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानिसक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ ।
तपाईं पनि पदयात्राका लागि कुनै गन्तव्य रोज्दै हुनुहुन्छ भने त्यसका लागि गर्नुपर्ने बन्दोबस्ती र तयारीबारे पदयात्री तथा पर्यटक पथप्रदर्शक दिवस गुरङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।
खर्चको जोहो
तपाईँ कुन गन्तव्यमा जाँदै हुनुहुन्छ भन्ने कुराले खर्चको निर्धारण गर्छ । सामान्यतया दिनको तीनदेखि चार हजारसम्म जोहो गर्नुहोस् । सगरमाथा क्षेत्र जाँदै हुनुहुन्छ अझ बढी पैसा लाग्छ । छोटो, मध्यम या लामो दुरीमध्ये जुन रोज्नुहुन्छ त्यसअनुसार खर्च तलमाथि हुनुसक्छ । पर्यटकीय क्षेत्रको सेवासुविधा यसै पनि महङ्गो हुन्छ । अहिले प्रायः पदमार्गमा इन्टरनेट र अनलाइन सुविधा पुगेको छ । अनलाइन भुक्तानी सेवा पनि छ । विकट गाउँबस्ती र भूगोलतिर त्यो सेवा नहुन पनि सक्छ । नगद पैसा पनि बोकेर जाँदा सजिलो हुन्छ ।
गन्तव्यस्थलको पूर्वअध्ययन
आफू घुमफिरमा जान लागेको गन्तव्य र त्यहाँको भौगोलिक अवस्थाबारे जानकारी लिनुहोस् । सूचना बटुल्नुहोस् । त्यस क्षेत्रमा रहेका होटल, रेष्टुराँ र चिया घरबारे बुझ्नुहोस् । गुगल या अन्य नक्साको सहायता लिएर पनि गन्तव्यस्थलबारे धेरै कुरा थाहा पाउन सकिन्छ । कति लामो र उचाइसम्मको पदयात्रा हो त्योबारे पहिल्यै थाहा पाएर आफूलाई शारीरिक र मानसिक रुपमा तयार राख्नुपर्छ । नयाँ ठाउँबारे जान्ने जिज्ञासा र उत्साहसहित पदयात्रामा निस्कनुपर्छ ।
बन्दोबस्ती
ऋतु याम, मौसम, हावापानी आदि विचार गरेर लुगालगायत पदयात्राका लागि चाहिने सामग्री जुटाउनुपर्छ । सामानको जोहो गर्दा हतार गर्नुहुँदैन । झोलामा राख्नुपर्ने महत्वपूर्ण सामान छुट्न सक्छ । ट्रेकिङ झोला, जुत्ता, लठ्ठीलगायत सामग्री पदयात्राका लागि नभइहुँदैन । हलुका र धेरै सामान अट्ने झोला किन्नुहोस् । ६५ लिटर जानेसम्मको ट्रेकिङ झोला भयो भने २५ किलोसम्म तौल धान्छ । आफूले बोक्ने सामानको लेखाजोखा गरेर त्यही अनुसार क्षमता भएको झोला किन्न सकिन्छ । बजारमा ट्रेकिङका लागि चाहिने सामग्री सजिलै पाइन्छ । ती सामग्री किन्न १५ हजार जति खर्च हुन्छ । गुणस्तर र ब्राण्डका कारण कुनै सामान अझै महङ्गो पनि पर्छ ।
गोल्डस्टारलगायत नेपाली ब्राण्डका टे«किङ जुत्ता पनि अहिले बढी प्रयोगमा आइरहेको छ । जुत्ता आरामदायी, बाक्लो सोल र ग्रिप भएको, झट्ट पानी नछिर्ने, हिलो र हिउँमा नचिप्लने चाहिन्छ । ट्रेकिङ ज्याकेट, टिसर्ट, ट्रयाक, ट्राउजर, टोपी, मोजा र पञ्जा आवश्यक पर्छ । गर्मी याम छ भने सोही अनुसारको लुगा चाहिन्छ । जाडो याम छ र हिमाली क्षेत्रमा जाँदै हुनुहुन्छ भने फेदर डाउन ज्याकेटलगायत न्यानो लुगा बोक्नुहोस् । पदयात्रामा जाँदा आँखाको सुरक्षाका लागि चश्मा अनिवार्य चाहिन्छ । गर्मी याममा घामबाट जोगिने चश्मा प्रयोग गर्नुपर्छ । टोपी र ह्याट पनि त्यहीअनुसार चाहिन्छ । छालालाई घामबाट जोगाउने क्रिम, लोसन पनि प्रयोग गर्न सकिन्छ ।
औषधि र हलुका खानेकुरा
