शुक्रबार, १५ जेठ २०८३

/frontend/images/redline.png
https://www.jawaaf.com/storage/01K2KZNNNQ8ADYYT5DM5PT2MQC.jpg

प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले बिहीबार पद तथा गोपनीयताको सपथ गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित कार्यक्रममा, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. विक्रमप्रसाद श्रेष्ठ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सह–प्रा. डा. पुजनकुमार रोकाया,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. बुद्धिप्रसाद पौडेल, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. भरत खत्रीले सपथ ग्रहण गरे ।

सपथपछि कुलपति ओलीले स्वच्छ, पारदर्शी र परिणाममुखी कार्यशैली अपनाउँदै दायित्व सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरे।

प्रकाशित मितिः बिहिबार, २९ साउन २०८२
https://www.jawaaf.com/storage/01K108HWSFKD7P0ZRT42XKPQC4.jpg

प्रसूति तथा बालरोग अस्पतालको शिलान्यासपछि मुख्यमन्त्री भन्छन् : अब विदेशी विद्यार्थी तानौं

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गत प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास गरेका छन् । 

सुन्दरहरैचास्थित विश्वविद्यालय परिसरमा आयोजित समारोहमा मुख्यमन्त्री कार्कीले नेपालमै गुणस्तरीय शिक्षा प्रदान गरेर विदेशी विद्यार्थीसमेत आकर्षित गर्न सकिने धारणा व्यक्त गरे । 

मुख्यमन्त्री कार्कीले विदेशी अध्ययनप्रति आकर्षण कम गर्न र नेपाली विद्यार्थीलाई देशमै अवसर दिन पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका लिनुपर्नेमा जोड दिए ।

‘हाम्रो देशका संरचनाहरू सुधार गर्दै अघि बढेमा कम लागतमा उत्कृष्ट शिक्षा दिन सकिन्छ । यसले विदेश जाने प्रवृत्ति घटाउने मात्र होइन, विदेशी विद्यार्थीसमेत भित्र्याएर पर्यटन र अर्थतन्त्रमा टेवा पु¥याउन सक्छ,’उनले भने । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. बिजु थपलियाले आफ्नै स्रोतमा अस्पताल निर्माण सुरु गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा १२ करोड चार लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको हो, जुन २०८३ सालको पुस महिनासम्म सम्पन्न गरिने लक्ष्य राखिएको छ । अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्न ४३ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

उपकुलपति थपलियाले पहिलो चरणको काम पूरा भएपछि थप संरचनाहरू विस्तार गर्दै शिक्षण अस्पतालको स्तर उन्नति गरिने उल्लेख गरेका छन् । उनले यो अस्पताल निर्माणले पूर्वाञ्चल विश्वविद्यालयलाई चिकित्सा शिक्षा र सेवा क्षेत्रमा नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०९ साउन २०८२
https://www.jawaaf.com/storage/01K06Y2GVH6PHY7P741H28P2VF.jpg

धरानमा स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र कटौती: सांसद सुशीला श्रेष्ठद्वारा संसदमा ध्यानाकर्षण

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय सांसद माननीय सुशीला श्रेष्ठले आजको प्रतिनिधि सभा बैठकमा स्वास्थ्य बीमा बोर्डको संशोधित ऐनले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र हटाएर रेफरल सेवा केन्द्रका रूपमा मात्र तोकेको विषयमा संसदको ध्यानाकर्षण गराउनुभएको छ। यस निर्णयले धरानका आम नागरिकहरूलाई स्वास्थ्य बीमा सेवा प्राप्त गर्न असहज स्थिति सिर्जना भएको उहाँले बताउनुभयो।

आज संसदको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले धरानका जनताले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पाइरहेको बीमाको प्रथम सेवा केन्द्रलाई स्वास्थ्य बीमा बोर्डले हटाएको र प्रतिष्ठानले असार २७ गते सूचना जारी गर्दै त्यसको पुष्टि गरेको जानकारी गराउनुभयो। धरान उपमहानगर क्षेत्रभित्र प्रथम सेवा केन्द्र कहीँ पनि नभएको र हालसम्म प्रतिष्ठानबाटै प्रथम केन्द्र र रेफरल सेवाका रूपमा सेवा लिँदै आएकोमा अब रेफरल सेवामा मात्र सीमित गर्ने नयाँ ऐन र निर्णयले धराने जनता अन्यायमा परेको उहाँको भनाइ थियो।

