शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01JBNW87CNH3BQ1YEJXJMX1A2Y.jpg

विश्वकप लिग टू : आज नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा

NOW.gif 582.41 KB

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति सवा नौ बजे शुरू हुनेछ ।

लिग टूमा हालसम्म निराशाजनक प्रदर्शन गरे पनि यसै त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले बलियो टोली स्कटल्यान्डलाई पाँच विकेटले हराउँदै पुनः लयमा फर्किएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

तर, यस सिरिजको पहिलो खेलमा नेपाललाई अमेरिकाले तीन विकेटले पराजित गरेको थियो । नेपाल सोही हारको बदला लिने लक्ष्यमा हुनेछ ।

यस सिरिज अघि नेपालले अमेरिका विरुद्ध उसकै मैदानमा ३ खेलको टी–ट्वेन्टी आई सिरिज क्लिन स्विप गरेको थियो । 

baba_education.gif 870.63 KB

दुई टोली बीच हाल सम्म खेलिएका आठ ओडीआईमा नेपालले ४ र अमेरिकाले ३ खेल जितेको छ । एक खेल बिना नतिजा समाप्त भएको छ ।

लिग–२ अंक तालिकामा नेपाल सातौं स्थानमा छ । टोलीले १० मध्ये २ खेल जित्दै ५ अंक जोडेको छ । अमेरिका ११ खेलमा ७ जित सहित १४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBNCM8MXB6FXADA96VNMXJH9.jpg

यमपञ्चक चौथो दिन : गाई पूजा गरिँदै

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । 

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । 

swastikplay and hardware (3).gif 338.56 KB

स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने विश्वास छ ।

गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर सङ्कल्प पढिन्छ । 

दिपशिखा गहना गृह.gif 471.46 KB

गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ ।

Bantawa_Hardware.gif 563.38 KB

गोरुको पनि पूजा आजै गरिँदै छ । वर्षभर जोतिएर मानवहितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषिकर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हली तिहार पनि भनिन्छ । 

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBNB7J1BGAZ5QX6NJ7PC9G38.jpg

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो

NOW.gif 582.41 KB

काठमाडौँ । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबार देखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ ।

दिपशिखा गहना गृह.gif 471.46 KB

चलचित्रले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै हलबाट रुँदै निस्कन बाध्य बनाएको छ । प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगेका थिए । 

चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ । अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए चलचित्रले धरधरी रुवायो।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सिनेमाका मुख्य कलाकार विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली हल हल पुग्दा यस्तो देखिन्थ्यो अहिले दर्शकहरूले तिहारको देउसी भैलोभन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ को गहिरो प्रभाव महसुस गरिरहेका छन्।

सिनेमाले कथाको गहिराइ र सांस्कृतिक पक्षप्रति दर्शकको भावनालाई यसरी छुन्छ कि दर्शकहरू हलबाट रुँदै निस्कन्छन्, दर्शकहरूको प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’अपेक्षा गरेभन्दा बढी राम्रो रहेको संकेत दिएको छ । यसले चलचित्रका लागि अब्बल ‘वर्ड अफ माउथ’मा साथ दिएको छ ।

Bantawa_Hardware.gif 563.38 KB

सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने धेरैको विश्वास छ । चलचित्रले दर्शकको मन जित्न सफल भएकोले आगामी दिनहरूमा यसले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

बाबु छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ । निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ । यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा र आलिशा बास्तोलाको अभिनय देख्न पाइन्छ ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमा मा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।

प्रकाशित मितिः शनिबार, १७ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBKWDS28XMPKAMFR9VWMDYJS.jpg

न्हूदँ १० किमि दौड मुकेश पालले जिते

NOW.gif 582.41 KB

काठमाडौँ । नेपाल सम्वत् ११४५ न्हूदँ समारोह समितिको आयोजना तथा नेपालभाषा मंकाः खलः, यलको संयोजनमा सम्पन्न दोश्रो मंकाः खलः खुल्ला दौड प्रतियोगिता नेपाल आर्मीका मुकेश पालले जितेका छन्।

साफ खेलका सर्वकालीन रेकर्ड होल्डर वैकुण्ठ मानन्धर र ललितपुर महानगरपालिकाका ७ नं. अध्यक्ष बाबु रत्न महर्जनले संयुकङ राष्ट्रिय स्तरका ६० जना धावकहरूको सहभागी रहेको दौड प्रतियोगितामा मुकेश पालले ३४ मिनेट ५५ सेकेन्डमा उक्त दूरी तय गरेका छन्। 

यस अघिको संस्करणमा समेत पहिलो स्थान प्राप्त गरेका राकेशले नगद १० हजार पुरस्कार ग्रहण गरेका छन्।