पदयात्रामा निस्कदाँ प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुपर्छ । आफूले कुनै नियमित खाने गरेको औषधि छ भने नबिर्सिइ झोलामा राख्नुहोस् । उचाइमा जाँदा लेक लाग्ने समस्या हुनुसक्छ । कसैलाई तीन हजार मिटरदेखि माथि जाँदा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन थाल्छ । त्यसकार एकैदिन धेरै हिँड्नुहुँदैन । विश्राम लिँदै पदयात्रा गर्नुपर्छ । तीनहजार मिटरदेखि माथिको यात्रा छ भने दिनमा पाँच सय मिटर मात्र उकालो चढ्नु उपयुक्त मानिन्छ । यात्रामा कहिलेकाहिँ आपतकालीन अवस्था आइपर्न सक्छ । त्यसैले पर्यटक सूचना केन्द्र, प्रहरी, होटललगायत स्थानीयवासीको सम्पर्क नम्बर लिनुपर्छ । पदयात्रामा जाँदा पानीलगायत हलुका खानेकुराको प्रबन्ध गर्नुपर्छ । बिस्कुट, चक्लेट, काजु, बदामआदि साथमा राख्दा राम्रो हुन्छ ।
एक्लै निहिँड्नुहोस्
नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रामा निस्कनुहुँदैन । नजिक र मानिसको आउजाउ बाक्लो हुने ठाउँ छ भने छोटो दुरीको पदयात्रा एक्लै पनि गर्न सकिन्छ । पदयात्रामा जाँदा पथप्रदर्शक साथमा लिएर जाँदा धेरै सहज हुन्छ । समूहमा पदयात्रा गर्दा झनै सजिलो । सुरक्षादेखि अन्य व्यववस्थापकीय तयारीका लागि पनि समूहमा जाँदा उपयुक्त हुन्छ । पछिल्लो समय पथप्रदर्शक नलिई पदयात्रामा जान नपाइने नीति पनि सरकारले ल्याएको छ । एक्लै हिँड्दा सुरक्षा जोखिम हुन्छ । दुर्घटना भइहोलमा उद्धार जटिल बन्छ । हिमाली भेग छ भने विशेष ख्याल गर्नुपर्छ । हाम्रो हिमालय क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य छन् ।
वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटबल हुने
धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत प्राप्त गर्नेछ ।
प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडीहरूको हौसला बढाउन पूर्व बास्केटबल खेलाडी तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पइन्ट कम्पिटिसन हुन लागेका हुन ।
थी्र पइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियोगितामा धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मुख्य प्रायोजकको रूपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परामर्श गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा सञ्चालन गर्दछ ।
सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोप्राइटर सन्जिव बान्तावा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाम, अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गा कुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फाइनल’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लेप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।
‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटेल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।
महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्का-थुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।
डी पी खनालको शब्द र विक्रम राईको सँगीतमा 'यी आँखालाई ' रिलिज
काठमाडौँ । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यी आँखालाई ' सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र विक्रम राईको सँगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal) को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरू सार्वजनिक भैसकेका छन् ।
पाचौ मि. कोशि उपाधिका लागि आज २२ प्रतिस्पर्धी भिड्ने
एलाइनेट जिमको आयोजनामा यहि चैत्र २४ गते शनिवार हुनलागेको पाचौ मि. कोशि शारिरिक शुगठन प्रतियोगिताको प्रि–जज राउण्ड सम्पन्न भएको छ ।