सांसद श्रेष्ठले प्रथम सेवा केन्द्र धरानमा नबनेसम्म प्रतिष्ठानमार्फत नै स्वास्थ्य सेवा जारी राख्न नेपाल सरकार, स्वास्थ्य मन्त्रालय र सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो। उहाँले ऐन कानुन जनताको हित अनुकूल नभएमा संशोधन गर्नुपर्ने बताउँदै, पाइआएको सुविधा कटौती गर्नु प्राकृतिक न्यायविरुद्ध हुने तर्क गर्नुभयो। अन्त्यमा, उहाँले धरान उपमहानगरपालिकामा स्वास्थ्य अस्पताल बनाउनका लागि पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो।

प्रकाशित मितिः मङ्गलबार, ३१ असार २०८२
https://www.jawaaf.com/storage/01K016Q2A141E2NSQNYE8QP8AR.jpg

अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री

काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । 

आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।  

औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएको जानकारी गराए । 

उनले भने,‘डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिको लागि हामीले प्रयास गर्यौं तर त्योबाट नहुने भएपछि ’डाइरेक्ट रिलिफ’ ले ’वान हार्ट वल्र्डवाइड’ दिएर त्यसमार्फत हामीलाई दिएको छ । दुई तीन महिनामा आउँछ भन्ने आशा थियो । तर प्रकृया लामो भएर आज आइपुगेको छ । ’

उनले क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, बाँके, वीर अस्पतालमा स्वास्थ्य सेवा विभागमार्फत सो औषधि उपलब्ध गराउने जानकारी दिँदै नागरिकलाई यसले ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे । 

उनका अनुसार स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइने  छ । 

प्रकाशित मितिः आइतबार, २९ असार २०८२
https://www.jawaaf.com/storage/01JZW704K1CDSEB0DRSD2BYBF9.jpg

कोशी प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्यो, महानगरले सुरु गर्यो खोप अभियान

विराटनगर । भारतमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमण नेपालमा पनि विस्तार हुँदै गएको छ । कोशी प्रदेशमा यसबारे विशेष सर्तकता अपनाइएको छ ।

सङ्क्रमणको दर बढ्न थालेपछि बुधवारदेखि मोरङको विराटनगर महानगरपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियान नै सञ्चालन गर्यो । केही दिन अघि महानगरपालिकाका चार जनामा सङ्क्रमण भएको पुष्टि भएपछि महानगरपालिकाले खोप अभियान नै सञ्चालन गरेको हो ।

महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख डा.दिलीप यादवले उमेर र स्वास्थ्यका हिसाबले कमजोर समूहमा पर्ने नागरिकहरूलाई सङ्क्रमणबाट जोगाउन खोप अनिवार्य देखिएकाले महानगरपालिकाले खोप अभियान सञ्चालन गरेको जानकारी गराए ।

खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध भएको र स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवको भनाइ छ ।

‘विगतमा पनि सङ्क्रमण आउँदाखेरि कहीँ कहीँ मात्रै आएको थियो तर सङ्क्रमण बढ्न थाल्यो र महामारीको नै रूप लियो अहिले पनि देश र विदेशमा पनि मृत्यु हुनेदेखि सङ्क्रमितको सङ्ख्यासम्म नै बढ्दै गइरहेको हो । हामीले विगतलाई पनि ध्यानमा राखेर अब ढिलाइ गर्नु हुँदैन भनेर तयारी थालेका हौँ,’उनले भने 

सङ्क्रमण पुष्टि मात्रै नभएर असार महिनामा मात्रै कोशी प्रदेशमा कोरोनाको सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाइसकेको तथ्याङ्क सरकारसँगै छ । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ र इलामका एक÷एक जना महिला सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

