बिहिबार, ०३ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01J4RRJW3CHRWWXX248MQ5V90W.jpg

थारु समुदाय ‘गुरही पर्व’ मनाउने तयारीमा

कैलाली, २४ साउन : पश्चिम नेपालका तराई क्षेत्रमा बसोबास गर्दै आएको थारु समुदायले परापूर्वकालदेखि मनाउँदै आएको ‘गुरही’ पर्व मनाउने तयारी थालेको छ । कैलालीमा पनि यो पर्व मनाउन तयारी तीव्र पारिएको छ । 

सखी सञ्जाल कैलाली, थारु कल्याणकारिणीसभा धनगढी नगर समिति, राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समिति, थारु महिलासभा कैलाली, थारु महिला सञ्जाल धनगढी लगायतको संयुक्त आयोजनामा यही साउन २५ गते धनगढीको क्याम्पस चोकमा धुमधामसँग पर्व मनाउने तयारी थालिएको सखि सञ्जाल कैलालीका कार्यबाहक संयोजक कालीमैया चौधरीले जानकारी दिनुभयो ।  यस्तै धनगढीका विभिन्न गाउँठाउँमा पनि सामूहिक रुपमा उक्त पर्व मनाउन थारु समुदाय जुटेको छ । थारु सामुदायभित्रको सांस्कृतिक विविधतालाई संरक्षण सम्बद्र्धन गर्र्ने उद्देश्यले गुरही पर्व मनाउने गरिएको संयोजक चौधरीले बताउनुभयो । 

“विशेष गरी “गुरही”एक प्रकारको कीराको नाम हो, यस कीरालाई नेपाली भाषामा ‘गाईनेकीरा’ भन्ने गरिन्छ, गर्मीयाममा गाउँघरमा व्याप्त दूषित किटाणु तथा लामखुट्टेलाई आफ्नो आहारा बनाई यस कीराले वातावरण सरसफाइमा टेवा पु¥याएको हुन्छ”, उहाँले भन्नुभयो, “यसै गुरहीको प्रतिकका रुपमा बालबालिका तथा दिदीबहिनीले लुगाको गुडीया बनाइ गाउँको दक्षिणपट्टिको चोकमा सेलाउने (असरैना) गर्दछन् । पुरुषहरु सेलाएको गुडीयालाई लठ्ठी आकारको सोताले पिट्ने र गाउँभरिको रोगव्याध तथा नराम्रो चिज लैजा भनेर जोरले चिच्याउने चलन छ ।” 

गुरही सेलाउने काम सकिए पश्चात गुरहीसँग ल्याएको गेडागुडी तथा भुजा एकापसमा बाँडी खाने, खुवाउने र नाचगान गरी रमाइलो गर्ने चलन छ । यसर्थ यस पर्वलाई जनस्वास्थ्यसँग पनि जोडेर हेर्ने गरिएको छ । यस पर्वलाई रोगव्याधी निर्मूल गर्ने पर्वको रुपमा पनि लिने गरिएको छ । यो पर्व थारु समुदायले लामो समयदेखि धनगढीको गुरही चोक (क्याम्पस रोड) मा भव्यताका साथ मनाउँदै आएको राष्ट्रिय थारु कलाकार मञ्च प्रदेश समितिका कोषाध्यक्ष राजु चौधरीले बताउनुभयो । यसवर्ष पनि गुरही पर्व विगतभन्दा अलि फरक ढङ्गले सिर्जनात्मक कार्य गरी मनाउने तयारी गरिएको उहाँले बताउनुभयो । 

थारु समुदायमा गुरही पर्व बालबालिकालगायत सबैले हर्षोउल्लासका साथ मनाउने गरिएको छ । यसर्थ यसवर्ष थारु समुदायले मनाउने गरिएको गुरही पर्व श्रावण शुक्ल पञ्चमी (नाग पञ्चमी) का दिन अर्थात यही साउन २५ गते पर्न गएकाले उक्त दिन धनगढी उपमहानगरपालिकाले यहाँ सार्वजनिक बिदा दिएको छ । 

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://www.jawaaf.com/storage/01J4RPQ3SDJCBDEHHV20W6GCQ9.jpg

सुनको कथामा बन्यो चलचित्र ‘नम्बरी सुन’

काठमाडौँ, २४ साउन : सुन व्यवसायको कथालाई आधार बनाएर नेपाली चलचित्र ‘नम्बरी सुन’ तयार गरिएको छ । चलचित्रका निर्माता तथा कलाकार नारायण खातीले सुनको काम कसरी अगाडि बढ्यो ?, कालीगढी काम कसरी बढ्यो ? लगायतका विविध प्रश्नको जवाफ चलचित्रमा पाइने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सुन नागरिकको जन्मदेखि मृत्युसम्म जोडिएको वस्तु हो । यसको आफ्नै इतिहास छ । यस्तै एउटा कथालाई चलचित्रमा ल्याउँदैछौँ । यसले मनोरञ्जनसँगै सुनसँग जोडिएको तथ्यलाई दर्शकसम्म पु¥याउनेछ ।”

