बुधबार, ०२ पुस २०८२

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01HTY6QY10C5Y10D4PE8GHDED9.jpg

आदर्श स्कुलको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सामेल

विराटनगर I विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बाल कक्षा देखि ९ कक्षा सम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । 


प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुदा हुदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए । हाल विद्यालयमा छात्र र छात्राको सङ्ख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरू सञ्चालन छन् । 

प्रकाशित मितिः सोमबार, २६ चैत २०८०
https://www.jawaaf.com/storage/01HTVV8N5MS4QPAKS9F8Q0Q5RP.png

एमालेले वैशाख १० गते नयाँ रहस्य खोल्नेछः उपमहासचिव रिमाल

नेकपा (एमाले) मजदुर विशेष जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै नेकपा (एमाले)का उपमहासचिव एवं नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का संरक्षक विष्णु रिमालले २०८१ वैशाख १० गते एमालेले सबैसामु नयाँ रहस्य खोल्ने बताएका छन् । उपमहासचिव रिमालले एमालेले गोदावरीमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक गर्ने र त्यसको तेस्रो दिन विशेष समारोह गर्ने बताए । त्यो समारोह रहस्यपूर्ण रहने उनले बताए । उपमहासचिव रिमालले भने, ‘महाधिवेशन प्रतिनिधि परिषद् बैठक लगत्तै तेस्रो दिन विशेष समारोह गरिनेछ । समारोह रहस्यपूर्ण रहनेछ ।’ समारोहबारे थप विषय राख्दै उनले भने, ‘वैशाख १० गते अर्थात् २२ अप्रिलको दिन नेकपा स्थापनाको ७५ औँ स्थापना दिवस समारोह अर्थात् हीरक महोत्सव मनाइरहेको बेला विशेष कार्यक्रम गर्ने वाला छौं । त्यो विशेष कार्यक्रमले नेकपा बनाउनुको अर्थ, औचित्य र कम्युनिष्ट हुनुको गर्व महशुश गराउनेछ भन्ने हाम्रो विश्वास छ ।’ 


उपमहासचिव रिमालले पार्टीले संगठनलाई लयमा फर्काउने र २०८१ साललाई सांगठानिक सुदृढीकरण वर्षको रुपमा मनाउने शिलशिलेबर विषय राखेर रहस्यपूर्ण विशेष समारोह हुने भनिरहँदा अधिवेशनमा उपस्थितहरूले एमालेबाट फुटेर गएका कम्युनिष्ट पार्टीहरूको पुनः एकता हुने र नेपालमा सिङ्गो कम्युनिष्ट पार्टी बनाएर अगाडि बढाउन खोजीएको हो कि भन्ने लगायतका विभिन्न अडकलबाजी गरिरहेका थिए । 


कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले २०४२ सालदेखि विशेष कमिटी निरन्तर आफ्ना काममा अगाडि बढिरहेको बताए । अहिले पनि श्रमिकका समस्या समाधान भइनसकेकाले अब श्रमिक आफैँले श्रमिकका समस्या समाधान गर्न संगठन बलियो बनाउनपर्ने आवश्यकता रहेको उनले बताए । उनले नेपाल भर सबैको आवाज मुखरित गर्ने पार्टी नेकपा एमाले बन्नेछ भन्ने शुभकामना दिए । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य एवं उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेम पराजुलीले पछिल्लो समय सामाजिक सुरक्षा योजना कार्यविधि संशोधन गरेर सामाजिक सुरक्षा कोषको मर्मलाई विकृत पार्ने कोशिष गरिएको आरोप लगाउँदै पार्टीले यसलाई श्रमिकमैत्री बनाउन पहलकदमी लिनुपर्ने बताए । 

प्रकाशित मितिः आइतबार, २५ चैत २०८०
https://www.jawaaf.com/storage/01HTRRK28RHAEW2N3ABDT0X6YQ.jpg

डी पी खनालको शब्द र विक्रम राईको सँगीतमा 'यी आँखालाई ' रिलिज

काठमाडौँ । चर्चित गायिका अनु चौधरी र गायक हसन राईको युगल स्वरमा रहेको गीत 'यी आँखालाई ' सार्वजनिक भएको छ । लोकप्रिय गीतकार डी पी खनालको शब्दरचना र विक्रम राईको सँगीत रहेको गीतमा पुरुषोत्तम सुवेदीको एरेन्ज रहेको छ । मुस्ताङ जिल्लाको हिमाली काखको मनमोहक ठाउँमा खिचिएको भिडियोमा प्रभातपाल ठकुरी  र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र दिन्सन शाहकोको सम्पादन रहेको छ । भिडियोलाई म्युजिक जक्सन नेपाल (Music Junction Nepal) को यु ट्युब च्यानलबाट रिलिज गरिएको हो । लामो समय देखि नेपाली साङ्गीतिक क्षेत्रमा लागेका गायक हसन राईको यस अघि पनि धेरै गीतहरू सार्वजनिक भैसकेका छन् ।


