शनिबार, २६ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K6VKTMGPP47TTAC2ZGE6M8X2.jpeg

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि सुचारु

काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आजदेखि यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् ।

गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने अनुमानसहित आइतबार रातिदेखि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए।

तर आजदेखि यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।

प्रकाशित मितिः सोमबार, २० असोज २०८२
https://www.jawaaf.com/storage/01K6T6C2SRT7BF8X80TCZSWC7T.jpg

मापदण्ड अनुसार राहत र निःशुल्क उपचार गर्न निर्देशन

काठमाडौं । देशभर जारी लगातारको भारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्न मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठक आइतबार बसेको छ । बैठकले विपद् व्यवस्थापन तथा प्रतिकार्यका लागि आठ वटा महत्वपूर्ण निर्णयहरू गरेको छ ।

असोज १७ देखि देशका विभिन्न स्थानमा परेको अविरल वर्षा र त्यसबाट भएका जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बैठकले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ ।

प्रतिकार्य कमाण्ड पोष्ट बैठकले स्थानीय तहसँग समन्वय गरी मृतकका परिवारलाई मापदण्डअनुसार राहत उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिने निर्णय गरेको छ ।

मनसुनजन्य विपद्बाट प्रभावित व्यक्तिहरुको खोज, उद्धार, राहत र पुनस्र्थापनाका कार्यलाई निरन्तरता दिने निर्णयसँगै प्रारम्भिक क्षति विवरण संकलन गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाउन समेत सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ ।

सडक, खानेपानी, विद्युत्, सञ्चारलगायत अत्यावश्यक सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायहरूलाई तत्काल कदम चाल्न निर्देशन दिइएको छ ।

यस्तै, जोखिमयुक्त सडकमा रात्रीकालीन बस सेवा तत्काल बन्द गर्न र अत्यावश्यक सेवाका सवारी साधनको आवागमन स्थानीय प्रशासनको सिफारिसमा सञ्चालन गर्न सकिने निर्णय गरिएको छ ।

बैठकले विपद्‌ व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मी, जनप्रतिनिधि, स्वयंसेवक, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा जनसमुदायप्रति आभार व्यक्त गरेको छ ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6T2X1A8N8BYYT0GPDHKQNXZ.jpg

मोरङमा वर्षापछिको विपत्ति : सयौं परिवार सुरक्षित स्थानमा सारिए

विराटनगर । अबिरल वर्षापछि मोरङका विभिन्न स्थानमा खोलाको पानी बस्तीमा पसेको छ । केसलिया, सिंघिया, बक्राहा, लोहान्द्रा र रतुवा खोलाको बहाव बढेसँगै जिल्लाभरका बस्तीहरू जोखिममा परेका छन् ।

शनिबार बिहानदेखि निरन्तर वर्षा भइरहेकाले बिराटनगर महानगर, उर्लाबारी, सुनबर्षी, धनपालथान र मिक्लाजुङ गाउँपालिकाका बस्तीहरूमा पानी पसेको हो । स्थानीय प्रशासनका अनुसार अहिलेसम्म कुनै जनहानी नभए पनि करिब ७५० भन्दा बढी घरका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

बिराटनगर–१२ केशलिया खोलाको बाँध नाघी सम्पन्न बस्तीमा पानी पसेको खबर प्राप्त भएको थियो । तत्काल प्रहरी चौकी बखरीबाट टोली खटेर स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी ३५० जना मानिसलाई बखरी आमा विद्यालय, दरैया आमा विद्यालय र नवनिर्माणाधीन फ्याक्ट्री भवनमा सुरक्षित राखिएको छ ।

बिराटनगर–२ पूर्वटोलमा सिंघिया खोलाको पानी पस्दा करिब ३५ घर प्रभावित भए । प्रहरी टोलीले स्थानीयको सहयोगमा सबैलाई सुरक्षित स्थानमा सार्ने काम गरिरहेको छ ।

त्यस्तै, बिराटनगर–५ केशलिया ढाटस्थित शंकरबारी टोलमा पनि केशलिया खोलाको पानी पस्दा २५ घर प्रभावित भएका छन् । प्रहरी टोलीले स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर बासस्थान सुरक्षित गरिरहेको जनाएको छ ।