सुनको इतिहाससँगै विभिन्न वर्गका युवा युवती बीचको प्रेम र त्यो प्रेमले निम्त्याउने घटना परिघटनालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा गौरव पहारी, नम्रता सापकोटा, विनोद न्यौपाने, सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बाँस्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरी, कङ्गना गिरीलगायतका कलाकारले अभिनय रहेको छ । 

अभिनेता पहारीले आर्थिक रुपमा कमजोर भएका युवाको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । “मैले निम्न वर्गको प्रतिनिधित्व गरेको छु । जसको प्रेम मुखियाकी छोरीसँग हुन्छ । यसमा मेरो बुवा पात्रले सुन बनाउने काम गर्नुहुन्छ । यसले प्रेमसँगै चलचित्रमा एउटा पुस्ताको कालिगढ़ीलाई जोडेको छ”, उहाँले भन्नुभयो । आफूले अभिनय गरिरहेको भन्दा फरक पात्र भएकाले अभिनय गर्न तयार भएको उहाँको भनाइ छ । 

चलचित्रमा यसमा अभिनेत्री सापकोटाले ग्रामीण युवतीसँगै अभिनेता पहारीको प्रेमिकाको भूमिका निर्वाह गर्नुभएको छ । “चलचित्रमा मुखियाकी छोरी भएर पनि साधारण शैली रहेकी युवतीको भूमिकामा छु । मेरो पात्रले क्रान्तिको चित्रण समेत गरेको छ”, अभिनेत्री सापकोटाले भन्नुभयो । चलचित्र यही साउन २५ गतेदेखि प्रदर्शन हुँदैछ । 

प्रकाशित मितिः बिहिबार, २४ साउन २०८१
https://www.jawaaf.com/storage/01J4PJ9RRQFNQDEDQ2HKDRHS6P.jpg

भारतले जित्यो काभा महिला भलिबलको उपाधि

काठमाडौँ, २३ साउन : भारतले  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो । 

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो ।

खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो ।  खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो । 

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो । 

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो I



प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://www.jawaaf.com/storage/01J4NKQHF56SBHW42FCA1BKTFQ.jpg

पेरिस ओलम्पिक: अमेरिका २४ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, २३ साउन (रासस/एएफपी) : सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २४ स्वर्ण, ३१ रजत र ३१ कास्यसहित सबैभन्दा बढी ८६ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले  २२ स्वर्ण, २१ रजत र १६ कास्यसहित कुल ५९ पदक हात पारेको छ भने अष्ट्रेलियाले १४ स्वर्ण, १२ रजत र नौ कास्य पदकसहित कुल ३५ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ । 

त्यसैगरी, चौँथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कास्यसहित ४८ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १२ स्वर्ण, १५ रजत र १९ कास्यसहित कुल ४६ पदक जितेको छ ।  

पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने जापानले ११ स्वर्ण, छ रजत र १२ कास्यसहित २९ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ । 

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र सात कास्यसहित कुल २६ पदक जितेको छ भने नेदरल्यान्डसले आठ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल १९ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले आठ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १७ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://www.jawaaf.com/storage/01J4NJVVER5FRF4MCYW5FX1YMP.jpg

तेस्रो देशका पर्यटकका लागि काँकडभिट्टा नाका खुला

झापा, २३ साउनः चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो ।

भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताउनुभयो । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उहाँले भन्नुभयो, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।”

कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो । पूर्वीनाकाबाट तेस्रो मुलुकका पर्यटक चार वर्षयता आगमन ठप्प भएको थियो । पर्यटनव्यवसायीले तेस्रो मुलुकका पर्यटकको आवागमन खुलाउन पटकपटक माग गर्दै आएका थिए ।

नाका सहज बनेसँगै बेलायत, अमेरिका, स्वीट्जरल्याण्डलगायत देशका एक दर्जनभन्दा बढी नागरिक भारतको बाटो हुँदै नेपाल प्रवेश गरेका उहाँले जानकारी दिनुभयो । नेपालबाट पनि उत्तिकै सङ्ख्यामा पर्यटक  भारत गएका छन् ।

नेपाल प्रवेशको पूर्वीनाका काँकडभिट्टा र पश्चिम बङ्गालको पानीट्यङ्कीमा दुवै देशका अध्यागमन कार्यालय छन् । भारतले पानीट्याङ्कीस्थित अध्यागमन कार्यालयबाट विगतमा जस्तो ‘अनअराइभल भिसा’ भने जारी गरेको छैन । नेपालको प्रवेशाज्ञा (भिसा) भएका तेस्रो मुलुकका नागरिकलाई मात्र भारतीय अध्यागमनले नेपाल प्रवेशको अनुमति दिएको जनाएको छ ।