प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTRPY2F8JMAM438ZGKV676MG.jpg

प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन प्रदेश प्रहरी प्रमुखको निर्देशन

कोशी प्रदेश प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक चन्द्र कुवेर खापुङले आज नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमणको क्रममा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ ।

ट्राफिक कार्यालयको निरीक्षण भ्रमणको क्रममा वहाँले सम्पूर्ण शाखाहरू र ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनमा प्रयोग गर्ने सामग्री र उपकरणहरू ममेतको निरीक्षण गर्नु भएको थियो । 

निरीक्षण पश्चात् प्रहरी कर्मचारीहरूलाई निर्देशन दिने क्रममा वहाँले आम नागरिकहरूमा सडक सु-शासनको महसुस हुने गरी पहिलो प्राथमिकताका साथ ट्राफिक व्यवस्थापन मिलाउन तथा चेकिङको क्रममा कसैलाई दुःख हैरानी नदिन र गैह्र व्यावसायिक कार्य नगर्न निर्देशन दिनु भएको छ ।  वहाँले सम्पूर्ण प्रहरी कर्मचारीहरू आपसमा भाइचाराको भावनाका साथ काम गर्नु पर्ने बताउदै प्रहरीले सदैव आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी तथा कर्तव्य निर्वाह गरी आत्मीय भावनाका साथ आम सेवाग्राहीहरूमा समान व्यवहार गर्नु  पर्ने बताउनु भयो । 

साथै वहाँले सवारी दुर्घटना न्यूनीकरण गर्न आवश्यक चेक प्वाइन्ट राख्न तथा सवारी चालक, पैदल यात्रीहरूलाई नियमित रूपमा ट्राफिक प्रशिक्षण दिन र  प्रभावकारी रूपमा प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिनु भयो । निर्देशनको क्रममा मोरङ र सुनसरी जिल्लामा ट्राफिक व्यवस्थापनमा खटिने  ट्राफिक प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://www.jawaaf.com/storage/01HTPTQM0YDANVF26709TYM7H8.jpg

भारत सरकारको सहयोग द्वारा खोटाङमा विद्यालय भवन निर्माण

२३ चैत्र धरान I ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको अनुदान सहयोगमा रु. तीन करोड ६१ लाखको लागतमा खोटाङको रावाबेसी गाउँपालिका स्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ । बिहीबार रावा बेसीमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावाबेसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौं स्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

Pathivara_Pre_Army_Training_Academy_Advt..gif 60.81 KB
दुईतले विद्यालय र छात्रावास भवनका निम्ति आवश्यक फर्निचरको व्यवस्था पनि भारत सरकारले नै गरेको दूतावासले एक विज्ञप्ति निकालेर जनाएको छ । विद्यालय र छात्रावास भवन निर्माण परियोजना जिल्ला समन्वय समिति खोटाङसँगको समन्वयमा कार्यान्वयन गरिएको हो । सन् १९५२ मा स्थापना भएको शारदा माध्यमिक विद्यालयमा कक्षा १ देखि ‘प्लस टु’ तहसम्म अध्यापन हुँदैआएको छ । यो विद्यालयमा अध्ययनरत तीन सय ६५ जना विद्यार्थी मध्ये ५०% छात्रा छन् ।


सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० वटा भन्दा बढी सामुदायिक विकास परियोजना सञ्चालन भएकामा चार सय ८८ वटा परियोजना सम्पन्न भइसकेका दूतावासले जनाएको छ । भारत सरकारको अनुदान सहयोगमा हाल कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना सञ्चालन भइहेका छन् । उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक,शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

प्रकाशित मितिः शुक्रबार, २३ चैत २०८०
https://www.jawaaf.com/storage/01HTM6YYEW2M5TXM9JT8QSVPHS.jpg

बैशाख १५ मा उपनिर्वाचन हुने जिल्लाहरुको अन्तिम मतदाता नामावली प्रकाशित

२२ चैत्र । निर्वाचन आयोगले बैशाख १५ मा हुने उपनिर्वाचनमा मतदान गर्ने मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

आयोगले इलाम -२ मा एक लाख १५ हजार ८८९ मतदाता कायम भएको जानकारी दिएको छ । आयोगले २०७९ मङ्सिर ४ मा भएको आमनिर्वाचनमा भन्दा अहिले ४२२ मतदाता थपिएको जनाएको छ ।