मन्त्रालयले सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै होम आइसोलेसनको व्यवस्था, नियमित परीक्षण, र खोप अभियानलाई पनि निरन्तरता दिन निर्देशन दिएको मन्त्रालयकी प्रवक्ता डा. सभ्यता पन्थी बताउँछिन् । ‘हामीले खोप अभियान समेत सञ्चालन गरेको अवस्था छ । सङ्क्रमणको सङ्ख्या समेत बढ्दै जाँदा जोखिम समेत बढ्दै जाने भएकोले हामीले तयारी अपनाएको हो । तर, अहिलै आत्तिनुपर्ने अवस्था चाहिँ होइन । लक्षित बर्गले खोप समेत लगाउन सक्नुहुन्छ,’उनले भनिन् ।

पन्थीका अनुसार कोशी प्रदेशमा पछिल्ला दिनमा नै २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म दुई जनाको मृत्यु भइसकेको छ भने ११ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्यको जोखिमलाई ख्याल गर्दै सीमा नाकाहरुमा समेत आवश्यक सतर्कता बनाइएको सरकारी दाबी रहेको छ ।

महामारीका रूपमा विश्वव्यापी फैलिएको सङ्क्रमण पछिल्लो महिना केही देशहरूमा समेत तीव्र रूपमा फैलिरहेको छ । छिमेकी मुलुक भारतमा समेत तीव्र गतिमा बढी रहेको सङ्क्रमण खुल्ला सीमा र आवतजावतले थप नेपालमा फैलन सक्ने खतरा जानकारहरूले औँल्याएका छन् ।

नागरिकले जनस्वास्थ्यका मापदण्ड पुरा गरेर मात्रै दैनिक जीवनयापन गर्नका लागि जनस्वास्थ्यका अभियान्ताहरुले सुझाव समेत दिएका छन् । नेपाल जनस्वास्थ्य सङ्घको केन्द्रीय महासचिव समेत रहेका जनस्वास्थ्यका अभियन्ता कैलाश खाकी श्रेष्ठले बिरामी नभईकन ध्यान दिने अवस्था नरहेको बताउँदै त्यो घातक हुने बताए ।

उनले भने,‘पहिले पनि कोरोना निर्मूल भएको होइन । जीवनयापनको सुधारपनले समेत कोरोनासँग लड्न सक्ने अवस्था रहेछ भन्ने कुरा थाहा भएकै छ । थाहा पाएपछि जीवनस्तर सुधार्ने भन्दा पनि अगाडिबाटै सचेत हुनुपर्दछ । राज्यका तर्फबाट समेत प्रभावकारी कदम चाल्न आवश्यक रहेको छ ।

के खोप अझैं आवस्यक छ ?

जनस्वास्थ्यका जानकारहरुका अनुसार कोरोनाको खोपले भनेको रोगसंग लड्न सक्ने शक्ति बढाउँछ र जोखिम पनि कम हुन्छ । त्यसकारण खोप लगाएर एक वर्ष कटिसकेकाले खोप लगाउन आवश्यक छ । हर्ड इम्युनिटिले नै अहिले हामी सुरक्षित रहेको भन्दै खोल अभियानलाई साथ दिनुपर्ने उनीहरुको मत छ । 

प्रकाशित मितिः शुक्रबार, २७ असार २०८२
https://www.jawaaf.com/storage/01JYV57SWJ09EBNVYVV50FGTN5.jpg

छाता ऐन वीपीका लागि मात्रै होइन : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हेरेर मात्रै नल्याइएको बताएका छन्

काठमाडौँमा रहेका धरानका राजनीतिक दलहरूसँगको भेटमा उनले वीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउने विषय सकारात्मक भएको भन्दै ऐनको विरोध नगर्न आग्रह गरेका हुन् । 

यस्तै, उनले वीपी प्रतिष्ठान आफैमा सवल र सक्षम प्रतिष्ठान भएता पनि अन्य प्रतिष्ठानहरूमा धेरै पदहरू भएका कारण खर्च धान्न नसकिरहेको र आर्थिक अवस्थामा जर्जर रहेकाले व्यवस्थित र मितव्ययी बनाउन छाता ऐन ल्याएको बताए ।