सुनबर्षी नगरपालिका–६ कैनीमा बक्राहा खोलाको बाँध नाघेपछि प्रहरी टोलीले माटो थपेर बाँध मजबुत बनाउने प्रयास गरिरहेको छ । सोही खोलाको पानीले सुनबर्षी–३ बाहुनटोलमा करिब ६० घरमा पानी पस्दा जनप्रतिनिधि र प्रहरी मिलेर राहत र स्थानान्तरण कार्य अघि बढाइरहेका छन् ।

यसैगरी, धनपालथान गाउँपालिका–६ मा लोहान्द्रा खोलाले बाँध नाघ्दा करिब १५० घरमा पानी पसेको छ । प्रहरी चौकी कर्सियाबाट टोली खटिएर स्थानीयहरूलाई सुरक्षित स्थानमा राख्ने प्रयास भइरहेको छ ।

उर्लाबारी नगरपालिका–९ बोर्डरलाइनमा रतुवा खोलाको बाँध फुट्दा करिब २० घर वरपर पानी पसेको छ । हालसम्म घरभित्र पानी प्रवेश नगरे पनि जोखिममा रहेका ५ घरका २० जना व्यक्तिलाई छिमेकीको घरमा सारिएको प्रहरीले जनाएको छ ।

यस्तै, मिक्लाजुङ गाउँपालिका–६ मलामीटहरा स्थित नुनसरी खोलाको बाँध कटान हुन थालेको छ । प्रहरी र स्थानीय निकायले संयुक्त रूपमा बाँध मर्मत र रोकथामका काम तीव्र पारिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुरक्षा निकाय, स्थानीय तह र जनप्रतिनिधिहरू पूर्ण सतर्क अवस्थामा छन् र खोलाको बहाव अझ बढेमा थप स्थानान्तरणको तयारी गरिएको छ ।

बाढीग्रस्त बस्तीमा पूर्वमुख्यमन्त्री 

अबिरल वर्षापछि मोरङका विभिन्न बस्तीहरूमा खोलाको पानी पसेर डुबान भइरहेका बेला कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की प्रभावित क्षेत्रको निरीक्षणमा पुगेका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले बिराटनगर–१२ केशलिया खोलाको बाँध नाघी पानी पसेका बस्तीहरूमा पुगेर अवस्थाको प्रत्यक्ष अवलोकन र उद्धार कार्यको समन्वय गरेका हुन् । प्रभावित स्थानीयसँग भेटघाट गर्दै उनले तत्काल राहत र स्थायी समाधानका उपायबारे सुझाव दिएका छन् ।

कार्कीले भने, ‘मैले नेतृत्व गर्दा केशलिया कोरिडोरको परिकल्पना गरेको थिएँ । यसले केवल बाढी नियन्त्रणमा मात्र होइन, नागरिकको दिगो जीवनयापनमा पनि सहयोग पु¥याउँछ ।’

उनका अनुसार केशलिया कोरिडोर परियोजना दीर्घकालीन रूपमा लागू गर्न सके डुबान, जलनिकास र पूर्वी मोरङका आवासीय क्षेत्रको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने छ ।

कार्कीले प्रदेश सरकार र स्थानीय निकायलाई तत्काल राहत र पुनःस्थापनाको कार्य प्रभावकारी बनाउन आग्रह गर्दै प्रभावित नागरिकलाई नआत्तिन र सतर्क रहन अपिल गरेका छन् ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SYQ83J0TW1VGW47J4746N5.jpg

कोशी प्रदेशका प्रमुख सडक खण्डहरूमा अवरुद्ध, यात्रा जोखिमपूर्ण

विराटनगर । लगातारको वर्षा र पहिरोका कारण कोशी प्रदेशका विभिन्न जिल्ला यातायातका लागि जोखिमपूर्ण बनेका छन् । मेची, तमोर र कोशी करिडोरका मुख्य सडक खण्डहरूमा पहिरो झरेको, पानीको बहाव बढेको र सडक अवरुद्ध भएको छ ।

