शनिबार, १९ वैशाख २०८३

/frontend/images/redline.png
जवाफ डिजिटल पत्रिका
जवाफ डिजिटल पत्रिका
प्रकाशित मितिः शुक्रबार, १८ वैशाख २०८३

भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै

https://www.jawaaf.com/storage/01KQGQ0QVKS0A7BFZ80GNMTAGF.jpg

काठमाडौं । देशभरका भूमेस्थानमा पूजा आराधना गरी उभौली पर्व मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाउने गरिन्छ । 

बाली लगाउनुअघि गाउँ गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । 

गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभौली रहेको हो । यस पर्वका अवसरमा साकेला नाचसमेत नाचिन्छ ।

सम्बन्धित खबर

/frontend/images/redline.png