सरकारले ‘एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०८२’ जारी गर्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित विभिन्न ६ वटा स्वास्थ्य प्रतिष्ठानहरूलाई एउटै छाता ऐनमा समेट्न खोजेपछि धरानका राजनैतिक दलहरू त्यसको विरुद्धमा रहेका छन् ।

बीपी प्रतिष्ठानलाई चिकित्सा विज्ञान विश्वविद्यालय बनाउनु पर्ने र छाता ऐनबाट अलग गर्नुपर्ने माग गर्दै नेपाली कांग्रेस, नेकपा, (एमाले), नेकपा (माओवद्यी केन्द्र) र जनता समाजवादी पार्टी नेपाल असार १२ गतेदेखि काठमाण्डौँमा रहेर सरकार, राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराइरहेको छ ।

टोलीले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्व स्वास्थ्य मन्त्री तथा कांग्रेस महामन्त्री गगन थापालाई भेटेर ध्यानाकर्षण गराइसकेको छ ।

टोलीमा नेकपा (एमाले) कोशी प्रदेश भीमज्वाला राई, नेपाली काग्रेस धरान सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र) धरान अध्यक्ष उद्धव लिम्बू, जनता समाजवादी पार्टी नेपालका धरान अध्यक्ष ताजुव लिम्बू र धरान उपमहानगर प्रवक्ता तथा १७ नम्बर वडा अध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज), सहभागी रहेकाछन् ।

टोलीमा एमाले कोशी प्रदेश सदस्य मौसम राई, नेपाली कांग्रेस कोशी प्रदेश सम्मेलन सदस्य कुसुम ओली आचार्य, नेपाली काग्रेस धरान सचिव हिमाल श्रेष्ठलगायत सहभागी रहेका छन् ।

सर्वदलीय टोलीले शनिवार नै नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्ने तालिका रहेको टोलीमा सहभागी कांग्रेस धरान सभापति श्याम पोखरेलले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, १४ असार २०८२
https://www.jawaaf.com/storage/01JXFQXM1PQZQ66WC3Y54M12R1.jpeg

तीन दिनभित्र सरुवा भएका कर्मचारी हाजिर गराएर काज फिर्ता नगरे कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ ।
सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरुलाई भनेका थिए ।
लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वापतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो ।
स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो । सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए ।

प्रकाशित मितिः बुधबार, २८ जेठ २०८२
https://www.jawaaf.com/storage/01JW04Q03H89P6Y5F3814V452Y.jpg

खुकुरी प्रहार गरी बुहारीको हत्या

रामेछाप । मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । 

शुक्रबार अपराह्न ४ः३० बजे तिर ६१ वर्षीय मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्रा बुढाथोकीको हत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले बुहारीको हत्या पछि प्रहरी चौकी खिम्तिमा आत्मा समर्पण गरेका छन् । 

उनका श्रीमानले गत साउनमा आत्महत्या गरेपछि पवित्रा मन्थली नगरपालिका–११ गेलु स्थित माइतमा बस्दै आएकी थिइन् । उनको ९ वर्षको छोरो भने हजुरबा मटकबहादुरसँग बस्दै आएका थिए तर पवित्राले छोरा आफूसँग राख्न पाउनु पर्ने बताउँदै आएकी थिइन् । 

मटक बहादुरले नाति आफूसँग राख्न पाउनु पर्ने माग राखेर जिल्ला अदालत रामेछापमा मुद्दा दायर गरेका थिए । जिल्ला अदालतले बच्चालाई आमासँग नै राख्न दिने गरी फैसला सुनाएको थियो । अदालतको आदेश अनुसार छोरो लिन ससुराको घरमा पुगेकी पवित्रा र ससुरा बिच झगडा भएको थियो । सोही क्रममा मटक बहादुरले बुहारी माथि खुकुरी प्रहार गरेका स्थानीयले बताएका छन् । 