धरान १३ अमरहाट स्थित कर्भडहलमा शुक्रवार संपन्न प्रि–जज राउण्ड वाट ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३-३ जना फाइनल चरणका लागि छनौट भएका छन । उनिहरुले शनिवार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । फाइनल चरणमा सवै तौल समुह वाट २२ जना प्रतिस्पर्धि खेलाडिहरुले प्रतिश्पर्धा गर्नेछ ।
प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन ।
यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए ।
प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।
दिमागमा चिप राखिएका मानिसले सोचेकै भरमा यसरी चलाए कम्प्युटर
काठमाडौं । दिमागमा जडान गरिएको चिपको सहायताले न्युरालिङ्कका बिरामी व्यक्तिले कम्प्युटर चलाउँदै गरेको भिडिओ सार्वजनिक भएको छ । कम्पनीले ब्रेन-कम्प्युटर इन्टरफेस (बीसीआई) ले कसरी काम गर्छ भन्ने कुरा देखाउन सङ्क्षिप्त डेमो शेयर गरेको हो ।
एलन मस्कले यसै अङ्ग्रेजी वर्षको सुरुवाततिर पहिलो पटक परीक्षणको रूपमा मानिसको दिमागमा न्युरालिङ्कको चिप प्रत्यारोपण गरिएको घोषणा गरेका थिए । तिनै व्यक्तिको भिडिओ यतिखेर बाहिर आएको हो ।
नोलन आर्बाघ नाम गरेका २९ वर्षीय व्यक्ति सहितको एक डेमो एक्समा लाइभ देखाएको थियो । जसले आठ वर्षअघि डाइभ गर्ने क्रममा दुर्घटना हुँदा घाँटी तलको भाग पक्षघात भएको बताएका छन् ।
आर्बाघले प्रत्यारोपण पश्चात् भिडिओमा शल्यक्रिया निकै सहज भएको बताएका छन् । उनले स्क्रिनमा क्रसर कन्ट्रोल गर्ने कार्य सिक्नका लागि अन्दाज गरिएको चाल र प्रयास गरिएको चालबीचको अन्तर थाहा पाएको समेत सुनाएका छन् ।
"हामीले जे जति सुरु गर्यौं, त्यो चल्नका लागि गरिएको प्रयास थियो," आर्बाघले भनेका छन्, "म आफ्नो दाहिने हातलाई बायाँ, दायाँलाई अगाडि पछाडि लैजाने प्रयास गर्छु । र त्यहाँबाट मलाई कर्सर यताउति गर्ने कल्पना गर्न सहज भएको महसुस हुन्छ ।"
भिडिओ क्लिपमा एक जना न्युरालिङ्क इन्जिनियर समेत देखिन्छन् । आर्बाघ ल्यापटपको स्क्रिनको चारैतर्फ कर्सर घुमाएर अनि स्क्रिनमा भएको म्युजिक प्लेयरलाई रोकेर बीसीआईको प्रदर्शन गरिरहेका देखिन्छन् । प्रत्यारोपणबाट आफूलाई चेस र सिभिलाइजेसन सिक्स गेम खेल्ने अनुमति समेत प्राप्त भएको उनले बताएका छन् ।
आर्बाघले उल्लेख गरे अनुसार उनले पहिला माउथ-स्टिक (मुखमा राखेर चलाउन मिल्ने लौरी) जस्ता अन्य सहायक उपकरण प्रयोग गरेको, तर न्युरालिङ्क प्रत्यारोपणले लामो गेमिङ सेसनका साथै अनलाइन खेल्न समेत सक्षम बनाएको उल्लेख गरेका छन् । उनले बताए अनुसार रिचार्ज गर्नु अघि प्रत्यारोपण गरिएको चिपलाई आठ घण्टासम्म प्रयोग गर्न सकिन्छ (तर चार्जिङले कसरी काम गर्छ भन्ने विषय भने स्पष्ट छैन) ।
गत वर्ष न्युरालिङ्कले बिरामी भर्ना लिन थालेपछि आर्बाघ पहिलो मानव बिरामी बनेका थिए । कम्पनीले पहिला चिम्पान्जीसहित अन्य केही जनावरमा बीसीआई परीक्षण अभ्यास गरेको थियो । जसमाथि सङ्घीय अनुसन्धान समेत आकर्षित भएका थिए ।
भिडिओमा आर्बाघले प्रारम्भिक केही समस्याका बाबजुद मस्तिष्क प्रत्यारोपणको अनुभव निकै सकारात्मक रहेको सङ्केत गरेका छन् । "यो पूर्ण छैन, यहाँनिर हामीले केही समस्यासँग जुध्नु परेको कुरा समेत बताउन चाहन्छु," उनले भनेका छन्, "मान्छेले यात्राको अन्त्य नै यही हो भनेर सोचून् भन्ने म चाहन्न । यसका लागि थुप्रै काम हुन बाँकी छ, तर यसले अहिले नै मेरो जीवन परिवर्तन गरिदिएको छ ।"
ट्याक्सी ड्राइभरका छोरा मुस्ताफा सुलेमान बने माइक्रोसफ्ट एआईका सीईओ, को हुन् उनी ?