लामो समयसम्म भारतीय अध्यागमनले पर्यटकलाई नेपाल प्रवेश अनुमति नदिँदा पूर्वको पर्यटनमा प्रभाव परेको  नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) कोशी प्रदेशका अध्यक्ष पुण्यप्रसाद भट्टराईले बताउनुभयो । पर्यटकका लागि नाका खुला हुँदा अब पूर्वमा पर्यटकीय चहलपहल बढ्ने र यसबाट मुलुकको अर्थतन्त्रमा केही टेवा पुग्ने उहाँले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, २३ साउन २०८१
https://www.jawaaf.com/storage/01J4HRS7D2Z6AJ5CQS7MBKNQR5.png

ताप्लेजुङ पर्यटन महोत्सवको आयव्यय सार्वजनिक

ताप्लेजुङ, २१ साउन : गएको जेठ ३ देखि ७ गतेसम्म ताप्लेजुङमा सञ्चालित ताप्लेजुङ पर्यटन महोत्सवको आज आयव्यय सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिले महोत्सवमा रु ४९ लाख २७ हजार चार सय खर्च भएको जनाइको छ ।
 
समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले मेयर कप पुरुष भलिबल र नेपाल घरेलु तथा साना उद्योग महासङ्घबाहेकको खर्च सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “भलिबल र औद्योगिक कृषि तथा पर्यटन मेलाको आयव्ययको अधिकार नगरपालिका र महासङ्घले नै गरेकाले त्यसबाहेक सबै कार्यक्रम मूल आयोजक समितिले गरेको थियो । सोहीअनुसार विवरण सार्वजनिक गरिएको छ ।”
 
पुरुष तथा महिला हाफ म्याराथन पुरस्कारमा मात्र रु पाँच लाख ४६ हजार छ सय ६७, म्याराथन व्यवस्थापनतर्फ रु दुई लाख ५० हजार दुई सय ६८ खर्च भएको आयोजकले जनाएको छ । परियोजना प्रस्ताव, चिठी, मायाको चिनो, प्रमाण पत्र तथा छपाइमा रु दुई लाख ७६ हजार आठ सय ८९ र मञ्च व्यवस्थापन र साउण्ड सिस्टममा रु १० लाख १५ हजार आठ  सय ७० खर्च भएको त्यस अवसरमा जानकारी दिइयो ।
 
यसैगरि सांस्कृतिक कार्यक्रमतर्फ कलाकार पारिश्रमिक, प्रस्तुति, यातायात र होटल बास खर्चवापत रु पाँच लाख ७० हजार दुई सय ४७ खर्च भएको थियो । स्टल व्यवस्थापन, खाद्य परिकार र कार्यक्रमस्थलको जग्गा भाडातर्फ रु दुई  लाख १८ हजार नौ सय ८५, डिजाइन तथा फेलेक्स प्रिन्टमा रु एक लाख ८४ हजार छ सय ७६ खर्च भएको थियो । साइकिलिङ व्यवस्थापनतर्फ सान्त्वनासहित रु १ लाख २६ हजार ४ सय ५० रुपैयाँ खर्च भएको थियो । 

स्वागतद्वार निर्माण रु एक लाख १५ हजार दुई सय ६०,  मठमन्दिर तथा माङ्हिममा पूजाका लागि रु एक लाख दुई हजार चार सय ४५ र छायाङ्कन तथा फोटो प्रदर्शनीमा रु एक लाख छ हजार खर्च गरेको आयोजकले जनाएको छ ।
 
अतिथि स्वागत तथा सत्कारतर्फ रु एक लाख ८२ हजार ९५, खाना, खाजा, चिया तथा छलफलमा रु एक लाख ५३ हजार तीन सय ५५,  महोत्सव प्रचारप्रसारमा रु ९९ हजार सात सय २० खर्च भएको छ । यातायात व्यवस्थापनमा रु ८५ हजार तीन सय ३६, डोको क्यारी रनतर्फ सान्त्वनासहित रु ७९ हजार दुई सय ७५, अन्तर गाउँपालिकास्तरीय वक्तृत्वकला प्रतियोगितामा रु ५७ हजार र झाँकी व्यवस्थापनमा ४५ हजार पाँच सय खर्च भएको छ । 