त्यस्तै बझाङको  निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा ६३८ मतदाता थप भई ६१ हजार ७४८ कायम भएको आयोगले जानकारी दिएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको देशभरको पछिल्लो मतदाता सङ्ख्या एक करोड ८० लाख ८८ हजार ९८३ पुगेको छ । जसमा महिला मतदाता ८८ लाख ८६ हजार २२६ छन् भने पुरुष मतदाता ९२ लाख २ हजार ५६९ र अन्य मतदाता १८८ जना रहेका छन् । आयोगका अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा रहेका छन् । जसमा महिला मतदाता ३ लाख ६२ हजार ९७३ तथा पुरुष मतदाता ३ लाख ७६ हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९ हजार ३९० रहेका छन् ।


त्यस्तै सबैभन्दा कम मतदाता मनाङ जिल्लामा रहेका छन् । जसमा महिला ३ हजार ५३० र पुरुष ३ हजार ३१९ गरी जम्मा ६ हजार ८४९ मतदाता रहेका छन् ।आयोगले यस अघि २०८० बैशाख १० गते अद्यावधिक गरेदेखि अहिलेसम्म कुल ८७ हजार ४१७ मतदाता थप भएको जनाएको छ । 

प्रकाशित मितिः बिहिबार, २२ चैत २०८०
https://www.jawaaf.com/storage/01HTKQY5N0ZM9XYJXKT5N165C5.jpg

गन्धर्व वस्तिमा मुख्यमन्त्रीको बास, समस्या समाधानमा पलायो आस !

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री सोमवार आफ्ना नियमित कार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्मित हुँदै हतार हतार स्वागत, सम्मानमा जुटे । तर, मुख्यमन्त्री कार्की स्वागत, सम्मानको वास्ता नगरी गन्धर्व वस्ती घुम्न अघि बढे । 

उनी गन्धर्व वस्तीको आगन आगनमा घुम्दै राती ८ बजे शिव गन्धर्वको आगनमा ओछ्याएको म्याटमा पलेटी बाँधेर बसे । त्यतिकैमा गन्धर्व वस्तीका महिला, पुरुष, वृद्ध, वृद्धालगायत बालबालिकाको भिड लाग्यो र उनीहरू खादा लगाएर मुख्यमन्त्रीलाई सम्मान गर्न थाले । मुख्यमन्त्री कार्कीले धेरै सम्मान गर्नु हुँदैन, आज यही खाना खाएर बस्ने बोल्नु भयो । त्यसपछि शिव गन्धर्व र उनकी पत्नीले आगनको ट्युबेलमा थाल पखालेर खाना पस्केर खान भान्छाकोठामा जान आग्रह गरेपछि मुख्यमन्त्री कार्कीलगायत उनीसँग रहेका सबै जना गएर खाना खाए । 

खाना पछी मुख्यमन्त्री कार्कीले गन्धर्व परिवारका सदस्यहरु सँग कुराकानी गर्न थाले । उनीहरूले आफ्ना कथा र व्यथा सविस्तार सुनाए । ‘मुख्यमन्त्रीज्यूले हाम्रा समस्या हामीसँगै बसेर हामीले पकाएको खाएर सुनेर भलाकुसारी गर्नुभयो,’ स्थानीय नरमाया गन्धर्वले भनिन, ‘हामीले यहाँ चुनाव जितेपछि नेता देख्न पाउँदैन थियौँ, अहिले त हामीसँगसँगै खाना खाने मुख्यमन्त्रीलाई घरमै भेट्‍टाएका छौँ ।’ सरकार घरमै आएर आफूहरूका गुनासो सुनिदिएर सहजै समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको देख्दा पत्याउनै गााह्रो भएको उनले सुनाइन् । 

स्थानीयले आफूहरूलाई समाजमा गाइनेको संज्ञा दिइएर हेपिईने गरेको गुनासो गरे । सो जातीको बस्तीको छेवैमा रहेको आदर्श आधारभूत विद्यालयमा रहेको विद्यालयलाई गन्धर्व जातीको पहिचान हुने गरिको शिक्षा लागु गराई गिर्दै गरेको शैक्षिक साखलाई फर्काउन, समुदायमा साक्षरता दर वृद्धि गर्नका लागि आवश्यक पहल गरिदिन मुख्यमन्त्री समक्ष स्थानीयको माग रहेको छ । 