ठमाडौं । माइक्रोसफ्टले गुगल डिपमाइन्डका सह-संस्थापक मुस्ताफा सुलेमानलाई आफ्नो कम्पनीमा भित्र्याएको छ । सामाजिक सञ्जाल एक्समा मुस्ताफा सुलेमान स्वयंले यसको जानकारी दिएका हुन् ।
माइक्रोसफ्टमा नयाँ टिमको सीईओको रूपमा आबद्ध भएको कुरा उनले उनले लेखेका छन् । यो टिमले कम्पनीको कञ्जुमर फेन्सिङ एआई उत्पादन सम्हाल्नेछ । यो टिमलाई कोपाइलट, बिङ्ग र एज जस्ता उत्पादनको जिम्मेवारी रहनेछ ।
यसका साथै उनले माइक्रोसफ्ट एआईको कार्यकारी उपाध्यक्षको जिम्मेवारी समेत सम्हाल्नेछन् र कम्पनीको वरिष्ठ नेतृत्वको टिमको हिस्सा हुनेछन् । यो टिमले सोधै माइक्रोसफ्टका सीईओ सत्य नादेलालाई रिपोर्ट गर्नेछ । मुस्ताफा सुलेमानले सन् २०१० मा एआई ल्याब डिपमाइन्ड सह-संस्थापन गरेका थिए ।
जसलाई गुगलले सन् २०१४ मा अधिग्रहण गरेको थियो । वास्तवमा गुगल डिपमाइन्डको माध्यमबाट आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा माइक्रोसफ्टसँग टक्कर दिने तयारीमा छ ।
यद्यपि सुलेमान पछिल्ला केही वर्षदेखि उक्त डिभिजनमा थिएनन् । उनलाई सन् २०१९ मा बिदा गरिएको थियो । ब्लुमबर्गको रिपोर्ट अनुसार त्यसताका उनका कयौं परियोजनाका कारण बिदा दिइएको थियो । पछि गुगल र डिपमाइन्डले सुलेमान विरुद्ध कर्मचारीलाई हैरानी दिएको आरोपमा छानबिन समेत सुरु गरेको थियो ।
सुलेमानले सन् २०२२ मा गुगल छोडे र इन्फ्लेक्सन एआई स्टार्टअप सह-संस्थापन गरे । मुस्ताफा सुलेमानलाई नियुक्त गर्नुका साथै माइक्रोसफ्ट इन्फ्लेक्सन एआईलाई कयौं अन्य कर्मचारीहरूलाई समेत आफ्नो टिममा समावेश गरिरहेको छ ।
त्यसमा कम्पनीका सह-संस्थापक करेन सिमोन्यान समेत समावेश छन्, जसले माइक्रोसफ्टमा कन्जुमर एआई समूहका प्रमुख वैज्ञानिकको रूपमा काम गर्नेछन् । केभिन स्टक माइक्रोसफ्टका प्रमुख प्राविधिक अधिकृत र एआई डिभिजनका कार्यकारी उपाध्यक्षको रूपमा रहिरहने छन् ।
त्यसै अवसरमा सत्य नादेलाले कर्मचारीलाई शेयर गरेको मेमोमा भनेका छन्, "म कयौं वर्षदेखि मुस्ताफालाई जान्दछु । डिपमाइन्ड र इन्फ्लेक्सनका संस्थापकको रूपमा भिजनरी, उत्पादन निर्माता र उत्कृष्ट टिम निर्माणका मामिलामा उनको प्रशंसा गर्छु ।" उनले अगाडि भनेका छन्, "हामीसँग एक यस्तो प्रविधि बनाउने मौका छ, जुन एकताका असम्भव मानिंदै थियो । यो प्रविधिले हाम्रो लक्ष्यलाई अगाडि बढाउनेछ र सबै मानिससम्म एआईका लाभ सुरक्षित र जिम्मेवार तरिकाले पुर्याउनेछ ।"
माइक्रोसफ्टले ओपनएआईमा समेत थुप्रै लगानी गरेको छ । मुस्ताफा सुलेमानको जन्म अगस्ट १९८४ मा भएको हो । जो एक बेलायती आर्टिफिसियल इन्टेलिजेन्स उद्यमी हुन् । सुलेमानका बुबा सिरियाका एक ट्याक्सी ड्राइभर थिए भने आमा बेलायतमा नर्स थिइन् । सुलेमानले आफ्नो सुरुवाति पढाइ नर्थहिल प्राइमरी स्कुलबाट गरे ।
उनले डिमाइस ह्यासबिससँग मिलेर डिपमाइन्डको सुरुवात गरेका थिए । यद्यपि उनले १९ वर्षकै उमेरमा विश्वविद्यालयको पढाइ छोडिदिए । त्यसपछि उनले टेलिफोन काउन्सिलिङ सर्भिस मुस्लिम युथ हेल्पलाइन सुरुवात गरे । उक्त संस्था पछि बेलायतमा रहेका मुस्लिमहरूका लागि सबैभन्दा ठूलो मानसिक स्वास्थ्य सहायता सेवा मध्येको एक बन्यो ।