छोराले आत्महत्या गर्नुको कारण बुहारी भएको आरोप मटक बहादुरको रहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ 

प्रकाशित मितिः शनिबार, १० जेठ २०८२
https://www.jawaaf.com/storage/01JVE5JQG5ZHD8T599HRBN6DRW.webp

उच्च रक्तचापबाट बच्न : दैनिक ब्यायाम आवश्यक

काठमाडौँ । आज विश्व उच्च रक्तचाप दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदैँ छ । यसवर्ष ‘आफ्नो रक्तचाप सही तरिकाले नाप्नुहोस्, नियन्त्रण गर्नु र लामो समय बाँच्नु’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो ।

सन् २००५ बाट यो दिन मनाउन शुरु गरिएको हो । बदलिँदो जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ, व्यस्त जीवनशैलीले गर्दा मानिसको स्वास्थ्यमा असर पर्दै गईरहेको छ । यसले गर्दा उच्च रक्तचापको समस्या पनि बढ्दो अवस्थामा छ ।

उच्च रक्तचाप वर्तमान अवस्थाको एउटा डरलाग्दो स्वास्थ्य समस्या हो । यसमा सबैको ध्यान जान जरुरी छ । उच्च रक्तचापलाई हृदय रोगको प्रमुख तत्व मानिन्छ यसलाई समयमा नियन्त्रण नगरे, मृगौलाका रोगहरू, थाइरायडका समस्या अनि विभिन्न नशाजन्य रोगहरू पनि लाग्छन् । औषधीको सेवन र डाक्टर कहाँ वर्षभरि धाउनुभन्दा समय समयमा जाँच गर्नु ठीक हुन्छ यसतर्फ पनि सबै सचेत हुन जरुरी छ ।

उच्च रक्तचापबाट बच्नको लागि धुम्रपान, मद्यपानबाट टाढा रहनुको साथै, दैनिक ब्यायाम र खेलकुदमा आफूलाई संलग्न गराउन आवश्यक हुन्छ ।

प्रकाशित मितिः शनिबार, ०३ जेठ २०८२
https://www.jawaaf.com/storage/01JTWYJG4CM6REXN44EF30ZEEM.jpg

चिकित्सकको लापर्बाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ

सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चिकित्सकको लापर्बाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन् । मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन् ।

मिर्चैया नगरपालिका वडा नं. ११ सितापुर गाउँकी ३० वर्षीय रामकाशी यादवलाई शुक्रवार राति सुत्केरी व्यथाले च्यापेपछि बर्धमान अस्पतालमा भर्ना गरिएको थियो । सामान्य रूपमा बच्चा जन्माउन सक्ने अवस्था छैन भन्दै अस्पतालका डाक्टर तेजशंकर यादवले शल्यक्रिया गरेर बच्चा निकालेका थिए ।

दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन् । नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो । पत्नी गुमाएका सन्त यादव भन्छन् ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे । तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे । जब राति २ बज्यो अनि बिराटनगर लैजाउ भनियो ।’

बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई बिराटनगरतर्फ कुदाइयो । तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो । शनिवार बिहान ५ बजे अस्पताल पु¥याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए ।

मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो । हामीले रगत ल्याएर पनि दियौँ तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो ।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे ।  

अस्पताल अगाडि मृतकको शव तेस्र्याएर प्रदर्शन सुरु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारले शल्यक्रिया गर्ने डाक्टरलाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक गोविन्द साहले भने आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ । तोडफोड हुुन नदिन प्रहरी परिचालन गरिएको छ । गम्भीर मामिला भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाबाट नायब प्रहरी उपरीक्षक बीरेन्द्र पासवान पनि घटनास्थलमा पुगेका छन् ।

बर्धमान अस्पतालमा ५ महिना अघि पनि शल्यक्रिया गरेर बच्चा निकालिएको एक सुत्केरीको मृत्यु हुँदा परिस्थिति तनावग्रस्त भएको थियो ।

प्रकाशित मितिः शनिबार, २७ वैशाख २०८२