खुल्ला दौड स्पर्धामा आर्मी कै राजन रोकायाले द्वितीय स्थानमा दौड पूरा गरेका छन्। उनले ३ सेकेण्ड बढी समय लिदै प्रतिस्पर्धात्मक ३४ मिनेट ५८ सेकेन्डमा निर्धारित दौड पार गरेका छन्। नेपाल प्रहरीका नागेश्वर अहिरले ३६ मिनेट ११ सेकेन्ड समय लिदै तेस्रो स्थान प्राप्त गरेका छन्।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

नेपाल प्रहरीका प्रिन्स कुमार मुखिया चौथो, तिलक बुढाथोकी पाँचौँ , नवराज कार्कीले छैटौँ स्थान प्राप्त गरेका छन्। ललितपुरका राकेश महर्जनले ४५ मिनेटमा उक्त दौड पूरा गरि ललितपुर उत्कृष्ट धावक बन्न सफल भएका छन्। राकेशले पुरस्कार स्वरूप नगद १० हजार प्राप्त गरेका छन्।

यसैगरी तेस्रो राष्ट्रव्यापी ¥यापिड रेटिङ्ग चेस प्रतियोगितामा रौतहटका एफएम रुपेश जैसवाल प्रथम हुँदै नगद १० हजार , ललितपुरका राजन पुरी द्वितीय हुँदै नगद ७ हजार र दोलखाका आशिष् फूँयाल तृतीय हुँदै नगद ५ हजार पुरस्कार प्राप्त गरेका छन्।

नेपाल सम्वत् नयाँ वर्षको उपलक्ष्यमा रक्तदान, छाला दान, आँखा दान, आँखा जाँच, सुगर , प्रेसर जाँच कार्यक्रम पनि सम्पन्न गरेका छन्।

नेपाल सम्वत् ११४५ न्हूदँको अवसरमा नेपालभाषा मंकाः खलःले दबू छेंमा शुभकामना आदानप्रदान तथा तुच्चा कार्यक्रमको आयोजना गरेको छ।

नेपालभाषा मंकाः खलःका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा भएको शुभकामना कार्यक्रममा संघिय सांसद मा. प्रेम बहादुर महर्जन, बाग्मती प्रदेशका मा. श्रममन्त्री प्रेमभक्त महर्जन, पूर्व मन्त्री बुद्धिराज बज्राचार्य, बागमती प्रदेश सांसद मा. रामकृष्ण चित्रकार लगायतको उपस्थिति रहेको थियो।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBK3TEH642HGJ43E61V9CH1B.jpg

हङकङ सुपर सिक्सेस : इङ्ग्ल्यान्ड माथि नेपालको सनसनीपूर्ण जित

Daily_Dose_Adv_07_07.gif 652.54 KB

काठमाडौँ । हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इङ्ग्ल्यान्ड माथि सनसनीपूर्ण जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो ।

Bantawa_Hardware.gif 563.38 KB

निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका लागि कप्तान सन्दीप जोराले विस्फोटक ब्याटिङ गरे । उनले १२ बलमा ६ छक्का र ३ चौकाको मद्दतमा ५० रन बनाए । अर्का ओपरन लोकेश बमले ११ बलमा २० रन बनाए ।

टस हारेर पहिला ब्याटिङमा उत्रेको इङ्ग्ल्यान्डका लागि कप्तान रवि बोपाराले विस्फोटक ब्याटिङ गरे ।

नेपालका लागि विवेक यादव र प्रतिश जीसीले दुई दुई विकेट लिए भने लोकश बम र नारायण जोशीले एक एक विकेट लिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBJRXMX77M30FM7JYY5V4SMS.jpg

इटालियन सिरी ए : रोमाको कठिन जीत

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । इटालियन सिरी ए फुटबलमा रोमाले टोरिनोमाथि १–० गोलको कठिन जीत दर्ता गरेको छ । शुक्रबार विहान सकिएको खेलमा रोमाको जीतसँगै दबाबमा रहेका प्रशिक्षक इभान युरिचले केही राहत पाएका छन् ।

baba_education.gif 870.63 KB

रोमा प्रशिक्षक युरिचको कार्याकाल रोममा एक महिना मात्र बाँकी भएता पनि पछिल्ला नतिजाले निकै दबाबमा थिए ।

तर, शुक्रबार विहानको नतिजाले भने उनले राहत महसुस गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । रोमा तीन खेलपछि पहिलोपटक विजयी भयएको हो ।

Bantawa_Hardware.gif 563.38 KB

रोमका लागि निर्णायक गोल पाउलो डिबालाले खेलको २० औं मिनेटमा गरेका थिए । टोरिनोका करोल लिनेट्टीको गलत ब्याकपासलाई फाइदा उठाउँदै डिबालाले गोलकिपर भान्जा मिलिन्कोभिच–साभिचलाई छलेर गोल गर्दै रोमालाई अग्रता दिलाए ।