स्थानीय शिव गन्धर्व भन्छन्, लोप हुन लागेको सारङ्गी बाजाको संरक्षण हामीले गर्नु पर्दछ । मुख्यमन्त्रीज्यूले यसलाई चासोका साथ लिएर वस्तुस्थिति बुझ्न समुदायमै आएकाले हामी बढी आसावादी छौँ ।’ उनीहरूले लोपोन्मुख जातीको रूपमा गन्दर्भ जातीलाई सूचीकृत गर्न माग गरे । ‘संविधानअनुसार यो जातीलाई लोपोन्मुख जातीको रूपमा सूचीकृत गरिएमा हाम्रा अधिकारहरू प्राप्त हुन सहज हुन्छ । पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष रविन गन्धर्वले भने, मुख्यमन्त्रीज्यूको पहिलो हाम्रो समुदायका लागि मुख्यमन्त्रीज्यूको पहिलो निर्णय यही हुने छ ।’

मुख्यमन्त्री कार्कीले सरकार खोज्दै जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्यका लागि आफू यहाँका स्थानीय सँग समस्याको समाधानका लागि संवाद गर्न आफूहरू यहाँ आएको उल्लेख गरे । सरकार पहुँच नहुनेको समेत घरघरमा गएर समस्याको समाधान गर्ने सरकार भएकाले समाजको वर्गलाई समान हैसियतमा ल्याउन मानवीय विकासमा जोड दिएर काम गरिरहेको उनले बताए । 

‘हामी आफैँले आफूलाई स्वीकार गर्न सक्नु पर्दछ उनले भने, आफूले आफूलाई स्वीकार गर्न सकेनौँ भने हामी तलको तलै हुन्छौँ । सरकारले त मानवीय विकासका योजनामार्फत सुरुवात गरिसकेको छ, तपाईँहरू पनि लाग्नु पर्यो, श्रमको सम्मान गर्नुप ्यो ।’ सो ठाउँमा ४९ घरधुरी रहेको गन्धर्व समुदायको जनसङ्ख्या दुई सय ११ रहेको छ । मुख्यमन्त्री कार्कीले समुदायको उत्थानका लागि प्रवर्द्धन को योजना सरकारले ल्याउने बताए । 

सोमवार राती समुदायमा पुगेका मुख्यमन्त्री कार्कीले सामाजिक विभेद अन्त्य र सामाजिक अवस्था, आवश्यकता र अपरिहार्यताको अध्ययनका लागि स्थानीय शिव गन्धर्वको घरमा सोमवार रातीको खाना र बास बसेर सन्देश प्रवाह गरेका छन् । ‘उनले भने, अब मलाई अछुत पनि कसैले भन्छ त, म त तपाईँहरूको मा बसेँ खाना खाएँ, यो विभेद अन्त्यका लागि तपाई हामी नै लाग्नु पर्यो ।’ 

सो क्रममा उनले स्थानीय महिला स्वास्थ्य स्वयंसेविकासँग अन्तरसंवाद गदै हुलाकी सडक अन्तर्गत अधुरो अवस्थामा रहेको माई खोलाको पुलको अवलोकन गर्दै मङ्गलवार विराटनगर फर्किएका छन् । पुलको निर्माण कार्यको गति बढाउन सरकारले ताकेता गर्ने उनले बताएका छन् ।

प्रकाशित मितिः बिहिबार, २२ चैत २०८०
https://www.jawaaf.com/storage/01HTFJW78CBZQ5CA4MW6RTX96S.jpg

दक्षिण कोरियाबाट क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्राप्त

२० चैत्र धरान । दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्धारा क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

खोटाङ जिल्ला जन्तेढुङ्गा गा.पा. वडा न ५, चिसापानी का क्यान्सर पीडित राजेश राईलाई पाँच लाख छत्तिस हजार चार सय छैसट्‍ठी रुपियाँ आर्थिक सहयोग गरेका छन । 

एक महिना अगाडी देखि ब्लड क्यान्सर पीडित राई टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौँ मा उपचारत छन् । उपचारमा आवद्ध डा. को परामर्श अनुसार उपचार रकम सत्तरी लाख माथि लाग्ने भएको कारण छोरा को उपचारमा आर्थिक सहयोग का लागी बुवा इमानसिँ राई र आफन्त द्वारा आर्थिक सहयोगको अपिल गरेका थिए ।

 त्यस प्रश्चात दक्षिण कोरियामा कार्यरत तथा खोटाङ्ग सेवा समाज दक्षिण कोरीयाका महासचिव बलुहाङ राई, सह–कोषाध्यक्ष अनिल राई, सदस्य संजिव राई, सरस्वती राई, सुवाश राई, देबिन राई, मनोज राई, नवराज राईको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।