औद्योगिक तथा कृषि प्रदर्शनीमा ३९ हजार नौ सय, पर्यटकीय क्षेत्र भ्रमण तथा अवलोकनमा रु २७ हजार नौ सय, स्वयंसेवक परिचालन र कामदारतर्फ रु ४१ हजार छ सय ७५, साहित्य कार्यक्रमतर्फ रु १८ हजार पाँच सय ५०, चौरी प्रदर्शनमा १० हजार खर्च, सरसफाइ व्यवस्थापनमा रु सात हजार चार सय २० र पुरस्कार व्यवस्थापनतर्फ रु तीन हजार दुई सय ७५ खर्च भएको छ ।

 यसैगरी महोत्सवमा सहयोग गर्नेको विवरणसमेत सार्वजनिक गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले रु १९ लाख ७० हजार,  पाथीभरा केबलकार प्रालिले रु १० लाख, फुङलिङ नगरपालिका रु छ लाख, स्पार्क हाइड्रोपावर कम्पनीले रु तीन लाख, जिल्लास्थित निर्माणाधिन हाइड्रोपावर कम्पनीबाट रु पाँच लाख, सानिमा मिडिल तमोर, पाथीभरा  देवीमन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समिति र मिक्वाखोला गाउँपालिकाबाट रु एक÷एक लाख, ताप्लेजुङ भेनियर सङ्घले ९० हजार, गोर्खा ब्रुअरी प्रालि रु ५० हजार, धावक इन्ट्री फिबाट रु ३२ हजार पाँच सय र सिद्धार्थ बैंकले रु आठ हजार पाँच सय प्रदान गरेका समन्वय समिति प्रमुख लामाले जानकारी दिनुभयो । 

महोत्सवमा मेयरकप भलिबलका लागि नगरपालिकाले रु २० लाख र अन्य कार्यका लागि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले रु नौ लाख ५७ हजार खर्च गरेको पनि उहाँले बताउनुभयो ।

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://www.jawaaf.com/storage/01J4HA742VZW39YTZKEJHHEWJD.jpg

नेपालले मल्दिभ्सलाई हरायो

काठमाडौ २१ साउनः काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजितगरेको हो ।

नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित ग¥यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।

नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो  ।

अर्को सेमिफाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलङ्काले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://www.jawaaf.com/storage/01J4GQ1VPEJJ3T8EERBBQEBXRQ.jpg

पेरिस ओलम्पिक : आइतबारसम्मको खेलमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा

पेरिस, २१ साउन (रासस/एएफपी) : आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।     
      
दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।     
      
त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।     
      
पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।     
      
आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । 

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://www.jawaaf.com/storage/01J4F3CYA9QXEBRPTKSYTF69AF.jpg

सङ्खुवासभामा लाखे निकाल्न नेवा देयः दबुमा सूचीकृत हुनुपर्ने

खाँदबारी (सङ्खुवासभा) २० साउनः सङ्खुवासभामा नाग पञ्चमीबाट सुरु हुने नेवार समुदायको लाखे नाचमा अन्य वर्ग वा समुदायलाई समावेश नगर्न नेवा देय दबु खाँदबारीले आग्रह गरेको छ ।

 आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेवा देयः दबुले खाँदबारी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिलाई मात्रै लाखे नाचमा सहभागी हुन आग्रह गरेको हो । लाखे नाच्न अनिवार्य रुपमा नेवा देयः दबुमा सुचीकृत हुनुपर्ने छ । लाखे नाचमा मादकपदार्थ सेवन गरी हुलहुज्जत गर्न नपाइने नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले लाखे नेवार समुदायको संस्कृतिसँग जोडिएकाले अन्य वर्ग वा समुदायबाट लाखे नाच प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने लाखेनाच विशेष गरी नागपञ्चमीदेखि सुरु भएर कृष्णाअष्टमीका दिन समापन हुन्छ । श्रेष्ठले विशेष परिस्थितिबाहेक अन्य समय अवसर वा अन्य कार्यमा लाखे नाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरिएको पनि बताउनुभयो ।

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://www.jawaaf.com/storage/01J4EQJM1PNHZYN1MPAYT9YM6E.jpg

गाईजात्राका लागि हाँस्यकलाकार जोगिन्दरको कोसेली ‘ठगाठग कम्पनी’

 काठमाडौँ, २० साउन : हाँस्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ । यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहनुभएका जोगिन्दर उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गर्नुभएको छ । यसमा उहाँकै लेखन, निर्माण तथा निर्देशन रहेको छ ।     
      
गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । “विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु । भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन । राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छुँ”, उहाँले भन्नुभयो ।     
      
क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ इन्टरनेट (युट्युब) मा सार्वजनिक गरिएको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । यसमा उहाँसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रिजालकानुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ ।     
देशका विभिन्न क्षेत्र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ । यस वर्ष आगामी भदौँ ४ गते गाईजात्रा पर्व परेको छ ।   

प्रकाशित मितिः आइतबार, २० साउन २०८१