यस जितसँगै रोमा सिरी ए को तालिकामा १० खेलमा १३ अंक जोड्दै १० औं स्थानमा उक्लिएको छ । टोरिनो भने पछिल्लो पाँच खेलमध्ये चार खेलमा पराजित भएसँगै १४ अंकसहित ९औं स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBJR3J8DQ02SDHNZYC0V7PGC.jpg

विश्वकप लिग टू : स्कटल्याण्डसँग अमेरिका ७१ रनले पराजित

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौं । आइसीसी विश्वकप लिग टूमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई ७१ रनले पराजित गरेको छ । डालासमा शुक्रबार विहान सकिएको खेलमा ब्रान्डन मकमुलनको उत्कृष्ट १५१ रनको पारीले स्कटल्याण्डलाई ७१ रनको फराकिलो अन्टरले पराजित गरेको हो । मकमुलनले ११ चौका र ६ छक्कासहित आफ्नो करियरकै उच्च ओडीआई स्कोर बनाए । 

उनीसँग चार्ली टियर (५१ रन) र माइकल लिस्क (३३) ले राम्रो साथ दिएपछि अन्तिम १० ओभरमा स्कटल्याण्डले ११९ रन थप्दै निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनाएको थियो ।

Bantawa_Hardware.gif 563.38 KB

अमेरिकाले टस जितेर फिल्डिङ रोजेपछि, स्कटल्याण्डका ओपनर चार्ली टियर र एन्ड्रयू उमीडले उत्कृष्ट सुरुवात गरेका थिए । स्कटल्याण्डको सुरुवाती रन दर उच्च रहेको अवस्थामा उमीडले सौरभ नेत्रवालकरको बलमा १८ रनमा विकेट गुमाए । मकमुलनले क्रिजमा प्रवेश गरेपछि कन्फिडेन्ट ड्राइभ खेलेर आफ्नो पारीको सुरुवात गरे । मकमुलन र टियरले स्कटल्याण्डको स्कोरलाई १२ औं ओभरमा ५० रन पु¥याए ।

swastikplay and hardware (3).gif 338.56 KB

मकमुलनले आफ्नो ५० रन ६३ बलमा पुरा गरे । र केही समयपछि टियरले पनि आफ्नो अर्धशतक पुरा गरेका थिए । तर, रन रेट केही घटेको अवस्थामा टियरले नोस्ठुश केन्जिगेको बलमा क्याच थमाउँदै ५१ रनमा आउट भए । १५ ओभर बाँकी हुँदा स्कटल्याण्डको स्कोर १५२–२ थियो, र मकमुलनले उत्कृष्ट पारी खेलिरहेका थिए । कप्तान रिची बेरिङ्टनले पनि उत्कृष्ट प्रदर्शन गर्दै २६ रन बनाए । तर मकमुलनले १०० रन पुरा गर्दै तेस्रो ओडीआई शतक बनाए ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

अन्तिम १० ओभरमा, मकमुलन र माइकल जोन्सले आक्रामक शैलीमा रन बटुल्दै स्कटल्याण्डलाई उच्च स्कोरतर्फ पु¥याए । मकमुलनले आफ्नो व्यक्तिगत १५० रन पुरा गरेपछि १५१ रनमा आउट भए । माइकल लिस्कले अन्तिम बलमा छक्का प्रहार गर्दै ३३ रनको योगदान दिए । जसले स्कटल्याण्डले निर्धारित ओभरमा ५ विकेट गुमाएर ३१७ रन बनायो ।

दिपशिखा गहना गृह.gif 471.46 KB

अमेरिकाका सौरभ नेत्रभाल्कर र जसदीप सिंहले दुई दुई विकेट लिए ।

अमेरिकाले स्कटल्याण्डले दिएको ३१८ रनको लक्ष्य पछ्याउन संघर्ष गरेको थियो । सुरुका ओभरमै ब्राड कुर्रीले दुई विकेट लिएर अमेरिकालाई दबाबमा राखे । उत्कर्ष श्रीवास्तवले उत्कृष्ट ६७ रन बनाएर टिमलाई सम्हाल्ने प्रयास गरे पनि स्कटल्याण्डका बलरहरूको नियन्त्रणमा अमेरिकाले लक्ष्य पूरा गर्न सकेनन् । अन्तिममा, ज्याक जार्भिसले ४ विकेट लिएर अमेरिकाको इनिङलाई ४४ ओभरमा २४६ रनमा समेट्दै स्कटल्याण्डलाई ७१ रनको जित दिलाए ।

यो जितपछि स्कटल्याण्डले लिग तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । अब स्कटल्याण्डले लिग टू अन्तर्गत यस सिरिजको अन्तिम खेलमा नेपालसँग खेल्ने छ । नेपाल र स्कटल्याण्डको खेल नोभम्बर ४ तारिखमा हुने छ । त्यसअघि शनिबार नेपालले अमेरिकासँग खेल्ने छ । नेपाल अहिले तालिकाको सातौं स्थानमा छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः शुक्रबार, १६ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBG9DXTRJ5F0YBT99SCQX4W4.jpg

तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

काठमाडौँ । तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि तेस्रो दिन पर्न गएकाले आजै कुकुरको पूजासमेत गरिँदैछ ।

आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा कुकुरले यमलोक जाँदा बाटो छोडिदिने विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।

आजै, घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली र भयाङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।

आज साँझ युवतीले समूह बनाई घरघरमा भैली खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलीराजालाई दिनुभएको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ ।

आज भैली खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी उपहार दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने विश्वास छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, १५ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBE84FP1MEWKXYCYC4YCDKQJ.jpg

काठमाडौं महानगरले तीन ठाउँमा नेपाल र बंगालादेशबीचको फाइनल भिड्न्त देखाउने

काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज हुने नेपाल र बंगालादेशबीचको खेल काठमाडौँ महानगरपालिकाले तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । खेल हेर्न धेरै दर्शकहरूलाई चाहना भए पनि खेलमैदानमै पुगेर खेल हेर्ने अवसर सबैलाई प्राप्त हुन कठिन हुने भन्दै महानगरले लागि टुँडिखेल, चावहिलको फुटबल ग्राउन्ड र सानो गौचरन (हाँडीगाउँ)मा एलइडी स्क्रिनबाट देखाउने जनाएको हो । 

खेलको प्रवर्धन, खेलाडी, प्रशिक्षक र व्यवस्थापकको प्रोत्साहनका प्रदर्शन हुने प्रत्यक्ष प्रसारण खेल अवलोकनका लागि आफूलाई पायक पर्ने स्थानमा जान महानगरले फुटबल खेलप्रेमी दर्शकहरूलाई अनुरोध गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, १४ कात्तिक २०८१
https://www.jawaaf.com/storage/01JBE5ZGHQNDKF1EF2ZG6K72Z3.jpg

‘पूर्ण बहादुरको सारङ्गी’ को अग्रिम टिकट बिक्री खुला, सेन्सर बोर्डबाट पायो युनिभर्सल सर्टिफिकेट

काठमाडौँ । मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ को अग्रिम टिकट बिक्री खुला भएको छ ।

लक्ष्मी पूजाको अवसर पारेर बिहीबार (भोलि) देखि प्रदर्शनमा आउने फिल्मको देशैभरका प्रमुख मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुला गरेका हुन् ।देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स चेनले काठमाडौँ उपत्यका भित्र यो फिल्मलाई पहिलो दिनका लागि १९ शो उपलब्ध गराएको छ । काठमाडौं बाहिर २१ शो दिइएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

यस्तै,आईएनआई सिनेमाज्, बिग मुभिज, वान सिनेमाज्, एफक्युबलगायत काठमाडौँका अन्य प्रमुख मल्टिप्लेक्सहरूबाट यो फिल्मलाई उच्च शो दिएका छन् ।

आईएनआई सिनेमाजले ९ शो दिएको छ । त्यस्तै बिग मुभिज र एफक्युब सिनेमाजले फिल्मलाई ३–३ शो उपलब्ध गराएका छन् सीडीसी सिनेमाजले ५ शो दिएको छ । कतिपय हलले बुकिङ खुलाउने तयारी गरेका छन् ।

पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नव धनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ ले भन्ने संकेत गर्छ ।

swastikplay and hardware (3).gif 338.56 KB

फिल्मका सार्वजनिक भएका टिजर, गीत र ट्रेलरलाई दर्शकले मन पराएका छन् । फिल्मकर्मी र आम दशर्कले तारिफ गर्दै फिल्मबाट अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

अनुभवी कलाकारहरूको अभिनय रहेको पूर्ण बहादुरको सारंगीलाई चलचित्रलाई सेन्सर बोर्डको चलचित्र जाँच समितिले युनिभर्सल सर्टिफिकेट प्रदान गरेको छ । आज सेन्सर बोर्डका पदाधिकारीले चलचित्र हेरेपछि चलचित्र प्रेमी दर्शकले अभिभावकको साथमा हेर्न मिल्ने गरी युनिभर्सल सर्टिफिकेट दिएका हुन् । सर्टिफिकेट पाएसँगै यो फिल्म जुनसुकै उमेरसमूहका व्यक्तिले हेर्न पाउनेछन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको फिल्ममा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ ।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्मसको प्रस्तुति रहेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । फिल्मका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

दिपशिखा गहना गृह.gif 471.46 KB

फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । फिल्ममा प्रशान्त शिवाकोटीको सँगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त शिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । यो फिल्मलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

baba_education.gif 870.63 KB

प्रकाशित मितिः बुधबार, १४ कात्तिक २०८१