सङ्कलित रकम लाई नेपाल पठाई सकिएको र विरामीको सिग्र स्वास्थ्य लाभको कामना सहित आदिवासी जनजाति आयोगका सदस्य माननीय शरण राईद्धारा क्यान्सर पीडित राईका बुवालाई सङ्कलित आर्थिक सहयोग हस्तान्तरण गरिएको आर्थिक सङ्कलन अभियानका सदस्य संजिव राईले बताए । 

सहयोग रकम हस्तान्तरण कार्यक्रम क्यान्सर पीडित राजेशका बाबुले डा. को सुझाव अनुसार सत्तरी लाख माथी उपचार खर्च लाग्ने बताउदै छोराको उपचारमा अझ आर्थिक सहयोगको अपिल गरेका छन् । १८ वर्षीय क्यान्सर पीडित राजेश राई जन्तेढुङ्गा गा.पा. को श्री चिसापानी उच्च मा.बि. मा कक्षा १२ मा अध्यायनरत विद्यार्थी हुन ।

प्रकाशित मितिः मङ्गलबार, २० चैत २०८०
https://www.jawaaf.com/storage/01HTCZ9Q7XFRPVVJWSPM5SJRG6.jpg

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालनमा थालियो

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सक सहित अस्पतालले उपचार सेवा थालेको छ ।
प्राथमिक स्वास्थ्य चौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृत सहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना रहेको छ ।


आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ । चिकित्सक डा मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रु ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरे । उनले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे  । आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://www.jawaaf.com/storage/01HTCYNAJFKEZ4G2XEZK5NN1FG.jpg

मुख्यमन्त्रीद्वारा वैद्यनाथ खोलाको पुल उद्घाटन गरियो

उदयपुर ः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज उदयपुरको कटारी नगरपालिका – ६ र ७ जोड्ने वैद्यनाथ खोलामा निर्माण भएको पक्की पुल उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै उनले प्रदेश सरकारले पूर्वाधार विकास तथा निर्माणका क्षेत्रमा काम गरिरहेको भन्दै यो आँगनको सरकार रहेको बताए । यस पुलले धेरैलाई प्रदेशको राजधानी विराटनगर र काठमाडौँसँग जोडेको जनाउँदै मुख्यमन्त्री कार्कीले प्रदेशले भौतिक सँगै मानवीय विकासमा जोड दिएको बताए । “सडक स्तरोन्नतिसँगै नागरिकको भविष्य उज्ज्वल बनाउने मानवीय विकास तर्फ सरकार लागेको बताए । 

बालबालिकाको पढाइ, स्वास्थ्य तथा सीप विकासको जिम्मा प्रदेश सरकारले लिन्छ । पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आज भएको उद्घाटन कार्यक्रममा प्रदेशका भौतिक विकास मन्त्री कमलप्रसाद जबेगूले सहर केन्द्रित विकासभन्दा पहाड केन्द्रित विकासमा प्रदेश सरकार लागेको बताए । उद्योग, कृषि तथा सहकारी मन्त्री राजकुमार खत्रीले पुल निर्माण सम्पन्न भएसँगै स्थानीयलाई आवागमनमा सहज हुने बताए । प्रदेश सरकारको पहलमा कटारी अस्पताललाई ५० शय्याको अस्पतालको रूपमा विकास गरिने मन्त्री खत्रीले बताए । केही समयअघि अस्पताललाई ५० शय्यामा विस्तार गर्नका लागि अर्थ मन्त्रालयमा सिफारिस गरिएको उनले जानकारी दिए । मन्त्रालयले पनि स्वीकृति प्रदान गरिसकेको उनको भनाइ छ । 

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले यस पुलले कटारी–६ र ७ सँगै पहाडी ताप्ली, उदयपुरगढी, लिम्चुङवुङ गाउँपालिकाका स्थानीयलाई सहज भएको बताए । कटारी–७ का वडाध्यक्ष सुविन ढुङ्गानाले पुल निर्माण भएपछि यहाँका किसानले उत्पादन गरेका कृषि सामग्री बजार पु¥याउन सहज हुने बताए । प्रदेश सरकारअन्तर्गत सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्फत रु १४ करोड ९४ लाख ७३ हजार एक सयको लागतमा पुल निर्माण भएको हो । दुई वर्षभित्रमा निर्माण सक्नेगरी पुलको केएम इञ्जीनीयर्स विल्डर्स प्राली काठमाडौँले ठेक्का पाएको थियो । दुई वर्षमा निर्माण गरिसक्ने सम्झौता गरिएको पुल १५ महिनामै सम्पन्न भएको हो । ८४ दशमलव ४० मिटरको पुल दुई स्पामको बनेको छ ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०