शनिबार, ०५ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः बिहिबार, २९ कात्तिक २०८१

प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिता शनिवार हुँदै

https://www.jawaaf.com/storage/01JCN1NFVK9RMKCCYWQMEQYYKD.jpg


काठमाडौँ । प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।

झापा १ सांसद सचिवालय, काठमाडौँ तथा नेपाली काँग्रेस झापा १ काठमाडौँ सम्पर्क समिति, काठमाडौँको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिवार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।

Pathivara.gif 82.25 KB

असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी वर्षाका कारण स्थगित भएको थियो ।

प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Planning_Consultancy.gif 1.45 MB

जसमा क्षेत्र नं १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा विजेता हुने टिमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोस्रो हुने टिमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौँ सम्पर्क समितिका संयोजक प्रज्वल कोइरालाले जानकारी दिए ।

swastikplay and hardware (3).gif 338.56 KB

उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबिच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङँदेन, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवा,माओवादीका रन्जीत तामाङ  सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्नेछन् ।

Bantawa_Hardware.gif 563.38 KB

साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं। १ क र ख का महिला टीमबिच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौँ आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

सम्बन्धित खबर

/frontend/images/redline.png