प्रमुख अवरुद्ध सडकहरूः

पाँचथर : फाल्गुनन्द–३ (रमाईलो चोक, पौवा चोक, चिम्फुला), फिदिम–३, लालीखर्क, तुम्वेवा–२ (नावा खोला), फालेलुङ–८ (आकाशे भञ्ज्याङ), फिदिम–११ (फेमे खोला), याङवरक–२ (दोभाने खोला), याङवरक–३ (रिजाल भिर), फिदिम–१२ (पिपलबोटे)

उदयपुर : कटारी–१४ (दलदले सडक, चनौटे)

धनकुटा : साँगुरीगढी–१ (चनौटे, घण्टे, सिमसुवा), पाख्रिबास–४,–५ (पाख्रिबास, दिकुरे)

संखुवासभा : मकालु–३ (एकुवा)

सुनसरी : धरान–१३, ४ (निसानेडाडा)

इलाम : इलाम–९ (राजदुवाली)

धनकुटा र साँगुरीगढीका केही सडकहरू एकतर्फी सञ्चालनमा रहेका छन् । सडक अवरुद्धका कारण यातायात पूर्ण वा आंशिक रूपमा ठप्प भएको छ। स्थानीय प्रशासन, नेपाल प्रहरी र ट्राफिक प्रहरीले उद्धार, निगरानी र ढलान मर्मत कार्यमा खटिएका छन्।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SV7YZT013AXWCT8MPA09RK.jpg

न्यून चापीय प्रणाली नेपालबाट बाहिरियो, मौसममा सुधार आउँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मनसुन कमजोर हुँदै मौसममा सुधार आउन थालेको बताएको छ । विभागले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

यद्यपी, अझै पनि आकस्मिक बाढी र डुबानको जोखिमलाई ध्यानमा राख्दै विभागले आफ्ना वेबसाइट, सामाजिक सञ्जाल, टोल फ्री नम्बर ११५५ र एसएमएस सेवा मार्फत नियमित जानकारी लिन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण असोज १८ गतेदेखि बागमती, विष्णुमती, कमला, लल्बकैया लगायतका नदीमा जलसतह खतरा तह नाघेको र हाल भने घट्दो अवस्थामा रहेको विभागले जनाएको छ ।

त्यस्तै, असोज १९ गते बिहान सापेक्ष रूपमा सिकोशी नदी र यसको सहायक नदीहरू तमोर, सुनकोशी र अरुणमा समेत खतरा तह नाघेर अहिले घट्दो अवस्थामा पुगेको छ ।

बंगालको खाडीबाट विकसित न्यून चापीय प्रणालीको प्रभावले २०८२ असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागमा अविरल वर्षा भएको छ । यस अवधिमा विशेषगरी मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा भारीदेखि अति भारी वर्षा र कोशी प्रदेशका कतिपय स्थानमा मध्यमदेखि भारी वर्षा मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार २४ घण्टाभित्र रौतहटको महेशपुरमा ३५८ मि.मि. वर्षा मापन भएको छ ।

असोज १९ गते बिहानसम्म देशभरका २९५ वटा वर्षा मापन केन्द्रमध्ये १८६ वटामा वर्षा भएको थियो । तीमध्ये १०५ वटामा ५० मिमि. भन्दा बढी, ६८ वटामा १०० मि.मि. भन्दा बढी, २१ वटामा २०० मि.मि. भन्दा बढी र ५ वटामा ३०० मि.मि. भन्दा बढी वर्षा मापन भएको विभागले जनाएको छ ।

यस्तै, कनकाई, बुढी खोला, लोहन्रा, खेसलैया र बिरिङ नदीमा समेत जलसतह खतरा तह पार गरेर हाल स्थिर हुँदै गएको छ ।

तर कोशी नदी चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले बाढी र डुबानको जोखिम यथावत रहेको विभागले चेतावनी दिएको छ । विभागले असोज २० गते मध्यान्हसम्म सबै सरोकारवालाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SQPBQMFV9YK658AJ77AFT5.jpg

इलाममाबाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, धेरै बेपत्ता

विराटनगर । अविरल वर्षा र पहिरोका कारण इलाममा मानवीयक्षति लगातार बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार हालसम्म ३५ जनाको ज्यानगएको छ।

सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी कालीदास धौवजीले दिएको जानकारी अनुसार अझै धेरै व्यक्ति बेपत्ता रहेका छन्। सुरक्षाकर्मीको टोली निरन्तर उद्धार कार्यमा सक्रिय छ र बेपत्ता तथा घाइतेको खोजी–उद्धारमा खटिएको छ।

धौवजीले थपे, ‘अविरल वर्षा र पहिरोका कारण पहुँचमुश्किलभएको स्थानमा उद्धार कार्य चुनौतीपूर्ण छ। सबै प्रभावित क्षेत्रमा तत्काल राहत र सुरक्षा सुनिश्चित गर्न प्रयास जारी छ।’

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SGXTX31XCQWCG3FGBCQ5VW.jpg

कस्तो छ देशभरका मुख्य सडकहरुको अवस्था ?

काठमाडौं । आइतबार बिहान ११ बजेसम्मको अवस्थाअनुसार देशभरका विभिन्न राजमार्ग र सडक खण्डमा कतै आवागमन सहज त कतै अवरोध कायम रहेको छ ।

नागढुंगा–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा रहेको छ भने नारायणघाट–बुटवल सडक दाउन्ने खण्डमा कुनै अवरोध नभएको सड्क विभागले जनाएको छ । विभागका अनुसार मुग्लिङ–नारायणघाट सडकमा तुइन खोला खण्ड दुईतर्फी सञ्चालनमा छ तर नाम्सी खोलामा नयाँ पुलमा ढुंगाखस्दा अवरोध भएको छ भने पूरानो पुलबाट सवारी सञ्चालन भइरहेको छ ।

विभागले सिद्धार्थ राजमार्गमा कुनै अवरोध नभएको जनाएको छ । काठमाडौं–फर्पिङ–भैसे–हेटौंडा मार्गमा टेक्करमा पहिरो र सिस्नेरी बजारमा नदीले सडक कटान गरेकाले आवागमन बन्द छ । खुलेखानी–फाकेल–काठमाडौं सडकमा पहिरो हटाइए पनि भिजेको सडकमा क्षति हुने जोखिम भएकाले यातायात बन्द गरिएको छ ।

त्रिभुवन राजमार्ग उर्लेनी डाँडामा पहिरोले अवरुद्ध छ, दिउँसो १२ बजेपछि सञ्चालन हुने अपेक्षा रहेको विभागले जनाएको छ । अरनिको राजमार्गमा खावा खण्डमा एकतर्फी आवागमन खुलेको छ । कान्ति लोकपथमा सानो पहिरो पन्छाउने काम भइरहेकोले दिउँसो १२ बजेपछि खुल्ने जनाइएको छ ।

मेची कोरिडोरमा मैखोला पुल बगाएको छ भने पुवा खोला र जोगमाई बेली पुल डुबानमा परेका छन् ।

भिमाद–डेढगाउँ(कालीगण्डकी कोरिडोर)मा भिमाद खण्डमा दुई किलोमिटर डाइभर्सन अवरुद्ध भएकोले मिनीबस, माइक्रो, जीप आवतजावत गर्न सक्ने भए पनि कार र ठूला बसका लागि उपयुक्त नभएकाो जानकारी दिइएको छ ।

हुलाकी सडकमा बिर्तामोड क्षेत्रमा क्षति नदेखिएको भए पनि कमला क्षेत्रमा बाढी स्तर उच्च रहेको र लोहेन्द्र पुलमा जोखिम रहेको विभागले जनाएको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्र्तगत भालुखोला पुल डाइभर्सन बगाएको र कालीखोला डाइभर्सन पनि मेचिनगर क्षेत्रमा बगाएकोले सडक अवरुद्ध भएको जनाइएको छ ।

त्यस्तै, धरान–धनकुटा सडक अवरुद्ध छ भने हिले–पाख्रिबास–लेगुवा सडक पूर्णरूपमा बन्द छ । मध्यपहाडी सडकखण्ड (रामेछाप-सिन्धुली खण्ड) मा ठूलो संख्यामा पहिरो खसेको छ, उपकरण परिचालन भए पनि आँखरे भीरमा ठूलो पहिरोले आवागमन रोकिएको छ । जयराम–हलेसी खण्डमा पाँच–छ अवरोध छन् ।

अन्य खण्डमध्ये गोरखा, पर्वत, दैलेख क्षेत्रमा समस्या नभएको जनाइएको छ भने बागलुङ–बुर्तिवाङ खण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SGMJ6KQZQTZDY4C3W3GZR9.jpg

धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा

जनकपुर । धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ । निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ । 

दुबैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।

केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SG0CHBEN2B6VKK2PQ3JH40.jpg

इलाममा मात्रै १८ जनाको मृत्यु

विराटनगर । इलामका विभिन्न स्थानमा गएको पहिरोमा परेर १८ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार सुर्योदय नगरपालिकामा मात्रै पाँच जनाको मृत्यु भएको छ ।

त्यस्तै, माङसेवुङ गाउँपालिका– १, पाटीगाउँका तीन, देउमाई नगरपालिका– ५, धारेका एक, सोही वडाको धुसुनीका दुई, फाकफोकथुम गाउँपालिका– ३, रातमाटेका एक र इलाम नगरपालिका– ५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले जानकारी दिए ।

त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीका अनुसार उदयपुरमा १ जना र खोटाङमा १ जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशका विभिन्न क्षेत्र जलमग्न भएका छन् । अझै केही दिन वर्षा हुने सम्भावना भएका कारण बाढी, पहिरो र डुबानको समस्या अझ बढ्न सक्ने अनुमान गरिएको छ । 

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२
https://www.jawaaf.com/storage/01K6SAB9G4PQ7JW59R5F5AA38D.jpg

कोशीमा वर्षासँगैको विपद् : सप्तकोशीमा सबै ५६ ढोका खुला

विराटनगर । लगातारको वर्षासँगै कोशी प्रदेशभर बाढी, पहिरो र डुवानको त्रास फैलिएको छ । भीषण वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ५६ वटा ढोका पूर्ण रूपमा खोलिएको छ ।

ब्यारेज कन्ट्रोल रुमका अनुसार खतराको सूचकका रूपमा तीनवटा रातो बत्ती बालिएको छ ।

सुनसरी, मोरङ र झापा सहितका तराई भेगहरूमा नदीहरूको बहाव बढेसँगै डुवानको स्थिति सिर्जना भएको छ । प्रहरीका अनुसार धेरै स्थानमा आवागमन अवरुद्ध भएको छ भने जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

मेची राजमार्ग ठप्प, पुल बगाएपछि कोरिडोर अस्तव्यस्त

लगातारको वर्षाले मेची राजमार्ग र कोरिडोर पूर्ण रूपमा ठप्प भएका छन् । पाँचथर खण्डमा मात्रै दुई दर्जनभन्दा बढी ठाउँमा ठूला–ठूला पहिरो खसेका छन् । फाल्गुनन्द–३ रमाइलोचोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालिखर्क क्षेत्रमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

इलाम खण्डमा माइखोला, राजदुवाली र बिव्ल्याटे क्षेत्रमा पनि दर्जनौँ ठाउँमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा रोकिएको छ ।

माइखोलामा आएको बाढीले बेलिब्रिज क्षति पु¥याएको छ भने मेची कोरिडोर अन्तर्गतका माई खोला, पुवा खोला र जोगमाईका तीनवटा पक्की पुल बाढीले बगाएको इलाम प्रहरीले जनाएको छ। यी पुल बगाएपछि यस क्षेत्रमा सम्पूर्ण आवतजावत ठप्प भएको छ ।

इलामकै माइजोगमाई गाउँपालिका–६ का बर्मालाल सोग्मीका पाँच जना परिवारका सदस्य भीषण पहिरोमा परेर बेपत्ता भएका छन् ।

त्यस्तै, शन्दकपुर गाउँपालिका–३ सुलुबुङका कुमार सेढाईकी आमा र छोरी पनि पहिरोमा परेर हराएका छन् । स्थानीयका अनुसार उनीहरू घरभित्रै रहेका बेला पहिरोले बगाएको हो । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, १९ असोज २०८२